Category: फिचर

  • बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो

    बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दलहरुलाई दिएको समय सीमा आज सकिँदैछ । राष्ट्रपतिले सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी थिइन् । यो समयसीमा आज राति ९ बजे सकिने छ । तर, बिहीबार बिहानसम्म नयाँ सरकार गठनबारेको अलमल टुंगिएको छैन । खासगरी जनता समाजवादी पार्टीमा देखिएको दुई धारले विपक्षी मोर्चामा बहुमत नपुग्ने देखिएको छ ।

    यसका लागि एमालेका सांसदले राजिनामा दिनुपर्ने हुन्छ । राजिनामाको चर्चा चलेपनि जसपाको निर्णय नआउँदा एमाले माधव नेपाल पक्ष पर्ख र हेरको अवस्थामा रहेको छ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएको छ । जनता समाजवादी पार्टीको बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष सकिएपछि अझै अन्यौल बढेको हो ।

  • कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी

    कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी

    काठमाडौं । कोरोना संक्रमण र मृत्यु दरमा नेपालले भारतलाई समेत उछिनेको छ । संक्रमणको तिब्रताका दृष्टीकोणबाट नेपाल संसारकै अग्रणी मुलुकको सूचीमा पुगेको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा दैनिक प्रति १० लाख जनसंख्यामा २४० जना संक्रमित भएका छन् । नेपालमा यो दर ३०४ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा‍‍. अर्चना श्रेष्ठले जानकारी गराइन् । उनका अनुसार कोरोनाको मृत्युदर समेत भारतको तुलनामा नेपालमा उच्च भएको छ ।

    दैनिक प्रति १० लाख जनसंख्यामध्ये नेपालमा ३.३ को ज्यान गइरहेको छ । भारतमा २.५ जनाको मात्र ज्यान गएको छ । यस आधारमा नेपालमा संक्रमणले भयाभह अवस्था सिर्जना गरेको पाइएको छ । परीक्षण गरिएकामध्ये पोजेटिभ देखिनेको संख्या समेत भारतमा भन्दा नेपालमा उच्च देखिएको छ । औसतमा दैनिक भारतमा परीक्षण गरेकामध्ये २२. ६ प्रतिशतलाई कोरोना देखिएको छ । नेपालमा ४५. १ प्रतिशतलाई कोरोना पुष्टी भएको छ ।

  • अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा

    अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा

    काठमाडौं । नेपालका चार जिल्लाबाहेक निषेधाज्ञा देशभर लागु भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशभरका ७३ जिल्लामा निषेधाज्ञा कार्यान्वयनमा रहेको छ । गृह मन्त्रालयका अनुसार अहिले मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा निषेधाज्ञा घोषणा भएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै ७ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो ।

    उपत्यकामा १६ वैशाखमा शुरु भएको हो । निषेधाज्ञा घोषणा भएका जिल्लामा समेत कडाई भने गरिएको छ । अत्यावश्यक बाहेकका सेवा रोकिएका छन् । सरकारले जिल्लाको अवस्था हेरि निर्णय लिन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कोरोनाबाट नेपालका ४४ भन्दा बढी जिल्ला रेड जोनमा परिसकेका छन् ।

  • आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

    आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाई गरिएको छ । अब उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । निषेधाज्ञा जेठ १३ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक आदेश जारी गरि कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् ।

    औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा मात्र व्यक्ति घर बाहिर निस्किन पाउने छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्ति राखेर निरन्तर काम गर्नुपर्नेछ ।

    निषेधाज्ञामा बिहान १० बजेसम्म भने अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला रहने छन् । सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म चलाउन पाइने छैन । हवाई आन्तरिक उडान अनिश्चित कालका लागि बन्द भएको छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन । घरमा दश जनासम्म उपस्थित भएर यस्तो कार्य गर्न सकिने छ ।

  • अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता

    अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता

    न्यूयोर्क

    नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढि रहँदा अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय समितिमा यो बिषयले प्रवेश पाएको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिको सुनुवाइमा बुधबार सिनेटरहरुले नेपालमा बढ्दो भाइरस संक्रमण र त्यसमा सरकारले गर्ने सहयोगबारे प्रश्न उठाएका हुन् ।

