पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

२८ वैशाख, काठमाडौं । (एजेन्सी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार एएफपीलाई जानकारी दिएका छन् । मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले एएफपीसँग बताए ।… Continue reading पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

बजारमा दही र महीको माग बढ्दै

२८ वैशाख, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ । पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा… Continue reading बजारमा दही र महीको माग बढ्दै

गलकोटमा बने एकैपटक दुई स्वास्थ्य चौकी

रासस २८ वैशाख, ढोरपाटन । बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ… Continue reading गलकोटमा बने एकैपटक दुई स्वास्थ्य चौकी

चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

२८ वैशाख, भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् । पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी… Continue reading चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

कस्तो रहनेछ नेपालमा आजको मौसम ?

२८ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ… Continue reading कस्तो रहनेछ नेपालमा आजको मौसम ?

टिपर दुुर्घटनामा चालकको मृत्यु

२८ वैशाख, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय… Continue reading टिपर दुुर्घटनामा चालकको मृत्यु

अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण

President Donald Trump speaks with reporters as he signs an executive order in the Oval Office of the White House, Friday, May 9, 2025, in Washington, as from left, Sen. Jon Husted, R-Ohio,, Sen. Ashley Moody, R-Fla., her son, Rep. Gary Palmer, R-Ala., Rep. Brian Jack, R-Ga., Rep. Stephanie Bice, R-Okla., and Rep. Craig Goldman, R-Texas, listen. (AP Photo/Alex Brandon)

२७ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा आउने भएका छन् । दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’… Continue reading अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

२७ वैशाख, काठमाडौं । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो । फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो ।… Continue reading फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी

भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति

File (Photo by Tauseef MUSTAFA / AFP)

भारत र पाकिस्तानबीच जल, स्थल र आकास तीन वटै क्षेत्रमा आक्रमण नगर्ने सहमति भएको छ । साथै आगामी १२ मेमा दुबै मुलुकका उच्च अधिकारीहरुबीच वार्ता गर्ने सहमति समेत जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिरामको घोषणा गरेका थिए । अमेरिकाको मध्यस्थतामा यस्तो सहमति जुटेको उनको दावि छ । दुई मुलुकबीच… Continue reading भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति

भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले… Continue reading भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा

६ महिनापछि घर फर्किए टिंकरवासी

नरेन्द्रसिंह कार्की/रासस २७ वैशाख, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् । गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । “छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता… Continue reading ६ महिनापछि घर फर्किए टिंकरवासी

‘बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाऔं’

२७ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बजेट तर्जुमा, विनियोजन, कार्यान्वयन, अनुगमन मूल्यांकनजस्ता… Continue reading ‘बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाऔं’

ध्यान गर्न प्रभुुचेलामा बनाइयो पूर्वाधार

default

रासस२७ वैशाख, म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु एक करोडभन्दा बढी लगानी पूर्वाधार निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण… Continue reading ध्यान गर्न प्रभुुचेलामा बनाइयो पूर्वाधार

पहिलेको चरिचरन-अब पर्यटकीय गन्तव्य

राष्ट्रिय समाचार समिति (रासस) २७ वैशाख, बागलुङ । एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोटमा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो ।… Continue reading पहिलेको चरिचरन-अब पर्यटकीय गन्तव्य

सुरु भयो सगरमाथा आरोहण, ४२१ आरोही चुचुरो चुम्ने लक्ष्यमा

file

सिबी अधिकारी / रासस २७ वैशाख, काठमाडौं । सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ¥याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले रासससँग भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको… Continue reading सुरु भयो सगरमाथा आरोहण, ४२१ आरोही चुचुरो चुम्ने लक्ष्यमा

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

२७ वैशाख, काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता… Continue reading सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

File RSS

रासस २७ वैशाख, काठमाडौं । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपाललाई धन्यवाद दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा… Continue reading आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

कस्तो रहनेछ नेपालमा आजको मौसम ?

२७ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र… Continue reading कस्तो रहनेछ नेपालमा आजको मौसम ?

श्रीलङकाः हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते

२६ वैशाख, कोलम्बो । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् । वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।… Continue reading श्रीलङकाः हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?

