काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड–सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो । “बासिन्दा राइड–सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड–सेयरिङ अपरेटर)ले आफ्नो प्लेटफर्ममा आवद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवावापतको रकमका एक प्रतिशतका दरले अग्रीम कर असुल गर्नुपर्नेछ”, आर्थिक विधेयकमा उल्लेख छ ।
Category: फिचर
-

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित एक वर्षभन्दा बढी समय राखेर शेयर बेच्दा सात दशमलव पाँच प्रतिशत र एक वर्षभन्दा कम अवधिभित्र शेयर बेच्दा १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था ल्याएको हो ।
यसअघि आयकर ऐनमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय ६५ दिनभन्दा बढी स्वामित्व रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय ६५ दिनभन्दा बढी अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्ने व्यवस्था थियो ।
त्यस्तै, निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति ९जग्गा तथा भवन० को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने पाँच प्रतिशत र पाँच वर्षभन्दा कम भएकामा सात दशमलव पाँच प्रतिशत लाभकर लाग्ने व्यवस्थालाई पनि आर्थिक विधेयकमार्फत् संशोधन गरिएको छ । अब आफुले किनेको पाँच वर्षभन्दा बढी भइसकेको घरजग्गामा सात दशमलव पाँच प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको घरजग्गामा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ ।
सरकारले विनियोजन विधेयकमार्फत् विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिष्ट्रेसनका लागि तोकिएको सरकारी मूल्याङ्कन सम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरिएको जनाएको छ ।
-

आगामी आवको बजेटमा स्वास्थ्य सेवामा नीतिगत सुधार
काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य राखेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आव २०८३–८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवासहित आधारभूत संस्थालाई स्वास्थ्य सेवाको प्रथम विन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएको उल्लेख गरे ।
सरकारले निःशुल्क उपलब्ध गराउनेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तरराष्ट्रियस्तरको विश्वविद्यालयका रूपमा विकास गरी विदेशी विद्यार्थीलाई शिक्षा प्रदान गर्न सक्षम बनाउने बजेटमा उल्लेख छ ।अर्थमन्त्री डा वाग्लेले सार्वजनिक–सार्वजनिक साझेदारी मोडेलअन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिने बताए । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गरिने उनको भनाइ छ ।
-

काठमाडौँ–तराई–मधेस द्रूतमार्ग : १७ अर्ब ६४ करोड विनियोजन
काठमाडौँ, १५ जेठ । सरकारले काठमाडौँ–तराई–मधेस द्रूतमार्गका लागि रु १७ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताए । आगामी आर्थिक वर्षमा द्रूतमार्गको लिङ्क रोड निर्माण सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
-

सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने सरकारको योजना
काठमाडौँ, १५ जेठ : सरकारले स्टार्टअप, साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्न राष्ट्रिय उद्यम इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गर्ने घोषणा गरेको छ । संसद्मा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकअनुसार यो प्लेटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था, नयाँ वित्तीय उपकरणको पहिचान र पहुँच, ‘इन्क्युवेसन’ सेवा तथा सहयोग सञ्जाललाई एकीकृत रूपमा सञ्चालन गर्नेछ ।
साथै स्वदेशी उद्यम अभियानलाई पनि यसले समन्वय गर्ने बताइएको छ । सरकारले बजेटमार्फत कृषि तथा पशुजन्य क्षेत्रमा उद्यम गर्न इच्छुक एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने योजना पनि अघि सारेको छ । यसले ग्रामीण अर्थतन्त्रमा उद्यमशीलता र रोजगारी सृजनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, युवा वैज्ञानिकलाई देशमै अनुसन्धान गर्ने अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि पनि नयाँ पहल अघि सारिएको छ । खगोलीय पर्यटन विकास गर्ने उद्देश्यले सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने योजना बजेटमा रहेको छ ।
सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु चार अर्ब विनियोजन गरेको छ भने नेपाल इन्टरप्राइज फसिलिटीका लागि रु ५० करोड छुट्याएको छ । यी कार्यक्रमले स्टार्टअप संस्कृति विस्तार, अनुसन्धान प्रवर्द्धन र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माणमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
-

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भन्सार छुट दिइने
काठमाडौँ, १५ जेठः सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सामान आयात गर्दा भन्सार छुट दिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त व्यवस्था ल्याएको हो । आर्थिक विधेयक, २०८३ मा गरिएको व्यवस्थाअनुसार आन्दोलनका क्रममा आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनस्र्थापनासम्बन्धी विशेष व्यवस्था गरिएको छ ।
“जेनजी आन्दोलनको क्रममा प्रभावित उद्योग, व्यापार वा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा सोको पुनस्र्थापना तथा सञ्चालनका लागि त्यस्तो वस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट हुनेछ”, विधेयकमा भनिएको छ ।
विधेयकमा भन्सार महसुल छुट सुविधा एक पटक उपभोग गरिसकेका तारे होटलमा जेनजी आन्दोलनका क्रममा क्षति भएको भएमा त्यसरी क्षति भएका वस्तुहरूमध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणको आधारमा दोहोरो सुविधा उपलब्ध नहुने उल्लेख छ । साथै जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका क्यासिनो व्यवसाय सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्क छुट हुने विधेयकमा व्यवस्था गरिएको छ ।
-

