Category: फिचर

  • संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा

    संसदको न्यायीक समितिबाट पारित भयो ट्रम्प विरुद्धको महाभियोग, अब फूल हाउसमा

    न्यूयोर्क

    अमेरिकी संसदको न्यायीक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग पारित गरेको छ । तीन दिनको म्याराथन बहस पछि शुक्रबार बिहान समितिमा मतदान भएको हो ।

    समितिले ट्रम्प विरुद्ध दुई बुँदे (आर्टीकल अफ इम्पिचमेन्ट) महाभियोग तयार गरेको थियो । महाभियोग पक्ष र विपक्षमा पार्टी लाइन अनुसारको भोट परेको हो । समितीमा रहेका १७ जना नै रिपब्लिकन सांसदले महाभियोगको विपक्षमा मतदान गरे । पक्षमा २३ जनानै डेमोक्र्याट उभिए । महाभियोगको बुँदामा एब्युज अफ पावर (अधिकारको दुरुपयोग) र अब्सट्रक्सन अफ जष्टिस (न्यायीक प्रकृयामा अवरोध) रहेका छन् ।

    महाभियोग माथि अब संसदको फुल हाउसमा मतदान हुनेछ । त्यहाँ डेमोक्र्याटको प्रष्ट बहुमत रहेका कारण महाभियोग पारित हुने निश्चित प्राय छ । हाउसबाट पारित महाभियोग संसदको माथिल्लो सदन सिनेटमा जानेछ । सिनेटले आर्टिकल अफ इम्पिचमेन्टका बुँदाहरु माथि थप बहस र अनुसन्धान गर्नेछ । अन्त्यमा दुई तिहाइ सिनेटरले महाभियोगको पक्षमा मतदान गरे ट्रम्प पदमुक्त हुनेछन् ।

    सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । २० जना रिपब्लिकन सिनेटरले डेमोक्र्याटको साथ महाभियोगको पक्षमा मतदान गर्दा मात्र ट्रम्प पदमुक्त हुनेछन् । यो सम्भावना भने देखिएको छैन । धेरैजसो रिपब्लिकन सिनेटरले अहिलेसम्म महाभियोगबारे मुख खोलेका छैनन् ।

    ट्रम्प  संसदको न्यायीक समितिबाट महाभियोग पारित हुने चौथो राष्ट्रपति हुन् । यसअघि एन्ड्रु जोन्सन , रिचार्ड निक्सन र विल क्लिन्टन माथिको महाभियोग समितिले पारित गरेको थियो । उनीहरुमध्ये निक्सनले फुल हाउसमा मतदान हुन अघिनै राजिनामा दिएर बाटो खालि गरि दिएका थिए । १७ औँ अमेरिकी राष्ट्रपति जोन्सन भने तल्लो सदनबाट महाभियोगमा परेका थिए । सिनेटमा भने एक मतले पदमुक्त हुनबाट जोगिए । क्लिन्टनलाई भने पार्टी लाइन अनुसारको भोट परेको थियो । हाउसबाट साधारण बहुमत साथ महाभियोगमा परेका उनी बिरुद्ध सिनेटमा दुईतिहाई मत पुग्न सकेन । त्यति मात्र होइन महाभियोग सुरु भएसँगै जनताको उनको लोकप्रियता एकाएक चुलिएको थियो । ह्वाइट हाउसकी कर्मचारी मोनिको लेवेन्स्कीसँग अनैतिक यौन सम्पर्क राखेको आरोपमा रिपब्लिकनहरुले उनलाई महाभियोग लगाएका थिए ।

    अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० सय मिलियन डलरको सैन्य सहायता ट्रम्पले एकाएक रोक्का गरिदिएका थिए । सहायता पाउन युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सार्वजनिक रुपमा पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन माथि अनुसन्धान सुरु गर्ने बताउनु पर्ने उनको सर्त थियो । यो तथ्य सतहमा आएसँगै व्यक्तिगत र राजनीतिक फाइदाका लागि राष्ट्रिय सुरक्षा र करदाताले तिरेको पैसामा खेलबाड गरेको आरोप सहित डेमोक्र्याटहरुले महाभियोग अनुसन्धान थालेका थिए । सन् २०२० को सम्भावित प्रतिश्पर्धामा बाइडेन ट्रम्प माथि हावी भएको सर्वेक्षणहरु सार्वजनिए भएपछि ट्रम्पले उक्त रणनीति अख्तियार गरेका थिए ।

    पुननिर्वाचन जित्न निक्सनले सन् १९७२ मा डेमोक्रेटिक पार्टीको हेडक्वार्टरमा गोप्य टेप राखेर कुराकानी रेकर्ड गरेका थिए । त्यसबाट उनले डेमोक्र्याटको रणनीति थाहा पाए र त्यही अनुसार तयारी गरेर चुनाव जिते । उनी पुननिर्वाचित भएसँगै वासिंटन पोष्टले उक्त घटना उजागर गर्न थाल्यो । अन्तत:  रिपब्लिकनहरुनै निक्सन हटाउन तयार भए । यसपाली भने ट्रम्पले सर्त राखेको पुष्टि हुँदा पनि रिपब्लिकन सभासदहरुले ट्रम्पको साथ छोड्न मानेका छैनन् । पार्टीभित्र ट्रम्पको बलियो प्रभाव रहेको कारण उनीहरु नतमस्तक भएको विश्लेषकहरुको भनाइ छ ।

  • तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

    तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

    काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले शुक्रबार मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

    बस्नेतले कमाएको पैसा आफू र आफ्ना परिवारको नाममा राख्ने गरेका थिए । २०४५ सालमा लेखापालको रुपमा उनी सरकारी सेवा छिरेका थिए ।

    त्यसयता उनको वैधानिक कमाई १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँ ८२ पैसा मात्र रहेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

    उनको नाममा भने वैधानिक आम्दानीबाहेक नै १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा खर्च र बचत देखिएपछि अख्तियारले मुद्दा चलाएको हो ।

    उनले भन्सार नाकाबाट नेपाल आयात हुने सामानको भन्सार पास गर्ने बेला व्यापारी, क्यारिङ्ग व्यवसायी र भन्सार एजेन्टसँग गैरकानूनी रुपमा रकम बुझ्ने गरेका थिए ।

    बस्नेतले लिने घुस बुझ्ने काम भने संखुवासभाको खाँदबारी–१ बस्ने जेठान नबिनकुमार गौलीबाट हुने गरेको अख्तियारले उल्लेख गरेको छ ।

    ज्वाइँले लिएको घुस जेठानको नाममा जमिन तथा घरमा लगानी भएको पाइएको छ । त्यसपछि भने जेठानबाट बक्सिस पाएको भन्दै आफ्नो नाममा गराउने धन्दा उनको थियो ।

    अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो तथा बिगोअनुसार जरिवाना, २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

    जेठान नबिन कुमार गौलीको हकमा भने ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ बिगो तथा २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबीसहित  मुद्दा दर्ता भएको छ ।

  • इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

    इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको बाटो खुल्यो

    काठमाडौं । करीव दुई वर्षयता रोकिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने काम सूचारु गर्ने बाटो खुलेको छ ।

    सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन विरुद्ध परेको रिट खारेज गरेसँगै अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने बाटो खुलेको हो ।

    शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको रिट खारेजीको निर्णय गरेको हो ।

    देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखिएको भन्दै अभियन्ताबाट यसको विरोध भएको थियो । त्यसपछि सर्वोच्चमा रिट परेको हो ।

    रिटमाथिको प्रथम सुनुवाईमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागु नगन अन्तरिम आदेश गरेको थियो ।

    शुक्रबार भएको फैसलाले भने बाटो खुला गरिदिएको हो । बंगलादेशी कम्पनी डेकाटुर टाइगरसगँ ५ वर्षमा २५ लाख नम्बर प्लेट छाप्नेगरी सरकारले सम्झौता गरेको थियो ।

    सरकारले ४ अर्व ९० करोड २० लाख रुपैयाँमा उक्त सम्झौता गरेको थियो । तर, करिब ४ हजार ६ सयवटा सवारी साधनमा नम्बर प्लेट राखेपछि सर्वोच्चको अन्तरिम आदेशले अन्य प्लेन जडान रोकिएको थियो ।

    यसले सरकारलाई निरन्तर घाटा भएको थियो ।

    यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैँया शुल्क निर्धारण गरी नम्बर प्लेट राख्न थालेको थियो ।

  • काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात

    काठमाडौंमा वर्षा, हिमाली भेगमा ठूलो हिमपात

    काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसमले देशभर चिसो बढाएको छ । यसको प्रभाव अझै एक दुई दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रबार दिनभर जसो काठमाडौंमा वर्षा जारी रहेको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार हिमपात भएको छ । त्यसो त हिमाली भेगका सबै जिल्लामा बाक्लो हिमपात जारी रहेको छ ।

    मौसम चिसिएसँगै त्यसले आफ्नो प्रभाव देखाउन थालेको छ । मौसमविद्हरुका अनुसार शुक्रबार परेको पानीले अब देशभर चिसो ह्वात्तै बढाउने छ ।

    खासगरी बिहानमा तुसारो पर्ने र तराईमा शितलहरको जोखिम निम्त्याउन सक्ने खतरा रहेको छ ।

    हिमापातका कारण हिमाली भेगमा ताल जम्ने क्रम शुरु भएको छ । हिमाली भेगको हवाई सेवा समेत अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ ।

  • साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?

    साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?

    काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका दुई महानगरपालिका साइकल लेन प्रवद्र्धनमा जोडतोडका साथ लागिरहेका छन् । दुई साताअघि ललितपुर महानगरपालिकामा पहिलो साइकल लेन प्रारम्भ भयो ।

    कुपण्डोलदेखि पुल्चोकसम्म साइकल लेन उद्घाटन गरियो । साइकल लेन विस्तार गरेर गोदावारीसम्म पुर्याउने योजना बनाएको छ ।

    सोही मेसोमा काठमाडौं महानगरपालिका समेत साइकल लेनको तयारीमा जुटेको हो ।

    महानगरपालिकाका अनुसार पहिलो चरणमा माइतीघर-तीनकुने साइकलमा साइकल लेन बनाउने तयारी छ । दुबैतर्फ बनाउँदा यस सडक खण्डमा ५ किलोमिटर लामो साइकल लेन हुनेछ ।

    काठमाडौंमा साइकल पारखी तथा आवश्यकताका लागि साइकल चढ्नेको संख्या ठूलो छ । तर काठमाडौंले पैदल यात्रु र साइकल यात्रुलाई मान्छे गन्दैन ।

    सकभर सवारीसाधनमा यात्रा गर्नेहरुले उनीहरुलाई पेलेर असुरक्षित बनाइरहेका छन् । तर, प्रश्न के उठ्छ भने कुनै एक सडक खण्डमा मात्र साइकल लेन बनाउँदा त्यहासम्म पुग्ने चाँहि कसरी ?

    समग्र काठमाडौंलाई साइकल यात्रामैत्री नबनाएसम्म २ या ५ किलामिटर सडक साइकलका लागि तोक्दैमा काठमाडौं साइकलयात्रा मैत्री सडक बनिहाल्दैन ।

    यसका लागि काठमाडौं उपत्यकामा वैज्ञानिक ट्राफिक व्यवस्थापनको आवश्यकता पर्छ । त्यो भनेको ठूला सार्वजनिक सवारी साधन भित्राएर अहिले अत्यधिक गुडिरहेका निजी सवारीको विस्थापन नै हो ।

  • आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द

    आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक ४ घण्टा बन्द

    काठमाडौं । आजबाट मुग्लिन-नारायणघाट सडक खण्ड दैनिक ४ घण्टा बन्द हुँदैछ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो ।

    यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

    दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको छ । नारायणघाट तर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोक्ने र मालवाहक सवारीसाधनलाई दासढुंगामा रोक्ने तयारी छ ।

    मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिने भएको छ ।

    मालवाहक सवारीसाधन भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिन आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजनाले उल्लेख गरेको छ ।

  • नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन

    नेपाली वायुसेवा माथि इयूको कालोसूची हटेन

    काठमाडौं । यूरोपेली यूनियनले फेरी पनि नेपाललाई निरास पार्दै एयर सेफ्टी लिस्ट सार्वजनिक गरेको छ । सूचिमा नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी समावेश रहेका छन् ।

    हरेक ६ महिनामा इयूले सूचि अपडेट गर्छ । सोही आधारमा कुनै देश कालोसूचिबाट उम्कन्छन् भने कुनै देश कायम रहन्छन् ।

    यस पटक इयूले नेपालको बारेमा छलफल नै नगरेको प्राधिकरणका उच्च अधिकारीहरु बताउँछन् । इयूले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन कुरेर बसेको छ ।

    सो ऐन आएपछि मात्र नेपालबारे उसले केही निर्णय लिने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

    तर, इयूले भने हवाई सुरक्षामा सुधार नभएको, दूर्घटना नबढेको, नियमन कमजोर रहेको भन्दै सन् २०१३ बाट निरन्तर नेपाललाई यूरोप उडानमा रोक लगाउने गरी कालोसूचिमा राखेको छ ।

    नेपालले यसबीचमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासो पार गरिसकेको छ । तर, इयू भने अझै विश्वस्त हुन सकेको छैन ।

    इयूले नेपालसहित विश्वका १५ देशका सय १५ वायुसेवा कम्पनीलाई यस सूचिमा राखेको छ ।

    जसले गर्दा नेपालबाट यूरोप उडान गर्न चाहने कुनै पनि वायुसेवाले यूरोपमा उडानको अनुमति पाउँदैन । यसले भ्रमण वर्षमा नेपालबारे यूरोपमा नकारात्मक प्रभाव समेत पार्नेछ ।

  • विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री

    विश्व बैंकले भन्यो ६.४ प्रतिशत मात्र आर्थिक वृद्धि, बिच्किए अर्थमन्त्री

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६्\७७ मा ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित बजेट कार्यान्वयन गरिरहेको छ ।

    तर, नेपालको सबैभन्दा ठूलो विकास साझेदार मध्ये एक विश्व बैंकले आर्थिक वृद्धि ६.४ प्रतिशतमा मात्र खुम्चिने प्रक्षेपण अर्थ मन्त्रीकै अगाडी गरेपछि अर्थमन्त्री बिच्किएका छन् ।

    बिहीबार विश्वबैंकले नेपालको अर्थतन्त्रसम्बन्धी पछिल्लो अपडेट सार्वजनिक गर्दै सन् २०२० मा आर्थिक वृद्धि ६.४ प्रतिशत रहने अनुमान गर्यो ।

    अर्थमन्त्रीले भने नेपालमा अनुमानको भरमा तथ्यांक आउने गरेको भन्दै यथार्थपरक तथ्यांक नै नभएको उल्लेख गरे ।

    उनको भाव विश्वबैंकको तथ्यांकप्रति स्पष्ट झल्कन्थ्यो । उनले नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशतबाट सरकारले कुनै पनि संशोधन नगरेको समेत पुनः दोहोर्याए ।

    विश्व बैंकको तथ्यांक अनुसार सन् २०१९ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको छ । त्यसपछिका दुई वर्ष पनि लगातार ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि भने कायम रहनेछ ।

    सन् २०२१ को आर्थिक वृद्धिको अनुमान ६.५ प्रतिशत रहेको विश्वबैंकले स्पष्ट पारेको छ । खासगरी सन् २०२० मा सरकारले नेपाल भ्रमण वर्ष मनाउँदैछ ।

    यसैवर्ष केही ठूला होटेल संचालनको तयारीमा छन् । एउटा अन्तर्राष्ट्रिय विमानस्थलसमेत यसै वर्ष संचालनमा आउने छ ।

    यसले आर्थिक वृद्धिमा सकारात्मक भूमिका खेल्ने विश्व बैंकको भनाई रहेको छ ।

    विद्यूत आपूर्तिमा भएको सुधार, राजनीतिक स्थायित्व, नीतिहरुमा समय सापेक्षा सुधारले समेत लगानी अभिवृद्धि हुने र त्यसले आर्थिक वृद्धिमा सघाउने विश्व बैंकको भनाई रहेको छ ।

  • लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने षड्यन्त्र गर्दै भारत

    विश्वन्युज संवाददाता
    काठमाडौं
    भारतले एकपछि अर्को गर्दै नेपालमा प्रहार गरिरहेको छ । सीमा विवाद चर्किएको अवस्थामा भारतले नेपालको हवाई उडड्यन क्षेत्रलाई समस्यामा पार्न थालेको छ । रुपन्देहीको भैरहवामा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । तर, सञ्चालनका लागि तयार भैसक्ने बेलामा भारतले हवाई रुट नदिएकाले नेपाल समस्यामा परेको छ ।
    नेपालले लुम्बिनी नजिकै, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटका लागि गरेको पहल सफल हुन सकेको छैन । यस्तो अवस्थामा काठमाडौंका लागि दिइएको हवाई रुटबाट जहाज भित्रिने र बाहिरिने गर्नुपर्छ । जसले नेपाललाई थप समस्या पार्छ । जुन उद्देश्यले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो, त्यो अनुकूल नहुने अवस्थामा वैकल्पिक विमानस्थलले फाइदा नहुने विज्ञहरुले बताएका छन् । नेपालले भैरहवा नजिक र नेपालगञ्ज नजिकबाट हवाई रुट पाएको अवस्थामा भैरहवा विमानस्थलले राम्रो काम गर्न सक्ने अपेक्षा गरेको छ ।
    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई कम्तीमा नेपालगञ्ज र महेन्द्रनगर रुट उपलब्ध भएमा पनि सहज हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । त्यसका लागि सरकारले पटक पटक उच्चस्तरीय कूटनीतिक पहल गरेको छ । तर, भारतले विभिन्न बहाना बनाएर टार्दै आएको छ । यी रुटको असर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पर्नेछ । भारतले पटक पटक विभिन्न कारण देखाएर हवाई रुट दिनलाई आलटाल गरिरहेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हवाई रुटका विषयमा वार्ता गरेका थिए । मोदी सकारात्मक भएर कर्मचारीलाई तत्काल रुट उपलब्ध गराउन निर्देशन नै दिएका थिए । तर, पछि कर्मचारीले भारतीय राजनीतिक नेतृत्वलाई यो विषयमा के के कुराकानी गरेर अहिले अन्यौल भैरहेको मन्त्रालयका एक अधिकारीले बताए । भारतीय कर्मचारीले नेपाललाई रुट उपलब्ध गराउन नहुने तर्क गरिरहेका छन् । त्यसैले भारतीय नेतृत्वले पनि पटक पटक हवाई रुटका विषयमा प्रष्ट कुराकानी गरिरहेको छैन ।
    भारतले गोरखपुर र लखनउ नजिक रहेका आफ्ना वायु सेनाका एयर फोर्सका कारण नेपाललाई अहिले मागेका रुटबाट हवाई उडानको अनुमति दिन नसक्ने जनाउँदै आएको छ । ती ठाउँमा वायु सेनाले अभ्यास गर्ने भएकाले प्रभावित हुने कारण देखाउँदै भारतले नेपाललाई हवाई रुट नदिएको हो । लुम्बिनीसँग सीमा जोडिएको भारतीय क्षेत्रमा जसरी पनि जहाज पुग्नु पर्ने भएकाले नेपालको लुम्बिनी विमानस्थल प्रभावकारी सञ्चालनका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
    लुम्बिनीबाट झण्डै तीन किलोमिटर एयर दूरीमा सीमावर्ती भारतीय क्षेत्र आउँछ । ठूला जहाजले उडान तथा अवतरणमा आसपासको सीमा क्षेत्रमा फन्को मार्नुपर्ने अवस्था आउन सक्ने भएकाले भारत सरकारको सहयोग महत्वपूर्ण भएको नेपाली अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपाल सरकारले पटक पटक पत्राचार गरिरहेको छ । विमानस्थल निर्माणको अन्तिम तयारीमा रहेकाले नेपाल सरकारले पटक पटक पत्राचार गरेको हो । भारतले भने महेन्द्रनगर रुट मात्र उपलब्ध गराउने तयारी गरे पनि त्यो कामसमेत गरिरहेको छैन ।