    कनेक्टिकट सिनेटर क्रिस मर्फी र न्यू ह्यामसायर सिनेटर जिन सहिनले सुनुवाइमा उपस्थित युएसएआइडीका कोभिड- १९ कोअर्डिनेटर जेरेमी कोनिन्डिकलाई नेपाललाई अमेरिकी सरकारले पुर्याउने सरयोग बारे प्रश्न गरेका हुन् । सिनेटर मर्फीले नेपालमा भाइरस संक्रमणको अवस्था छिमेकी भारतको जस्तै भयावह हुन नदिन सरकारले के सहयोग गर्न सक्छ भनेर प्रश्न गरेका थिए । यस्तै सिनेटर सहिनले समाचारहरुमा तीब्र रुपले नछाए पनि नेपालमा भाइरस संक्रमण उच्च रहेको तथ्यांक आफ्नो राज्यमा बसोबास गर्ने नेपालीहरुले आफुलाई सुनाएको बताएकी थिइन् ।

    जवाफमा कोनिन्डिक नेपाललाई कोभिड -१९ सँग जुध्न दुई करोड ३७ करोड डलर (करिब साढे दुई अर्ब रुपैयाँ) अमेरिकाले छुट्याएको र त्यसमा पनि एक करोड डलर हालै मात्र विनियोजन गरिएको जवाफ दिए । नेपाललाई भाइरस टेष्टिङ देखि अन्य अत्यावश्यक स्वास्थ्य उपकरणमा तुरुन्त सहयोग पुर्याउने उनले बताएका थिए ।

    अमेरिकामा भ्याक्सिन हान्ने संख्या बढेसँगै भाइरस नियन्त्रण उन्मुख देखिए पनि भारत लगायत देशमा पछिल्लो समय तीब्र संक्रमण बढेपछि सिनेटको बैदेशिक सम्बन्ध समितिले  ‘कोभिड-१९ पेन्डामिक एन्ड द युएस इन्टरनेशनल रेस्पोस्स’ शिर्षकको सुनुवाइ आयोजना गरेको हो ।

  • इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन नेपालको आग्रह

    इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन नेपालको आग्रह

    काठमाडौं । नेपालले इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन आग्रह गरेको छ । दुई मुलुकबीच बढ्दो तनावबारे चासो राख्दै नेपालले यस्तो बताएको हो । केही दिनयता चर्केको द्वन्द्वका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने सयौं घाइते भएको खबर सार्वजनिक भएको छ ।

    परराष्ट्र मन्त्रालयले बुधबार ट्वीट गर्दै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र थप मानवीय क्षति र विध्वंश रोक्न समेत आग्रह गरेको छ । पछिल्लो हिंसामा एक भारतीय महिलासहित ३१ जनाको ज्यान गएको छ । नेपालले समस्याको समाधानको लागि शान्तिपूर्ण माध्यमतर्फ अग्रसर हुन समेत भनेको छ ।

  • इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आह्वान

    इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आह्वान

    काठमाडौं । इजरायल र प्यालेस्टानबीचको बढ्दो द्वन्द्व र आक्रमणका कारण इजरायलमा रहेका नेपाली समुदाय समेत त्रसित बनेका छन् । इजरायलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहन आहृवान गरेको छ । दूतावासले बुधबार एक अपील जारी गर्दै विगत केही दिनयता इजरायल र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको र जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको उल्लेख गरेको छ ।

    हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको जानकारी राजदूत डा. अन्जान शाक्यले गराएकी छिन् । यसले सबैलाई त्रसित तुल्याएको भन्दै उनले नआत्तिन तथा सम्भव भएसम्म सुरक्षाका उपायको खोजी गर्नेतर्फ लाग्न सबैमा अनुरोध समेत गरेकी छिन् ।

