एजेन्सी७ जेठ, नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी महाराष्ट्र राज्यको एउटा पुरानो भवनको भाग मङ्गलबार राति भत्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । महाराष्ट्रको ‘कल्याण एस्टे क्षेत्र’ मा भवनभित्र मर्मत सम्भार भइरहेको बेला घटना भएको भारतीय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मर्मत कार्य गर्दा भवनको दोस्रो… Continue reading भारतमा भवन भत्किदा छ जनाको मृत्यु
Category: फिचर
चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान
७ जेठ, काठमाडौं । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदन अनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ । सन् २०२४ मार्चसम्म चीनभर… Continue reading चीनको पिज्जा बजार १०० अर्ब युआन नाघ्ने अनुमान
ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक
एजेन्सीकाठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गरेका छन् । परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन… Continue reading ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक
प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ
७ जेठ, काठमाडौं । म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका एक जना थुनुवालाई आजै प्रहरीले असनबाट पक्राउ गरेको छ । यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।… Continue reading प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ
पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार
७ जेठ, काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले… Continue reading पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार
त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ
७ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मापरेको छ । अख्तियारले बुधबार नै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई समेत पक्राउ गरेको छ । उनलाई बिहीबार उपस्थित हुनेगरी साँझ छाडिएको छ । उनी यसअघि विमानस्थल अध्यामगन कार्यालयको प्रमुख थिए । उनलाई पक्राउ गर्नुका साथै छापा मार्नुको कारण मानव तस्करीसँग… Continue reading त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन… Continue reading नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति
७ जेठ, काठमाडौं । काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ । आज बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको… Continue reading काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम… Continue reading आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
नवनियुक्त गभर्नरले गरे पदभार ग्रहण
काठमाडौं । नवनियुक्त गभर्नर प्रा डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । उनले बुधबार केन्द्रिय बैंक पुगेर पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले ५० र १ हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । पत्रकार सङ्ग छोटो कुराकानी गर्दै पौडेलले अर्थ नीति सफल बनाउन राष्ट्र बैङ्कले भुमिका खेल्ने बताए… Continue reading नवनियुक्त गभर्नरले गरे पदभार ग्रहण
चितवनमा पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठ जना पक्राउ
७ जेठ, चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए ।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर… Continue reading चितवनमा पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठ जना पक्राउ
डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
एजेन्सी\रासस७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार कोभिड–१९ सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढी वार्तापछि भविष्यको स्वास्थ्य सङ्कटसँग जुध्न एउटा ऐतिहासिक महामारी सम्झौता स्वीकृत गरेको छ । यो सम्झौताको उद्देश्य भविष्यका कुनै पनि महामारीमा विश्वव्यापी समन्वय र निगरानी तथा खोपहरूको पहुँच सुधार गरेर कोभिड–१९ महामारीको वरिपरि रहेको अव्यवस्थित… Continue reading डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत
अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ऋणी लाभान्वित हुने
एजेन्सी\रासस७ जेठ, काठमाडौं । अष्ट्रेलियाको केन्द्रीय बैंकले हालै मौद्रिक नीतिमा परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा ल्याएको छ। यो सन् २०२५ को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकपछि सार्वजनिक गरिएको हो। बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति) लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर… Continue reading अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, ऋणी लाभान्वित हुने
जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
एजेन्सी\रासस७ जेठ, काठमाडौं । जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती हो। कम्पनीले… Continue reading जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा
एजेन्सी७ जेठ, काठमाडौं । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । स्टारलिङ्कले मङ्गलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, ‘स्टारलिङ्कको उच्च गतिको र न्यून विलम्ब भएको इन्टरनेट सेवा अब बङ्गलादेशमा उपलब्ध भएको’ उल्लेख गरेको छ । बङ्गलादेश सरकारका प्रमुख… Continue reading इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा
बिर्तामोडका भित्रि सडक धमाधम कालोपत्र
रासस७ जेठ, झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने… Continue reading बिर्तामोडका भित्रि सडक धमाधम कालोपत्र
गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
एजेन्सी७ जेठ, काठमाडौं । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । इजरायलले हालैका दिनहरूमा यस क्षेत्रमा अर्को ठूलो आक्रमण सुरु गरेको छ र हमासले कब्जा गरेका दर्जनौँ बन्धकलाई फिर्ता गर्ने तथा उग्रवादी मूहलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले… Continue reading गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण
एजेन्सी७ जेठ, काठमाडौं । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ । ‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ । यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान,… Continue reading चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण
गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
एजेन्सी६ जेठ, न्युयोर्क । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ । युएनआरडब्लुएले सोमबार आफ्नो एक्स प्लेटफर्ममार्फत ‘गाजाका परिवारहरूले अकल्पनीय विनाशको सामना गरिरहेका छन्’ भन्दै ‘सुरक्षा क्लस्टरका अनुसार पट्टीका… Continue reading गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या
एजेन्सी ।६ जेठ, काठमाडौं । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर मारेका छन् । त्यहाँ लागुपदार्थ कार्टेलहरूबीचको हिंसाले क्याथोलिक चर्चको निन्दा निम्त्याएको छ । मध्य राज्य गुआनाजुआटोमा भएको यो आक्रमण स्थानीय समयानुसार सोमबार बिहान २ः०० बजे सान फेलिप सहरको एक प्लाजामा भएको थियो । त्यहाँ स्थानीय प्रहरीले गोली हानाहानको रिपोर्टपछि… Continue reading मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या
१८ औं गभर्नर बने विश्व पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर प्रा डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलबार बसेको मन्त्रीपरिषद बैठकले उनलाइ गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित… Continue reading १८ औं गभर्नर बने विश्व पौडेल
मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
६ जेठ, बरहथवा । सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिऐ । दुर्घटनामा ५२६ नं को मोटरसाइकल… Continue reading मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
६ जेठ, जनकपुर । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी… Continue reading खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
६ जेठ, काठमाडौं । युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ । तीनदिने भ्रमणमा रहेको इयुको टोलीमा यहाँस्थित इयुका आवासीय राजदूत एवं… Continue reading युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
गभर्नर नियुक्ति प्रक्रियासँगै नेप्से परिसूचक ४९ अङ्कले बढ्यो
६ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार… Continue reading गभर्नर नियुक्ति प्रक्रियासँगै नेप्से परिसूचक ४९ अङ्कले बढ्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
६ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ । “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन,… Continue reading सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
६ जेठ, किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक… Continue reading एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा
६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पूर्पक्षका लागि… Continue reading रास्वपा सभापति रविको मुद्दा हेर्दाहेर्दैमा
गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक जारी
काठमाडौं । गभर्नर नियुक्ति गर्न मन्त्रीपरिषद बैठक सुरु भएको छ । आज बसेको गभर्नर सिफारिस समिती बैठकले विश्व पौडेलको नाम पहिलो नम्बरमा राखेर तीन जनाको नाम सिफारिस गरेको छ । सो नाम बोकेर अर्थमन्त्री मन्त्रीपरिषद बैठकमा पुगेका छन् ।
विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु
काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । अर्थमन्त्री विश्नु प्रसाद पौडेल संयोजकत्वको समितिले गभर्नरमा अर्थविद डा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी छ । यसअघि आज प्रधानमन्त्री केपि शर्मा ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउबा बीच पौडेललाइ गभर्नर बनाउने सहमति जुटेको थियो । लामो कसरतपछि सत्तारुढ दुई दल बीच गभर्नरमा… Continue reading विश्व पौडेललाई गभर्नर बनाउने सहमति, सिफारिस समितिको बैठक सुरु