    लुम्बिनी विमानस्थल अन्तिम चरणमा

    भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भैरहवाको बीचमा पर्ने विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक संरचनाको प्रगति लगभग ८० प्रतिशत भैसकेको छ । काठमाडौं विमानस्थलको विकल्पको रुपमा लुम्बिनी विमानस्थल अबका केही महिनामै सञ्चालनमा आउने छ । हवाई टर्मिनल, एयर ट्राफिक कन्ट्रोल रुमको निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ । रनवे पनि लगभग तयारी अवस्थामा छ । तर लुम्बिनी जोड्ने बाटो भने भारतीय ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ ।
    विमानस्थल आगामी ६ महिनाभित्रै सञ्चालनमा आउनेछ । विमानस्थल बनेको अवस्थामा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् । त्यसैले नेपाल सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यो विमानस्थललाई लिएको हो । एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओएफआइडी) र नेपाल सरकारको लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक काम एक महिनाभित्र पूरा गर्न दैनिक दुई सत्रमा २ सय ७० जनाभन्दा बढी कामदार परिचालन भएका छन् ।
    तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग कालोपत्र गरी त्यहाँ ‘मार्किङ’ गरिएको छ । विमानस्थल सञ्चालन भएपछि मौजुदा एक हजार पाँचसय २४ मिटर लामो र ३० मिटर चौडा धावनमार्गलाई ट्याक्सी वेका रूपमा उपयोग गरिनेछ । हाल विमानस्थलको ८५ प्रतिशतभन्दा बढी भौतिक संरचना निर्माण भइसकेको सरकारले जनाएको छ । कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, विमान राख्नेस्थल (एप्रोन), अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युत्गृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको रङरोगनलगायत आन्तरिक सजावटको काम धमाधम भइरहेको छ ।
    विमानस्थल निर्माणका लागि नजिकै रहेको घाघरा खोलाको मार्ग परिवर्तन, सवारीसाधान पार्किङस्थल, ढल निकासको काम पनि पूरा भइसकेको छ । विमानस्थलमा बगैँचा बनाउने र त्यहाँको सौन्दर्य बढाउन साजसज्जाका काममा सयौँ मजदुर खटिएका छन् । विमान उडान र अवतरण, तिनको व्यवस्थापनका साथै विमानको अवस्था तथा अवस्थितिबारे जानकारी दिने उपकरण, विमानलाई मार्गदर्शन गर्ने तथा चालकसम्म सूचना प्रवाह गर्ने सञ्चार उपकरण, मौसमसम्बन्धी जानकारी दिने उपकरण, धावनमार्गमा विद्युत्लगायत विमानस्थलका निम्ति आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान आगामी तीन महिनाभित्र पूरा गरिने भएको छ ।
    कोरियाली कम्पनी योशिन इन्जिनीयरिङ कर्पोरेशन परामर्शदाता रहेको विमानस्थलको भौतिक संरचनाको निर्माणको ठेक्का पाएको चीनको नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्शन ग्रुपनका प्रबन्धक सू बेजिङ निर्धारित समयमा परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता गर्छन् । रुग्ण परियोजनाका रूपमा परिचित यो विमानस्थल निर्माणमा यसअघि विविध समस्या झेल्नुपरेको थियो । मुख्य लगानीकर्ता एडिबी नै परियोजनाबाट बाहिरिएको थियो । दुई वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको यो परियोजना तेस्रोपटक म्याद थपेर हालको अवस्थामा पु¥याइएको हो ।
    ६ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रुपैयाँ लागत मध्ये एडिबीले ४०.५ ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने (ओएफआइडी)को ३०.५ प्रतिशत र बाँकी सरकारको लगानी रहेको छ । नेपाल भ्रमण वर्ष २०२० जारी रहेकै बेला यो विमानस्थल सञ्चालन गर्ने लक्ष्य सरकारको छ । प्राविधिक काम पनि निर्धारित समयमा नै पूरा गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकजना वरिष्ठ अधिकारीलाई खटाइसकेको छ । विमानस्थल बन्ने बित्तिकै तत्काल सञ्चालन नहुने तर परीक्षण उडानलगायत अन्य प्राविधिक परीक्षणपछिमात्र स्वदेशी विदेशी विमान कम्पनीलाई सेवा सञ्चालनका लागि आह्वान गरिने महानिर्देशक राजन पोखरेल बताउँछन् ।
    लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणका लागि श्रीलङ्का, कतार, थाइल्यान्ड, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र फ्लाई दुबईले आफ्नो सेवा विस्तार गर्न रुचि देखाएका छन् । चीन र दक्षिणपूर्वी एशियाली देशले पनि नेपालमा उडान भर्न चासो देखाएका छन् । विमानस्थल निर्माण सकिएपछि विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गर्नुपर्ने हुन्छ, जसका लागि केही समय लाग्नेछ । विमानस्थलको व्यवस्थापनका लागि जर्मनीको म्युनिख विमानस्थललाई दिने सरकारको तयारी छ ।
    लुम्बिनीमा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएमा गौतम बुद्धको जन्मस्थल आउने विदेशीको संख्या बढ्नेछ । लुम्बिनी बिकास कोषले पनि आफ्नो योजना त्यसै अनुसार अगाडि बढाइरहेको छ । लुम्बिनी गुरु योजना पनि अन्तिम चरणमा पुगेको छ । गुरुयोजना पनि ८० प्रतिशत पुगेको कोषले जनाएको छ । विमानस्थलमा भारतीय अवरोध रोकिएको अवस्थामा देशकै समृद्धिमा सहयोग पुग्नेछ । पश्चिम नेपालबाट आम नागरिक भैरहवा हुँदै बाहिरिने र स्वदेश भित्रिने छन् ।

  • शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन

    शहीद स्मारक लीगलाई कतार एयरवेजको प्रायोजन

    काठमाडौं । दशरथ रंगशाला पुनर्निर्माणको काम सम्पन्न भएसँगै अब नेपालमा फूटबलको पुनरावृत्ति भएको छ ।

    यससँगै अखिल नेपाल फूटबल संघ (एन्फा)को आयोजनामा देशको सबैभन्दा ठूलो फुटबल लीग शहिद स्मारक ए डिभिजन लीग शनिवारदेखि प्रारम्भ हुने भएको छ ।

    यसका लागि कतार एयरवेज प्रायोजकका रुपमा भित्रिएको छ । लीगमा अब कतार मूख्य प्रायोजकको भूमिकामा रहने भएको छ ।

    कतारले संसारका चर्चित लीगहरुलाई स्पोन्सर गर्दै आएको छ । एन्फा र कतार एयरवेजबीच यसअघि नै सम्झौता भएको थियो । बिहीबार आयोजित औपचारिक कार्यक्रममा भने सार्वजनिक गरियो ।

    एन्फा र कतार एअरवेजबीच भएको सम्झौता अनुसार कतारले लीगका लागि कूल १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

    यता लीगको नाम भने अब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लीग हुने भएको छ । लीगमा भाग लिने हरेक टोलीको जर्सीमा समेत कतार एयरवेजको लोगो अंकित हुने छ ।

    स्टेडियम बोर्ड, स्टेडियम फ्लाग, अनलाइन डिजिटल कन्टेन्टमा समेत कतारको लोगो उपलब्ध हुने भएको छ ।

  • अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

    अब नेपालमै सवारी साधनको एसेम्बल्ड, कोरियाली कम्पनीसँग सम्झौता

    काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा गाडीको एसेम्बल्ड प्लान्ट लगाउने गरी सरकारसँग सम्झौता गरेको छ ।

    लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच वुधबार प्रारम्भिक चरणको परियोजना लगानी सम्झौंता (पिआइए)मा हस्ताक्षर भएको छ ।

    मोट्रेक्सले एसेम्बल्ड प्लान्ट लगाउन करीव ११ अर्ब रुपैयाँ नेपालमा लगानी गर्ने भएको छ ।

    लगानी बोर्डका अनुसार कोरियाली कम्पनीलाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ । एसेम्बल्ड प्लान्ट लगाउन मोतिपुर औद्योगिक क्षेत्रमा सय विघा जग्गा कोरियाली कम्पनीलाई दिने भएको छ ।

    मोतिपुरको ब्लक ‘बी’मा सय विघा जग्गा यस कम्पनीलाई दिइने भएको हो । जग्गामा एसेम्बल्ड प्लान्ट राखिने भएको छ भने गोदाम भने बुटवल औद्योगिक क्षेत्रमा रहने भएको छ ।

    बुटवल औद्योगिक क्षेत्रसँगै जोडिएको मोतिपुर औद्योगिक परियोजना ८ सय १३ रोपनी क्षेत्रफलमा रहने बताइएको छ ।

    बोर्डले गत फागुनमा कम्पनीलाई चार पाँग्रे गाडी एसेम्बल्ड गर्न स्वीकृति दिएको थियो। कम्पनीले अबको ४ वर्ष भित्र नेपालमा गाडी तयार पारिसक्ने भएको छ ।

    पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने कम्पनीले आफ्नो प्रस्तावमा राखेको थियो ।

  • पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी

    पश्चिमी वायु नेपाल पस्यो, हिमपात र वर्षाको चेतावनी

    काठमाडौं । शक्तिशाली मानिने पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। यो वायुको प्रभाव अब कम्तिमा ३ दिनसम्म देखिने छ ।

    मौसम अदलबदल भई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरिसकेको छ ।

    यसले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात बनाउन सक्ने सम्भावना रहेको छ ।

    बिहीबार यो प्रणाली अझै सशक्त हुनेछ । जसले गर्दा देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको छ ।

    उक्त प्रणालीका कारण देशैभरी मौसम बदली हुनेछ । अधिकतम र न्यूनतम तापक्रममा गिरावट आउनेछ । यसले देशभर चिसो बढाउने भएको छ ।

    यस वायुले पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना छ ।

    त्यसपछि देशभैभर चिसो ह्वात्तै बढ्नेछ ।

    उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

    बिहीबार बिहानैदेखि राजधानीको आकास समेत हुस्सले ढाकिसकेको छ ।

  • आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी

    आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी

    काठमाडौं । आज विभिन्न जात जाती तथा समुदायले छुट्टाछुट्टै चाड बनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पर्ने धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा एकै दिन मनाउन लागिएको हो ।

    सरकारले सम्बन्धित समुदायका व्यक्तिलाई आज बिदा दिएको छ । अन्य जात र समुदायका कर्मचारीले भने साविकमा झै काम गर्नुपर्छ ।

    धान्य पूर्णिमाका अवसरमा भर्खरै भित्राइएको धानको विधिपूर्वक पूजा आजा तथा दान गर्ने प्रचलन रहि आएको छ ।

    शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने साथै साही पीठोबाट बनाइएका सेल, बाबर, पुरी मालपुवा जस्ता प्रसाद चढाउने गरिन्छ ।

    आज काभ्रेको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीजस्ता स्थानमा भक्तजनको घुइचोसमेत लाग्छ । उता नेवार समुदायमा पनि आजैका दिन योमरी पूर्णिमा मनाइन्छ ।

    योमरी पुन्हिःका नाममा मनाइने यस चाडमा नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनेको योमरी खाने प्रचलन रहेको छ ।

    उता, याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम समेत आजै परेको छ ।

    यता, ब्रामण क्षेत्री समुदायमा समेत कतिपय जातको आज कूलपूर्जा पर्छ । देशभर पर्ने यस्तो कूलपूँजालाई ति समुदाय दशैंभन्दा पनि प्राथमिकता दिएर मनाउने गरेका छन् ।

  • भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित

    भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित

    सिड्नी । एक महिना भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा भयो । मानिसहरुलाई विकास निर्माणका काम रोक्न लगाइयो ।

    स्कूल बन्द भए । ठिक यस्तै हालत अहिले अष्टे्रलियाको ठूलो शहर सिड्नीले यस्तै समस्या भोगिरहेको छ ।

    अष्ट्रेलियाको जंगलमा लागेको आगोले भिषण रुप लिँदै गर्दा त्यसको धुवाँले वायुमण्डलमा विषालु हावा फैलिएको छ ।

    सरकारले मानिसलाई सतर्क रहन चेतावनी समेत दिएको छ । मंगलबार भारतको नयाँ दिल्लीको तुलनामा सिड्नीको प्रदूषणको स्तर बढी देखिएको थियो ।

    सिड्नीको हार्बर ब्रिज तथा ओपेरा हाउससमेत धुलो र धुँवाको बाक्लो च्यादरले छोपिएको तस्वीर सार्वजनिक भएको छ ।

    एजेन्सी

  • मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

    मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

    काठमाडौं । मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । शुक्रबारदेखि दुई सातासम्म दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो ।

    यो सडक खण्ड पश्चिम नेपालसँग काठमाडौं जोड्ने मूख्य मार्ग हो । सडकमा पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आवातजावत रोक्न लागिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

    दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको छ । नारायणघाट तर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोक्ने र मालवाहक सवारीसाधनलाई दासढुंगामा रोक्ने तयारी छ ।

    मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिने भएको छ ।

    मालवाहक सवारीसाधन भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिन आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजनाले उल्लेख गरेको छ ।

  • टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे

    टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे

    काठमाडौं । १६ वर्षीया ग्रेटा थनवर्ग टाइम म्यागजिनले घोषणा गर्ने वर्ष व्यक्ति घोषित भएकी छिन् । उनी जलवायु परिवर्तनबारे खरो उत्रिएर अभियानमा लागेकी अभियन्ता हुन् ।

    १६ वर्षीया स्वीडेन की नागरिकले उनले वर्ष व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क, हङकङका आन्दोलनकारीसहित विश्वका शक्तिशाली शासक र व्यक्तिहरुलाई उछिनेकी छिन् ।

    टाइम म्यागजिनले सन् २०१९ का लागि वर्ष व्यक्ति घोषणा गरेको हो । वर्षभर संसारमा प्रभावशाली काम गरेका व्यक्तिलाई यो उपाधी दिने गरिएको छ ।

    ग्रेटाले सेप्टेम्बर २०१९ मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्यले संसारभर चर्चा बटुलेको थियो ।

    त्यसपछि उनी संचारमाध्यमको केन्द्रमा पर्न थालेकी थिइन् ।

    ग्रेटाले टप १० सूचिमा रहेका न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसीसमेत उछिनेकी छिन् ।

    सन् २००३ मा स्वीडेनको राजधानी स्टकहोममा जन्मेकी ग्रेटा सन् २०१८ मा स्वेडनको संसद भवन अगाडि धर्ना बसेर चर्चामा आएकी थिइन् ।

    उनले जलवायुका लागि विद्यालय हड्ताल नारा नै प्रारम्भ गरेकी थिइन् । उनका बुबा र आमा संगित र कलाकारिता क्षेत्रमा आवद्ध छन् ।

    उनले हरित गृह ग्यास उत्सर्जन विरुद्ध आन्दोलन गरिरहेकी छिन् । उनी सन् २०१९ को नोवेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेकी किशोरी हुन् ।

    एजेन्सी

  • सागमा पदक विजेता खेलाडीलाई सरकारले घोषणा गर्यो नगद पुरस्कार

    सागमा पदक विजेता खेलाडीलाई सरकारले घोषणा गर्यो नगद पुरस्कार

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोलीपल्ट बुधबार सरकारले पदक विजेता खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सबै खेलाडीलाई वालुवाटार बोलाएका थिए । सरकारले ‘सरप्राइज प्याकेज’का रुपमा खेलाडीका लागि नगद घोषणा गरेको हो ।

    त्यसअनुसार स्वर्ण पदक विजेताले जनही ९ लाख नगद पाउने भएका छन् । रजत पदकका विजेताका लागि ६ लाख र काश्य पदक विजेतालाई भने ३ लाख नगद घोषणा गरिएको छ ।

    टीम इभेन्टमा स्वर्ण जित्नेलाई भने ५ लाख मात्र दिने गरी सरकारले प्याकेज घोषणा गरेको छ । एकभन्दा बढी स्वर्ण जित्नले जनही ११ लाख रुपैयाँ पाउने सरकारको घोषणा छ ।

    सरकारले खेलकुद इतिहासमा खेलाडीका लागि सर्वाधिक पुरस्कार राशी घोषणा गरेको छ । यद्दपी यसमा कतिपय द्धिविधा भने बाँकि छन् ।

    सरकारले स्वर्ण जित्ने खेलाडीका लागि घोषणा भएको प्याकेजले टीम इभेन्टका खेलाडीलाई निरास बनायो । किनकी स्वर्ण नै जित्दा पनि आधा कम रकममा खेलाडीले चित्त बुझाउनु पर्ने भएको छ ।

    टीम इभेन्टमा रजत र काश्य जित्ने खेलाडीलाई भने कुनै पुरस्कार घोषणा गरिएन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बाँकि रहेको पुरस्कार घोषणा मन्त्रीपरिषद्बाट कार्यविधि पास भएअनुसार हुने भएको छ ।

  • अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

    अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

    काठमाडौं । काठमाडौंका सडकलाई माग्नेमुक्त बनाउने अभियानस्वरुप काठमाडौं महानगरपालिकाले कारवाही थाल्ने भएको छ ।

    २८ मंसिरबाट महानगरपालिकाले अभियानकै रुपमा माग्नेहरुमाथि पनि कारवाही थाल्ने तयारी गरेको हो ।

    विभिन्न बाहनामा सडकमा माग्न बस्ने वा सहयोगको अपिल गर्नेका लागि कारवाहीका तयारी भएको महानगरपालिकाले सूचना निकाल्दै जनाएको छ ।

    त्यसो त सरकारले पनि नेपाललाई माग्नेमुक्त बनाउने अभियान थाल्ने जनाएको छ । नेपालका शहरहरुमा नेपालीभन्दा बढी भारतीय माग्नेहरुको सडकमा बाहुल्य रहेको छ ।

    मंगलबार सूचना निकालेको महानगरले तीन दिनभित्र सबै प्रकारका माग्नेलाई सडकबाट हट्न अल्टिमेटम दिएको छ । २९ मंसिरमा महानगरपालिकाले स्थापना दिवस मनाउँदै छ ।

    सोही अवसर पारेर काठमाडौं महानगरपालिकाले काठमाडौंलाई माग्नेरहित क्षेत्र घोषणा गर्दैछ । माग्ने र माग्न प्रोत्साहन गर्ने दुबैलाई कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

    मुलुकी अपराध संहिताको दफा १ सय २६ मा भिक्षा माग्न र भिक्षा माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने महानगरपालिकाले जनाएको छ ।

    तीन दिन भित्र बाटोबाट माग्ने नहटे मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूको व्यवस्थापन थालिने र उनीहरुलाई बालाजु २२ धारास्थित एक घरमा राखेर व्यवस्थापनको योजना छ ।