    उनले साइरन बज्नासाथ घर भित्रभए बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भए नजिकैको बङ्करमा पुगिहाल्न समेत सुझाव दिएकी छिन् । त्यो उपलब्ध नभए सुरक्षित हुने उपाय अपनाउन उनले आग्रह गरेकी छिन् । कुनै समस्या परे दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत उनले अपील गरेकी छिन् ।

  • गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ

    गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

    बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

    प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

    प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

    नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

    प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै पौडेलले ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी छिन् ।

    गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

    प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

    प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।

  • नेपाल चिकित्सक संघद्धारा देशभर ‘रेड अलर्ट’ घोषणा

    नेपाल चिकित्सक संघद्धारा देशभर ‘रेड अलर्ट’ घोषणा

    काठमाडौं । नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।

    कोरोना महामारी तीव्र गतिमा बढ्दै गएपछि संघले बुधबार एक विज्ञप्ति जारी गरी ‘रेड अर्लट’ घोषणा गरेको हो।

    चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्ति कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील गरिएको छ ।

    दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ।

    राष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज समेतलाई सम्बोधन गर्दै अपीलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका, गरिरहेने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    ‘नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर “रेड अलर्ट” घोषणा गर्दै सबैले आ आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपील गरेका छौ अपीलमा भनिएको छ । ’

  • नेपालमा एकैदिन १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टी

    नेपालमा एकैदिन १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

    पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार २२५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । निको हुने दर ७४.९ प्रतिशत छ ।

  • नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

    नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

    नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी
    काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

    कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न अपिल गरिएको छ । नेपालले भने यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।

  • इजरायल र प्यालेस्टाइन बीच चर्कियो युद्ध, कम्तिमा ३१ मारिए

    इजरायल र प्यालेस्टाइन बीच चर्कियो युद्ध, कम्तिमा ३१ मारिए

    काठमाडौं\एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो केही दिन यता गाजामा क्षेत्रमा फैलिएको हिंसामा परि कम्तिमा ३१ जना मारिएका छन् । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूत टोर वेन्स्ल्यान्डले यी दुई मुलुकबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।

    इजरायल र प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका छन्। उता, इजरायलले समेत हवाई हमला गरि गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएको बीबीसीले लेखेको छ । गाजामा एउटा भवन परिसर ध्वस्त पारिएपछि प्यालेस्टिनी विद्रोहीहरूले इजरेली शहर तेल अभिभमा १३० वटा क्षेप्यास्त्र प्रहार गरेको खबर छ ।

    भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजास्थित १३ तले भवनमा हमला गरिएको हो । यी हमलामा कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टी भइसकेको छ । इजरायलमा तीन र प्यालेस्टिनी क्षेत्रमा २८ जनाको ज्यान गएको हो ।

  • नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?

    नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?

    काठमाडौं । नेपालका दुई छिमेकी मुलुक चीन र भारतबाट नेपालले कुल १८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा पायो । त्यसमध्ये भारतको १० लाख डोज र चीनको ८ लाख डोज खोप थियो । भारतबाट थप १० लाख डोज खोप खरीद गरि आफ्ना मुलुकका नागरिकलाई लगायो । थप १० लाख डोज खोप डेरिभरी भइनसक्दै भारत आफै कोरोनाको चपेटामा पर्यो । यहाँ दैनिक ४ हजार भन्दा माथि मृत्यु भइरहेको छ ।

    यो अवस्थामा नेपालले तत्काल भारतबाट खोप पाउने छैन । खोपको अभावमा नेपालमा मृत्युदर आकासिएको छ । नेपालले पैसा दिएर पनि खोप किन्न सक्ने अवस्था देखिएको छैन । दैनिक संक्रमण १० हजार नजिकै छ । नेपालजस्तो थोरै जनसंख्या भएको मुलुकमा यो दर निकै भयाभह अवस्था हो । तर, नेपालले यो बीचमा अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहयोग पाउन सकेको छैन । महामारी नियन्त्रणमा मुलुक भित्रको कमजोर व्यवस्थापन, स्वास्थ्य प्रणालीमा अस्तव्यस्तता एउटा पाटो हुन सक्छ, तर कूटनीतिक क्षेत्रबाट समेत निकै कमजोर बनेको छ ।

    महामारीको समयमा अन्तराष्ट्रिय समुदायको ध्यान नेपालतर्फ हुनुपर्ने थियो । यसका लागि नेपालले हरेक जसो मुलुकमा आफ्ना दूतहरु राखेको छ । उनीहरुबाट खै नेपालका लागि पहल ?