कुन आयोजनामा कति बजेट विनियोजन
काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी दिए । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड, वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड बराबर विनियोजन गरिएको छ ।
आगामी आवको बजेटमा कुन आयोजनाका लागि निम्न लिखित बजेट विनियोजन गरिएको छ । पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड, तराई–मधेस द्रुस्तमार्गका लागि रु १७ अर्ब ६४ करोड, हुलाकी राजमार्गका लागि रु चार अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि रु एक अर्ब, पुष्पलाल मध्यपहाडी राजमार्गका लागि रु दुई अर्ब १६ करोड, मदन भण्डारी राजमार्गका लागि रु एक अर्ब ४६ करोड, राष्ट्रिय राजमार्ग, रणनीतिक सडक पुल र स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७, पृथ्वी राजमार्गका लागि रु छ अर्ब ५५ करोड बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
बजेट वक्तव्यमा कोशी करिडोरका लागि रु छ अर्ब २५ करोड, गल्छी–स्याफ्रुबेंशी–रसुवागढी सडकखण्डलाई स्तरोन्नति गर्न रु एक अर्ब ३५ करोड, सडक सुरक्षाका लागि रु दुई अर्ब ४६ करोड, सडकको राष्ट्रव्यापी मर्मतसम्भार अभियानका रुपमा सञ्चालन गर्न रु २८ अर्ब ५२ करोड, राजमार्गमा पहिरोको अवरोधलाई हटाउन रु तीन अर्ब १७ करोड, पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रु एक अर्ब ८३ करोड, देशका प्रमुख सहरमा हरियाली प्रवर्द्धनका लागि रु चार अर्ब १९ करोड, झोलुङ्गे पुल निर्माण गर्न रु पाँच अर्ब १४ करोड विनिजन गरिएको छ ।
सडक तथा सहरी पूर्वाधार विकासका लागि रु २८६ अर्ब ४८ करोड, तराई–मधेसका अधुरा खानेपानी आयोजना सम्पन्न गर्न रु दुई अर्ब ५० करोड, उपत्यकामा खानेपानी पाइप सञ्जाल विस्तारका लागि रु सात अर्ब २६ करोड, प्रमुख सहरमा खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रु दुई अर्ब ३४ करोड, काठमाडौँमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्न रु तीन अर्ब ४६ करोड, खानेपानी तथा सरसफाईतर्फ रु ३७ अर्ब १७ करोड, प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न रु ७० अर्ब, ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रु ८५ अर्ब ५४ करोड, राजापुर सिँचाइ\भेरी बबई डाइभर्सन आयोजनाका लागि रु पाँच अर्ब ६३ करोड, सिक्टा सिँचाइ आयोजनाका लागि रु दुई अर्ब ५५ करोड, सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि रु दुई अर्ब ९८ करोड, मधेसमा सिँचाइ सुविधा विस्तार गर्न रु ५३ करोड, महाकाली सिँचाइ÷रानी–जमरा–कुलरिया आयोजनाका लागि रु पाँच अर्ब १३ करोड विनियोजित गरिएको छ ।
यसैगरी बृहत् दाङ उपत्यका सिँचाइ आयोजना र प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनाका लागि रु एक अर्ब २१ करोड, सिँचाइ प्रणालीको मर्मतसम्भार तथा पुनःस्थापनाका लागि रु ४४ करोड, तराई–मधेसमा भूमिगत सिँचाइ सुविधा पु¥याउन रु एक अर्ब ८३ करोड, टारहरुमा लिफ्ट सिँचाइ प्रणालीमार्फत भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन रु ८० करोड, लोक कल्याणकारी विज्ञापनका लागि रु ३३ करोड, सूचना तथा सञ्चार क्षेत्रका लागि रु पाँच अर्ब ९३ करोड, खेलकुद क्षेत्रका लागि रु चार अर्ब तीन करोड, सामुदायिक विद्यालयको पूर्वाधार म्यापि¬ङ गर्न रु एक अर्ब विद्यार्थी छात्रवृत्तिका लागि रु आठ अर्ब ६० करोड, शिक्षा क्षेत्रका लागि रु २१८ अर्ब ३० करोड, स्वास्थ्य क्षेत्रमा रु १०१ अर्ब ९५ करोड,
स्वास्थ्य बिमा कार्यक्रमका लागि रु १५ अर्ब
वक्तव्यमा विपन्न नागरिक स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु १३ अर्ब १५ करोड, आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि रु पाँच अर्ब ९० करोड, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदान रु ३२ करोड, दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु तीन अर्ब, सामाजिक सुरक्षातर्फ रु १२० अर्ब, बालसुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रु ३१ करोड, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ रु दुई अर्ब २७ करोड, रासायनिक मल खरिदका लागि रु ३२ अर्ब ४६ करोड, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु दुई अर्ब सात करोड, प्राङ्गारिक मल र हरियो मल प्रवर्द्धन गर्न रु ३६ करोड, कृषि बिमाको प्रिमियम अनुदान सहुलियत रु दुई अर्ब १९ करोड, खोरेतलगायत रोग नियन्त्रण गर्न रु २४ करोड, कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड उल्लेख छ ।
चुरे तथा तराई–मधेस क्षेत्रान पानीका स्रोत संरक्षण तथा पोखरी निर्माणका लागि रु एक अर्ब वन, वातावरण तथा जलवायु क्षेत्रका लागि रु १२ अर्ब ३१ करोड, बृहत् लुम्बिनी विकास कार्यक्रमका लागि रु ८३ करोड, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु एक अर्ब ५३ करोड, संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु सात अर्ब ३४ करोड र नागरिक उड्डयन क्षेत्रका लागि रु दुई अर्ब ९३ करोड, श्रम तथा रोजगार क्षेत्रमा रु तीन अर्ब ६३ करोड, विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रुपान्तरण गर्न रु २२ करोड, औद्योगिक पूर्वाधार विकासका लागि रु ६५ करोड, औद्योगिक क्षेत्रसम्मको सहज पहुँचका लागि रु ५० करोड, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु एक अर्ब १८ करोड, उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रु आठ अर्ब ३१ करोड, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु चार अर्ब र नेपाल इन्टरप्राइज फसिलिटीका लागि रु ५० करोड र नेपाली सेनाका जवानहरुको आवास स्तरोन्नति कार्यक्रमलाई रु दुई अर्ब विनियोजन भएको छ ।
-

सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई दु्रुतमार्ग बनाइने
गण्डकी, १५ जेठः सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड दु्रुतमार्गका रुपमा निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ र ८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताए ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको चारलेन सडक निर्माण शीघ्र रुपमा सम्पन्न हुने बजेटमा उल्लेख छ । मुग्लिङ–आँबुखैरेनी खण्डको निर्माण सुरु गर्ने अर्थमन्त्री डा वाग्लेले बताए । नागढुङ्गा–मुग्लिङ खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति हुने र नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यी सडकखण्डको लागि रु छ अर्ब ५५ करोड विनियोजन गरेको बताए ।
-