    त्यसपछि वास्तविक पिडामा रहेर माग्ने वा पेशेवर माग्ने छुट्याएर सोहीअनुसार कारवाही अगाडी बढ्ने भएको छ ।

    काठमाडौंमा कसैले पेशा वा व्यवसायका रुपमा माग्नेलाई सडकमा खटाउने गरेका पाइए उनीहरु दुबैमाथि कारवाही हुने भएको छ ।

  • अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए

    अमेरिकाको न्यु जर्सीमा गोलीकाण्ड, अफिसरसहित ६ जना मारिए

    न्यूजर्सी । अमेरिकाको न्यु जर्सीमा फेरी अन्धाधुन्द चलेको गोलीकाण्डमा ६ जना मारिएका छन् । मारिनेमा १ जना प्रहरी अधिकृतसमेत रहेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् ।

    न्यूयोर्क टाइम्सका अनुसार ६ जनाको निधन भएको छ भने अन्य दुई जना प्रहरी घाइते छन् । दुई जना सुटर र प्रहरीबीच गोली हानाहान भएको हो ।

    जर्सी सीटीको कोशेर मार्केटमा भएको यो घण्टामा करीव घण्टा सुटर र प्रहरीबीच गोली हानहान भएको हो । प्रहरी अधिकृतहरुका अनुसार यसलाई आतंकवादी हमलाको रुपमा हेरिएको छ ।

    रेसिडेन्टल एरिया नजिकै एक पसललाट गोलीबारी भएको थियो । त्यहाँ दुई जना हतियारधारी लुकेका थिए । प्रहरीका अनुसार मारिएका प्रहरी अधिकृत ३९ वर्षीय जोसेफ सिल्स रहेका छन् । उनी १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा कार्यरत थिए ।

    जोसेफले बन्दुकधारीलाई पक्रने कोसिस गर्दा उनीमाथि गोली चलेको थियो ।

    दुई जना व्यक्ति जोसेफको हत्यापछि ट्रकमा चढेर भागेको नजिकैको एक सुपरमार्केटमा छिरेर प्रहरीलाई फेरी गोली बर्साउन थालेका थिए ।

    त्यसक्रममा तीन सर्वसाधारणको ज्यान गएको छ । त्यसपछि प्रहरीले थप सुरक्षा बल बोलाएर उनीहरुलाई घेरा हाल्यो र दुबै आक्रमणकारी मारिएका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    एजेन्सी

  • महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै

    महाभियोग निचोड तर्फ, ‘आर्टिकल अफ इम्पिचमेन्ट’ तयार हुँदै

    प्रभात भट्टराई /  अमेरिका
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध अमेरिकी संसदको तल्लो सदनमा सुरु भएको महाभियोग अनुसन्धान निचोड तर्फ पुग्न लागेको छ । हाउस डेमोक्र्याटहरुले ‘आर्टिकल अफ इम्पिचमेन्ट (महाभियोगका बुँदा)’ तयार गर्न लागेको जनाएका हुन् ।

    बिभिन्न चरणको संसदीय सुनुवाइ एवं अनुसन्धान पश्चात डेमोक्र्याटहरु आर्टिकल अफ इम्पिचमेन्ट तयारीको अवस्थामा पुगेका हुन् । सोमबारको संसदको न्यायीक समितिको सुनुवाईमा डेमोक्र्याट र रिपब्लिकनहरुले आ–आफ्ना अनुसन्धानका तर्क पेश गरेका थिए । डेमोक्र्याटहरुले सबै साक्षीहरुको बयान र अनुसन्धानले ट्रम्पले महाभियोग योग्य हर्कत गरेको तर्क गरेका थिए । रिपब्लिकनहरु भने राष्ट्रपति निर्दोष रहेको तर्कमा अडिग छन् ।

    सोमबारको पार्टीगत सुनुवाई अघि गत साता समितिले बिभिन्न विश्वविद्यालयका कानून प्राध्यापकहरुसँग परामर्श गरेको थियो । चार जना प्राध्यापकलाई बयानका लागि बोलाइएकोमा तीन जनाले ट्रम्पले महाभियोग लायक काम गरेको बताएका थिए । एक जनाले भने उनलाई महाभियोग लगाउन हतार गर्नुभन्दा थप अनुसन्धान गर्नु पर्ने सुझाव दिएका थिए ।

    तर, हाउस डेमोक्र्याटहरु महाभियोगका लागि यथेष्ट प्रमाण जुटि सकेको भन्दै महाभियोगकै निश्कर्षमा पुगेका हुन् । सन् २०२० को चुनावी सिजन नजिक आइ सकेका कारण पनि उनीहरुले थप समय लिने पक्षमा छैनन् । त्यस माथि आईतबार मात्र बिभिन्न विश्वविद्यालयका ५०० जना कानून प्राध्यापकहरुले वासिंटन पोष्टमा सामूहिक लेख लेख्दै ट्रम्पलाई उन्मुक्ति दिन नहुने तर्क गरेका छन् । कानूनविद्हरुको यस्तो समर्थनले डेमोक्र्याटहरुलाई थप बल समेत पुगेको छ ।

    आर्टिकल अफ इम्पिचमेन्ट ट्रम्पलाई कुन कुन आरोप लगाइने भन्ने प्रष्ट पारिएको छैन । तर, स्पेशल काउन्सिल बब मुलर अनुसन्धानको निचोड पनि समेटिने अनुमान अमेरिकी मिडियाहरुको छ । मंगलबार बिहान हाउसका बिभिन्न समिति अध्यक्षहरुले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दैछन् । त्यसमा ट्रमलाई लगाइने अभियोग पनि सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

    हाउस रिपब्लिकनहरु ट्रम्प बचाउमा एकजुट देखिए पनि सिनेटमा महाभियोग कसरी अगाडि बढ्छ भन्ने कुनै प्रष्ट चित्र अहिलेसम्म देखिएको छैन । सिनेटमा रिपब्लिकनहरुको बहुमत छ । त्यसैले उनीहरुले चाहेकै बाटोबाट अनुसन्धान अगाडि बढाउन सक्छन् । तर, धेरैजसो रिपब्लिकन सिनेटरले खुलेर ट्रम्पको बचाउ गरेका छैनन् । रिपब्लिकन पार्टी भित्र ट्रम्पको बलियो प्रभाव रहेको कारण सिनेटरहरुले उनको विरोध नगर्ने तर महाभियोग माथि गोप्य मतदान भएको खण्डमा धेरैको मत पक्षमा पर्ने विश्लेषण समेत भइ रहेको छ ।

    ट्रम्पले सुरु देखि दावी गर्दै आएको ‘सन् २०१६ को चुनावमा रसिया नभइ युक्रेनको हस्तक्षेप’ भने सोमबार पुनः एक पटक गलत सावित भएको छ । सोमबार जष्टिस डिपार्टमेन्टका महानिर्देशकको सन् २०१६ मा रसियन संलग्नतामाथिको अनुसन्धान थालनीबारेको रिपोर्ट सार्वजनिक भएको छ । त्यसमा उनले २०१६ को चुनावमा रसियन आक्रमण माथि एफबिआईले थालेको अनुसन्धान कुनै राजनीतिक आग्रह प्रेरित नरहेको र यथार्थतमा आधारित रहेको प्रष्ट पारेका छन् । ट्रम्पले सुरु देखिनै एफबिआईले आफु लक्षित अनुसन्धान गरेको र आफ्ना कुराकानीहरु रेकर्ड गर्न ट्रम्प टावरमा योग्य रेकर्डर जडान गरेको दावी गर्दै आएका थिए । उनको यो ‘कन्स्पिरेसी थ्यौरी’ कतैबाट पनि पुष्टि हुन सकेन । महानिर्देशकले आफ्नो रिपोर्टमा एफबिआईका अधिकारीहरुले काम गर्ने क्रममा भने केही त्रुटी गरेको औँल्याएका छन् ।

    रिपोर्ट सार्वजनिक भएपछि पत्रकाहरुसँग ट्रम्पले यो घटनाको आफुले सोचेभन्दा पनि दर्दनाक पटाक्षेप भएको दावी गरेका थिए । उनको दावीलाई समर्थन गर्ने आधार रिपोर्टमा नदेखिए पनि उनले आफ्नो ‘थ्यौरी’ भने नछाडेका हुन् । साथै उनले सन् २०१६ को चुनावमा युक्रेनले हस्तक्षेप गरेका दलिल पनि छोडेका छैनन् । हाउस रिपब्लिकनहरुको एक स्वर त ट्रम्पको साथमा छ नै केही सिनेटरहरुले पनि उनीसँग लोली मिलाएका छन् । टेक्सासका सिनेटर टेड क्रुजले गत सप्ताहन्तमा एक टेलिजिनलाई अन्तर्वार्ता दिँदै रसियासँगै युक्रेनले पनि सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको दावी गरेका थिए ।