    महामारीको समयमा अन्तराष्ट्रिय समुदायको ध्यान नेपालतर्फ हुनुपर्ने थियो । यसका लागि नेपालले हरेक जसो मुलुकमा आफ्ना दूतहरु राखेको छ । उनीहरुबाट खै नेपालका लागि पहल ? संयुक्त राज्य अमेरिकामा राजदूत बनेका आएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा के गरिरहेका छन्, कसैलाई अत्तोपत्तो छैन । न उनी केही सहायताका लागि पहल गर्छन, न सहयोगकै अपिल । यस्तै अवस्था अन्य मुलुकका लागि खटिएका राजदूतहरुमा समेत देखिन्छ ।

    संयुक्त राज्य अमेरिकामा राजदूत बनेका आएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा के गरिरहेका छन्, कसैलाई अत्तोपत्तो छैन । न उनी केही सहायताका लागि पहल गर्छन, न सहयोगकै अपिल । यस्तै अवस्था अन्य मुलुकका लागि खटिएका राजदूतहरुमा समेत देखिन्छ ।

    आफ्नो मुलुक संकटमा पर्दा कुनै काम गर्न सकिन्न भने त्यस्ता राजदूतबाट देशले के अपेक्षा गर्छ ? भोली घर फर्कदा उनीहरुमाथि प्रश्न कसले गर्ने ? कि राजनीतिक कोटामा नियुक्त भएका राजदूतले कुनै सिन्को नभाची घर फर्किए पनि उनी सफल मानिन्छन् ?

  • गंगा तटमा भेटिए थप ७१ शव, ठूलो हताहतीको आशंका

    गंगा तटमा भेटिए थप ७१ शव, ठूलो हताहतीको आशंका

    बिहार । भारतको उत्तर प्रदेश तथा बिहारको सीमा क्षेत्रमा गंगामा सयौं शव भेटिएपछि यसले यो भेगमा ठूलो मानवीय क्षतिको संकेत गरेको छ । मंगलबार गंगामा तैरिरहेका ७१ शव फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् । यसअघि अघिल्लो दिन मात्र एक सय भन्दा बढी शव मिलेको खबर सार्वजनिक भएको थियो । यसको यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन ।

    बिहारको चौसास्थित गंगा नदीको महादेव घाट आसपास अघिल्लो दिन कैयौं शव भेटिएका थिए । मंगलबार भेटिएका ७१ शवको समेत पोष्टमार्टमपछि गाडिएको छ । बक्सर जिल्ला प्रशासनले यसको जानकारी गराएको हो । यो घटनासँगै घाट आसपास सरकारले प्रहरी खटाउने निर्णय समेत गरेको छ । आगामी दिनमा यस प्रकारका घटना नदोहोरिउन भनेर सो कदम उठाउन लागिएको प्रशासनको भनाई छ ।

    खासगरी कोरोनाबाट उच्च मानवीय क्षति भएको र मृत्यु भएकालाई जलाउन दाउराको उच्च मूल्य तिर्न नसकी लास गंगामा बगाएको हुन सक्ने आशंका गरिएको छ । उता, मोदी सरकारका जल शक्ति मन्त्री गजेंद्र सिंह शेखावतले गंगा नदीमा शव मिल्नु दुर्भाग्यपूर्ण भएको भन्दै यस विषयमा गम्भीर हुन राज्य सरकार सँग आग्रह गरेका छन् । उनले गंगाको निर्मलता र अविरल प्रवाहका लागि सरकार कटिवद्ध रहेको समेत बताएका छन् ।

  • एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु

    एमाले नेता तथा प्रदेशसभा सदस्य चौलागाईंको कोरोनाबाट मृत्यु

     
    काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणका कारण  मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