बजेटबाट कुन् कुन वस्तुमा बढ्यो अन्तःशुल्क ?
काठमाडौँ, १६ जेठ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत् विभिन्न ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जंक फुड_, रंगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ ।
आर्थिक विधेयकअनुसार गुँड, सख्खर भेलीको अन्तःशुल्क प्रतिक्वीन्टल रु १३८ बाट बढाएर रु १४० पुर्याइएको छ । त्यस्तै, उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल रु ११० बाट बढाएर ११५ पुर्याइएको छ । चिनीले छोपेको वा नछोपेको तथा मिठो लेप लगाइएको वा नलगाइएको चुईगम, कोकोको धुलो, चिनी वा गुलियो पदार्थ नहालेको चक्लेट र अरु कोको मिसिएका वस्तुको अन्तःशूल्क रु १५ बाट बढाएर रु १२ पुर्याइएको छ ।
स्पागेटी, म्याकरोनी, पास्ता जस्ता वस्तुमा प्रतिकिलो रु २० लाग्दै आएको अन्तःशुल्क बढाएर रु ३५ पुर्याइएको छ । पाउरोटी, कोको परेको पाउरोटी, क्रीप्स ब्रेड, जिन्जर ब्रेड, गुलियो विस्कुटहरु, केक, कुकिज, पेस्ट्री, वेफलहरु र बेफरहरुको अन्तःशूल्क १५ बाट बढाएर २२ पुर्याइएको छ ।
कुरकुरे कुरमुरे, लेज, चिजबलजस्ता वस्तुको अन्तःशुल्क यसअघि प्रतिकिलो रु २० लाग्दै आएकोमा त्यसलाई बढाएर प्रतिकिलो रु ७५ बनाइएको छ ।
यसअघि आलु चिप्समा प्रतिकिलो रु १८ अन्तशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर प्रतिकिलो रु ३० बनाइएको छ ।
विभिन्न फलफूलहरुको जुस जस्तै ,सुन्तलाको जुस, भोगटेको जुस, भुँईकटहरको जुस, अंगुरको जुस, स्याउको जुस, गोलभेडाको जुस, आँपको जुसको अन्तशुल्क यसअघि प्रतिलिटर १३ रुपैयाँ ५० पैसा बाट बढाएर प्रतिलिटर रु १४ बनाइएको छ ।
सुर्तीरहित पान मसलामा यसअघि प्रतिकिलो रु ८७५ लाग्ने गरेको अन्तःशुल्क रकम अहिले बढाएर प्रतिकिलो रु ११५० बनाइएको आर्थिक विधेयकमा उल्लेख छ ।
त्यस्तै, सूर्तीरहित सुगन्धित सुपारीको अन्तःशुल्क प्रतिकिलो रु ३७५ बाट बढाएर प्रतिकिलो रु ५०० बनाइएको छ ।
अल्कोहल रहित वियर प्रतिलिटर रु ४५ लाग्ने गरेकोमा शतप्रतिशत बढाएर प्रतिलिटर रु ९० बनाइएको छ । इनर्जी ड्रिङ्समा प्रतिलिटर रु ५२ लाग्ने गरेकोमा रु १२० पुर्याइएको छ । हल्का पेय पदार्थमा प्रतिलिटर रु २५ अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर रु ६० बनाइएको छ ।
माल्टबाट बनाइएको वियरमा ५ प्रतिशतसम्म अल्कोहल भएकोमा प्रतिलिटर रु २४० बाट बढाएर रु २५५, त्यस्तै १२ प्रतिशतदेखि १७ सम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर रु ४६० लाग्ने गरेकोमा अब प्रतिलिटर ४९० पुर्याइएको छ ।
त्यस्तै, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाईनमा प्रतिलिटर रु ५३५ लाग्ने गरेकोमा अब प्रतिलिटर रु ५७० बनाइएको छ ।
छ्याङ अर्थात् कन्ट्री वियरको अन्तःशूल्क प्रतिलिटर रु ४८ बाट प्रतिलिटर रु ५० बनाइएको छ । सेम्पेन, सेरी, मिड, पेरी साइडरलगायतका पदार्थको अन्तःशुल्क प्रतिलिटर रु ५१६ बाट घटाएर रु ४९० बनाइएको छ । त्यस्तै, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडिबुटी मिश्रित मदिरा, कक्टेलमा रु ५१६ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर रु ५७० बनाइएको छ ।
त्यसैगरी, सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रति खिल्ली रु ३१ लाग्ने अन्तःशुल्क अहिले बढेर रु ३५ भएको छ । फिल्टर नभएको सुर्तीको चुरोट प्रति प्रति एम रु ७७८ रहेकोमा बढेर रु ७८० पुगेको छ । त्यस्तै, फिल्टर भएको ७० मि।मिसम्म लम्बाई भइको चुरोटको अन्तःशुल्क रु १७९२ बाट बढेर रु १८४५ पुगेको छ । सुर्तीजन्य वस्तु र चुरोटमा अन्तःशुल्क बढेको छ ।
त्यस्तै रङ्गलेप (पेन्ट), रंगरोगनका लागि चाहिने इनामेल, सडकमा चिन्ह लगाउने थर्मोप्लास्टिक पेन्टको अन्तःशुल्क रु ७ बाट बढेर रु १५ बनाइएको छ । टायलको रुपमा वा रोलमा रहेका भुई ढाक्ने वस्तु (फ्लोर कभरिङ_ का लागि प्रयोग हुने वस्तुहरुको अन्तःशुल्क रु १० बाट बढाएर रु १५ पुर्याइएको छ । -

सुर्तीजन्य पदार्थमा कर बढ्यो
काठमाडौँ, १५ जेठः सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरिएको हो । यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ । बजेटमार्फत चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ । अन्तःशुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत बराबर पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने उल्लेख गर्दैआएको छ । स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरोकारवालाको माग रहँदै आएको थियो ।
यस्तै, घरजग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरमा पनि वृद्धि भएको छ । यसअघि पाँच प्रतिशत पूँजीगत लाभकर लाग्दै आएकामा अब भने सात दशमलव पाँच प्रतिशत कर लाग्नेछ । यस्तै विद्युतीय सवारीसाधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । सुनचाँदी तथा तिनका गरगहना र वस्तुको बिक्री गर्दा सिप प्रवद्र्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
शिक्षा र स्वास्थ्यमा समता कर
निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ । त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ । निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असुल गरिने सबै प्रकारका सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ । यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ ।
-

सरकारले बढायो कर्मचारीको तलब
१५ जेठ, काठमाडौं | सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट मार्फत यस्तो घोषणा गरेका हुन । उनका अनुसार आधारभुत तलब १० प्रतिशत बढेको छ । साथै नयाँ तलबमानमा १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । यसबाट कुल २१ प्रतिशत बराबर तलब बढेको अर्थमन्त्रीले घोषणा गरे ।
-

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट
१५ जेठ, काठमाडौं । सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सो आकारको बजेट ल्याएको हो । यसमध्ये चालू बजेट १२ खर्ब ७० अर्ब, पुजिगत बजेट ४ खर्ब अर्ब र वित्तीय व्यवस्थमा ४ खर्ब २२ अर्ब विनियोजन गरेको छ । खर्च बेहोर्ने स्रोतमा १४ खर्ब ५ अर्ब राजस्व अनुमान गरिएको छ । वैदेशिक अनुमान ६१ अर्ब, वैदेशिक रिण २ खर्ब ४७ अर्ब र आन्तरिक रिण ४ खर्ब १० अर्ब लिइने भएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जानकारी दिए ।
-

कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु
बोगोटा, १५ जेठ (रासस–एएफपी) । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटहरूबीचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेजले एएफपीसँगको कुराकानीमा भने, “विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा ४८ जनाको मृत्यु भएको छ।”
“शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ,“ उनले भने । सरकारसँग आधा शताब्दीको युद्धपछि सन् २०१६ मा फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ। कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जङ्गल क्षेत्र नियन्त्रणका साथै लागूऔषध ओसारपसार र अवैध उत्खननबाट प्राप्त हुने आम्दानीका लागि विभिन्न साना छापामार समूहहरू अझैपनि प्रतिस्पर्धा गरिरहेका छन्।
उद्धार टोलीहरू शवहरू निकाल्न घटनास्थलमा यात्रा गर्न गुभियारमा उपस्थित सशस्त्र समूहहरूको अनुमतिको पर्खाइमा छन्। नगर प्रमुखले भने, “लडाई भेरेडा पिरिपालको बस्तीमा भएको थियो र स्थानीयले नै मृतकको सङ्ख्या प्रदान गरेका हुन् ।” यो रक्तपातले निवर्तमान वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको असफल ‘पूर्ण शान्ति’ रणनीतिमा नयाँ झट्का सिर्जना गरेको छ । पेट्रोको उत्तराधिकारीको दौडमा अग्रसर वामपन्थी सिनेटर इभान सेपेडाले सशस्त्र समूहहरूसँग वार्ता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक कट्टर वकिल अबेलार्डो डे ला एस्प्रिलाको नेतृत्वमा उहाँका दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूले विद्रोहीहरूलाई सैन्य रूपमा दबाउन आवश्यक रहेको तर्क गर्दै आएका छन् । पेट्रोको सरकारले हालैका महिनाहरूमा छापामारविरुद्ध आक्रमण बढाएको छ। रक्षामन्त्री पेड्रो सान्चेजले बिहीबार ब्लू रेडियोलाई भने, “क्रान्तिकारी बयानबाजीको समर्थन गरे पनि, फार्क असन्तुष्टहरूको ‘आपराधिक अर्थव्यवस्था अर्थात् लागूऔषध तस्करीबाट बाँच्ने एक मात्र उद्देश्य रहेको देखिन्छ।”उनले भने, “मौसमको अवस्थाले यस क्षेत्रमा हवाई मार्गबाट सेना तैनाथ गर्न असम्भव बनाएको छ तर उनीहरू स्थलमार्गबाट अघि बढिरहेका छन्।” गुभियार छापामार समूहहरूको ऐतिहासिक गढहरू मध्ये एक हो। सैन्य स्रोतले एएफपीलाई बताएअनुसार भिडन्त सोमबारदेखि सुरु भएको थियो तर यो अहिले चलिरहेको छ कि छैन भन्ने बारेमा पुष्टि हुन सकेको छैन ।
-

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना
मुस्ताङ, १५ जेठः मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो । मुक्तिनाथ दर्शनका लागि आएका दक्षिण भारत कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजद्वारा विशाल शालिग्रामको समुद्घाटन गरेका हुन् । शालिग्राम शिलाको समुद्घाटन गरिएकाले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा तीन हप्ताअघि मुस्ताङको मूर्तिकला कार्यशाला चलाइएको थियो । प्रज्ञा प्रतिष्ठानमा आबद्ध तीन दर्जन मूर्तिकारले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूमा विभिन्न स्वरुपमा मूर्तिका आकार भरेका थिए । सोही निर्माण गरिएका मूर्तिमध्ये कालीगण्डकी नदी तटमा निर्माण गरिएको विश्वकै ठूलो आकारको शालिग्राम शिला मूर्तिको भारतीय जगद्गुरुद्वारा धार्मिक विधिपूर्वक उद्घाटन भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै विशेष सुरक्षा निगरानीसहित बुधबार दिउँसो मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारतीसहितको टोली त्यहाँबाट फर्किएलगत्तै जोमसोममा निर्मित शालिग्राम शिलाको उद्घाटन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकालीसहित पालिकाका जनप्रतिनिधि र कर्मचारी, प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, जोमसोम गाउँ समाज, महिला समूह र स्थानीय नागरिकको उल्लेख्य सहभागिता थियो । यसअघि मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका जगदगुरु शङ्कराचार्य महाराजको ठूलो सङ्ख्यामा स्वागत तथा नागरिक अभिनन्दन गरिएको थियो ।भारतीय जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजसहितको टोलीले मुक्तिनाथ मन्दिरको दर्शन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । मन्दिरमा करिब एक घण्टा दर्शन तथा पूजाअर्चनामा बिताएका महाराजले १०८ धारा र मन्दिर परिसरको कुण्डमा स्नान गरेको व्यवस्थापक भुसालले जानकारी दिए ।
नेपाल सरकार गृह मन्त्रालयको विशेष सुरक्षा व्यवस्थासहित मुस्ताङ आउनुभएका भारतीय जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
धर्मगुरु जगदगुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजको आगमनले मुस्ताङको धार्मिक पर्यटन प्रवर्द्धनमा निकै ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । मुस्ताङमा विदेशी पर्यटकको आमगनमध्ये ८० प्रतिशत पर्यटक भारतीय रहने गरेका छन् । मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन बर्सेनि वृद्धि हुने गरेको छ । अब जोमसोम निर्मि शीला उद्घाटनले थप भारतीय दर्शनार्थी बढ्ने अपेक्षा गरिएको छ ।
-

फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
तेहरान, १५ जेठ (रासस–एएफपी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपअघि इरानको राष्ट्रिय टोली (फिफा) का लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ । फिफाका अध्यक्ष मेहदी ताजले भने, “फिफाले ‘मल्टिपल इन्ट्री (बहुप्रवेशी)’ भिसा दिने अपेक्षा गरिएको छ ताकि खेलाडीहरू अमेरिका प्रवेश गर्न र मेक्सिको फर्कन सकून्।”
‘टिम मेली’ को रूपमा चिनिने इरानी टोलीले सुरुमा प्रतियोगिताको क्रममा एरिजोनाको टक्सनमा रहने योजना बनाएको थियो तर पछि यसको प्रशिक्षण शिविर मेक्सिकोको तिजुआनामा सारिएको छ । यसले अमेरिका र क्यानडासँगै विश्वकपको सह–आयोजना गर्नेछ। अमेरिकी भिसासँग सम्बन्धित जटिलताहरूबाट बच्न र इरान एयरको उडानमा सिधै मेक्सिको यात्रा गर्न अनुमति दिनका लागि यो कदम चालिएको ताजले यसअघि बताएका थिए ।
इरानले समूह ‘जी’ का सबै तीन खेल अमेरिकामा खेल्नेछ । उनले भने, “अब मेक्सिको जाने निश्चित भएको छ । टोली तयारी गरिरहेको छ।” फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले गरेको बमबारी अभियानपछि सुरु भएको मध्यपूर्व युद्धको पृष्ठभूमिमा विश्वकपमा इरानको सहभागिता महिनौँदेखि अनिश्चित थियो।टोलीले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग खेल्नेछ भने समूह चरणमा बेल्जियमसँग सोही शहरमा र इजिप्टसँग सियाटलमा खेल्नेछ। बिहीबार ताजले इरानका प्रसिद्ध स्ट्राइकरलाई सङ्केत गर्दै ‘सरदार अजमुनको अवस्थाबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
टोलीका व्यवस्थापकले तयार पारेको प्रारम्भिक टोलीको सूचीबाट उनलाई हटाइएको बताएका िथए । बायर लेभरकुसेन र एएस रोमाबाट खेलिसकेका अज्मौनले यसअघि पनि सरकार विरोधी प्रदर्शनको समर्थन गरेका थिए ।
उनले इरानी मिडियाबाट पनि आलोचनाको सामना गर्नुपरेको थियो । मार्चमा प्रकाशित एक फोटोले उहाँलाई दुबईका शासकसँग देखाइएको थियो, जहाँ उनी हाल खेल्छन् र बस्छन् । सोमबार इरानका एक उपराष्ट्रपतिले अज्मौनलाई राष्ट्रिय टोलीमा पुनस्र्थापित गर्न आह्वान गरेका थिए । हालैको इन्स्टाग्राम पोस्टमा अजमौनले भनेका छन्, “उनले एक पटक ‘अर्को देशको धेरै ठूलो वित्तीय प्रस्ताव’ अस्वीकार गरेका थिए र आफूलाई ‘इरानको सन्तान’ भनेका छन् । -

बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड
काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।
महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा शान्ति स्थापना स्थायित्व, सुरक्षा र आशा पुनःस्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताएका छन् । राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले शान्ति ‘मिसन’लाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य भएको बताए ।
राष्ट्रसङ्घका अनुसार ‘शान्तिमा लगानी गरौँ’नाराका साथ यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । हाल विश्वका ११ वटा शान्ति मिसनमा ५१ हजारभन्दा बढी सैनिक, प्रहरी तथा नागरिक कर्मचारी कार्यरत छन् । बदलिँदो भू–राजनीतिक परिस्थितिबीच उत्पन्न जटिल चुनौती सामना गर्दै उनीहरूले द्वन्द्वग्रस्त समुदायमा शान्ति, सुरक्षा र आशाको सन्देश प्रवाह गरिरहेका छन् ।सन् १९४८ यता शान्ति स्थापनाका क्रममा हिंसा, दुर्घटना तथा रोगका कारण चार हजार पाँच सयभन्दा बढी शान्ति सैनिक, प्रहरी तथा नागरिक कर्मचारीले ज्यान गुमाइसकेका छन् । सन् २०२५ मा मात्रै ५९ जना शान्ति सैनिकले ज्यान गुमाएका थिए । राष्ट्रसङ्घले लाइबेरिया, नामिबिया, कम्बोडिया, सियरा लियोन र टिमोर–लेस्टेलगायत द्वन्द्वप्रभावित मुलुकमा शान्ति सैनिकको उपस्थितिले दीर्घकालीन शान्ति स्थापना तथा सामाजिक पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।
तस्बिरः संयुक्त राष्ट्रसङ्घ -

सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै
काठमाडौँ, १५ जेठः सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो ।
अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थ मन्त्रालयका एक जना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिएका छन् । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति रु १८ खर्ब ९० अर्ब बराबरको बजेट बनाउन सरकारलाई सुझाएको थियो । आयोगले निर्धारण गरेको सीमामा रहेर बजेट तयार गर्न कठिन हुने भएकाले त्यसलाई पुनरवलोकन गर्न सरकारबाट अनुरोध भएपछि राष्ट्रिय स्रोत अनुमान समितिले त्यसलाई बढाएर¥याएको थियो ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना, सरकारको नीति तथा कार्यक्रममा तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको जनाइएको छ । सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, सरकारको सुशासनको मार्गचित्र, आर्थिक सुधार, उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई बजेटको केन्द्रमा राखिएको बताइएको छ ।
सरकारी कर्मचारीको तलब वृद्धि, केही करका दरमा पुनरावलोकन, उद्योग–व्यवसायमैत्री नीति तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत बजेटमा समेटिने चर्चा छ । सूचना प्रविधि, साना तथा मझौला उद्योग र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिइएको जनाइएको छ ।
-