Newly elected Pope Leo XIV, Robert Francis Prevost reacts as he arrives on the main central loggia balcony of the St Peter's Basilica for the first time, after the cardinals ended the conclave, in The Vatican, on May 8, 2025. Robert Francis Prevost was on May 8, 2025, elected the first pope from the United States, the Vatican announced. A moderate who was close to Pope Francis and spent years as a missionary in Peru, he becomes the Catholic Church's 267th pontiff, taking the papal name Leo XIV. (Photo by Tiziana FABI / AFP)

२६ वैशाख, काठमाडौं । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए… Continue reading अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?

नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

२६ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेकी छिन् । अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुगग्दा उनलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गरे । नेजाको निमन्त्रणामा… Continue reading नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

file

२६ वैशाख, काठमाडौं । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए । विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् ।… Continue reading सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२६ वैशाख, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा आज साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ… Continue reading बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भारत र पाकिस्तानमा नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

तस्बिरः किरणराज विष्ट\रासस

२६ वैशाख। काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत… Continue reading भारत र पाकिस्तानमा नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

File RSS

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको… Continue reading प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

२६ वैशाख, काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही… Continue reading पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान आफ्ना नागरिकलाई चीनको एडभाइजरी

२६ वैशाख, काठमाडौं । नेपालस्थित चीनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ ।दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’ उक्त सन्देशमा भनिएको छ, ‘नेपाल-भारतको सीमा खुला छ, त्यसैले… Continue reading नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान आफ्ना नागरिकलाई चीनको एडभाइजरी

भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

MS Dhoni of Chennai Super Kings and Shivam Dube of Chennai Super Kings running between the wickets during match 57 of the Indian Premier League season 18 (IPL 2025) between the Kolkata Knight Riders and the Chennai Superkings held at the Eden gardens Stadium, Kolkata on the 7th May 2025. Photo by Prathiksha MK/ Sportzpics for IPL

भारत र पाकिस्तान बीचको तनाव सङ्गै भारतले सबैभन्दा ठूलो क्रिकेट इभेन्ट इन्डियन प्रिमियर लिग स्थगित गरेको छ । भारतीय क्रिकेट बोर्डले यस्तो निर्णय लिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार आजबाट खेलहरु हुने छैनन् । विदेशी खेलाडीलाई सुरक्षित घर फर्काउने अभियानलाई प्राथमिकता दिइने बताइएको छ । साथै परिस्थिति हेरेर नयाँ मिति घोषणा गर्ने समेत बिसिसिआइले जनाएको… Continue reading भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

८५ वर्ष पुरानो टिकटले जापान एक्स्पो प्रवेश

२६ वैशाख, टोकियो । एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकले बताएका छन् । ‘ग्रान्ड इन्टरनेशनल एक्स्पोजिुन अफ जापान’ टोकियोमा हुने कार्यक्रमका लागि टिकटहरू सन् १९३८ मा जारी गरिएको थियो, तर जापान दोस्रो विश्वयुद्धमा संलग्न भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो । पश्चिमी… Continue reading ८५ वर्ष पुरानो टिकटले जापान एक्स्पो प्रवेश

न्युजिल्यान्डमा मान्छे भन्दा भेडाको संख्या बढी

FILE - Farmer Ross Turner feeds his sheep hay in his snow covered paddocks on the outskirts of Christchurch, New Zealand, July 12, 2017. (AP Photo/Mark Baker, File)

२६ वैशाख, न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा रहेका न्युजिल्यान्डीहरूलाई लक्षित गरिएका ठट्टाहरूको विषय रहँदै आएको छ । यो सत्य होः यो देश विश्वका केही देशमध्ये एक हो जहाँ अझै पनि मानिस भन्दा बढी भेडाहरू छन् । तर मङ्गलबार सार्वजनिक गरिएको नयाँ तथ्याङ्कहरूअनुसार मानिसहरूले उनीहरूलाई भेट्दैछन् । सरकारी तथ्याङ्क निकायको… Continue reading न्युजिल्यान्डमा मान्छे भन्दा भेडाको संख्या बढी