    उनी एक साता अगाडि अस्पताल भर्ना भएका थिए । दोलखामा इमानदार नेताको रुपमा उनको छवि रहेको छ । एमाले नेता कार्यकर्ताले उनको निधनमा शोक व्यक्त गरेका छन् । कोरोनाबाट मृत्यु हुने हाइप्रोफाइल व्यक्ती हुन् ।

  • अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले

    अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले

    काठमाडौं । अक्सिजनको चरम अभाव अब काठमाडौं उपत्यका भित्रका अस्पतालहरुमा देखिन थालेको छ । मंगलबार काठमाडौंका विभिन्न अस्पतालले अक्सिजन नभएको भन्दै हात उठाएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएको भन्दै तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएको बताएको छ ।

    उसले अस्पतालमा अक्सिजन अपुग हुने भन्दै बिरामीलाई आफ्नो व्यवस्था गर्न भनेको छ । अक्सिजन अभावकै कारण बिरामीलाई डिस्चार्ज गर्न लागिएको र सम्बन्धित निकायहरुमा खबर पुर्‍याइएको समेत अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    उता, ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले समेत कोभिड र नन कोभिड बिरामीको उपचारमा प्रतिदिन ४५० देखि ५०० सिलिण्डर अक्सिजन चाहिने भन्दै सरकारबाट प्राप्त भएको १०० सिलिण्डर कोटाले उपचार पर्याप्त गर्न नसकिने बताएको छ । मेडिसिटीले अक्सिजन अभाव भएपछि नयाँ बिरामी भर्ना लिन नसकिने भन्दै हात उठाएको छ ।

    अस्पतालले यसबारे स्वास्थ्य मन्त्रालय, सिसिएमसी र सरोकारवाला निकायलाई अनुरोध समेत गरेको छ । दूर्गम भेग र तराईका बढी भिडभाड हुने अस्पतालमा समेत अक्सिजनको चरम अभाव छ । सोहीकारण कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारमा चूनौति थपिएको छ ।

  • चिनियाँ खोप भेरोसेलको दोस्रो डोज २ जेठबाट लगाइने, कहाँ हुने छ खोप केन्द्र ?

    चिनियाँ खोप भेरोसेलको दोस्रो डोज २ जेठबाट लगाइने, कहाँ हुने छ खोप केन्द्र ?

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरूद्ध पहिलो मात्राको भेरोसेलको खोप लगाएका व्यक्तिका लागि दोस्रो डोज २ जेठबाट वितरण गरिने भएको छ । काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि वितरण हुने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप काठमाडौं महानगरपालिका, किर्तिपुर,चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा लगाइने भएको छ ।

    काठमाडौं महानगरपालिका भित्र ३२ वटै वडामा खोप केन्द्र रहने भएका छन् । यो खोप १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई दिइएको छ । साथै प्राथमिकताका आधारमा चीनमा पढ्न जाने विद्यार्थी, चीनमा व्यापार गर्ने व्यापारीले समेत लगाएका छन् । छूटपूट भएका प्राथमिकता प्राप्त समूहका व्यक्तिले समेत चिनियाँ खोप लगाएका थिए ।

  • नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान ३१ मेसम्म बन्द

    नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान ३१ मेसम्म बन्द

    काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान ३१ मे २०२१ सम्म बन्द भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि यसअघि वैशाख मसान्तसम्म उडान बन्द गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई अब १७ जेठ अर्थातः ३१ मेसम्म उडान बन्द हुने जानकारी दिएको हो ।

    यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । यो बीचमा चार्टर्ड उडान भने जारी रहने छन् । मेडिकल प्रयोजनका उडान जारी रहनेछन् भने कार्गो उडान समेत हुने छन् । सरकारले आन्तरिक उडानबारे भने केही बोलेको छैन ।

    अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित बनेका छन् । सरकारले १३ जेठसम्म उपत्यकाको निषेधाज्ञा समेत बढाएको छ ।

  • कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकैदिन २२५ को मृत्यु

    कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकैदिन २२५ को मृत्यु

    काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो ।

    यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ४ हजार भन्दा माथि पुगेको छ । नेपालमा कोरोनाबाट ४०८४ जना मानिसको ज्यान गएको छ ।

  • नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टी, ५२२५ जना कोरोना संक्रमणमुक्त

    नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टी, ५२२५ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा गरि ९ हजार ४८३ जनामा कोेरोना पुष्टि भएको छ ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ ।२२५ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ४०४८ पुगेको छ। संक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।

  • पूर्वराजा कोरोना मुक्त, रानी कोमललाई आइसीयूबाट वार्डमा सारियो

    पूर्वराजा कोरोना मुक्त, रानी कोमललाई आइसीयूबाट वार्डमा सारियो

    काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ ।

    १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ ।

    पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

    स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ ।

  • देशकै सबैभन्दा ठूलो कालिमाटी  तरकारी बजार बन्द

    देशकै सबैभन्दा ठूलो कालिमाटी तरकारी बजार बन्द

    काठमाडौं । देशकै सबैभन्दा ठूलो तरकारी बजारको रुपमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले आजदेखि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो।

    समितिले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको छ।‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ,’ समितद्वारा जारी सूचनामा भनिएको छ।’

    यद्यपि, थोक बजार भने खुला रहने समितिले जनाएको छ । थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दूरी कायम गरेर विक्री वितरण गर्न पाइने छ। बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन।

    यसअघि भने बजार बिहान ३ बजेदेखि ९ बजेसम्म खोल्न दिइएको थियो।

  • उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा, घरबाहिर विवाह गर्न नपाइने

    उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा, घरबाहिर विवाह गर्न नपाइने

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ ।

    कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका लागि कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ।

    पार्टी प्यालेसमा हुँदै आएको विवाह, ब्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको छ ।

    अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।

    काठमाडौं उपत्यकामा यसअघि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ।

  • नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

    नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३२ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७० रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।

    शेयर मूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बोटलर्स नेपाल, रुरु जलविद्युत परियाोजना, युनाईटेड मोदी हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था बैंक रहेका छन् ।

    नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

    जीवन बीमा समूह सबैभन्दा धेरै २६७.१८ अंकले बढेको छ । कारोबारमा आएका २२० कम्पनीमध्ये १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ३४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर २० करोड र शिवम् सिमेन्ट १६ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

    बढ्दो बजारमा आज पनि विशाल बजार कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

  • नयाँ सरकार गठनको कसरतमा दलहरु, महन्त ठाकुर पक्ष ओलीतिरै

    नयाँ सरकार गठनको कसरतमा दलहरु, महन्त ठाकुर पक्ष ओलीतिरै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेसँगै दलहरु नयाँ सरकार गठनको कसरतमा जुटेका छन् । तर, जसपामा दुई धार देखिएपछि भने नयाँ सरकार गठनको प्रक्रिया जटिल बन्ने भएको छ ।

    जसपामा महन्त ठाकुर पक्ष एमाले अध्यक्ष ओलीकै पक्षमा रहेको छ । तर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने कांग्रेस र माओवादी पक्षमा खुलेको छ । गत राती ठाकुरले एक विज्ञप्ती जारी गरि यो बारे स्पष्ट पारेका छन् ।

    यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न आज बैठक आह्वान गरेका छन् । देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

    देउवा निवास बुढानिलकण्ठमा बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि सरकार कामचलाउ भएको छ । राष्ट्रपतिले दलहरुलाई तीन दिनको समय दिएर बहुमतको सरकार बनाउन आह्वान गरेकी छिन् । वर्तमान संसदमा बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्छ ।

  • अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

    अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

    वासिंटन डिसी । अमेरिकाले अब १२ देखि १५ वर्षसम्मका किशोर किशोरीम समेत कोरोना विरुद्धको खोप दिने भएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार यो अभियान यसै साता अर्थातः १३ मे बाटै शुरु गर्ने तयारी छ । अमेरिकी नियामक निकायले सोमबार फाइजर-बायोएनटेकको कोभिड १९ विरुद्धको खोप किशोरावस्थाका मानिसमा समेत दिन आपतकालीन मन्जुरी दिएको छ ।

