नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक… Continue reading नेपालले समेत रोक्ने भयो पर्यटक भिसा

भारतले पर्यटक भिसा बन्द गर्यो

नयाँ दिल्ली । कोरोना भाइरसका कारण संसारभर महामारी फैलिएसँगै भारतले पर्यटक भिसा बन्द गरेको छ । भारतले विशेषज्ञ, कूटनीतिक नियोगका प्रतिनिधि तथा कर्मचारी, यूएन तथा अन्य एजेन्सीमा कार्यक्रम कर्मचारी र प्रतिनिधि, विभिन्न परियोजनामा कार्ययत कर्मचारीबाहेक अन्य सबै प्रकारका भिसा बन्द गर्ने निर्णय गरेको हो । भारत सरकारले १५ अप्रिलसम्म भिसा रद्द गर्ने निर्णय गरेको हो… Continue reading भारतले पर्यटक भिसा बन्द गर्यो

कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ

काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्यो । यस दौरान संगठनले केवल आतंकित हुनुमात्र नपर्ने भन्दै यो रोग नियन्त्रण समेत गर्न सम्भव रहेको उल्लेख गरेको छ । तर, यसका लागि हरेक मुलुकले उत्तिकै सचेतना र जागरुकता अपनाउनु पर्ने संगठनको भनाई छ । यो भाइरस चीनमा करीव नियन्त्रण उन्मुख छ । तर,… Continue reading कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ

जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने

पिट्सबर्ग । कोरोना भाइरसले संसारभर यात्रा कठिन बनाएपछि यस अवधिमा निर्धारित महत्वपूर्ण बैठकहरुसमेत प्रभावित भएका छन् । अमेरिकाको पिट्सबर्गमा यसै महिना आयोजना गरिएको जी–७ देशहरुको मन्त्रीस्तरीय बैठकमा अब मन्त्रीहरु आफै सहभागी नहुने भएका छन् । त्यसका लागि अत्याधुनिक प्रविधिको प्रयाग गरी मन्त्रीहरु भिडियो कन्फ्रेन्समा बस्ने भएका छन् । बैठक मार्च २४ र २५ तारिखमा आयोजना… Continue reading जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने

अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला

फाईल फोटो

वासिंटन । अमेरिकाले यूरोपबाट अमेरिका छिर्न प्रतिवन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । यो प्रतिवन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकलाई हो । कोरोना भाइरस संक्रमण रोक्न यूरोपेली देशका नागरिकलाई अमेरिका छिर्न प्रतिवेन्ध लगाउनु परेको ट्रम्पको घोषणा छ । राष्ट्रपति ट्रम्पका अनुसार यो प्रतिवन्ध एक महिना कायम रहनेछ । उनले… Continue reading अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला

पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा । पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ । चीनबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर मात्र काममा लगाउने नीति अनुसार यसो गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा नफैलियोस भन्ने उद्देश्यले चीनबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नु परेको कार्यालयको… Continue reading पोखरा एयरपोर्टमा काम गर्ने ७१ कामदार सेल्फ क्वारेन्टाइनमा

कोरोनासँग लड्न इरान र इटालीलाई चीनको साथ, विशेषज्ञसहित सहायता सामग्री पठायो

काठमाडौं । चीनले इरान र इटालीमा  विशेषज्ञ सेवा सहायता पठाएको छ । कारोनाबाट आप्नो मुलुकमा करीव मुक्ति पाएको चीनले इरान र इटालीमा डाक्टरसहित सहायता सामग्री पठाएको हो । पछिल्ला दिनमा इरान र इटालीमा कोरोनाले भयाभह रुप लिएसँगै चीनले आफ्नो विशेषज्ञतासहित सहायता सामग्री र टोलीलाई  पठाएको हो । यूरोप र एसियाली मुलुका इरानसहित मध्यपूर्वी देशमा  कोरोनाको… Continue reading कोरोनासँग लड्न इरान र इटालीलाई चीनको साथ, विशेषज्ञसहित सहायता सामग्री पठायो

विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोनाले महामारीको रुप लियो

काठमाडौं । चीनमा करीव नियन्त्रणमा आइसकेपछि बल्ल विश्व स्वास्थ्य संगठनले कोराना संक्तमणलाई महामारी घोषणा गरेको छ । चीन एक्लैले यो रोगविरुद्ध लड्दै आफ्नो मुलुकमा करीव नियन्त्रणमा ल्याएको छ । तर, पछिल्लो समय यूरोप र अमेरिकामा कारोनाको संक्रमणले धेरै मानिसको ज्यान लिन थालेपछि बल्ल संगठनले यस रोगलाई महामारी घोषणा गरेको हो । बेलैमा पश्चिमा मुलुकले चीनलाई… Continue reading विश्व स्वास्थ्य संगठनले भन्यो : कोरोनाले महामारीको रुप लियो

एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच एकिकरण भएको छ । पूर्वपञ्चहरु मिलेर गठन भएको राप्रपाको फूट र जूटको श्रृंखला यो पहिलो पटक भने होइन । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी पार्टी एकिकरणको घोषणा भएको हो । चार वर्ष अगाडी यसैगरी घोषणासभाबाट एउटै पार्टीमा जोडिएका नेताहरुले पार्टीलाई चीन चोइटा बनाएका थिए ।… Continue reading एक भए राप्रपाका तीन खेमा, एकिकरण सम्पन्न

कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता

काठमाडौं । नेपालमा कोरोना भाइरस फैलन नदिन सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेका छन् । दलका नेता तथा प्रतिनिधिले सरकारलाई सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सरकारी संयन्त्रले सर्वदलीय बैठक आयोजना गरेको थियो । सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज… Continue reading कोरोनाविरुद्ध सर्वदलीय प्रतिवद्धता

निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित

प्रभात भट्टराई/अमेरिका सिनेटर बर्नी स्यान्डर्सका लागि ‘गर या मर’ रहेको मंगलबारको डेमोक्रेटिक प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । अपेक्षाभन्दा कमजोर प्रदर्शनसँगै स्यान्डर्सले मंगलबार राती कुनै पनि प्रतिकृया दिन अश्विकार गरे । ‘सुपर ट्युज्डे– २’ भनेर मिडियाहरुले चर्चा गरेको मंगलबार छ राज्यमा प्राइमरी निर्वाचन भएको थियो । त्यसमध्ये तीनवटा बाइडेनले… Continue reading निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित

बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना

लण्डन । बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी संक्रमणको पुष्टी भएसँगै आइसोलेसनमा बसेको संचारमाध्यमले लेखेका छन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस आफैले संक्रमणको जानकारी गराएकी हुन् । उनी बेलायतमा संक्रमण हुने पहिलो उच्च पदस्थ अधिकारी हुन । आफु चिकित्सकको सल्लाहमै निजी निवासको आइसोलेसनमा बसेको उनले बताएकी हुन् ।… Continue reading बेलायती स्वास्थ्य मन्त्रीमा देखियो कोरोना

पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट

फाइल तस्वीर

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरलाई लक्षित गर्दै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खाली ठाउँमा बुधबार बिहानै कुकर बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरले घटनाको पुष्टी गरेको छ । बुधबार बिहान ७ः४५ बजे बम विष्फोट गराएको छ । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइए पनि… Continue reading पूर्वमन्त्री गोकुल बास्कोटाको घर लक्षित बम विस्फोट

पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने

काठमाडौं । पर्वतारोहणमा आउने पर्यटकमार्फत नेपालमा कारोना नफैलियोस भन्ने उद्देश्यले सरकारले सचेतना बढाएको छ । बसन्त ऋतुमा हुने पर्वतारोहणमा सरकारले कडा नियम ल्याएको छ । पर्यटन विभागका अनुसार आरोहीले पर्वतारोहण अनुमति पत्र लिनु अगाडि गरेको १४ दिनको यात्रा विवरण पेश गर्नुपर्ने भएको छ । यसको व्यवस्थापन भने ट्राभल एजेन्सीले गर्नेछ । अहिले विश्वभर कोरोनाको संक्रमण… Continue reading पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने

अब कोटेश्वर-कलंकी रोडमा डेडिकेटेड लेन

काठमाडौं । कोटेश्वर-कलंकी सडकमा अब डेडिकेटेड लेन तोकिने भएको छ । त्यसअनुसार अब यात्रुबाहक तथा मालबाहक सवारी साधनले छुट्टै लेनमा मात्र गुड्न पाउने छन् । ८ लेन सडक रहेको यहाँ निजी र द्रुत गतिमा गुड्ने सवारी साधनले भने छुटटै लेनको प्रयोग गर्नुपर्ने भएको छ । यद्दपी यो नियम २ चैतबाट मात्र कार्यान्वयनमा आउने महानगरीय ट्राफिक… Continue reading अब कोटेश्वर-कलंकी रोडमा डेडिकेटेड लेन