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै
काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन् । सम्मानित हुनेमध्ये गत वर्ष निधन भएका ५९ जना शान्ति सेना पनि रहेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।
‘ड्याग ह्यामार्शोल्ड पदक’बाट मरणोपरान्त सम्मानित हुनुहुने शान्ति सेनामध्ये नेपालका दुई जना पनि छन् । सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिनेछ ।
हाल विश्वका सबैभन्दा जटिल परिस्थितिमध्ये केही क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि ५० हजारभन्दा बढी नागरिक, सैनिक तथा प्रहरी शान्ति सेना कार्यरत छन् । द्वन्द्वहरू झन् विभाजित, दीर्घकालीन तथा डिजिटल उपकरणको दुरुपयोग र हानिकारक सूचनाको फैलावटजस्ता नयाँ चुनौतीबाट प्रभावित बन्दै गइरहेका सन्दर्भमा शान्ति सेनाहरूले सेवा प्रदान गरिरहेका छन् । हाल ११ वटा शान्ति स्थापना मिसनमा ११८ देशबाट सुरक्षाकर्मी खटिएका छन् ।
शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक नेपाल
नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक हो । हाल नेपालले ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी अबेई, मध्य अफ्रिकी गणतन्त्र, साइप्रस, कङ्गो लोकतान्त्रिक गणतन्त्र, कोसोभो, लेबनान, लिबिया, मध्यपूर्व, सोमालिया, दक्षिण सुडान तथा पश्चिमी सहारास्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानहरूमा परिचालन गरेको छ ।
शान्ति स्थापनाले राजनीतिक समाधानलाई सहयोग गर्ने, द्वन्द्व चर्किन नदिने, सर्वसाधारणको सुरक्षा गर्ने, युद्धविरामको अनुगमन गर्ने, मानवीय सहायता पुर्याउन सहयोग गर्ने, बारुदी सुरुङ हटाउनेलगायतका महत्त्वपूर्ण कार्य गर्दै आएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००२ मा यस दिवसको स्थापना गरेको थियो । सन् १९४८ मा सुरक्षा परिषद्ले मध्यपूर्वमा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान ‘संयुक्त राष्ट्रसङ्घ ट्रुस सुपरभिजन अर्गनाइजेसन’ स्थापना गरेको दिनको स्मरणमा मे २९ लाई यस दिवसका रूपमा चयन गरिएको हो ।
यस वर्षको दिवसको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले घट्दो स्रोतसाधनको सामना गरिरहेका बेला यो नाराले द्वन्द्व समाधानका लागि शान्ति स्थापना अझै पनि अन्तरराष्ट्रिय समुदायसँग भएको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक रहेको सन्देश दिन्छ ।
शान्ति सेनामाथिका आक्रमण मानवीय कानुनको उल्लङ्घनः महासचिव गुटेरेस
महासचिव गुटेरेसले दिवसका अवसरमा सन्देश जारी गर्दै शान्ति सेनामाथिका आक्रमण अन्तरराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको र संयुक्त राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, “यस अन्तरराष्ट्रिय दिवसमा हामी विगत र वर्तमानका सम्पूर्ण शान्ति सेनालाई सम्मान गर्दछौँ र उहाँहरूको कार्यप्रति सम्मान तथा सुदृढ समर्थन गर्ने साझा जिम्मेवारी पुनः दोहोर्याउँछौँ । सन् १९४८ यता शान्तिको सेवामा ज्यान गुमाएका झन्डै चार हजार ५०० शान्ति सेनाप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ, जसमा गत वर्ष निधन भएका ५९ जना पनि समावेश हुनुहुन्छ । शान्तिको सेवामा कसैले पनि ज्यान गुमाउन नपरोस् ।”
उनले थप भनेका छन्, “तनाव बढिरहेको यस समयमा शान्ति स्थापना स्थायित्व र आशा पुनःस्थापित गर्ने प्रमाणित तथा लागत–प्रभावकारी उपाय हो । तर यसका लागि निरन्तर राजनीतिक समर्थन र भरपर्दो वित्तीय सहयोग आवश्यक हुन्छ ।”
विशेष समारोहका क्रममा महासचिव गुटेरेसले ‘असाधारण साहसका लागि क्याप्टेन म्बाये डियाग्ने पदक’ उरुग्वेका कर्पोरल माटियास रेयेसलाई प्रदान गर्नेछन् । उनले सन् २०२५ को प्रारम्भमा कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्र गोमामा सङ्कट उत्कर्षमा पुगेका बेला साहसिक भूमिका निर्वाह गरेका थिए । त्यस्तै, दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा निजी ठेकेदारका रूपमा कार्यरत रहँदा गत वर्ष मार्चमा घेराबन्दीमा परेका सैनिकहरूको उद्धार अभियानका क्रममा मारिएका युक्रेनका स्वर्गीय सर्गी प्राइकोडकोलाई पनि उक्त पदक प्रदान गरिनेछ ।
महासचिव गुटेरेसले सन् २०२५ का लागि ‘वर्षकै उत्कृष्ट सैन्य लैङ्गिक पक्षधर’ पुरस्कार लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलमा कार्यरत भारतकी मेजर अभिलाषा बराकलाई तथा ‘वर्षकै उत्कृष्ट महिला प्रहरी अधिकारी’ पुरस्कार दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत जर्मनीकी स्टेफानी कोनिग्सलाई प्रदान गर्नेछन् ।
संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानसम्बन्धी उपमहासचिव जाँ–पियरे लाक्र्वाले पनि दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गरी शान्ति स्थापनामा लगानी गर्नु भनेको स्थायित्व, रोकथाम र शान्तिको सम्भावनामै लगानी गर्नु हो भनी उल्लेख गरेका छन् । उनले भनेका छन्, “द्वन्द्व बढिरहेको र स्रोतसाधन खुम्चिँदै गएको समयमा पनि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाले सर्वसाधारणको सुरक्षा गरिरहेका छन्, हिंसा फैलिनबाट रोकिरहेका छन् र विश्वका सबैभन्दा कठिन परिस्थितिहरूमा आशालाई जीवित राखिरहेका छन् ।” -

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकताः राष्ट्रपति पौडेल
काठमाडौँ, १५ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याए ।
उनले भनेका छन्, “गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु ।”नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । साथै, राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गरेका छन् ।
उनले भनेका छन्, “लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु ।” -

यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, १५ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने तराई भू–भागमा आंशिक बदली भएको छ ।
कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने जनाइएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
त्यसैगरी, आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका केही तराई तथा पहाडी क्षेत्रमा हुरीको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
-

आज सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको आधार
काठमाडौँ, १५ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तरराष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् । सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर निर्धारण भएको छ ।
यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी सङ्घसंस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ । प्रत्येक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन् । सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ ।
यस अवसरमा नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण र स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा प्रयास आवश्यक भएको जनाएको छ ।
-

नुवाकोटमा जिप दुर्घटनाः एक जनाको मृत्यु
त्रिशूली (नुवाकोट), १५ जेठः नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उहाँको सनाखत गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडाँै महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ढिकुरेबाट काठमाडौँ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो ।
सञ्चारमन्त्रीबाट दुःख व्यक्त
नुवाकोटमा भएको सवारी दुर्घटनाबाट एक जनाको निधन र दुई जना गम्भीर घाइते भएको घटनाप्रति सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् । दिवङ्गत सञ्जीवकुमार चौधरीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति मन्त्री डा तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना प्रकट गरेका छन् । यस्तै, दुर्घटनामा घाइते भएका उत्सव पोखरेल र लोकेश मिश्रको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मन्त्री तिमिल्सिनाले दुर्घटनापश्चातका विभत्स तस्बिर सामाजिक सञ्जालमा साझा भएकाले त्यसो नगर्न पनि अनुरोध गरेका छन् ।
-