    यो उमेरका किशोर किशोरीमा खोप दिइने संसारकै पहिलो अभियान हुने छ । कोरोना विरुद्धको अभियानमा यसलाई निकै ठूलो सफलता समेत मानिएको छ । खासगरी विद्यालय जाने उमेर समुहका बालबालिकालाई यो खोप दिँदा आगामी दिन अझ सहज हुने अपेक्षा गरिएको छ ।


    अमेरिकी राष्ट्रपति जो बाइडेनले राज्यहरुसँग आफ्नो राज्यमा रहेका युवामा छिटो खोप उपलब्ध गराउन आह्वान गरेका छन् । उनले अभिभावकसँग समेत आफ्ना बच्चालाई खोप अभियानमा सामेल बनाउन आह्वान गरेका छन् । अमेरिकामा १६ वर्षभन्दा माथिका मानिसका लागि भने खोप अहिले पनि उपलब्ध छ ।

  • भारतको गंगा तटमा भेटिए ४० वेवारिसे शव, कोभिडका बिरामीको हुन सक्ने आंशका

    भारतको गंगा तटमा भेटिए ४० वेवारिसे शव, कोभिडका बिरामीको हुन सक्ने आंशका

    उत्तर प्रदेश । भारतको गंगा तटमा ४० भन्दा बढी वेशारिसे शव भेटिएका छन् । यी शव कहाँबाट आए भन्ने खुलेको छैन । भारतीय संचारमाध्यम हरुका अनुसार उत्तर भारतको गङ्गा नदीको किनारमा शव भेटिएका हुन् । कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने आंशका गरेका गरेका छन् ।

    बीबीसीका अनुसार भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा ती शव फेला परेको हो । कतिपय सञ्चारमाध्यमले एक सय शवटा फेला परेको र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने उल्लेख गरेका छन् । स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने अनुमान गरेका छन् ।

    तिनलाई अब गाड्ने वा जलाउने तयारी भएको बताइएको छ । गङ्गा नदीको किनारमा शव जलाउने परम्परा रहेको छ । केही स्थानीय बासिन्दा तथा स्थानीय पत्रकारले दाउराको अभाव तथा अन्तिम संस्कारको बढ्दो खर्चका कारण समेत परिवारले शवलाई सोझै नदीमा बगाइदिएको अनुमान गरेका छन् ।

    निजी अस्पतालले लुट मच्चाएको र अन्तिम संस्कारका खर्च बढेकाले मानिसहरू नदीमा शव फाल्न बाध्य स्थानीयले बीबीसीसँग भनेका छन् । भारतमा कोभिड१९ का कारण दुई लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । तर, आधिकारिक विवरणमा नसमेटिएका कैयौं मानिसको ज्यान गएको अनुमान छ ।

  • बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान

    बहुमतको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान

    काठमाडौं । बहुमतको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आह्वान गरेकी छन्। सोमबार अबेर राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरि यस्तो जानकारी गराएको हो । संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरिएको कार्यालयले जनाएको छ ।

    संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई २०७८ वैशाख ३० गते बिहीवार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्न आह्वान गरिएको कार्यालयले जनाएको छ ।

    विपक्षी तीन दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरे अनुसार राष्ट्रपतिको आह्वान आएको हो ।

  • बहराइनका राजकुमार सहितको टोली सगरमाथा चुचुरोमा

    बहराइनका राजकुमार सहितको टोली सगरमाथा चुचुरोमा

    काठमाडौं । बहराइनका राजकुमारसहितको टोली सगरमाथा चुचुरोमा पुग्न सफल भएको छ । बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितको टीम मंगलबार बिहान ६ः४० मा सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सामाजिक संजालबाट पुष्टी गरेकी छिन् । उनका अनुसार सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो ।

    मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरि यो टोली वसन्त ऋतुका लागि सगरमाथा आएको हो । कोरोना महामारीका बीचमा नेपालमा आरोहण भने जारी रहेको छ । यो वर्ष ४ सय भन्दा आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । यो अहिलेसम्मकै ठूलो संख्या हो ।