    अमेरिकी खुफिया एजेन्सीहरुको चरणबद्ध अनुसन्धानले भने युक्रेनले निर्वाचनमा संस्थागत हस्तक्षेप गरेको कुनै पनि संकेत फेला पार्न सकेका छैनन् । मिडियाहरुका अनुसार रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनले नै ट्रम्पलाई २०१६ मा युक्रेन सम्लग्न थियो भनेर ‘कन्भिन्स’ गरेका थिए । ट्रम्पले उनैको कुरो पत्याएर गत जुलाईमा युक्रेनका नयाँ राष्ट्रपति भोलोडिमिर जेलेन्सीलाई सन् २०१६ को चुनावमा पूर्ववर्ती सरकारले हस्तक्षेप गरेकोबारे अनुसन्धान थाल्ने सार्वजनिक प्रतिबद्धता जनाउनु पर्ने माग राखेका थिए । साथै पूर्व उपराष्ट्रपति जो बाइडेन माथि पनि अनुसन्धानकोे घोषणा गर्नु पर्ने उनको माग थियो । यी माग पुरानहुन्जेल सम्मका लागि अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झन्डै ४०० मिलियन डलरको सैन्य सहायता उनले रोक्का गरि दिएका थिए । ट्रम्प प्रशासनकै कोही अधिकारीले यो तथ्य थाहा पाएर जासूसी संयन्त्रमा गोप्य रिपोर्ट (ह्विसेल ब्लो) गरेपछि ट्रम्प सहायता खुलाउन बाध्य भएका थिए । यो घटना सतहमा आएसँगै डेमोक्र्याटहरुले ट्रम्प माथि महाभियोग अनुसन्धान सुरु गरेका हुन् । उनी माथि व्यक्तिगत र राजनीतिक फाइदाका लागि सार्वजनिक स्रोत र राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको सबैभन्दा ठूलो आरोप रहेको छ ।

  • १३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)

    १३ औं साग नेपालका लागि सुखद, सर्वाधिक स्वर्णको कीर्तिमान (सूचिसहित)

    काठमाडौं । खासगरी नेपाली महिला खेलाडीहरु चम्किएको १३ औं सागको भब्य र सफल आयोजना गरी नेपालले ठूला इभेन्ट आयोजनामा आफूलाई अब्बल सावित गर्यो ।

    साथै खेलकुदको विकास र स्तरोन्नतीमा समेत क्रमशः सुधारको संकेत यस पटक देखिएको छ । अनेक प्रतिकूलताका वावजुत नेपाल १३ औं सागमा पटक तालीकाको दोस्रो स्थानमा रह्यो ।

    यसपटक नेपाललाई कीर्तिमानी संख्यामा स्वर्ण पदक प्राप्त भयो । नेपालले कूल ५१ स्वर्ण जितेको छ । मंगलबार ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सुनिल शाहीले स्वर्ण दिलाए ।

    फूटबलले समेत स्वर्ण दिलाएसँगै नेपालले ५१ स्वर्ण आफ्नो पोल्टामा पारेको हो । सागमा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९४ कास्यसहित २०४ पदक जितेको छ ।

    पदक तालिकाको पहिलो स्थानमा रहेको भारतले १७२ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित ३१० पदक हात पारेको छ । श्रीलङ्का ४० स्वर्ण, ८२ रजत र १२८ कास्यसहित तेस्रो स्थानमा रह्यो ।

    पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ स्थानमा रहेको छ ।

    भूटानले स्वर्ण जित्न सकेन । उसले सात रजत, १५ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।

    नेपालका लागि कसले जिते स्वर्ण ?
    कराते
    मण्डेकाजी श्रेष्ठ  :  व्यक्तिगत काता पुरुष
    निर्मला तामाङ, संगिता मगर र सरु कार्की : महिला टिम काता
    मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की : पुरुष टिम काता
    लक्ष्मण तामाङ : ५५ केजी समूह फाइट
    विप्लवलाल श्रेष्ठ : ८४ केजी माथि फाइट
    कुसुम श्रेष्ठ  : ४५ केजी फाइट
    अनु अधिकारी : ५५ केजी फाइट
    नविन रसाइली : ६७ केजी फाइट
    सुनिता महर्जन : ६८ केजी फाइट
    अनुपमा मगर : ६८ केजी फाइट

    तेक्वान्दो
    सिना मादेन लिम्बू  : पुम्से महिला १७-२३ वर्ष
    कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
    पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
    आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
    आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
    निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
    निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
    काजल श्रेष्ठ– ४६ केजी फाइट
    वीरबहादुर महरा – ६८ केजी फाइट
    संगिता बस्याल – ६२ केजी फाइट
    सक्षम कार्की – ८७ केजीमाथि फाइट
    भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट

    ट्रायथलन
    सोनी गुरुङ
    हिमाल टमाटा

    उसु
    विजय सिञ्जाली – थाउलो छानछ्वान
    सुस्मिता तामाङ– थाउलो छानछ्वान
    दीपक हमाल– ‍थाउलो नानछ्वान अलराउन्ड
    निमा घर्तिमगर – ‍थाउलो नानछ्वान अलराउन्ड
    जुनी राई – सान्सौ ५६ केजी फाइट

    एथ्लेटिक्स
    सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
    गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
    किरणसिंह बोगटी – म्याराथन

    साइक्लिङ
    राजेश मगर – डाउनहिल
    निस्मा श्रेष्ठ – डाउनहिल
    लक्ष्मी मगर– क्रस(कन्ट्री
    बुद्धिबहादुर तामाङ – क्रस(कन्ट्री

    पौडी
    गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
    गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक
    गौरिका सिंह – ४ सय मिटर फ्रीस्टायल
    गौरिका सिंह – सय मिटर फ्रीस्टायल

    भारोत्तोलन
    सञ्जु चौधरीले – ५९ केजी
    विकास थापा – ८९ केजी

    गल्फ
    सुवास तामाङ– व्यक्तिगत
    शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ – टिम स्पर्धा

    कुस्ती
    गीता धामी – ५५ केजी

    जुडो
    देविका खड्का– ५२ केजी
    पुनम श्रेष्ठ – ७८ केजी

    बक्सिङ
    मिनु गुरुङ – ५४ केजी
    भूपेन्द्र थापामगर – ६४ केजी

    सनिल शाही – ६० केजी

    फुटबल

    पुरूष फुटबल टोली

  • साग फूटबलमा नेपाललाई लगातार स्वर्ण

    साग फूटबलमा नेपाललाई लगातार स्वर्ण

    काठमाडौं । दक्षिण एसियाली फूटबलको पावर हाउसका रुपमा भारतलाई चिनिन्छ । तर, अन्य मुलुक पनि कमजोर छैनन् ।

    नेपालले मंगलबार यही सावित गरेको छ । साविक विजेता नेपालले लगातार दोस्रो स्वर्ण र समग्रमा साग इतिहासमै चौथो स्वर्ण उचाल्दै इतिहास बनाएको छ ।

    धेरै स्वर्ण जित्ने सूचीमा नेपालले पाकिस्तानसँग बराबरी गरेको छ । यद्दपी १३ औं सागमा पाकिस्तान र भारतले फूटबल टोली पठाएनन् ।

    त्यसो भन्दैमा यो इतिहास भने कमजोर बन्दैन । किनकी नेपालले ५ मुलुक सहभागी प्रतियोगितामा अपराजित रहँदै उपाधी जित्यो ।

    नेपालले मंगलबार भएको प्रतिस्पर्धामा भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता बनाएको थियो ।

    ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काउँदै भूटानको आशा कायम राखे । खेलको दोस्रो हाफमा नेपालले सुनिल बल उत्कृष्ट हेडगोलको मद्दतमा पुनः अग्रता बनायो ।

    सोही गोल निर्णायक बनेपछि नेपालले स्वर्ण पदक जितेको हो । उता, भूटानको नाममा पनि ऐतिहासिक रजत पदक रह्यो । किनकी भूटानले साग इतिहासमा पहिलो पटक रजत जितेको हो ।

  • आज सागको समापन, आगामी साग पाकिस्तानमा

    आज सागको समापन, आगामी साग पाकिस्तानमा

    काठमाडौं । अन्तिम समयमा भएको तीव्र तयारीका वावजुत नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको सफल आयोजना गरेको छ ।

    सागको आज अन्तिम ५ विभिन्न इभेन्टका फाइनल खेलसँगै भब्य समापन समारोह आयोजना हुँदैछ ।

    दशरथ रंगशालामा हुने समापन समारोहमा सहभागी हुने दर्शकलाई फूटबलको फाइनलबाटै प्रवेश गराइएको छ ।

    आज दोब्बर मूल्य तिरेर मात्र सर्वसाधारणले टिकट पाएका छन् । टिकट बिक्रि भने सोमबार नै सकिएको थियो । १५ मंसिरमा भब्य उद्घाटन भएको यो प्रतियोगिता नेपालको काठमाडौंसहित पोखरा र जनकपुरमा संचलन भयो ।

    अघिल्ला सागहरुमा जस्तो यसपटक तयारीका सन्दर्भमा नेपालले त्यति धेरै आलोचना भोग्नु परेन् । अर्कोतर्फ स्वर्ण पदकका दृष्टिकोणबाट पनि नेपालको प्रदर्शन ऐतिहासिक बन्यो ।

    ४९ स्वर्णसहित अहिलेसम्म दोस्रो स्थानमा रहेको नेपालले मंगलबार अझ केही स्वर्ण थप्ने सम्भावना रहेको छ ।

    भारतले १५९ स्वर्ण जित्दै पहिलो स्थान कब्जा गरेको छ । मंगलबार आयोजना हुने विशेष समारोहमा आगामी साग आयोजनाका लागि पाकिस्तानलाई जिम्मेवारी दिने तयारी छ ।

  • आज साग फूटबलको फाइनल, बन्ला इतिहास ?

    आज साग फूटबलको फाइनल, बन्ला इतिहास ?

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको आज अन्तिम दिन, आज विभिन्न ५ इभेन्टको फाइनल प्रतिस्पर्धा हुदैछ ।

    त्यसमध्ये पुरुष फूटबलको फाइनलमा स्वर्ण पदकका लागि नेपाल र भूटान मैदानमा उत्रिदैछन् । खेल अपरान्ह ३ बजेबाट प्रारम्भ हुँदैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलपछि साग समापनको कार्यक्रमसमेत प्रारम्भ हुनेछ ।

    नेपाल फूटबलको साविक विजेता हो । १२ औं सागमा भारतमा भएको खेलमा भारतलाई नै हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

    यसपटक नेपालका लागि फेरी मौका आएको छ । आज स्वर्ण जितेमा यो नेपालका लागि १३ वटा सागमा चौथो उपाधी हुनेछ । यसअघि भारत र पाकिस्तानले मात्र नेपालभन्दा बढी स्वर्ण जितेका छन् ।

    आजै बास्केटबलका पुरुष र महिलातर्फका फाइनल खेल संचालन हुँदैछन् । बास्केटबलमा नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतको सामना गर्ने भएको छ ।

    जुडोमा आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल राखिएको छ । बक्सिङका ८ स्वर्ण पदकका लागि आज फाइनल प्रतिस्पर्धा हुँदैछ ।

  • डाहालाग्दो इलिनोइको एकता

    डाहालाग्दो इलिनोइको एकता

    कल्पना घिमिरे
    स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको पातलो, फुर्तिलो शरिर र दमदार नृत्य देख्दा लाग्थ्यो उनी भर्खरै कलेज जान थालेकी युवती हुन् । तर, कहिलेकाँही अनुमान ठ्याक्कै उल्टो हुने रहेछ । उनकी त कलेज पढ्ने छोरी छन् रे । मेहेन्दी रसमको दिन राती बिज्ञासंग दुरुस्तै अनुहार मिल्ने एउटी युवतीले दुलहीका सबै साथीहरुलाई मेहेन्दी लगाइदिदैं थिइन् । दीदी बहिनी होलान् भन्ने सोचें । तिनै बंशिका खड्का उनकी छोरी भन्ने थाहा पाउँदा एकछिन त म अवाक नै भएँ । अनि सोचे महिलाले यतिसम्म ‘बडी मेन्टेन’ कसरी गर्छन् ?


    इलिनोइ राज्यको नेपाली बस्तीबारे कुरा गर्दै गर्दा मैले किन उनको प्रसंग जोडे भन्ने लाग्ला । इलिनोइमा मैले अलिक नजिकबाट कुरा गरेकी उनै थिइन् । हुन त अरु थुप्रै नेपालीहरुसंग भेट भयो । संगै बसियो गफगाफ गरियो तर, इलिनोइको एकताबारेका केही कुरा बिज्ञाले बताएकी थिइन् । बिबाह, भोज भत्तेरमा पाहुना पासा फस्र्याउने देखि सबै बन्तोबस्ती मिलाउने काम आफ्नै सम्झेर गर्ने त्यहाँको चलन देख्दा हामी न्यूयोर्क बाट जानेलाई अलिक अनौठो नै लाग्यो ।


    न्यूयोर्कबाट ९११ माइल (झण्डै १५ सय किलोमिटर) दुरी बसमा यात्रा गरेपछि इलिनोइको राज्यको सेन्ट लुइस शहरको फेयरभ्यु हाइट्स भन्ने ठाउँमा पुगिने रहेछ । एउटा बिबाहमा सहभागी हुनका लागि अघिल्लो साता न्यूयोर्क देखि इलिनोइ राज्य सम्मको यात्रा गर्ने अवसर मिल्यो । १४ जनाको लामो दुरीको यात्रा, यात्राको गाना बजाना, खानपान, गफगाफ र रमाइलोलाई यहाँ जोड्न चाहान्न ।
    फेयरभ्यु हाइट्समा १२÷१५ घर परिवार मात्रै नेपाली रहेछन् । थोरै मात्रै नेपाली भएको बस्ती भएपनि उनीहरु बिचको एकता चै बलियो लाग्यो । बिज्ञाले भन्दै थिइन्, ‘सारो गाह्रो अफ्ठेरो जे सुकै परोस, एकजुट हुन्छौं । सुत्केरी हुँदा होस या बिवाह भोज भतेर वा कुनै पूजा आजाका कार्जे, सबै मिलेर फस्र्याउछौं ।’ परिवारमा कुनै दुःख् बिमार भयो । अस्पताल पु¥याउनु प¥यो भने आफ्नै परिवारको सदस्यलाई परेको अफ्ठेरो सम्झेर जसले समय निकाल्न सक्छ ऊ नै पहिले दौडिन्छ ।’

    सबै काममा जान्छन् ब्यस्त छन् । तर, बिहान बेलुका सघाएर भए पनि जे सुकै होस काम सम्पन्न गर्ने उनीहरुको चलन जस्तै रहेछ । ‘म सुत्केरी हुँदा एउटी छिमेकी बिहानै आएर सुत्केरीको खाना, ज्वानुको झोल पकाएर खान दिन्थिन् र दिउसोलाई पनि केही खानेकुरा राखिदिएर काममा जान्थिन्, अनि बेलुका काम सकेर अर्की छिमेकी आइपुग्थिन् र बेलुकाको लागि खाना तयार गरिदिन्थिन्’ उनी सुनाउँदै थिइन् ‘म पनि अहिले अरुलाई पर्दा त्यसरी नै सहयोग गर्छु ।’
    उनले हरेक वर्ष नव रात्रीमा पण्डित बोलाएर घरमा रुद्री पुजा लगाउने छिन् । ‘मेरा सबै साथीहरु आएर कसरी फस्र्याइदिन्छन् थाहा नै हुँदैन’ ढुक्कसंग कुराकानी गर्दै उनी भन्दै थिइन्, ‘हाम्रो गाउँको जस्तो मिलेमतो र एकता त कतै छैन होला । कुन दिन पत्रिकामा निस्कन बेर छैन ।’


    कसैकोमा सारो गाह्रो पर्दा आफ्नै सम्झेर गर्नु चाहिँ त्यहाको निकै राम्रो पक्ष लाग्यो । नेपालबाट आमा बुवा वा आफन्त आउँदा त्यो सोसाइटिमा जसको बिदा छ उसैले घुमाउन लाने गर्छन् रे । छोरा बुहारी काममा गए भनेर बाबु आमाले दिनभर घरमा एक्लै बिताउनु पर्ने रहेनछ । पालैपालो जस्ले भ्याउँछ उसैले घुमाउँछ । तेरा बा आमालाई घुमाउन लान्छु है भनेर सोधिरहनु नै पर्दैन रे । फलानोलाई यस्तो समस्या परेको छ रे भन्ने सुन्ने बित्तिकै सम्बन्धित ब्यक्तिले बोलाइरहनै पर्दैन आफै पुगेर सकेको सहयोग गर्ने चलन एकदमै राम्रो लाग्यो ।
    इलिनोइको अर्को राम्रो पक्ष लेख्न छुटाए भने अन्याय नै होला । त्यँहाका महिलाहरु निकै खुसी र सक्रिय लाग्यो । कुनैपनि कामको ब्यवस्थापन गर्नदेखि रमाइलो गर्नमा पनि निकै एक्टिभ थिए । अर्की प्रनिता शर्माले पार्टीको पुरै जिम्मा लिएकी थिइन् । कार्यक्रम सञ्चालन गर्नदेखि स्टेजमा पफरमेन्स सम्म प्रस्तुत गरेको देख्दा लाग्यो कसरी यस्तो जाँगर र उर्जा बटुल्ने ? हिन्दी गीत डोला रे डोला…मा उनी र उनकी साथीको पफरमेन्सले सबैको ध्यान केन्द्रित गरिदियो ।


    नाजगानमा त उनीहरु निकै अगाडि । ब्यस्त दैनिकीमा पनि कसरी समय मिलाएर प्राक्टिस गर्न पनि भ्याए ? प्रश्न सोध्न नपाउँदै बिज्ञाले जवाफ दिइहालिन्, ‘सोसाइटिमा केही कार्यक्रम हुने भयो भने हामी सबै नाच्छौं । जतिबेला समय मिल्छ उतिबेलै ल्यापटप खोलेर फेसटाइम गरेर डान्सको स्टेप प्राक्टिस गर्छौं । ता कि स्टेजमा पफरमेन्स गर्दा एउटै स्टेप हु बहु होस । घर घरमा भेला भएर प्राक्टिस गर्न त सम्भव नै छैन नि ।’
    त्यँहाका महिलाले आ–आफ्नो पफरमेन्स देखाउँदै थिए । कसैको सिङ्गल डान्स त कसैको कपल डान्स अनि ग्रुप डान्स । हेर्दा लाथ्यो उनीहरु प्रोफेसनल डान्सर हो ।
    त्यँहाका बालबालिकालाई नेपाली भाषा संस्कृति सिकाउनका लागि सकेसम्म कल्चरल प्रोगामहरुमा लाने रहेछन् । १५ घरपरिवार भित्रका बालबालिकाले आफन्तलाई फुपु, मामा, माइजु, काका काकी, दिदी भिनाजु जे पर्छ त्यही भनेर सम्बोधन गर्ने रहेछन् । ‘आफ्नो नेपाली साइनो नबिर्सिउन भनेर हामीले यस्तो सिकाएका हौं’ उनी सुनाउँदै थिइन् ।

  • २०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना

    २०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना

    काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं -तराई द्रूतमार्ग वैशाख २०८१ मा सम्पन्न हुने दावि गरेको छ ।

    सोमबार राजधानीमा आयोजित कार्यक्रममा सेनाले २०८१ वैशाखमा आयोजनाको काम सम्पन्न भई सवारी साधन चल्न थाल्ने दावि गरेको हो ।

    द्रूतमार्गको तोकिएको अवधिमै काम पुरा गर्न सडक संरचना, पुलको एकीकृत प्याकेज गुरुयोजना बनाएर अघि बढ्ने तयारी भएको आयोजना प्रमुख प्राविधिक सहायकरथि शरदलाल श्रेष्ठले जानकारी दिए ।

    चालु आर्थिक वर्ष यस आयोजनाका लागि मात्र सरकारले १४ अर्ब रूपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये पहिलो चौमासिकमा मात्र ६ करोड रूपैयाँ खर्च भएको छ।

    पहिलो चौमासिकमा कागजी काम बढी हुने भएकाले बजेट खर्च कम हुने उनले उल्लेख गरे । सुरुङमार्ग र पुलको काम सुरू भएपछि खर्चले समेत गपत लिने उनको भनाई छ ।

    अहिले पुलको ठेक्काको मूल्यांकन भइरहेको छ। आयोजनामा कुल ८७ वटा पुल बन्ने छन् । त्यसमध्ये ७१ वटा नेपाली निर्माण कम्पनी र बाँकी १६ वटा विदेशी कम्पनीले बनाउने छन् । द्रुत मार्गमा पुलको मात्रै लम्बाई १०.५९६ किलोमिटर हुने भएको छ ।

  • खस्किएको नेपाली क्रिकेटले तान्न सकेन दर्शक, फूटबलमा स्वाभाविक आकर्षण

    खस्किएको नेपाली क्रिकेटले तान्न सकेन दर्शक, फूटबलमा स्वाभाविक आकर्षण

    काठमाडौं । सोमबार नेपाली क्रिकेट टोलीले माल्दिभ्सलाई हराउँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य पदक जित्यो । यस पटक सागमा भारत र पाकिस्तान अनुपस्थित थिए ।

    श्रीलंका र बंगलादेशले यू,२३ टोली पठाएका थिए । पूर्ण टोली खेलाउने टिम नेपाल, भुटान र माल्दिभ्स थिए ।

    नेपाल एकशिवसीय मान्यता प्राप्त मुलुक । स्वाभाविक रुपमा टेस्ट मुलुकले २३ वर्ष मुनीको टोली पठाउँदा नेपाल स्वर्णको दावेदार थियो ।

    किनकी भूटान र माल्दिभ्स क्रिकेटमा परिचित नाम होइन । तर नेपालले प्रतियोगितामा फितलो खेल देखायो । दर्शकको मन जित्ने सकेन ।

    कतिसम्म भने माल्दिभ्सले समेत नेपाललाई आच्छुआच्छु पारिदियो ।

    जहाँ की नेपालको टोलीमा पारस खड्कादेखि ज्ञानेन्द्र मल्लसहितका अनुभवी खेलाडीको बाहुल्य थियो । यस पटक ब्याटिङ र बलिङ दुवैमा नेपाल फ्लप खायो ।

    सोहीकारण काश्यमा उसले चित्त बुझाउन बाध्य भयो । रोचक त के छ भने नेपाली क्रिकेटले पछिल्लो दिनमा फ्यान फलोअर्स निकै बढाएको छ ।

    तर, सागमा गरेको प्रदर्शनले प्रशंसकलाई निरास बनाएको छ । यसको नतिजा मैदानमा पनि देखियो । सागमा काश्यका लागि भएको खेलमा तोकिएको ३ सय रुपैयाँ टिकट काटेर खेल हेर्न पुग्ने दर्शक औलामा गन्न सकिने मात्र थिए ।

    कीर्तिपुर पुगेका दर्शकले पनि बरु टिकट नकाटी बाहिरै बाट हेरेर फर्किए । तर, यता विभिन्न कठिनाईबाट गुज्रिरहेको नेपाली पूटबलले पछिल्लो समय लय समातेको भान हुन्छ ।

    सागमा नेपाल अपराजित छ । भारत र पाकिस्तान फूटबलमा पनि छैनन् । यसको फाइदा उठाउदै नेपाल दोस्रो पटक फाइनल खेल्दैछ ।

    फूटबललाई दर्शकले कति माया गरेका छन् भन्ने प्रमाण खेलको एक दिन अगाडी नै करीव १५ हजार सीट क्षमताको रंगशाला प्रवेशको टिकट बिक्रि सकिएको छ । धेरै दर्शकले अब घरमै बसेर फूटबल हेर्नुपर्ने भएको छ ।

    अर्कोतर्फ सागको फाइनलमा रगंशालाको टिकट दरसम्म १ हजार र २ हजार कायम गरिएको छ ।

    मंहगो मूल्य तिरेरै भएपनि दर्शक रंगशालासम्म धाएर नेपाली फूटबललाई चियर्स गर्दा क्रिकेटका फ्यान भने निरास बनेका छन् । नेपाल र भूटानबीच मंगलबार फाइनल खेल हुँदैछ ।

  • गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड

    गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड

    काठमाडौं । पौडीवाज किशोरी गौरिका सिंहले जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीका लागि एक दूर्लभ रेकर्ड राखेकी छिन् ।

    उनले सोमबार भएको प्रतिस्पर्धामा स्वर्ण जित्दै एउटै सागमा ४ स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण हात पारेकी हुने ।

    उनले १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गरेकी छिन् । उनले भारतीय पौडस्वाज शिवा‌ंगी शर्मालाई उछिनिन् । सागमा धेरै स्वर्ण पदक जितेको कीर्तिंमान तेक्वान्दो खेलाडी दीपक विष्टको नाममा छ ।

    गौरिकाले दीपकको कीर्तिमान बराबरीसमेत गरेकी छिने । तर, दीपकले चार स्वर्ण जित्न चार वटै साग खेलेका छन् । गौरिकाले भने एकै सागमा यो उपलब्धी हाँसिल गरेकी हुन् ।

    यस सागमा उनको नाममा चार स्वर्णसहित ८ पदक पुगेको छ । उनले दुई रजत र दुई काश्य पदकसमेत जिथेकी छिन् ।

    गौरिकाले राखेको यो दूर्लभ रेकर्ड उनी स्वयमबाहेक अर्को खेलाडीले तत्काल तोड्ने सम्भावना कम छ । किनकी उनी मात्र १७ वर्षकी भइन् । उनले अझै धेरै सागमा सहभागिता जनाउन सक्ने उमेर बाँकि छ ।

  • कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

    कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका छोरीको बैँक खाता आफैले खोलि दिने निर्णय गरेको छ ।

    १ साउन २०७६ यता कर्णालीको क्षेत्रफलमा जन्मिएका सबै छोरीको बैँक खाता सरकारले नै खोलिदिने योजना प्रदेश सरकारले कार्यानवयन गर्न लागेको हो ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सरकारले ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’ कार्यक्रम राखेको थियो ।

    यसका लागि बजेट समेत छुट्याइएको थियो । यस कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यविधि तयार भएको हो । मुुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यविधि तयार पारेको हो ।

    छोरीहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकारले बैँक खाता खोल्ने कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको बताएको छ ।

    कार्यविधिमा उल्लेख भएअनुसार अब १ साउन २०७६ भन्दा पछि कर्णालीमा जन्तिमा सबै छोरीको बैँक खाता रहनेछ ।

    यस खातामा प्रदेश सरकारले छोरी २० बर्ष नपुगेसम्म पहिलो महिना एक हजार र त्यसपछि हरेक महिना पाँचसय रुपैँया जम्मा गरिदिने भएको छ ।

    खासगरी छोरी जन्मिदा हेयको दृष्टिले हेने बाबुआमाको सोच पनि परिवर्तन हुने अपेक्षा सरकारको छ । छोरीमाथि हुने विभेद अन्त्य हुनुका साथै उमेर पुगेपछि स्वावलम्बन बन्न समेत यस कार्यक्रमले सहयोग गर्ने भएको छ ।

    कर्णाली मानव विकास सूचकांकमा पछि परेको प्रदेश हो । त्यसकारण यो कार्यक्रम महिला सशक्तिकरणका लागि प्रभावकारी हुने विश्वास लिइएको छ ।

    कार्यविधि अनुसार रकम भने छोरीको बैँक खातामा जम्मा गर्ने गरी प्रदेश सरकारले सबै स्थानीय तहमा पठाउने भएको छ ।

    कर्णालीमा बार्षिक करिब ७ हजार छोरी जन्मिने गरेको अनुमानित तथ्यांक रहेको छ । अहिलेकै रकम अनुसार छोरी २० वर्षकी पुग्दा उनको खातामा एक लाख २० हजार रुपैँया जम्मा हुुन्छ ।

    यद्दपी समय सापेक्षा यो रकम बढाउन सक्ने अधिकार सरकारलाई दिइएको छ । यो रकम छोरी २० वर्ष नपुगेसम्म निकाल्न पाइने छैन ।

    एक दम्पत्तिबाट जन्मिएका दुई वटी छोरीले मात्र यो सुविधा पाउनेछन् । २० वर्ष अगाडी नै बिहे गर्ने छोरीले नि त्यो रकम पाउने छैनन् ।

    माध्यामिक शिक्षा समेत छोरीले बिचमै छाड्न पाउने छैनिन । यसले शिक्षा, जीवनस्तर, बालबिबाह रोक्ने ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

  • साग महिला फूटबलमा नेपाल र भारत भिड्दै, बन्ला इतिहास ?

    साग महिला फूटबलमा नेपाल र भारत भिड्दै, बन्ला इतिहास ?

    पोखरा । नेपालमा जारी १३ औं सागअन्तर्गत सोमबार महिला फूटबलको फाइनल खेल संचालन हुँदैछ । यस खेलले स्वर्ण र रजत पदको टुंगो लाग्नेछ ।

    पोखरा रंगशालामा अपरान्ह १ बजे नेपाल र भारत उपाधीका लागि भिड्नेछन् । आज भारतलाई हराउन सके, त्यो महिला फूटबलका लागि ऐतिहासिक जीत हुनेछ ।

    किनकी नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । समूश चरणमा नेपाल भारतसँग पराजित भएको थियो ।

    यद्दपी कडा टक्कर भने नेपालले पेश गरेको थियो । घरेलू मैदानको भरपुर फाइदा उठाउँदै पहिलो स्वर्ण प्राप्तीमा नेपालको जोड हुनेछ ।

    मूख्य स्ट्राइकर सावित्र भण्डारीसहित सबै खेलाडी लयमा छन् । तर, भारतको मनोवैज्ञानिक डरबाट भने खेलाडी कति प्रभावित हुनेछन्, त्यसले खेलमा प्रभाव पार्छ ।