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री
काठमाडौँ, १४ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताएका छन् । एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी दिँदै त्यसमा सबै पक्षसँग बृहत् छलफल गरेर मात्र संसद्मा पेस हुने बताए ।
एएनओले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो । एएनओको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसद्मा पेस गर्नुअघि यस विषयमा सरोकार भएकाहरू सबैसँग रायसुझाव लिइने आश्वासन दिए ।
त्यस अवसरमा उपाध्यक्ष पन्तले उक्त प्रस्तावित कानुनले नेपाली पन र नेपाली मनलाई नेपालसँग दीर्घकालसम्म सेतुका रुपमा जोड्न सक्नुपर्ने धारणा राखे । उक्त पत्रमा नेपाली उत्पत्तिका व्यक्तिसम्बन्धी परिभाषामा संशोधनको आवश्यकता रहेको, तीनपुस्ताभित्र र त्यस बाहिरका पुस्ताका विदेशिएका नेपालीलाई सम्बोधन गर्न मस्यौदामा व्यापक छलफल र परिमार्जनको आवश्यकता रहेको उल्लेख छ । प्रतिनिधिमण्डलमा एएनओका महासचिव चूडामणि भट्टराई, बोर्ड अफ ट्रस्टी सदस्य बाबुकृष्ण कार्की, एएनओ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटालगायत थिए । -

शुक्रबार आगामी आवको बजेट सार्वजनिक गरिँदै, ४ बजे बजेट भाषण
काठमाडौँ, १४ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्दैछ । निर्वाचनका क्रममा सो पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ ।
सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ । यही जेठ १५ गते गणतन्त्र दिवसको दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४ः०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालु आवको बजेट रु १९ खर्ब ६४ अर्ब बराबरको थियो । गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए ।
-

सभामुखले विदेशमा रहने नेपालीलाई भने : नेपाल फर्कन तयारी हुनुहोस
मलेखु (धादिङ), १४ जेठः सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले सो धारणा राखेका हुन् । पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे ।
-

मौसम बदली र वर्षाले आगामी केही दिन शीतल महसुस
काठमाडौँ, १४ जेठः पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुने जनाएको छ । दुई दिनअघि तराइका विभिन्न जिल्लामा ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव सात डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव दुई डिग्रीसम्म तापक्रम पुगेको छ ।
अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि आज तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको भन्दै काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी दिए । आजमात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । काठमाडौँसहितका कतिपय जिल्लामा भने मध्यमसम्म वर्षा भएको विभागले जानकारी दिएको छ । भोलिदेखि भने वर्षा केही बढ्ने जनाइएको छ ।
विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण अहले देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कमी आउने र आगामी तीन–चार दिन शीतल महसुस हुने सम्भावना छ । उनका अनुसार जेष्ठ १५ गते बिहानैदेखि पश्चिम नेपालका तीन प्रदेश (सुदुर पश्चिम, कर्णाली अनि लुम्बिनी)मा वर्षा, असिना, हावाहुरीको संभावना रहेको र जेष्ठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ । यो प्रणालीको प्रभाव गण्डकी, कोशी र मधेसमा पनि देखिने हुँदा शीतल महसुस हुने बताइएको छ ।विभागका अनुसार शुक्रबार देशभर साधारणतया बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू(भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
-

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन-सिफारिस आह्वान
काठमाडौँ, १४ जेठः परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन\सिफारिसका लागि आह्वान गरेको छ । मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि मन्त्रालयले आज राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त÷सिफारिस आह्वान गरेको हो । मन्त्रालयको सूचनाअनुसार यस नियुक्ति प्रक्रियाअन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेस गर्न सक्नेछन् । साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रही तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्तबमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारको सिफारिस गर्न सकिनेछ । सम्भावित उम्मेदवारहरूको आवेदन÷सिफारिस गर्दा मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरणलगायतका कागजातहरू पेस गर्नुपर्नेछ वा मन्त्रालयले दिएको इमेल ठेगानामा सम्पर्क पनि गर्न सकिने सूचनामा उल्लेख छ ।
दरखास्त÷सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ः०० बजेसम्म निर्धारण गरिएको छ भने रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश नगरिने सूचनामा उल्लेख छ । त्यसैगरी, मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको ‘सर्टलिस्ट’ गर्नेछ र ‘सर्टलिस्ट’मा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिने छ ।
-

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न
काठमाडौँ, १४ जेठः नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित उक्त बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुवै पक्षले दुई देशबीचको लामो समयदेखिको मित्रता र घनिष्ठ साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली पक्षले स्विस पक्षलाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारका प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो । साथै जलविद्युत् उत्पादन तथा प्रसारण, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकास सरकारका प्रमुख आर्थिक लक्ष्य रहेको जानकारी पनि गराइएको थियो ।
नेपाली पक्षले स्विस सरकारद्वारा स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनमार्फत नेपाललाई निरन्तर प्राथमिकतामा राखिएकोप्रति आभार व्यक्त गरेको थियो । सङ्घीयता कार्यान्वयन, झोलुङ्गे पुल निर्माण, आप्रवासन व्यवस्थापन, सामुदायिक वन, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा स्विट्जरल्याण्डले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपालको प्राथमिकताअनुसार सहयोगको दायरा अझ विस्तार गर्न आग्रह गरिएको थियो ।
बैठकमा जलवायु परिवर्तनलगायत साझा चासोका क्षेत्रीय तथा विश्वव्यापी विषय र बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुवै पक्षले प्रस्तावित समझदारीपत्र तथा सम्झौताहरू शीघ्र निष्कर्षमा पु¥याउने सहमति जनाएका छन् । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र स्विट्जरल्याण्डको सङ्घीय परराष्ट्र विभागअन्तर्गत एसिया तथा प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइटनरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैठकको सहअध्यक्षता गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखा तथा सम्बन्धित मन्त्रालयका अधिकारी सहभागी थिए भने स्विस प्रतिनिधिमण्डलमा नेपालका लागि स्विस राजदूत डानिएल मेउलीसहित उक्त महाशाखाका पदाधिकारी र यहाँस्थित स्विस दूतावासका अधिकारी सहभागी थिए ।यसैगरी, बुधरबार नै स्विस प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको थियो । उक्त अवसरमा दुवै पक्षले संयन्त्रको बैठकका उपलब्धिप्रति सन्तोष व्यक्त गरेका थिए । नेपाल र स्विट्जरल्याण्डबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा सन् २०१५ नोभेम्बर ४ मा हस्ताक्षर भएको हो ।
-