वुहान पुगे राष्ट्रपति सी, कोरोनाविरुद्ध चिनियाँ सफलताको सन्देश

वुहान । कोरोना भाइरसविरुद्ध चीन अब झण्डै जीतको नजिक छ । कोरोना भाइरसको उद्गम स्थल पुगेर मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले संसारलाई यही सन्देश प्रवाह गरे । कोरोना भाइरस सङ्क्रमण शुरु भएको सहर वुहानमा उनले रोग विरुद्ध भइरहेको कामको अवलोकनमात्र गरेनन्, स्थानीयबासीसँग भलाकुसारी समेत गरे । भाइरसको सङ्क्रमणबाट चीनमा मङ्गलबारसम्म ३ हजार १ सय ३६… Continue reading वुहान पुगे राष्ट्रपति सी, कोरोनाविरुद्ध चिनियाँ सफलताको सन्देश

डेमोक्रेटिक राष्ट्रपतिय होड– ‘गर या मर’को लँडाइमा सिनेटर स्यान्डर्स, मिसिगन जित्नै दबाब

प्रभात भट्टराई/अमेरिका गत साताको ‘सुपर ट्युज्डे प्राइमरी’ निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि सिनेटर बर्नी स्यान्डर्सले नयाँ गन्तव्य तय गरेका थिए मिसिसिपी । मार्च १० मा प्राइमरी चुनाव हुने ‘सुपर ट्युज्डे– २’ मा मिसिसिपी पनि सामेल थियो । ३६ डेलिगेट रहेको मिसिसिपीमा शुक्रबार चुनावी सभा गर्ने स्यान्डर्स क्याम्पेनको तयारी थियो । तर, उनले बिहीबार एकाएक यात्रा स्थगथ… Continue reading डेमोक्रेटिक राष्ट्रपतिय होड– ‘गर या मर’को लँडाइमा सिनेटर स्यान्डर्स, मिसिगन जित्नै दबाब

कोरोना अतिप्रभावित देशबाट खाद्यान्न आयात रोकियो

काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित देशबाट नेपालमा खाद्यान्न आयात गर्न रोक लगाएको छ । कृृषि तथा पशुपछी विकास मन्त्रालयले कोरोना भाइरसबाट अति प्रभावित पाँच देशबाट पशु, विरुवा र खाद्यवस्तु आयात गर्न नपाउने गरी रोक लगाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट धेरै प्रभावित बनेका चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट कुनै पनि प्रकारका पशु तथा… Continue reading कोरोना अतिप्रभावित देशबाट खाद्यान्न आयात रोकियो

नेपाल एयरलाइन्स र हिमालयद्धारा कतार उडान बन्द

काठमाडौं । कतार सरकारले नेपालीलाई कतार प्रवेशमा रोक लगाएसँगै दुई नेपाली कम्पनीले कतार सँगको हवाई उडान बन्द गरिदिएका छन् । सरकारी कम्पनी नेपाल एयरलाइन्स र निजी कम्पनी हिमालय एयरलाइन्सले कतारको राजधानी दोहामा गर्दै आएको उडान बन्द गरेका हुन् । कतारले नेपाललाई रोकसँगै यहाँ एक त विजेनश नहुने र अर्कोतर्फ झण्झटसमेत उत्तिकै हुने भएपछि कम्पनीले उडान… Continue reading नेपाल एयरलाइन्स र हिमालयद्धारा कतार उडान बन्द

कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित

File Photo

काठमाडौं । विश्व फूटबलकै एक शक्तिशाली मुलुक हो अष्ट्रेलिया, एसियामा त उसको एकछत्र राज रहेको छ । विश्वकप छनोट तथा एसियाकपका लागि समेत छनोटका लागि अष्टेलिया र नेपालबीच नेपालको घरेलु मैदानमा खेल हुने तय थियो । खेल यसै महिना नेपालको दशरथ रंगशालामा हुनुपर्ने थियो । शक्तिशाली मुलुकसँग घरेलु मैदानमा आफ्नो टीमले खेलेको हेर्ने दर्शकको चाहना… Continue reading कोरोनाका कारण अष्ट्रेलिया र नेपालको खेल स्थगित

इटलीमा अब सडकमा निस्कन प्रतिवन्ध

रोम । इटली सरकारले अब नागरिकलाई सडकमा निस्कन प्रतिवन्ध लगाएको छ । कोरोना संक्रमणले महामारीको रुप लिएसँगै सरकार यो निष्कर्षमा पुगेको हो । इटलीभर यात्रा बन्द गरिएको छ । नागरिकले अब सडकमा निकस्न पाउने छैनन् । बाहिर निस्कनै पर्ने काम भए स्थानीय प्रशासनको अनुमति लिनु पर्ने भएको छ । सडकमा हिड्न प्रतिवन्ध लगाएसँगै अब नागरिकहरुले… Continue reading इटलीमा अब सडकमा निस्कन प्रतिवन्ध

