वासिङटन । अमेरिकाका प्रमुख आइटी कम्पनीहरु विरुद्ध बालश्रम शोषणाको आरोपमा मुद्दा दायर भएको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बाल शोषणको आरोप लागेको हो । मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु विरुद्ध वासिङटन अदालतमा मुद्दा दायर भएको छ । इतिहासमै पहिलो पटक… Continue reading अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा
Category: फिचर
एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता
विश्वन्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएनए)को साइबर कन्फ्रेन्स बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनए आईसीसीका २१ नयाँ सदस्य चयनमा चर्को विवाद भएको छ । विवादबीच अमेरिका क्षेत्रबाट पासाङ शेर्र्पा, डा. हरि दाहाल, विष्णुमाया परियार, यमुना भट्टराई, प्रमोद सिटौला र पुरुषोत्तम बोहोरा आईसीसी सदस्य बनेका छन् । त्यस्तै, युरोप क्षेत्रबाट रामशरण सिंखडा, भक्त गुरुङ,… Continue reading एन आर एनमा विवादका बीच कार्य विभाजन, बैठक सञ्चालनमा महासचिवको असक्षमता
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि फिर्ता गर्न अदालतको आदेश आवश्यक नरहेको बताएका छन् । महाकाली नदी पूर्वमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको भन्दै त्यसका लागि सर्वोच्चको आदेश लिइरहनु नपर्ने उल्लेख गरेका हुन् । भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल भइरहेको जवाफ उनले सर्वोच्चलाई दिएका छन् ।… Continue reading सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन
नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेसहित दुई बुँदे सहमतिमा बुधबार हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुबै दलका शीर्ष नेताबीच वार्तामा सहमति जुटेको हो । सहमति अनुसार राष्ट्रियसभामा प्रदेश २ तर्फका सीट दुबै दलले बाँड्ने भएका छन् ।… Continue reading नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल
अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति
अर्घाखाँची । अर्घाखाँचीमा ११ मंसिरमा भएको बस दूर्घटनाको कारण तीव्रगति भएको छानविन समितिले बताएको छ । १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएपछि स्थानीय तहमा छानबिन समिति गठन भएको थियो । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही आउँदै गरेको लु२ख २१४८ नंको बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटनामा परेको थियो । दूर्घटनामा १९ जनाले ज्यान… Continue reading अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति
नेपालमा गुड्ने रेलको डिब्बा तयार
काठमाडौं । नेपालमा गुड्ने रेलको डिब्बा तयार भएको छ । भारतीय भारतीय कम्पनीमै जनकपुर-जयनगरखण्डको ३५ किलोमिटर रुटमा चल्ने रेलको डिब्बा तयार पारिएको हो । चेन्नइस्थित कोन्कन रेल्वे कर्पोरेसनको कारखानामा डिब्बा बनाइएको छ । नेपाल रेल विभाग अनुसार नेपाली टोलीले बन्दै गरेको डिब्बाका डिजाइन अवलोकन समेत गरेको छ । जनकपुर-जयनगर रुटमा दुई वटा रेल चलाउने योजना… Continue reading नेपालमा गुड्ने रेलको डिब्बा तयार
काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस सिजनकै चिसो दिन मापन भएको छ । न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन भएसँगै यो दिन अहिलेसम्मकै चिसो दिन बनेको हो । काठमाडौंमा झै चिसो बढ्ने क्रम जारी रहेको छ । मौसक राम्ररी खुलिसकेको छैन । आकासमा बादल यथावत छ । तर, तापक्रममा भने निरन्तर घटी आइरहेको छ ।… Continue reading काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन
पेट्रालियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्य दुई पदार्थमा भने भाउ बढेको छ । बढेको मूल्य बुधबार बिहान… Continue reading पेट्रालियम पदार्थको मूल्य बढ्यो
महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा
प्रभात भट्टराई/अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति सूचीमा समावेश हुन अब ६७ भोटले मात्र टाढा छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा उनको महाभियोग विरुद्ध मतदान हुन अझै पनि बाँकी छ । संभवतः बुधबार उनलाई हाउसले महाभियोग लगाउने छ । तर, हाउसमा उनलाई महाभियोग लगाउन चाहिने मत पुगि सकेको हुँदा अब मुद्दा… Continue reading महाभियोगका बाछिटा– सांसदहरु पुगे यता र उता, ट्रम्प ‘पूर्व राष्ट्रपति’ बन्नबाट ६७ भोट टाढा
अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन
काठमाडौं । धावनमार्ग र ट्याक्सी वे जिर्णाद्धारको काम सकिएसँगै आजबाट त्रिभुवन विमानस्थ्ल २१ घण्टा संचालनमा आएको छ । यसअघि दैनिक ७ घण्टा बन्द भएको विमानस्थल अब मात्र दैनिक ३ घण्टा बन्द हुने भएको छ । जिर्णोद्धारको जिम्मेवारी पाएको कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गरेको छ । यससँगै अब विमानस्थल २१ घण्टा संचालनका लागि… Continue reading अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन
५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च
काठमाडौं । आर्थिक वर्षको मध्यसमय बितिसकेको छ । तर, देशको पूँजिगत खर्च भने अझै पनि खराब अवस्थामा रहेको छ । अर्थमन्त्री युवराज खतिवडा देशको आर्थिक अवस्था निकै सुधार भएको बताउँछन् । तर, विकास निर्माणको मानक भने निकै खस्किएको देखिएको छ । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो ५ महिना (साउन–मंसिर)मा पूँजीगत खर्च ९.०५ प्रतिशत मात्र… Continue reading ५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च
पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो
पोर्चुगल । पोर्चुगलमा नेपालीको संख्या बढेसँगै त्यहा हुने घटनामा समेत वृद्धि भएको छ । पछिल्लो दुई साता भित्रै तीन जना नेपालीले पोर्चुगलमा ज्यान गुमाउनु परेको छ । पोखरा स्थायी घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको पोर्चुगलस्थित अपार्टमेन्टमा निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको बताइएको छ । परिवारसहित पोर्चुगलमा बस्दै आएको उनी मधुमेह र… Continue reading पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो
सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन
काठमाडौं । १५ जनाको ज्यान जाने गरी सिन्धुपालचोकमा आइतबार भएको भयानक दूर्घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको छ । सडक दूर्घटनामा सरकारीस्तरबाटै छानविन समिति गठन भएको यो पहिलो पटक हो । यसअघि गत महिना अर्घाखाँचीमा भएको दूर्घटनाको समेत स्थानीय तहबाट छानविन समिति गठन भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव राजेन्द्रराज शर्माको… Continue reading सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन
चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ६ चैतबाट संचालन हुने भएको छ । २०७६ सालको एसईई परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको हो । एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालनको जानकारी गराएको छ । तालीका अनुसार ६ गते अनिवार्य अंग्रेजी, ७… Continue reading चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक
सीमा अतिक्रमण बिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीहरुद्वारा प्रदर्शन
न्यूयोर्क/अमेरिका भारतले पछिल्लो समय गरेको सीमा अतिक्रमण बिरुद्ध अमेरिकामा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गरेका छन् । नेपालको पूर्वीक्षेत्रको सीमानामा पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा आइतबार वासिङटन डिसी स्थित ह्वाइट हाउस अगाडि प्रदर्शन गरिएको हो । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज अमेरिका (वाना)का पूर्व अध्यक्ष तथा ट्रष्टी सभापति कुलमणी आचार्यको… Continue reading सीमा अतिक्रमण बिरुद्ध ह्वाइट हाउस अगाडि नेपालीहरुद्वारा प्रदर्शन
फोर्ब्सले भन्यो : नेपाल विश्वकै उत्कृष्ट गन्तब्य
काठमाडौं । विश्वचर्चित पत्रिका फोर्ब्सले सन् २०२० का लागि घुम्नै पर्ने मुलुकको सूचिमा नेपाललाई समेटेको छ । उक्त सूचिको पहिलो नम्बरमा नेपाल पर्न सफल भएको हो । घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने पत्रिकारले उल्लेख गरेको छ । फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँको सूचि… Continue reading फोर्ब्सले भन्यो : नेपाल विश्वकै उत्कृष्ट गन्तब्य
बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन
काठमाडौं । नेपालमा सडक दूर्घटनामा अधिक वृद्धि भएपछि त्यसको जनस्तरबाट व्यापक आलोचना भएको छ । खासगरी विगतमा सडक दूर्घटना हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध निकै आक्रामक अभिव्यक्ति दिने गर्थे । तर, पछिल्लो दिनमा उनकै नेतृत्वको सरकार भएपनि सडक दूर्घटनामा अकालमा मानिसले ज्यान गुमाउनु पर्ने बाध्यता झन बढ्दो छ । यसै परिस्थितिमा प्रधानमन्त्रीले गृह… Continue reading बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन
पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो अडान यथावत राख्दै अनुपस्थित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि डाकिएको थियो । तर, बैठक बस्दै नबसी स्थगित गरियो । बैठक बस्न संस्थापन पक्षका नेता भने पार्टी कार्यालय पुगेका थिए । पौडेललाई फकाउन देउवा आफै शनिबार पौडेल निवास पुगेका… Continue reading पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित
कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार
काठमाडौं । हृदयघातका कारण ज्यान गुमाएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दाहसंस्कार गरिएको छ । शनिबार राती क्षेत्रीको निधन भएको थियो । भट्टराईको भने आइतबार राती निधन भएको हो । फरक दिनमा निधन भएपनि उनीहरुको दाहसंस्कार एकै दिन पर्न गयो । आर्यघाटमा सयौं कलाकार तथा हजारौं दर्शकले उनीहरुलाई सधैका… Continue reading कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार
जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता
जुम्ला । जुम्लामा जडिबुटी खोज्न हिँडेका १२ जना मानिस हराएका छन् । तिला गाउँपालिका–९, स्थित ढिपुगाउँका १२ जना मानिस जडिबुटी खोज्न शेरा फूलबारी पाटन गएका थिए । विगत ४ दिनेदेखि उनीहरु गाउँलेको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ । ढिपुगाउँबाट पाटन पुग्न नै पैदल यात्रामार्फत दुईदिन लाग्छ। पाटनमा अत्यधिक हिउँ परेका कारण उनीहरु सुरक्षित स्थानमा बसेको… Continue reading जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता
प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?
काठमाडौं । प्रदेश गठन भई संचालनमा आएको दुई वर्ष पुगिसकेको छ । तर, नेपालका महत्वपूर्ण प्रदेशहरुले नै अझै राजधानी र नामको टुंगो लगाएका छैनन् । यता, प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठन गरेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । तर, स्थायी राजधानीमा समेत समिति समेत अन्यौलमा रहेको छ… Continue reading प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा भट्टराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने अस्पतालले जनाएको छ ।… Continue reading चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु भएको छ । संयोगवशः अघिल्लो वर्ष पनि २९ मंसिरमै स्थायी समिति बैठक बसेको थियो । त्यसपछि एक वर्षसम्म बैठक बसेन् । सामान्यतया हरेक तीन महिनामा बैठक बस्नुपर्छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गतवर्ष बैठक बसेकै दिन बैठक जुध्नु संयोग भएको… Continue reading एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक
नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वांझाउ उड्ने
काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च पहिलो साताबाट जापानको नारिता उडान थाल्ने भएको छ । उता, चीनको ग्वांझाउमा भने मार्च दोस्रो साताबाट उडान थाल्ने निर्णय भएको नेपाल एयरलाइन्सका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । उनका अनुसार निगमले यी दुई गन्तब्य बिस्तारको योजना कार्यान्वयन गर्न जोडतोडले काम गरिरहेको छ । यी दुई गन्तब्य थपिएपछि नेपाल एयरलाइन्सको… Continue reading नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वांझाउ उड्ने
सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोस्थित सुनकोशी गाउँपालिका–७ छ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दोलखा कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौं फर्किरहेको यात्रुबाहक बस लामोसाँघु(जिरी सडक खण्डको छ किलोमा दूर्घटनाग्रस्त भएको थियो । सडकबाट ५ सय मिटर तल खसेको बसमा १५ जनाको मृत्यु भएको र १९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार… Continue reading सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार
कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत
सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दूर्घटनामा परेको छ । बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना परेको सिन्धुपाल्चोक प्रहरीले पुष्टी गरेको छ । दूर्घटनामा अहिलेसम्म ४ जनाको शव निकालिएको र कैयौं घाइते भएको प्रहरीले उल्लेख गरेको छ । सडकबाट करीव ५ सय मिटर… Continue reading कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत
नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी
काठमाडौं । सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । खासगरी बामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव एजेण्डाका रुपमा अध्यक्षबाट बैठकमा प्रस्तुत हुने भएकाले यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । विधानअनुसार यस्तो बैठक हरेक तीन महिनामा बस्नुपर्छ । तर, अहिले पनि करीव १ वर्षपछि बस्न लागेको हो । सचिवालयले एक वर्षको… Continue reading नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी
१० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने
चितवन । देशभरका ह्याचरी उद्योगबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने भएको छ । व्यवसायीले आजबाट देशभर कुखुराका चल्ला उत्पादन बन्द गर्ने निर्णय गरेका हुन । कुखुराको उचित मूल्य नपाएको गुनासो गर्दै व्यवसायी उक्त निर्णयमा पुगेका हुन् । चल्ला उत्पादन बन्द गरी लागत अनुसार मूल्य पाउनुपर्ने मागसहित पहल थाल्ने व्यवसायीको तयारी रहेको छ । आइतबारदेखि… Continue reading १० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने
रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन थालेका छन् । सोही क्रममा देउवा शनिबार पौडेल निवास बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । तर, उनको सो प्रयास सफल नभएको पौडेल स्रोतले जानकारी दिएको छ । दुई दिनअघि बसेको केन्द्रीय समिति बैठक पौडेल… Continue reading रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा
धनुषा विस्फोट : तीन जना पक्राउ
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । विस्फोटमा परी एक प्रहरी अधिकृतसहित तीन जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा हंसपुर नगरपालिका वडा… Continue reading धनुषा विस्फोट : तीन जना पक्राउ