नासाको चन्द्र आधार योजना अघि बढ्यो
केप क्यानभेरल (फ्लोरिडा), १४ जेठ (रासस–एपी) । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि आधार तयार गर्नेछ ।
जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले चन्द्रमाको दक्षिणी ध्रुव नजिक ल्यान्डर उपलब्ध गराउनेछ, जसले चन्द्र सतहमा रोभरहरू पुर्याउने काम गर्नेछ । ती चन्द्र भू–सवारी साधनहरू एस्ट्रोल्याब र लुनार आउटपोस्ट कम्पनीहरूले निर्माण गर्नेछन् । यस्तै, गत वर्ष सफल अवतरण गरिसकेको फायरफ्लाई एरोस्पेसले चन्द्रमामा पहिलो ड्रोन पठाउने जिम्मेवारी पाएको छ ।
नासाका अनुसार यी सबै उपकरणहरू सन् २०२८ को सुरुआतमा प्रस्तावित पहिलो मानव अवतरणअघि नै चन्द्रमामा पुगिसक्नुपर्नेछ, जसले आर्टेमिस कार्यक्रमको मानव मिशनलाई आधार प्रदान गर्नेछ । यसै क्रममा गत अप्रिलमा सम्पन्न आर्टेमिस–२ मिसनमा चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै ऐतिहासिक यात्रा गरेका थिए । यसलाई अपोलो युगपछिको सबैभन्दा गहिरो अन्तरिक्ष यात्रा मानिएको छ । आगामी आर्टेमिस–३ मिसनमा अन्तरिक्ष यात्रीहरूले चन्द्र कक्षामा अभ्यास गर्ने योजना रहेको छ, जहाँ ब्लू ओरिजिन र एलन मस्कको स्पेसएक्सले विकास गरिरहेका ल्यान्डरहरूसँग डकिङ अभ्यास गरिनेछ ।नासाले सन् २०२७ को मध्यतिर आर्टेमिस–३ मिसन सञ्चालन गर्ने लक्ष्य राखेको छ भने सन् २०२८ सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि बढाएको छ । त्यसपछि सन् २०२९ देखि सन् २०३० को बीचमा चन्द्र आधारको दोस्रो चरण सुरु हुनेछ, जसमा पावर ग्रिडसहित प्रारम्भिक स्थायी पूर्वाधार निर्माण गरिनेछ । सन् २०३० को दशकमा तेस्रो चरणमा पुगेर दीर्घकालीन बसोबासका लागि आवास संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।
नासाको चन्द्र आधार कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया–गालानले भविष्यको संरचना सयौँ वर्गमाइल क्षेत्रमा फैलिने र ड्रोनहरूद्वारा यसको सीमाना चिह्न लगाइने बताउनुभयो । ती ड्रोनहरूलाई ‘मुनफल’ नाम दिइनेछ, जसले चन्द्र आधारको परिधि निर्धारण गर्नेछ । नासाका प्रशासक जारेड आइज्याकम्यानले यस प्रणालीलाई अन्य अन्तरिक्ष मिशनहरूसँग समन्वयमा राखिने र अन्तर्राष्ट्रिय अन्तरिक्ष यान तथा उपकरणहरूको सम्मान गर्दै सञ्चालन गरिने बताए । उनले यस विषयमा पारस्परिक सहकार्य अपेक्षित रहेको पनि उल्लेख गरे ।
उनका अनुसार चन्द्र आधार केवल अनुसन्धानका लागि मात्र नभई भविष्यको मङ्गल अभियानको आधार निर्माण, वैज्ञानिक अनुसन्धान विस्तार र चन्द्र अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण हुनेछ । “धैर्यपूर्वक प्रतीक्षा गरिरहेकाहरूका लागि यो भव्य पुनरागमन हो र हामी सुस्त हुने छैनौँ”, नासाका प्रशासक आइज्याकम्यानले भने, “हामी त अहिले मात्र सुरु गर्दैछौँ ।” -

नवीकरणीय ऊर्जा क्षेत्रमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ सफलता
बेइजिङ, १४ जेठ (रासस–सिन्ह्वा) । चिनियाँ अनुसन्धानकर्ताहरूको एक टोलीले सौर्य सेलको कार्यक्षमता र सञ्चालन स्थायित्व दुवै उल्लेखनीय रूपमा सुधार गर्ने नयाँ संरक्षण रणनीति विकास गरेको छ । यो सम्बन्धी अनुसन्धान हालै एक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । यस प्रकारको सौर्य सेलमा माथिल्लो भागमा विशेष प्रकाश रूपान्तरण तह र तल्लो भागमा सिलिकन आधारित तह प्रयोग गरिन्छ । यस्तो संरचनाले सूर्यको प्रकाशलाई उच्च दक्षताका साथ विद्युत्मा रूपान्तरण गर्न मद्दत गर्छ, जसले हल्का तथा उच्च–क्षमतायुक्त सौर्य प्रविधिको सम्भावना बढाएको छ ।
तर औद्योगिक सिलिकन सतहको पिरामिड–जस्तो बनावटका कारण माथिल्लो तह समान रूपमा राख्न कठिन हुने समस्या थियो । यसले स्थानीय विद्युतीय चुहावट निम्त्याएर व्यावसायिक प्रयोगमा चुनौती सिर्जना गर्दै आएको थियो । चिनियाँ अनुसन्धानकर्ताहरूले पूर्वी चीनका दुई विश्वविद्यालयसँगको सहकार्यमा ‘चुचुरो–केन्द्रित संरक्षण’ नामक नयाँ रणनीति विकास गरेका हुन् ।
उहाँहरूले सूक्ष्म कणलाई नमूनाको रूपमा प्रयोग गरी पिरामिडको चुचुरो भागमा एल्युमिनियम अक्साइडको अत्यन्त पातलो अवरोधक तह राख्ने विधि अपनाए, जसले विद्युतीय चुहावट रोक्न मद्दत गर्छ । यस प्रविधिबाट तयार गरिएको सौर्य सेलले करिब ३३ प्रतिशत ऊर्जा रूपान्तरण दक्षता हासिल गरेको छ, जुन करिब एक वर्ग सेन्टिमिटर सक्रिय क्षेत्रफल भएको सौर्य सेलमा प्राप्त गरिएको हो ।
त्यसैगरी, उक्त उपकरणले लगातार एक हजार घण्टा सञ्चालनपछि पनि आफ्नो प्रारम्भिक कार्यक्षमताको करिब ९० प्रतिशत कायम राखेको अनुसन्धानले देखाएको छ, जसले यसको दीर्घकालीन स्थायित्व पनि प्रमाणित गरेको छ । अध्ययनका एक सह–लेखकका अनुसार, “यो रणनीति सरल छ र हालका औद्योगिक उत्पादन प्रणालीसँग सजिलै मिल्न सक्छ । यसले नयाँ प्रकारका सौर्य सेललाई व्यावसायिक प्रयोगतर्फ अझ नजिक पु¥याएको छ ।”