कोरोनाले अमेरिकामा २६ को निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ४ हजार पार गरेको छ । त्यसमध्ये अमेरिकामा मात्र २६ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । चीनबाट शुरु भएको यस रोगबाट सोमबारसम्म २६ जनाले अमेरिकामा ज्यान गुमाएको तथ्यांक छ । सोमबारसम्म कूल संख्या ४ हजार २५ ले विश्वभर ज्यान गएको छ । चीनमा… Continue reading कोरोनाले अमेरिकामा २६ को निधन

नेपालले थप तीन देशका नागरिकलाई रोक्यो अनअराइभल भिसा

काठमाडौं । सरकारले नेपाल आउने विश्वका विभिन्न मुलुकलाई अनअराभइल सुविधा दिने गरेको छ । त्यसमध्ये कोरोना भाइरसको संक्रमण बढी फैलिएका ५ मुलुकलाई अनअराइभल भिसा नदिने निर्णय भएकोमा त्यसलाई थपेर ८ देश पुर्याइएको छ । यो नीति आजैबाट लागु हुँदैछ । अब अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकले समेत नेपाल आउन ‘अन–अराइभल’ भिसा नपाउने भएका छन्… Continue reading नेपालले थप तीन देशका नागरिकलाई रोक्यो अनअराइभल भिसा

चीनलाई नेपालको सान्त्वना

काठमाडौं । नेपालले चीनलाई विपदको घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएको छ । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालले आफ्नो बलियो साथ रहेको बताएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मन्त्री ज्ञवालीले विपद्को घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएका… Continue reading चीनलाई नेपालको सान्त्वना

होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

काठमाडौं । कुनै न कुनै अप्रिय घटना भइरहने होलीको दिन यस वर्ष भने तुलनात्मक रुपमा शान्त रह्यो । सरकारले यो वर्ष समूहमा जम्मा भएर होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको थियो । सर्वसाधारणले समेत सरकारको उक्त आग्रह मानेका छन् । सडकमा विगतका तुलनामा कम मात्र मानिस होली खेलिरहेको भेटिए । होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय… Continue reading होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका प्रवासी नेपाली एकता मञ्चले अमेरिकामा बसोबास गरिरहेका सबै नेपालीले आफ्नो संस्थाको सदस्यता लिन पाउने जनाएको छ । यो संस्था कुनै पनि पार्टीको भातृ संगठन नभएकाले अमेरिकी नेपाली समाजका सबैले यसमा सहभागी हुन पाउने बताइएको हो । ११ महिना अघि अमेरिकी कानुन अनुसार दर्ता गरिएको सामाजिक संस्था भएकाले बिना कुनै पुर्वाग्रह संस्थाको सदस्यता… Continue reading प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने

चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी

काठमाडौं । चीनमा गत डिसेम्बरबाट शुरु भएको कोरानो भाइरसको संक्रमणबाट ३६ सय भन्दा बढीका ज्यान गइसकेको छ । दिन प्रतिदिन तिब्रताका साथ फैलिएको यस रोगले चीनमामात्र करीव ९० हजार मानिसमा संक्रमण फैलियो । तर, सोमबार चीनमा नयाँ संक्रमण हुने दर अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ । चीनको बुहानभन्दा बाहिर संक्रमण देखिएको छैन । महामारीको रूप… Continue reading चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी

यूएइमा पनि नेपालीमा कोरोना

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा समेत नेपालीमा कोरानाको संक्रमण देखिएको छ । दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । सोमबार दुई नेपालीसहित १४ नयाँ संक्रमित पुष्टी भएको यूएईको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका हुन् । दुई नेपाली, तीन इटाली, दुई बंगलादेशीसँगै रुस, सिरिया… Continue reading यूएइमा पनि नेपालीमा कोरोना

अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना

तास्मानिया । अष्ट्रेलियामा नेपालीमाथि पनि कोरोनाको संक्रमण भेटिएको छ । संचारमाध्यमका अनुसार तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको हो । उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको साथमा रहेका अन्य चार जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएको… Continue reading अष्ट्रेलियामा नेपालीमा भेटियो कोरोना

इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु

काठमाडौं । चीनमा केही कमी देखिएको कोरोना भाइरसले इटाली र इरानलाई भने ठूलो झट्का दिएको छ । आइतबार मात्र इटालीमा १ सय ३३ र इरानमा ४९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । संगठनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेअनुसार आइतबार एक दिन मै विश्वभर २ सय ३० जनाको मृत्यु भएको छ ।… Continue reading इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु