Category: फिचर

  • नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने

    नेपालमा पहिलो पटक स्मार्ट पार्किङ, घरबाटै बुक गर्न सकिने

    काठमाडौं । नेपालमा पहिलो पटक सार्वजनिक स्थलमा स्मार्ट पार्किङ प्रणाली शुरु हुँदैछ । आइतबारबाट संचालनमा आउने स्मार्ट पार्किङमा घरमै बसि बसि आफ्नो सवारी साधनको लागि उपयुक्त स्लट घरबाटै बुकिङ गर्न सकिने भएको छ ।

    काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ संचालनमा आउन लागेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्दैछ ।

    व्हिल्स ट्रुली योर्स प्रालिले यस अभियानमा महानगरसँग सहकार्य गरेको हो । न्युरोडको रामेश्वर मिठाई पछाडि, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

    स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा कार पार्किङ गर्न मिल्छ । स्मार्ट अटोमेटेड पार्किङ सिस्टमबाट यी पार्किङ स्लट संचालन हुने भएका छन् ।

    उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्ने महानगरले जानकारी दिएको छ ।

    ठाउँ रिजर्भ नगरी पुग्ने सवारी चालकले भने स्कृनमा हेरेर जुन स्लट खाली छ, त्यही पार्किङ गर्नुपर्छ । सेवाका लागि ‘केएमसी पार्किङ’ नामका एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ ।

  • विदेशमा छापिएका पुस्तकको आयात रोकियो

    विदेशमा छापिएका पुस्तकको आयात रोकियो

    काठमाडौं । नेपालमा पुस्तक आयात तथा बिक्रि गरिरहेका व्यवसायीले विदेशमा छापिएका पुस्तकको आयात रोकेका छन् । सरकारले आगामी आव २०७६्७७ को बजेटमार्फत पुस्तक आयातमा १० प्रतिशत भन्सार शूल्क लगाउने घोषणाको विरोधमा व्यवसायीले पुस्तक आयात नै रोक्ने निर्णय गरेका हुन् ।

    नेपालमा भन्सार नतिरी पुस्तक आयात भइरहेको थियो । जसले गर्दा नेपालमा भन्दा भारतमा छपाई सस्तो हुने भएपछि नेपाली श्रष्टाहरुले भारतमा पुस्तक छपाएर ल्याएरनेपालमा बिक्रि गर्दै आएका थिए ।

    सरकारले पुस्तकमा भन्सार थपेपछि मुद्रण व्यवसायी आन्दोलित भएका हुन् । नेपालमा भारतबाट मात्र ८० प्रतिशत पुस्तक आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।

    नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घले पुस्तकमा लगाउने घोषणा भएको १० प्रतिशत भन्सार महसुल फिर्ता नभएसम्म पुस्तक आयात नगर्ने विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

    विश्वमा कहीँ कतै पनि पुस्तकमा भन्सार महसुल नलगाउने भन्दै नेपालमा पनि लगाउन नहुने व्यवसायीको तर्क छ ।

    उता, सरकारले भने नेपालमै छपाईको पर्याप्त सुविधा हुँदाहुँदै भारतमा गएर सस्तो मूल्यमा छपाएर ठूलो संख्यामा पुस्तक आयात गर्दा राजस्व गुमिरहेको निष्कर्षमा पुगेको छ ।

    नेपालमा अहिलेसम्म ६ सय भन्दा बढी छपाई गृह स्थापना भइसकेका छन् । ति कम्पनीसँग ८ सय भन्दा बढी छपाई मेसिन उपलब्ध छन् ।

  • भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि

    भूकम्पपिडितमा नाम टिपाउन छुट्यो ? प्राधिकरणले थप्यो छुटपुट टिपाउने अवधि

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको अवधि १५ असारसम्म लम्ब्याएको छ ।

    ३२ जेठसम्मको अवधिभित्र पनि अझै गुनासो संकलन तथा छूटपुट दर्ता बाँहि रहेपछि भूकम्प प्रभावित ३२ वटै जिल्लामा १५ असारसम्म दर्ता गर्न पाइने गरी समय थपिएको प्राधिकरणले जानकारी दिएको छ ।

    खासगरी भूकम्प पिडितले निजी आवास अनुदानमा सरकारबाट ३ लाख रुपैयाँ प्राप्त गर्छन् । उक्त रकम वास्तविक पिडितले पाउन भन्दै प्राधिकरणले छूटेका पीडितहरुको पुनः लगत संकलन थालेको थियो ।

    प्राधिकरणले स्थानीय तहहरुसँगको समन्वयमा यस्तो संकलन गरिरहेको छ । प्राधिकरणका अनुसार जेठ मसान्तसम्म केन्द्रीय सूचना प्रणालीमा ३२ जिल्लाबाट ६० हजार गुनासोकर्ताले आफ्नो विवरण टिपाएका छन् ।

    प्राधिकरणले थपिएको समयावधिभित्र आआफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरुमार्फत् लगत संकलन कार्य गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ ।

    वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकाहरुलाई सर्वेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीहरुलाई समेत प्राधिकरणले अनुरोध गरेको छ ।

    प्राधिकरणले गैरपीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तालाई कारवाही हुने चेतावनी फेरी पनि दोहोर्याएको छ । प्राधिकरणले दोस्रो पटक छूटपुट दर्ता थालेको हो । उनीहरुमध्ये वास्तविक भूकम्पपिडितले निजी आवास अनुदान प्राप्त गर्नेछन् ।

  • निर्माणाधिन  भवनको ढलानले किचेर मजदुरको निधन

    निर्माणाधिन भवनको ढलानले किचेर मजदुरको निधन

    दाङ । दाङमा निर्माणाधीन भवनको ढलानले किच्दा ३ मजदुरको निधन भएको छ । शनिबार बिहान लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा भवन निर्माणको काम चल्दै गर्दा भवनको ढलान भत्किएको वडा प्रहरी कार्यालय, लमहीले जानकारी दिएको छ ।

    मृत्यु हुने तीनै जना भारतीय कामदार रहेको बताइएको छ । कार्यालयका अनुसार मङ्गल कस्यव, दयाल हरेन र साहेवको दूर्घटनामा परी ज्यान गएको हो ।

    भारतको झारखण्डबाट कामको खोजीमा उनीहरु नेपाल आइ रोजगारी गरिरहेका थिए । घटनामा अन्य तीन मजदूर घाइते भएका छन् । त्यसमध्ये दुई जनाको उपचारबुटवलमा भइरहेको छ ।

    कमसल ढलानका कारण दूर्घटना भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

    न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

    न्यूयोर्क

    शुक्रबार न्यूयोर्कको स्टाटन आईल्याण्डस्थित १२१ पुलिस प्रिसेण्ट पछाडी एक प्रहरीद्वारा आफुले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । मृत पुलिस अफिसरलाई प्रहरी कार्यालय पछिडीको विल्कक्स स्ट्रिटमा रहेको गाडी भित्र मृत भेटिएको थियो । उनी अफ ड्यूटीमा रहेको बेला शुक्रबार अपरान्ह यस्तो गरेका हुन् । प्रहरी सुत्रका अनुसार उनी घरेलू हिंसा अधिकृतको रुपमा बिगत ७ बर्षदेखि प्रहरी सेवामा थिए ।

    एकै महिनामा न्यूयोर्कमा  पुलिस डिपार्मेण्ट भित्र यो  तेश्रो आत्महत्या आत्महत्या  हो । न्यूयोर्क पुलिस डिपार्टमेण्टले एक हप्ता अघिमात्र अफिसरहरुलाई मेन्टल हेल्थको बारेमा आवाज उठाउन र उपचार खोज्नको लागि आह्वान गरेको थियो । 

    अघिल्लो बिहिबार पनि ५८ बर्षिया मानव हत्या सम्बन्धि जासुस प्रहरी जो क्यालाब्रिसले ब्रुक्लिनको प्लम्ब बीच नजिकै आफैलाई गोली हानी आत्महत्या गरेका थिए । त्यस्तै ६२ बर्षिय डेप्युटी चिफ अफ पेट्रोलिङ् स्टिभेन सिल्क्सले पनि क्वीन्सको फोरेस्ट हिल्सस्थित ११२ प्रिसेन्टमा उस्तै किसिमको घट्ना घटाएका थिए ।

    माथिका ३ घटनाको बिषयमा चिफ अफ डिपार्टमेण्ट टेरेन्स मोनाहन्ले ट्वीट गरेका छन कि “जसरी प्रहरी अधिकृतहरुले आत्महत्या गरेका छन् । यो चुपचाप कानेखुसी गर्ने खालको कुरा होईन । यस बिषमा बृहत अध्ययन र समाधान हुनुपर्छ” ।

  • नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर

    नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर

    काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम समझदारीमा हस्ताक्षर भएको छ स्विट्जरल्यान्डको जेनेभामा दुई मुलुकबीच समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।

    स्विट्जरल्यान्डमा अहिले अन्तरराष्टिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोह चलिरहेको छ । समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट सहभागी छन् ।

    सोही अवसर पारी मन्त्री विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच शुक्रबार श्रम समझदारी पत्रमा हस्ताक्षर भयो ।

    वार्षिक करिब ५० हजार नेपाली रोजगारीका लागि युएई जान्छन् । वैदेशिक रोजगारीका दृष्टिकोणबाट यो देश चौथो लोकप्रिय गन्तव्य हो।

    श्रम समझदारी अनुसार अब कामदारको छनौट, भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने गरी दुई देश सहमत भएको छ ।

    रोजगारदाताको कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आए कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने भएका छन् ।

    ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनु पर्ने गरी श्रम समझदारी भएको छ ।

  • गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित

    गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित

    सरकारले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ । डेंगु रोगको प्रकोप फैलिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ ।

    बिरामीको संख्या निरन्तर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो समय तराईमा बढेको अत्यधिक गर्मीका कारण लामखुट्टेको आक्रमण उत्तीकै फैलिएको छ ।

    लामखुट्टेकै कारण फैलने डेंगु रोगले सुनसरी र मोरङ अति प्रभावित भएको कार्यालयको भनाई छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अनुसार धरानमा ४ सय ७४ व्यक्तिमा डेंगुको संक्रमण देखिएको छ ।

    दैनिक औसतः ३० डेगु संक्रमित प्रतिष्ठान आउन थालेको बताइएको छ । धरानमा सबैभन्दा बढी बिरामी देखिएका वडा नम्बर १५ र ८ लाई डेंगु संकटग्रत घोषणा गरिएको छ ।

    बिरामीको संख्या बढेपछि धरान, इटहरी र विराटनगर क्षेत्रमा डेंगु परीक्षण गर्ने किटको स्थानीय अस्पतालमा अभाव रहेको छ । उता, प्रदेश नं १ सरकारले आफ्नो क्षेत्रमा डेंगु रोगको प्रकोप फैलिएपछि नियन्त्रणको प्रभावकारी पहल गर्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ ।

    अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको खर्च प्रदेश सरकारले बेहोर्ने र डेंगु नियन्त्रणका उपायमा खर्च गर्न प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट छुट्याएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

  • तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द

    तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द

    काठमाडौं । नेपालमा यतिबेला मनसुन पूर्वको समय चलिरहेको छ । तर, मनसुन शुरु हुन सकिरहेको छैन । त्यसकारण देशभरको तापक्रम उच्च दरमा पुगेको छ ।

    शुक्रबार काठमाडौंमा वर्षकै सर्वाधिक तापक्रम पुग्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको अत्याधिक तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ ।

    शुक्रवार अत्यन्तै गर्मी महशुस गरेका काठमाडौंबासीको तुलनामा करीव १० डिग्रि  थप तापक्रममा तराईमा मानिसहरु बसिरहेका छन् ।

    वीरगन्जमा अधिकतम ४५ डिग्रिसम्म तापक्रम मापन भएको छ । त्यसो त काठमाडौंमा यसअघि अतिकतम साढे ३४ डिग्रीसम्म तापक्रम पुगेको थियो ।
    गर्मीले अत्याएपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना सार्वजनिक गर्दै १ देखि ६ असारसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    वीरगञ्ज महानगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको छलफल तथा नगर शिक्षक महासंघको राय अनुसार विद्यालय बन्द गर्ने निर्णयमा पुगेको सूचनामा जनाइएको छ ।

    एकसातापछि पनि मनसुन शुरु नभई गर्मी कायमै रहे विद्यालय बन्द अर्को एक साता लम्ब्याउने तयारी महानगरपालिकाको छ ।

    अघिल्लो वर्ष ८ जुनमै मनसुन शुरु भएपनि यस वर्ष भने मनसुन शुरु हुन समय लागिरहेको छ । नेपालमा औसतः पूर्वतर्फ १० जुन र काठमाडौंमा १२ जुनमा मनसुन शुरु भएको इतिहास छ ।

  • दुई दर्जन एकिकृत बस्ती निर्माण हुने

    दुई दर्जन एकिकृत बस्ती निर्माण हुने

    काठमाडौं । अति जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माण गर्न सम्भावित २४ स्थान तय गरिएको छ । शहरी विकास मन्त्रालयका अनुसार देशका २४ जिल्लाका एक एक स्थानमा पहिलो चरणमा एकिकृत वस्ती निर्माणको योजना छ ।

    सहरी विकास तथा भवन निर्माण विभागले ०७२ सालमा एकीकृत बस्ती विकास गर्न तत्कालीन पाँचवटै विकास क्षेत्रको प्रारम्भिक अवधारणापत्र बनाएको थियो ।

    यसै अवधारणाका आधारमा मन्त्रालयले एकीकृत बस्ती विकासको कार्यक्रम अगाडी सारेको छ । जोखिमयुक्त क्षेत्रमा रहेको बस्ती सुरक्षाका लागि बस्ती स्थानान्तरण गर्ने अवधारणा ल्याइएको मन्त्रालयको भनाई छ ।

    मन्त्रालयले झापाको गौरीगन्ज, तेह्रथुमको चुहानडाँडा, भोजपुरको जरायोटार, सोलुखुम्बुको खुमजुङ उपत्यकालाई एकिकृत वस्तीका रुपमा छनोट गरेको छ ।

    यसैगरी, प्रदेश नम्बर २ मा रौतहटको सन्तपु मतिउन र वसन्तपुर, सप्तरीको बेलटार पनि छनोट भए । प्रदेश ३ मा नुवाकोटको बेत्रावती, सिन्धुपाल्चोकको मुडे, धादिङको गजुरीलाई छानिएको छ ।

    प्रदेश ४ मा नवलपरासीको चोरमारा, गोरखाको भच्चेक बजार, बाग्लुङको स्यालपाखे र मनाङको हुम्देमा एकिकृत बस्ती बस्नेछ । प्रदेश ५ को बर्दियाको मैनापोखरी, दाङको भालुबाङ, प्युठानको सुपाल बजार, रोल्पाको सुलिचौरमा बस्ती विकासको योजना छ ।

    कर्णाली प्रदेशको दैलेख जिल्लाको चुप्रा र मुगुको गमगढी सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको बेलडाँडी, अछामको विनायक, बझाङको बगरगाउँ, बैतडीको खोड्पे मेलौरी, दार्चुलाको गोकुलेश्वर पहिचान गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

    जोखिमयुक्त बस्तीहरू स्थानान्तरण कार्यअन्तर्गत ओखलढुंगाको रामपुर, रौतहटको भंगा भवानीपुर, सिन्धुरीको कापिलाकोट, बाग्लुङको बलेवा, रोल्पाको माडीचौर, मुगुको गम्था, बझाङको चौधारी र बाजुरामा एकीकृत बस्ती विकास कार्य भइरहेको छ ।

    मन्त्रिपरिषद्ले गत पुसमा जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत विकाससम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको थियो । सरकारले भौगोलिक रूपमा विकट तथा विपद्को उच्च जोखिमयुक्त स्थानमा बसोवास गरेका घरपरिवारलाई यस्तो सुविधा दिने बताएको छ ।

  • चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी

    चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी

    विराटनगर । २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । मोरङबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो ।

    विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

    उनीहरुले पुस १५, २०७५ मा २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् इलामका पासाङ शेर्पालाई ठगी गरेको पुष्टि भएको छ ।

    चिट्ठा परेको र त्यो वापतको रकम पाउनका लागि कर तिर्नु पर्ने भन्दै शेर्पाबाट दुई पटक गरेर एक लाख २० हजार रुपैयाँ ठगी गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

    पहिलो पटक ४५ हजार रुपैयाँ र कम्प्युटर लक लागेको भन्दै दोस्रो चरणमा ७५ हजार रुपैयाँ मागेका थिए । बैंक खातामा रकम शेर्पाले जम्मा गरिदिएपछि भने दुवै जना सम्पर्कविहीन बनेको प्रहरीको भनाइ छ।

    उक्त रकम पठाउन ग्लोबल आइएमई बैंकको खाता नम्बर उपलब्ध गराएका थिए । सोही खाताका कारण मरिक र मलाहा पक्राउ परेका हुन् । दुवैजना विरुद्ध शेर्पाले किटानी जाहेरी दिएका थिए।

    मलाहालाई एक वर्ष अघि पनि विराटनगरको हाटखोला चौकबाट इमोमार्फत् ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

    अदालतले मागेको २ लाख रुपैयाँ धरौटी बुझाएछि उनी छुटेका थिए। छुटेपछि पनि उही धन्दामा लागेका उनी दोस्रो पटक समातिएका हुन् ।

  • कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा

    कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा

    गत फेब्रुअरी ९ तारिख राती आफ्नो कारमा सुतिरहेको अवस्थामा ६ जना प्रहरीले एकै साथ गोली हानी मारेका क्यालिफोर्नियाका र्यापर विली म्याकको हत्यालाई भलेहो सिटी प्रशासनले “उचित” भनेको छ ।क्यालिफोर्निया सान फ्रान्सिस्कोस्थित फाष्ट फुड रेस्टुरेण्ट टाकोबेलको ड्राईभ-थ्रुमा आफ्नै कार भित्र निदाईरहेको अवस्थामा स्थानीय भलेहो शहरका प्रहरीले २० वर्षीय म्याकको कारलाई एक साथ घेरा हाली ३ मिनेट ५० सेकेन्ड भित्र ५५ पटक गोली हानी हत्या गरिएको घटनाको रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रशासनले हत्यालाई उचित भनेको हो । रिपोर्ट यसै हप्ता सार्वजनिक गरिएको हो ।

    भर्खरै चर्चित बन्दै गरेका र्यापर म्याकको हत्यालाई उनको परिवारले “बिनाकारण फायरिङ्ग दस्ताद्वारा मारिएको” बताउँदै आएका थिए भने घटना राष्ट्रिय मुद्दा बन्दै आएको छ । भलेहो सिटी प्रशासनको तर्फबाट रिटायर्ड प्रहरी अफिसर डेभिड ब्लेकको ५१ पेज लामो रिपोर्टमा भनिएको छ “म्याक माथिको कारबाही जायज छ र म्याकलाई ६ जना प्रहरीले ३ मिनेटमा ५५ राउन्ड गोली हानेको प्रकृया र तरिका प्रहरी तालिम र बिधी बिधान भित्र नै छ” । टाकोबेलको ड्राईब थ्रुमा आफ्नै कार भित्र सुतिरहेको मान्छे देखेपछि टाकोबेलका कामदारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतक म्याकको काखमा बन्दुक भएको र सुरक्षाका लागि गोली चलाऊनु परेको बताउदै आए पछि प्रहरीको शरिरमा रहेको “बडी क्याम” सार्वजनिक गर्नुपर्ने दबाब बढेको थियो । प्रहरीको बडी क्याम भिडियो फुटेज अनुसार आफ्नो कार भित्र मस्त निदाई रहेको अवस्थामा कुनै सुचना बिना ३ मिनेट ५० सेकेन्ड भित्र ५५ पटक गोली चलाईएको थियो । एजेन्सी

  • कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए

    कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए

    काठमाडौं । एक महिने राष्ट्रिय जागरण अभियानका दौरान साढे ३१ हजार कार्यकर्ता कांग्रेस बनेको दावि नेपाली कांग्रेसले दावि गरेको छ । अभियान सकेलगत्तै कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त दावि गरेको हो ।

    अभियानका क्रममा दुई हजार हाराहारीमा भेला, सभा तथा अन्तरक्रिया आयोजना भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    कांग्रेसले सबै जिल्लामा जागरण अभियान संचालन गर्न ७७ जना केन्द्रीय सदस्य जिल्लामा खटाएको थियो। केन्द्रीय प्रतिनिधिलाई जिल्लामा कांग्रेसका गुटगत विवाद मिलाउनेदेखि संगठनलाई सक्रिय बनाउने जिम्मेवारी दिइएको थियो ।

    शर्माका अनुसार आगामी १४ असार अघि नै केन्द्रीय प्रतिनिधि र पार्टीका नेताबीच स्थानीय तहमा सुनेका गुनासाबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

    भदौदेखि भने दोस्रो चरणका अभियान शुरु गर्ने तयारी कांगे्रसले गरेको छ । उक्त अभियान शुरु गर्नु अगाडी पार्टी भित्रका सबै विभाग पूर्णता दिने, नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउने र तरुण दललाई पनि पूर्णता दिइने दाबी कांग्रेसले गरेको छ ।

    एक महिना अवधिमा देशभरबाट ३१ हजार ५ सय ४२ जना मानिस कांग्रेस प्रवेश गरेको दावि कांग्रेसले गरेको छ ।

  • बाबुराम र उपेन्द्र यादवको दल दर्ता

    बाबुराम र उपेन्द्र यादवको दल दर्ता

    काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

    यो दल समाजवादी पार्टी नेपालका नाममा बिहीबार दर्ता भएको हो । पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव रहेका छन् । दुबै अध्यक्ष पार्टी दर्ताका लागि बिहीबार आयोग पुगेका थिए ।

    एकताअघि नयाँ शक्ति पार्टीको संयोजक भट्टराई थिए भने संघीय समाजवादी फोरमको नेतृत्व यादवले गरिरहेका थिए ।

    ‘तत्कालीन एमाले, माओवादी केन्द्र र समाजवादी फोरमबीच संविधान संशोधन गर्ने सहमति भएपछि समाजवादी सरकारमा सहभागी भएको थियो ।

    पार्टी दर्ता गराउँदै समाजवादी पार्टीका अध्यक्षद्धयले समावेशिताको मुद्दालाई दलले प्राथमिकता दिने प्रतिक्रिया दिएका थिए ।

    सरकारले संविधान संशोधनमा ध्यान नदिए सरकार छाड्ने चेतावनी पार्टीअध्यक्ष यादवले दिए । निर्वाचनमा आयोगमा दर्ता भएको दलको चुनाव चिन्ह भने अझै तोकिएको छैन । त्यसलाई खाली राखेर दल दर्ता गरिएको यादवले जानकारी दिए ।

  • सरकार र मिडियाबीच औपचारिक संवाद शुरु

    सरकार र मिडियाबीच औपचारिक संवाद शुरु

    काठमाडौं । कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले बिहीबार विभिन्न संचारमाध्यमका सम्पादकलाई छलफलका लागि बोलाएर सरकार र मिडियाबीच औपचारिक संवाद शुरु गरेका छन् ।

    अहिले सरकार र संचार जगतबीचको सम्बन्ध चिसिएको छ । सरकारले ल्याएको प्रेस काउन्सिल विधेयकविरुद्ध मिडिया अहिले आन्दोलनमा छ ।

    प्रधानमन्त्री केपि शर्मा ओली र संचारमन्त्री गोकुल बास्कोटाले यस आन्दोलनलाई वेवास्ता गर्दै आएका छन् । यसैबीच, कार्यबाहक प्रधानमन्त्री पोखरेलले सम्पादकहरुलाई बोलाएर औपचारिक संवादको शुरुवात गरेका हुन् ।

    विधेयक आइसकेपछि नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । यसमा सम्पूर्ण पत्रकारहरुले समर्थन गरिरहेका छन् ।

    बिहीबारको छलफल पछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले छलफलका निष्कर्षलाई प्रधानमन्त्री समक्ष राखी ठोस निष्कर्षमा पुग्ने आश्वासन दिएको इश्वर निकट स्रोतले जानकारी दिएको छ ।

  • बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने

    बढ्यो सार्वजनिक यातायातको भाडा, तर तत्काल लागु नहुने

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । तर, बढेको भाडा तत्काल लागु नहुने भएको छ । असार १ बाटै लागु हुने गरी बिहीबार दिउँसो  यातायात व्यवस्था विभागले बढाएको भाडा तत्काल लागु  नहुने निर्णय भएको विभागले बिहीबार साँझ जानकारी दिएको छ ।

    विभागका अनुसार नेपाल भर लागु हुने गरी सार्वजनिक यातायातको भाडा अधिकतम १२ प्रतिशतसम्म बढेको छ । सरकारले कुन रुटमा कति बढ्यो भन्ने विवरण भने सार्वजनिक गरेको थिएन ।

    यस पटक बढ्ने भाडामा इन्धनको मूल्यसँग सरोकार छैन । समग्र खर्चमा भएको मूल्यवृद्धिलाई समेत आधार मानेर सार्वजनिक यातायातको भाडा बढाउने निर्णय भएको विभागको भनाइ छ ।

    यातायात व्यवसायीले लामो समयदेखि भाडा वृद्धिका लागि सरकारसँग माग गर्दै आएका थिए । भाडा वृद्धि गर्ने सम्बन्धमा प्राविधिक समितिबाट अध्ययन गराइ उसको सिफारिसमा वैज्ञानिक तरिकाले भाडा बढाइएको विभागको दावि छ ।

    यात्रु र माल दुबै बोक्ने सवारीको हकमा पनि लागु हुने भएको छ ।

    विभागले बिहीबार दिउसो घोषणा गरेको भाडा वृद्धिको निर्णय सरकारको व्यापक आलोचना हुने डरले तत्काल लागु नगर्ने  निर्णयमा पुगेको हो ।

  • भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

    भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

    भारतको गुजरात राज्यमा शक्तिशाली आँधि आउने सम्भावनालाई ध्यानमा राख्दै करीव तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बिहीबार बिहानै गुजरातको पोरबन्दरस्थित समुन्द्रमा छालहरु देखिन थालिसकेका छन् ।

    बिहानैदेखि तिब्र गतिमा हावा चलिरहेको र त्यसले कमजोर भौतिक संरचनाहरुमा क्षति पुर्याउन थालिसकेको बताइएको छ । भारतीय मौसम विभागका अनुसार सोमनाथ, पोरबन्दर, राजकोट, देवभूमि, द्धारका र कच्छसम्म यो आँधिले बिहीबार आफ्नो प्रभाव देखाउने छ ।

    बिहीबार दिउसो आउने चेतावनी दिइएको आँधि १ सय ५५ किलोमिटर देखि १ सय ६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आउने छ । भारतमा सेना, वायुसेना तथा आपतकालिन फोर्सलाई तयारी अवस्थामा राखिएको छ भने समुन्द्री किनारहरु बन्द गरिएको छ ।

    आँधि आएको २४ घण्टासम्म पनि यसको असर देखिने भन्दै स्थानीय प्रशासनले सचेत रहने नागरिकलाई आग्रह समेत गरेको छ । बिहीबार मूख्य रेलमार्गका करी ४० रेल पूर्ण रुपमा बन्द गरिएको छ भने २८ रेल सेवा आंशिक रुपमा बन्द हुने भएका छन् ।

    उता, कैयौं जिल्लाको हवाई सेवा समेत प्रभावित हुने बताइएको छ ।
    एजेन्सी

  • कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर

    कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर

    चितवन । कृषिमा चितवन जिल्लाको निरन्तर फड्को मार्ने क्रम जारी छ । यसअघि पोल्ट्रीमा आत्मनिर्भर घोषित भइसकेको यो जिल्ला अब दूधमा आत्मनिर्भर घोषणा भएको हो ।

    जिल्लामा दैनिक दुई लाख ८९ हजार लिटर दूध उत्पादन हुन थालेको बुधबार आत्मनिर्भर जिल्ला घोषणा कार्यक्रममा जानकारी दिइयो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चितवन दूधमा आत्मनिर्भर भएको घोषणा गरे ।

    जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार चितवनमा मात्र दूधको माग दैनिक १ लाख ५६ हजार लिटर छ। बाँकी दूध राजधानी काठमाडौं, बुटवल, पोखरासहित विभिन्न शहरमा बिक्रीका लागि जान्छ ।

    दुग्ध विकास संस्थान र विभिन्न निजी डेरी कम्पनीले समेत चितवनबाट ठूलो परिमाणमा दूध किन्ने गर्छन् । दूधपछि अब माछा, केरा र मासुमा पनि चितवनलाई आत्मनिर्भर बनाउन सकिने सम्भावना देखिएको मन्त्री लामाको भनाई छ ।

    चितवनमा दूध प्रशोधन केन्द्र खोल्ने तयारी भइरहेको जनकारी दिदै उनले ‘अब सडकमा दूध पोख्ने अवस्था नआउने बताए । उत्पादन र खपतका हिसावले दूधमा चितवन पहिले नै आत्मनिर्भर थियो । घोषणा मात्र अहिले गरिएको हो ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध १ सय ११ वटा दुग्ध सहकारीमध्ये भरतपुर महानगरपालिकामा ५२ वटा, रत्ननगर नगरपालिकामा २१ वटा, कालिका नगरपालिकामा आठ, खैरहनी नगरपालिकामा २३ वटा, राप्ती नगरपालिकामा ६ वटा र माडी नगरपालिकामा एउटा दुग्ध सहकारी क्रियासिल रहेका छन् ।

    दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध अधिकांश स्थानीय स्तरमा रहेका दुग्ध सहकारीमार्फत् संकलन हुने गर्छ। केही किसानले भने सिधै उपभोक्तासम्म पुगेर दूध बिक्री गर्छन् ।

  • आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा

    आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा

    काठमाडौं । नेपालमा प्रदेश सरकार गठन भएको डेढ वर्ष नाघिसक्यो । यसबीचमा एउटा पूर्ण बजेट कार्यान्वयन भइसक्यो भने अर्को बजेट बनिरहेको अवस्था छ ।

    तर, यति समय बित्दा पनि कतिपय प्रदेश सरकारले आफ्नो नाम समेत जुटाउन सकिरहेका छैनन् । अहिलेसम्म तीन वटा प्रदेशले आफ्नो नाम राखे ।

    नाममा सहमति गरी पहिलो हुने सरकार कर्णाली हो । त्यसपछि गण्डकी र सुदुरपश्चिम प्रदेशले पनि आफ्नो नाम जुटाए । तर, अरु प्रदेशले भने आफ्नो नाम समेत जुटाउन नसकेर नम्बरमा काम चलाइरहेका छन् ।

    प्रदेशको दुई तिहाईबाट प्रदेश स्थायी राजधानी र नाम तय गर्न सक्ने प्रावधान संविधान मै रहेको छ । उता, सरकारले २०७४ माघमा घोषणा गरेका अस्थायी राजधानीबाट काम चलाइरहका प्रदेश सरकारहरुले स्थायी राजधानी अझै तोक्ने सकेका छैनन् ।

    परिवर्तनका ठूला सपना बाड््दै आएका प्रदेश सरकारहरुको पुरानौ ढर्राको कार्यशैलीबाट जनता भने निरास बनिसकेका छन् ।

    के मा छ विवाद ?
    प्रदेश नं १ मा स्थायी राजधानको टुंगो लागेको छ । तर, नाममा भने अझै सहमति जुटेको छैन । यतिसम्मकी प्रदेशको नाम प्रस्ताव गरी छलफलमा समेत लगिएको अवस्था छैन ।

    उता प्रदेश नं २ ले एक समिति बनाएर राजधानी र प्रदेशको नामबारे अध्ययन गरेको थियो । समितिले प्रतिवेदन बुझाएपनि सार्वजनिक गरिएको छैन । यहाँ पनि नाममै बढी विवाद हुने पक्का छ ।

    प्रदेश नं ३ मा नाम प्रस्ताव गरिएपनि प्रदेश सभाले टुंगो लगाउन सकेको छैन । सबैभन्दा कम विवादित भई सम्पूर्ण प्रदेशलाई उदाहरणीय बन्नुपर्ने केन्द्रिय राजधानी रहेको प्रदेश नै अहिले अलमल अवस्थामा देखिन्छ ।

    उता, सबैभन्दा सुस्त गतिको प्रदेशका रुपमा बदनाम प्रदेश नं ५ मा राजधानी र नाम टुंगो लगाउन एक वर्ष अगाडी ने विशेष समिति गठन भएको थियो । समितिले अझै प्रतिवेदन दिएको छैन ।

  • नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने

    नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने

    काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि दिने गरेको स्वीकृति पत्र (नो अब्जेक्सन लेटर)को प्रावधान परिवर्तन गरेको छ ।

    नयाँ प्रावधान अनुसार अब कक्षा १२ सम्म नेपालमै अनिवार्य शिक्षा लिनुपर्ने प्रावधान ल्याइएको छ । नेपालमा कक्षा १२ पास गरेपछि मात्र विद्यार्थीले विदेश अध्ययन गर्न सरकारको स्वीकृति पाउने भएका छन् ।

    पछिल्लो समय कक्षा १० सम्म मात्र हुने एसईइ उत्तीर्ण गर्नासाथ विदेशिने किशोर किशोरीको संख्या बढ्न थालेपछि सरकारले विदेश पढ्न जाने स्वीकृतिको प्रावधान परिवर्तन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भनाई छ ।

    नयाँ प्रावधान अनुसार ‘१२ कक्षा उत्तिर्ण भएपछि मात्र ‘ए लेवल पढ्न अनुमति दिइने भएको छ । सरकारले अब १२ कक्षासम्मको शिक्षालाई माध्यमिक शिक्षा घोषणा गरिसकेको छ ।

    सोहीकारण कम्तिमा पनि स्वदेशमा विद्यालय शिक्षासम्मको अध्ययन सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिइने मन्त्रालयले उल्लेख गरेको छ ।

    पहिले एसएलसी वा सो सरह पास गरेपछि कक्षा ११ र १२ लाई पनि उच्च शिक्षा मान्ने प्रचलन थियो । अहिले भने कक्षा ११ र १२ लाई पनि माध्यामिक शिक्षा मानिछ ।

    विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति र विदेशी मुद्रा सटही सुविधाका लागि शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटर अनिवार्य छ ।

    विदेशमा परिवार भएका र जानै पर्ने बाध्यता भएका विद्यार्थीले कारणसहित परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिस लिएरआएमा एसईई पढेका विद्यार्थीले पनि नो अब्जेक्सन लेटर पाउनेछन् ।

    तर, यसको औचित्य पुष्टि हुनुपर्छ । नेपालबाट वार्षिक ७० हजार हाराहारी विद्यार्थी विभिन्न मुलुकमा अध्ययनका लागि जाने गरेको आंकडा छ ।

    नेपालबाट अध्ययनका लागि जाने धेरै विद्यार्थी विदेश पुगेपछि भने पढाई भन्दा कडा परिश्रम गरी काम गरिरहेको भेटिन्छन् ।

  • सामाजिक संजालबाट अरुलाई दुख दिने बानी छ ?

    सामाजिक संजालबाट अरुलाई दुख दिने बानी छ ?

    काठमाडौं । सामाजिक संजाल (फेसबुक, टुइटर, इन्स्टा, भाइबरलगायत) प्रयोग गरी अरुलाई सताउने बानी छ ? या त्यस्तो काम गर्नेहरुबाट तपाई पिडित हुनुहुन्छ ?

    अब सामाजिक संजालबाट हुने सबै प्रकारका हानी नोक्सानीमा कारवाही हुने गरी कानून बन्ने भएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन बहुमतबाट पारित गरेको छ ।

    विधेयकमा कांग्रेस सांसद बहादुर सिंह लामा असहमति रहे । प्रतिवेदन अनुसार विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरान बनाउने, जिस्क्याउने, होच्याउने, हतोत्साहीत गर्ने, अपमान गर्ने वा हप्काउने काम गर्यो भने त्यस्तो काम दण्डनीय हुने भएको छ ।

    अब सामाजिक सञ्जाल नेपालमा दर्ता भएपछि मात्र देशभित्र आफ्नो सेवा प्रवाह गर्न सक्नेछ । सामाजिक संजालका माध्यमाट घृणा, द्वेष वा अपहेना उत्पन्न हुने काम गरेपनि कारबाहीको भागिदार हुने गरी कानून निर्माण गरिदैछ ।

    उपसमितिले प्रतिवेदन पूर्ण समितिमा पठाउने तयारी गरेको छ ।

  • एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही

    एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही

    काठमाडौं । बसन्त ऋतुमा सगरमाथामा सफल आरोहण गर्ने आरोहीको संख्या ६ सय ५९ पुगेको छ । पर्यटन विभागले बुधबार सार्वजनिक गरेको एकिकृत तथ्यांक अनुसार यस वर्ष सगरमाथा चढ्न ४४ आरोहण दलका ३ सय ८१ र सहयोगी ६ सय ४२ जनाले अनुमति लिएका थिए ।

    त्यसमध्ये २ सय ८१ जना मात्र आरोही चुचुरोमा पुग्न सके । आरोही र नेपाली सहयोगी सहित एकै सिजनमा ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

    अघिल्लो सिजनको वसन्तु ऋतुमा ५ सय ६३ जना आरोही तथा नेपाली सहयोगी चुचुरोमा पुगेका थिए ।

    विभागको तथ्यांक अनुसार उक्त वर्ष ३७ समूहका ३ सय ६१ जना आरोहीले अनुमति लिएकोमा २ सय ६१ जना मात्र चुचुरोसम्म पुग्न सफल भएका थिए ।

    ४९ करोड ५९ लाख रोयल्टी संकलन

    सरकारले बसन्तु ऋतुको आरोहणबाट ४९ करोड ५९ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै सगरमाथाबाट उठ्छ । सगरमाथाबाट मात्र ४४ करोड २६ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ ।

    अघिल्लो वर्ष सरकारले विभिनन्न हिमालबाट ४१ करोड २८ लाख रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये सगरमाथाबाट मात्र ३६ करोड १४ लाख रुपैयाँ संकलन भएको थियो ।

    ८ जनाको निधन
    यस सिजनमा सगरमाथामा ८ जनाले ज्यान गुमाए । सगरमाथामा अधिक आरोही तथा सहयोगी मृत्युको कारण स्वास्थ्य समस्या रहेको भन्दै पर्यटन विभागले अधिक आरोहण अनुमति वितरणका कारण सगरमाथामा आरोहीको निधन नभएको स्पष्ट पारेको छ ।

  • यस्तो छ काठमाडौंको फोहोर राजनीति, वर्षायाममा बिकरालरुप लिंदै   

    यस्तो छ काठमाडौंको फोहोर राजनीति, वर्षायाममा बिकरालरुप लिंदै   

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमा राजनीति हुनु सामान्य कुरा हो । गोकर्ण डम्पिङ साइटदेखि नयाँ ठाउँ बञ्चरेडाँडासम्मको फोहोर व्यवस्थापनमा राजनीति देखिएको छ । सिसडोल र ओखरपौवामा समेत राजनीतिक खिचातानी बेलाबेलामा हुने गरेको छ । राजनीतिक रुपलेनै वर्षायाममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्यामा पर्छ । यस वर्षपनि त्यस्तै हुनसक्ने फोहोर व्यवस्थापनमा जुटेका नीजि क्षेत्रका कम्पनीले जनाएका छन् ।
    उपत्यकामा काठमाडौं र ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रमा फोहोर संकलनका लागि सयौं कर्मचारी आधुनिक गाडी सहित परिचालन गरेका छन् । तर निजी क्षेत्रको जस्तो प्रभावकारी फोहोर व्यवस्थापनमा महानगर आफैंले काम गर्न सकिरहेका छैनन् । महानगरको फोहोर व्यवस्थापन नीजि क्षेत्रको सक्रियता नहुँदा चल्नै नसक्ने अवस्थामा पुग्छ । अहिले काठमाडौं उपत्यकामा दर्जनौं कम्पनी र सयौं जनशक्ति नीजि क्षेत्रमा क्रियाशिल छन् । त्यसैले मात्र पहिलेको तुलनामा फोहोर व्यवस्थापन हुने गरेको छ ।
    निजी क्षेत्रका दर्जनौं कम्पनीले वायो ऊर्जा र रिप्रशोधनका लागि फोहोर प्रयोग गर्ने गरेका छन् । त्यति मात्र होइन नीजि कम्पनीले घरघरबाट फोहोर संकलनको पैसा समेत उठाउने गरेका छन् । यस्तोमा महानगरका कर्मचारीको समेत मिलेमतो हुने गरेकोछ । महानगरका गाडी भने सार्वजनिक ठाउँमा जम्मा भएका फोहोर संकलनमा क्रियाशिल हुन्छन् । बेलाबेलामा फोहोर संकलनमा राजनीतिक पक्ष विपक्षले हड्ताल हुँदा काठमाडौं उपत्यका दुर्गन्धित हुने गरेको छ । अहिलेको अवरोध मुख्य रुपमा स्थानको कुरा भन्दा पनि जनशक्तिको व्यवस्थापनमा देखिएको समस्या प्रमुख रहेको महानगर स्रोतले जनाएको छ ।
    वर्षायाममा भने उपत्यकाको फोहोर व्यवस्थापनमा मौसम बाधक बन्ने गरेको छ । बाटोघाटो राम्रो नहुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिनु पर्ने बाध्यता रहेको छ । १० वर्षदेखि नयाँ स्थानमा फोहोर फाल्ने महानगरको तयारीमा समस्या आएको छ । उपत्यकाका अन्य नगरपालिकाले आआफ्नो क्षेत्रमा सामान्य साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएका छन् । बेलाबेलामा हुने राजनीतिक खिचातानीले लामो समयदेखि नयाँ ठाउँ फोहोर फाल्न योग्न बन्न सकेको छैन ।
    सरकारले उपत्यकाको फोहोर व्यवस्थापन धादिङ र नुवाकोटको सीमामा पर्ने बञ्चरेडाँडामा काठमाडौँको फोहर व्यवस्थापन (डम्पिङ साइट) स्थायीरुपमा गर्ने भनेको १० वर्ष बित्न लाग्दा पनि राजनीतिकै कारण बन्न सकेको छैन । पहिले नुवाकोट ककनी गाउँपालिका–२ सिसडोल र विस २०६२ मा वडा नं ३ ओखरपौवामा अस्थायी फोहर फाल्ने र त्यसको तीन वर्षपछि धादिङको धुनेवेशी नगरपालिका–१ स्थित बञ्चरेडाँडामा स्थायीरुपमा फोहर फाल्ने संरचना बनाउने भने तापनि अझै बनेको छैन ।
    बञ्चरेडाँडामा स्थायी संरचना बनाउन नसक्दा अव्यवस्थित फोहर व्यवस्थापनले गर्दा त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । फोहर व्यवस्थापनका लागि सरकारले उक्त ठाउँको एक हजार ७८१ रोपनी जमीन अधिग्रहण गरे पनि स्थायी संरचना अझै तयार पारेको छैन । ती अधिग्रहण गरिएको जग्गाको मुआब्जासमेत सरकारले दिइसकेको छ । असारसम्म बञ्चरेमा स्थायी संरचना बनाएर फोहरलाई व्यवस्थापन गर्ने भने तापनि अझै बनेको छैन ।
    बञ्चरे डाँडामा काठमाडौँको फोहर ५० वर्षका लागि व्यवस्थापन गर्न सकिन्छ । शुरुमा काठमाडौँ महानगरपालिकाको फोहर फाल्ने भने पनि पछि उपत्यकाका १८ वटा स्थानीय तहका फोहर फाल्न थालिएको छ । सरकारले पाँच वर्षभित्र स्थायी संरचना बनाएर फोहर व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म नबनाएकाले जनजीवन कष्टकर बनेको धुनेवेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए । उक्त ठाउँमा विसं २०६२ देखि काठमाडौँ उपत्यकाको फोहर फाल्ने गरिएको छ ।
    दुई वर्षमा अस्थायीरुपमा ककनीको ओखरपौवा र सिसडोलमा फोहर फाल्ने र त्यसपछि तीन वर्षमा बञ्चरेडाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार निर्माण गरी फोहर व्यवस्थापन गर्ने भनिएकामा १० वर्ष बित्न लाग्दा पनि अझै संरचना तयार पारिएको छैन । “स्थायीरुपमा फोहर व्यवस्थापनका लागि अझै काम शुरु गरिएको छैन,’ उनले भने, ‘अस्थायीरुपमा फोहर व्यवस्थापन गर्नाले यहाँका मानिसको स्वास्थ्यमा असर परिरहेको छ ।’ यही असारसम्म स्थायी संरचना बनाउने प्रतिबद्धता गरे पनि त्यो पूरा नहुने देखिन्छ ।
    अहिले रहेको अस्थायी व्यवस्थापन ककनीमा गरिएको छ । ककनीको ओखरपौवामा रहेको अस्थायी फोहरले धादिङका जनता बढी मारमा परेका छन् । उक्त क्षेत्रका बाटोमा हिँड्दा फोहरको दुर्गन्ध आउने गर्दछ । गिद्ध, चिल र कागले फोहर टिपेर मानिसका घरघरमा पु¥याउने गरेको नगर प्रमुख आचार्यले बताएका छन् । यस्तै फोहरको लेदो बगेर खोलामा मिसिन्छ । उक्त खोलाको पानी न गाईबस्तुलाई खुवाउन हुन्छ न खेतमा हाल्नका लागि ।
    खोलाको पानी गाईवस्तुले खाए पनि मर्ने र खेतमा हाल्नाले बालीसमेत मर्ने गरेको उनी बताउँछन् । बञ्चरेडाँडामा बन्ने स्थायी फोहर व्यवस्थापनबाट फोहरबाट मल बनाउने, ग्यास निकाल्न सकिने भए पनि अझसम्म कुनै ध्यान जान सकेको छैन । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले दुई वर्षका लागि फोहर फाल्न भनिएको ठाउँमा १० वर्षसम्म पनि फाल्ने गरेको बताए । ‘दुई वर्षका लागि भनिएको ठाउँमा अझै पनि फोहर फालिँदैछ,’ उनले भने, ‘फोहरको दुर्गन्धले गर्दा स्थानीयवासी आफ्नो बासस्थान छाडेर अन्यत्र जान थालेका छन् । चाँडोभन्दा चाँडो बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नुपर्दछ ।’
    फोहर गर्दा दक्षिणतर्फका मानिस बढी प्रभावित भएका छन् । गाउँपालिका अध्यक्ष लामाले सिसडोल र ओखरपौवाका २५ जनालाई त्यहाँको फोहरले क्यान्सर रोगसमेत लागेकाले गाउँपालिकाबाट उपचार खर्च दिएको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पप्रसाद कँडेलले स्थायी संरचना बनाउने प्रक्रिया शुरु गरिएको बताएका छन् । उनका अनुसार विदेशबाट कारखाना ल्याई मल, ग्यास बनाइनेछ । ‘प्लान्ट बनेपछि यहाँका जनतालाई पनि सहज हुनेछ,’ उनले भने, ‘केही वर्षका लागि काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिन्छ ।’ अधिग्रहण गरिएको जग्गामा फोहर व्यवस्थापन (डम्पिङ साइट) बनाउनेमा भेदभाव गरिएको छ ।
    ओखरपौवा र सिसडोलमा दुई वर्ष फोहर व्यवस्थापन गर्ने र त्यसपछि बञ्चरेडाँडामा स्थायी बनाउने सहमति भएको थियो । ओखरपौवा र सिसडोलमा फोहर भरिए पनि स्थायी व्यवस्थापन बनिनसकेकाले ती दुई स्थानमा डोजरले माथि पु¥याइ फोहर राखिएको छ । ‘स्थायी संरचना बनाउनुको सट्टा ओखरपौवा र सिसडोलमा फोहरलाई कोचीकोची राख्ने गरिएको छ,’ नगरप्रमुख आचार्यले भने, ‘फोहरलाई जबर्जस्ती व्यवस्थापन गर्नुको साटो चाँडो स्थायी संरचना बनाएर फाल्नुपर्दछ । स्थायी संरचना बनेपछि फोहरबाट कुनै दुर्गन्ध निस्कँदैन ।’
    ओखरपौवा र सिसडोलका क्षेत्रको फोहरदेखि ५०० मिटरसम्मका जग्गा अधिग्रहण गरिएको छ भने धादिङको बञ्चरेडाँडाका स्थानीयवासीको भने २०० मिटर क्षेत्रसम्मको जग्गामात्र अधिग्रहण गरिएको छ । धुनेवेंशी नगरप्रमुख आचार्यले अतिक्रमण गर्ने क्रममा आफूहरुलाई भेदभाव गरिएकोसमेत बताएका छन् । अहिले बञ्चरेडाँडामा स्थायी फोहर व्यवस्थापन नगरेर ओखरपौवा र सिसडोलका क्षेत्रलाई नै बढाएर फोहर फालिएको उनको भनाइ छ । ‘हामीले बारम्बार अनधिकृत गरिएको बञ्चरेडाँडामा स्थायी संरचना बनाउने भनेका छौँ,’ उनले भने, ‘तर सरकारले सुनेको नसुनेको जस्तै ओखरपौवा र सिसडोल क्षेत्रको जग्गामाथिसम्म बढाएर अनधिकृत जग्गा बढाएर फोहर फालेको छ ।’ फोहर फाल्ने ठाउँमा सरकारले त्यहाँका जनतालाई स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य चौकी, एम्बुलेन्स, पशु बीमा, बाली बीमा जस्ता कार्यक्रम ल्याउने भने तापनि अझै दिएको छैन ।
    नगर प्रमुख आचार्यले नगरपालिकाको पहलमा त्यहाँका जनताका लागि स्वास्थ्य चौकी स्थापना गर्न थालिएको जानकारी गराए । धुनेवेंशी नगरपालिका–१ का वडाध्यक्ष चन्द्र तामाङले फोहरका लागि अधिकरण गरिएको बञ्चरेडाँडामा डम्पिङसाइट चाँडै बनाएर स्थानीयवासीलाई फोहरको दुर्गन्धबाट बचाउनुपर्ने बताएका छन् । आसपासका अन्य स्थानीय तहले पनि फोहोरका कारण मानव स्वास्थ्यमा परेको नकरात्मक असरमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

  • नौबिसे-नागढुंगा सुरुङमार्ग बन्दै, ४२ महिनामा निर्माण सकिने

    नौबिसे-नागढुंगा सुरुङमार्ग बन्दै, ४२ महिनामा निर्माण सकिने

    काठमाडौं । राजधानी प्रवेश गर्ने मूख्यद्धार नागढुङगा-नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार असार भित्रै शिलान्यास गरी सुरुङमार्गको काम सुरु गर्ने तयारी छ । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा\आन्दो जेभीले पाउँदैछ ।

    यो सुरुङमार्गमा जापानले नै ऋण सहयोग गर्दैछ । टेण्डर प्रक्रिया करीव ६ महिनामा टुंगो लाग्ने प्रक्रियामा पुगेको हो । हाज्मा \आन्दो जेभीले नेपालमा सफल आयोजना बनाइरहेको निर्माण कम्पनी हो ।

    यस कम्पनीबाट बीपी हाईवे, सुर्यविनायक कोटेश्वर सडक लगायत पूर्वाधार बनेका छन् । यस आयोजनाको मुआब्जा र जग्गा प्राप्तीमा मात्र साढे ५ अर्ब रुपैयाँ खर्च हुँदैछ ।

    आयोजनाको ठेक्का सम्झौता असारमै गर्ने, शिलान्यास पनि असारमै गर्ने र असोजबाट निर्माण काम अगाडी बढाउने तयारी भइरहेको छ । जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्ने यो आयोजनाको लागत २२ अर्ब रुपैयाँ अनुमान छ ।

    यसमध्ये ऋण १६ अर्ब रुपैयाँ रहने छ भने नेपाल सरकारले आफ्नो स्रोतबाट ६ अर्ब रुपैयाँ जोहो गर्नेछ । सुरुङमार्गको लम्वाई २.७ किलोमिटर हुनेछ।

    मुख्य सुरुङमार्ग तीन लेनको बनाउने योजना छ । १० मिटर चौडाइ हुने सुरुङमार्ग बस्नेतछापबाट सिस्नेखोला निस्कने छ।

  • शौखिन प्रधानमन्त्री : बालुवाटारको पुरानो घर भत्काएर अत्याधुनिक बनाउने तयारी

    शौखिन प्रधानमन्त्री : बालुवाटारको पुरानो घर भत्काएर अत्याधुनिक बनाउने तयारी

    काठमाडौं । सरकारले प्रधानमन्त्री निवास वालुटाटारको वर्तमान संरचना भत्काएर नयाँ बनाउने भएको छ । वर्तमान निवास सही अवस्थामा रहेपनि प्रधानमन्त्री निवास भत्काउन लागिएको हो ।

    करीव ४० करोड खर्चेर वालुवाटारमा दुई नयाँ भवन निर्माण गर्न लागिएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ । भवन दुई वर्षभित्र सम्पन्न हुने मन्त्रालयको भनाई छ ।

    वर्तमान निवास, क्षेत्रफलका हिसावले साँघुरो भएको र भूकम्पले समेत प्रभावित पारेको भन्दै मन्त्रीपरिषद् बैठकले पुरानो भवन भत्काउने निर्णय गरेको थियो ।
    अब नयाँ बन्ने संरचनामा दुई वटा भवन निर्माण हुने छन् । त्यसमध्ये एउटा सार्वजनिक कार्यक्रम र प्रयोजनका लागि हुनेछ भने अर्को प्रधानमन्त्रीको निजी निवासका रुपमा प्रयोग हुनेछ ।

    सार्वजनिक भवन प्रधानमन्त्रीले भेटघाट तथा संवादमा प्रयोग गर्नेछन् । सार्वजनिक भवन दुई र निजी निवास एक रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ । सार्वजनिक भवन मन्त्रीपरिषद्को बैठक समेत संचालन गर्न सक्ने हलसहितको हुनेछ ।

    दुबै भवन दुई तलाका हुनेछन् । प्रधानमन्त्री निवासमा अति विशिष्ट पाहुनालाई समेत सुताउन सकिने गरी निजी कोठाहरु निर्माणको तयारी छ । जहाँ उनीहरुका सुरक्षागार्ड तथा अन्य निजी सचिवालयका व्यक्तिहरु रहने छुट्टै कक्षको व्यवस्था गरिदैछ ।

  • सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर

    सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर

    काठमाडौं
    नेपाल सरकारले हचुवाको भरमा सगरमाथा चढ्ने अनुमती दिँदा यसपाली धेरै आरोहीको निधन भएको बारे प्रधानमन्त्री केपी शर्मा ओली बिबिसी विश्वसेवासँगको अन्तर्वार्तामा रक्षात्मक बन्न पुगेका छन् । युरोप भ्रमणमा गएको ओलीलाई बिबिसीले स्टुडियोमै बोलाएर यसपटकको आरोहण सिजनमा भएको मृत्युको उच्च संख्या बारे प्रश्न गरेको थियो ।

    बिबिसीका प्रस्तोताले किन यति धेरैलाई आरोहण अनुमति दिएको भन्दै गरेको पहिलो प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले उक्त भनाइमा सत्यता नभएको दावी गरे । लगत्तै अहिलेसम्मकै धेरै ३८१ जनालाई आरोहण अनुमति दिएको र चुचुरोमा ट्राफिक जामका कारण धेरै आरोहीको मृत्यु भएको प्रतिप्रश्न बिबिसी प्रस्तोताले राखेका थिए ।

    उक्त प्रश्नको जवाफमा भने प्रधानमन्त्री ओली रक्षात्मक बन्न पुगे । उनले एकै पटक धेरैलाई अनुमति दिएको नभइ सबै आरोही उपयुक्त मौसम पर्खेर एकसाथ माथि उक्लिँदा जाम बन्न पुगेको बताएर आफ्नो तर्क पुष्टि गर्न त खोजे तर बिबिसीको प्रतिप्रश्नले उनलाई फेरि रक्षात्मक अवस्थामै धकेल्यो । बिबिसीले मौसम खुल्ने समयमा पनि कति मात्र सहजै चढ्न र उक्लिन सक्लान् भन्ने तथ्य किन नराखेको भनेर गरेको प्रश्नको जवाफ ओलीले आगामी दिनमा आफुले हेर्ने भन्दै बिट मारे ।

    सगरमाथामा यस पटक धेरैले आरोहण अनुमति पाएका र आरोहीको मृत्युदर बढेको बारे अन्तर्राष्ट्रिय संचार माध्यमले अघिल्लो महिना देखिनै श्रृङ्खलाबद्ध रिपोर्ट प्रकाशन एवं प्रशारण गरेका थिए । तर, बिबिसीको अन्तर्वार्ता हेर्दा उनको सचिवालय यसबारे बेखवर जस्तो देखियो । प्रधानमन्त्रीको प्रस्तुती अनुसार उनका सल्लाहकार एवं सचिवालयले सगरमाथाबारे प्रश्न उठ्न सक्ने र त्यसमा के जवाफ दिने भनेर कुनै तयारी गरेको प्रतित हुँदैन ।

    नेपाल भन्ने वित्तिकै अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पहिलो चासो हिमालय क्षेत्रमै हुने गरेको छ । तर, नेपाली नेताले त्यो चासो बुझ्न सकेका छैनन् । आफुहरुले राजनीतिक मुद्दा सल्टाएको, दुई तिहाई बहुमतको बामपन्थी सरकार बनेको जस्ता बिषय जति सुनाउन चाहे पनि न संचारकर्मीलाई मतलव हुन्छ न विदेशी पाठक दर्शकलाई नै ।

    बिबिसीले ओलीसँगको अन्तवार्ता सहितबारे नौ मिनेटको प्याकेज बनाएको थियो । अन्तर्वार्ता अघि साढे एक मिनेटको सगरमाथा आरोहणबारेको नेपाली मुलका पत्रकार नविनसिंह खड्काको रिपोर्ट बजाएको थियो । रिपोर्टमा खड्काले सगरमाथा आरोहणको नियमन गर्न ६० कर्मचारीलाई खटाए पनि मुस्किलले पाँच जना पनि बेसक्याम्प नपुगेको यथार्थ सुनाएका थिए । त्यसबारे पनि प्रस्तोताले प्रश्न गरेपछि ओलीले अनुसन्धान गर्ने जवाफ दिएका छन् ।

    सगरमाथा आरोहणको सन्दर्भपछि बिबिसीले ओलीलाई चीनसँगको नेपालमा बढ्दो प्रभाव, नेपाल चीनको ऋणपासोमा पर्न सक्ने सम्भावना लगायतबारे प्रश्न गरेको थियो । त्यसमा उनले नेपालले आफ्नो आवश्यकतामा कर्जा लिने र कसैले थोपरेर नथोपरिने जवाफ दिएका थिए ।

  • आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा

    आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा

    काठमाडौं । मंगलबार मध्यान्ह सार्वजनिक बलात्कारको एक घटनाले धेरैलाई आक्रोशित बनायो । नेपाल सरकारका एक उपसचिव आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै निवासबाट पक्राउ परे ।

    छोरीको परिचय गोप्य राख्न प्रहरीले उनको नाम पनि गोप्य राखेको छ । ४५ वर्षिय ती उपसचिवले आफ्नै १८ वर्षिय छोरीलाई बलात्कार गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रशरीले जानकारी दिएको छ ।

    अझ मानिसलाई आक्रोशित बनाउने तथ्य के छ भने उनले विदेशमा बाबुछोरीबीच शारीरिक सम्बन्ध हुने गरेको भन्दै छोरीलाई जबर्जस्ती करणी गर्थे ।

    घरको इज्ज्यतका लागि भन्दै परिवारले यो घटना लुकाएको भएपनि ती उपसचिव नसुध्रिएपछि बाध्य भएर उजुरी गरेको परिवार स्रोतलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । पक्राउ उपसचिवमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    उता राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई घरमा काम गर्ने महिलाकी ७ वर्षे छोरी बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । खरेलविरुद्ध गत वैशाख १८ मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए ।

    अर्कोतर्फ बालयौन दूराचारसम्बन्धी आरोपमा पक्राउ परेका संयुक्त राष्ट्र संघका पूर्व कर्मचारी जोन पिटर डाल्गिसलाई जिल्ला अदालत काभ्रेले दोषि ठहर गरेको छ ।

    उनी पनि जेल चलान भएका छन् । क्यानेडेली नागरिक उनी सन् २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए ।

    बालबालिकाको क्षेत्रका काम गर्ने भन्दै उनले तीनै बालबालिकामाथि यौन दूराचार गर्ने गरेको अदालतको ठहर छ ।

  • नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?

    नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?

    काठमाडौं । नेपाल र मरिससबीच मंगलबार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्विट्जरल्यान्डको जेनेभामा मन्त्री गोकर्ण विष्ट र उनका मौरिससका समकक्षीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिन यी दुबै मन्त्री जेनेभा पुगेको अवसर पारी विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो ।
    मन्त्रालयका अनुसार आतिथ्य सत्कार (होटेल, रेष्टुरेन्ट) र उत्पादनमुलक क्षेत्रमा नेपाली कामदारको माग आउने छ ।

    नेपाली कामदार यसै सम्झौतामा आधारित भई मरिसस जान पाउने भएका छन् । द्धिपक्षीय समझदारी अनुसार दुवै मुलुकले पारदर्शिता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनौट र परिचालनको सिद्धान्त प्रति प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

    मरिससमा नेपाली कामदार लैजाने रोजगारदाताले सम्पूर्ण खर्च बेहोर्नेछ । अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रणमा दुबै देशले प्रतिवद्धता व्यक्त गरेका छन् ।

    नेपाली कामदारले मौरिससका नागरिकको न्यूनतम ज्याला भन्दा कम सुविधामा काम गर्नुपर्ने छैन । ज्याला, ओभरटाइम भत्ता र कामदारको न्यायको पहुँचमा विभेद नहुने गरी समझदारी भएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • शौचालयको छत भत्किदा ४ बालबालिकाको मृत्यु

    शौचालयको छत भत्किदा ४ बालबालिकाको मृत्यु

    दार्चुला । शौचालयको छत भत्किदा दार्चुलामा ४ बालबालिकाको निधन भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छानामा खेलिरहेका बालबालिकोका छाना भत्किएपछि निधन भएको प्रहरी चौकी सिप्टीले पुष्टी गरेको छ ।

    विद्यालय बन्द रहेको समयमा बालबालिका छतमा खेलिरहेको बताइएको छ । मंगलबार करीव साढे ४ बजेतिर भएको दूर्घटनामा ५ देखि ९ वर्षसम्मका बालबालिकाले ज्यान गुमाउन पुगेका हुन् ।

    शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार निरुता ठगुन्ना, अनुष्का धामी, युनिका ठगुन्ना र सुदिश धामीको शव भेटिएको थियो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

    नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

    काठमाडौं । भारतले नेपालको रेल सेवालाई भारतका विभिन्न ठाउँमा सञ्चालनका लागि अनुमति दिने भएको छ । यसअघि नेपाली रेललाई कोलकाता, हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति जनाएको थियो । अब भने यात्रुवहाक रेललाई समेत भारतले विभिन्न स्थानमा पुग्ने अनुमति दिने तयारी थालेको छ । नेपालमा रेल सञ्चालनको चर्चा परिचर्चा निक्कै हुने गरेको छ । नेपालको एकमात्र रेल सेवा केहीवर्षदेखि बन्द भएको थियो । नेपालमा जनकपुर जयनगर रेल सेवाको भन्दा पनि नेपालमा भारत र चिनियाँ रेलको चर्चा निक्कै हुने गरेको छ । त्यसो त कछुवा गतिमा भएपनि नेपाल सरकार आफैंले वर्षौदेखि निरन्तर बनाइरहेको पूर्वपश्चिम रेल मार्गको विषयमा चर्चा भने कहिल्यै हुँदैन ।
    अहिले भने नेपालको पूर्वपश्चिम रेल सेवासँगै भारतीय रेल सञ्जालमा नेपाल जोडिने कुरा उठ्न थालेको छ । तर, नेपालमा रेल छैन । पूर्वपश्चिम राजमार्गको कुल लम्बाई झण्डै ९ सय ५० किलोमिटर हुने भएको छ । पूर्वपश्चिम रेलमार्ग सरकारले राष्टिय गौरवको आयोजनाको रुपमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको रेल विभागले जनाएको छ । रेल विभागको अहिलेसम्मको अध्ययनअनुसार पूर्वपश्चिम रेलमार्ग ९ सय ४५ किलोमिटर लामो हुनेछ । यसले झापाको काँकडभिट्टालाई पश्चिमको कञ्चनपुरको गड्डाचौकीसँग जोड्नेछ ।
    रेलमार्गको वास्तविक लम्बाई भने विस्तृत परियोजना प्रतिवेदन अर्थात डिपिआर तयार भएपछि सार्वजनिक हुने भएको छ । विभिन्न खण्डमा पूर्वपश्चिम रेलमार्ग बनाइने भएको छ । विभिन्न खण्डको डिपिआरको काम सम्पन्न भैसकेको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रशा उपाध्यायले रेल विभागले निरन्तर काम गरिरहेको बताईन । महोत्तरीको बर्दिबासबाट झापाको काकडभिट्टासम्मको रेलमार्ग निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन । यो मार्ग तुलनात्मक रुपमा सजिलो समेत छ । बुट मोडलमा आयोजना बनाउन चिनियाँ पक्ष तयार छ । त्यसका लागि कन्सेप्ट पेपर तयार गरेर फेरि अर्को चरणको तलफल हुनेछ । बुट प्रणालीअन्तर्गत ३० वर्षका लागि निर्माण गरेर सञ्चालनको समय दिनेगरी चिनियाँ पक्ष काम गर्न इच्छुक रहेको स्रोतको दाबी छ ।
    बुट प्रणाली भन्नाले निर्माण गर्ने कम्पनीले लागत उठ्नेसमयसम्म आफैंले व्यवस्थापन सहित सञ्चालन गर्ने र त्यसपछि हस्तान्त्रण गर्ने हुन्छ । महोत्तरीको बर्दिबासबाट सुनसरीको इटहरी र इटहरीबाट झापाको काँकडभिट्टासम्म २ सय ५० किलोमिटर सडकको डिपिआर कोरियन कम्पनीले तयार पारेको हो । यो रेलमार्गको बनाउन प्रतिकिलोमिटर ७० करोड नेपाली रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ ।
    नेपाल सरकारले भने अहिले बनाउने प्रकृयामा रहेका पूर्वपश्चिम रेलमार्गका विभिन्न खण्डको काममा खासै ध्यान दिन सकेको छैन । चीन काठमाडौं रेलमार्ग र भारत काठमाडौं रेलमार्गको चर्चामा सरकार अल्मलिएको छ । पूर्वपश्चिम रेलमार्ग बनाउनेगरी भारत र चीनसंग कुराकानी गर्नुपर्नेमा दुवै देशको रेलमार्गले काठमाडौं जोड्ने कुरामा सरकार अल्झिएको छ । नेपालको राजधानीमा दुवै छिमेकी देशसंग पारस्परिक रुपमा रेलमार्ग जोडिनु खुसीको कुरा भएपनि तत्काल सम्भव हुने कुरालाई मुख्य प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने हुन्छ । तर त्यसो हुन सकिरहेको छैन ।
    सरकारले विकास र समृद्धिका ठूला कुरा गरेपनि त्यस अनुसारको काम गर्न सकिरहेको छैन । रेलको अवस्था पनि उस्तै भएको सरकारी अधिकारीहरु बताउँछन् । भारतीय जनसंख्यालाई आधार मानेर बनाईने रेल सेवाले भविष्यमा लागत उठाउन सजिलो हुने अपेक्षा गरिएको छ । नयाँ दिल्लीमा हालै सम्पन्न नेपाल भारतबीचको वार्तामा नेपाली रेललाई भारतका विभिन्न क्षेत्रसम्मको पहुँचका विषयमा छलफल भएको छ । सामाग्री ढुवानीका लागि कोलकातासम्मको बाटो दिने भारतले यात्रुवहाकलाई पनि विभिन्न तर निश्चित क्षेत्रमा जान दिने विषयमा प्रस्ताव गरेको रेल विभागका अधिकारीहरुले बताएका छन् ।
    दुई देशका अधिकारीको बैठक नयाँ दिल्लीमा यही जेठ २३ र २४ गते सम्पन्न भएको थियो । नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतीय पक्षले नेपाली रेललाई दुईतर्फी सञ्चालन गर्न सहमति दिएको हो । बैठकका निर्णयबारे जानकारी दिन सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केदारबहादुर अधिकारीले पारवहन सन्धिमा सहमति भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत ‘बल्क कार्गो’ ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति भएको जानकारी दिए ।
    पूर्वी नेपालको विराटनगर–जोगबनी, प्रदेश पाँचको सुनौली–नौतनवा र प्रदेश दुईको कुर्था÷इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालन भएपश्चात उक्त रुटमार्फत कार्गो ढुवानी गर्न पाउने गरी सम्झौतामा थप गरिने सहमतिसमेत भएको मन्त्रालयले जनाएको छ । बैठकले नेपाल–भारत रेल सेवा सम्झौता पाँच वर्षका लागि नवीकरण गरेको छ । त्यसैगरी नेपाल र भातीय अधिकारीबीच तेस्रो विस्तृत पुनरावलोकन बैठकमा छलफल भएका विषय समेटी पारवहन÷ढुवानी सहज बनाउन नेपालका तर्फबाट मस्यौदा पठाउने र उक्त मस्यौदालाई चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्ने सहमति भएको छ ।
    भारतीय रेल्वेबाट अनुमति प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई टुङ्गोमा पु¥याउन सरोकारवाला पक्षसँग छलफल गर्न भारतीय पक्ष सहमत भएको अधिकारीले जानकारी दिए । बैठकमा तेस्रो मुलुकबाट पारवहन ढुवानीका लािग भारतका धाम्रा र मुन्द्रा बन्दरगाह नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेल सेवा सम्झौतामा समेत ती बन्दरगाह थप गर्ने सहमति भएको छ । बैठकमा नेपालको वीरगञ्ज सुक्खा बन्दरगाहासम्म विद्युतीय रेल्वे लाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ ।
    नयाँ दिल्ली बैठकमा दुवै पक्षबीच रेल सेवा सम्झौताको चौथो बैठक छ महीनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुवै पक्षको अनुकूलतामा कूटनीतिक माध्यमबाट तय गर्ने सहमति भएको छ । तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाली पक्षको नेतृत्व आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय पक्षको नेतृत्व भारतको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले गरेका थिए । नेपालमा रेल सेवाको चर्चा परिचर्चा भैरहेपनि त्यसले व्यवहारिक कार्यान्वयन हुने अझै हुन सकेको छैन् । नेपाल सरकारले दुई छिमेकीको सहयोगमा नेपालमा रेल सेवा बिस्तार गर्ने तयारी गरेपनि मुर्तरुप भने पाउन सकेको छैन ।

  • लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

    लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

    जेठ १५ मा बजेट आयो । सरकारले बजेटलाई सकारात्मक भन्यो भने प्रतिपक्षले त्यसको विरोध ग¥यो । अहिले बजेटका विषयमा संसद्मा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । सरकार पछिल्लो समय निर्मम भयो भन्ने आरोप प्रतिपक्षको छ । सरकार जनअपेक्षा अनुसार नै काम गरेको भनिरहेको छ । तर, प्रतिपक्ष यो कुरा स्वीकार गर्न तयार छैन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड पनि सरकारको गतिविधिबाट सन्तुष्ट छैनन् । बजेटलाई पनि उनी कमजोर भनी टिप्पणी गर्छन् । खाँडसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    मुलुकमा अहिले दुई तिहाई नजिकको सरकार छ । यही सरकारले जेठ १५मा बजेट ल्यो । सरकाले यो बजेट दुईतिहाई नजिकको कम्युनिष्ट नेतृत्वको स्थायी सरकारले ल्याएको भनी बजेट राम्रो भएको तर्क गरेको छ । अहिले बजेटको विषयमा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । प्रतिपक्षीका आँखामा चाहिँ बजेट कस्तो छ ?
    यो बजेटले चालु खर्च ठूलो सङ्ख्यामा वृद्धि गरेको छ । पूँजीगत खर्च वा विकास खर्चचाहिँ यो चालु वर्षमा खर्च हुन सकेको छैन । आगामी वर्षका लागि पनि करिब एक खर्बको ऋणको भार बोकेर यो बजेट आएको छ । देशभित्र उठेको राजश्वले चालु खर्च चलाउने, विकास खर्चका लागि वैदेशिक र आन्तरिक ऋण उठाउने भनेर बजेट आएको छ । यो बजेटलाई यसरी हेर्दा पनि ऋणात्मक छ भन्न सकिन्छ । यो राम्रो कुरा होइन ।
    अहिले तत्कालको अवस्थालाई हेर्ने हो भने पनि प्रतिव्यक्ति ३६ हजार ऋणको भारी बोकाएको अवस्था देखिन्छ । यो सकारात्मक हुँदै होइन । आगामी वर्षमा यो बढेर करिब ५० हजार पुग्ने अनुमान छ ।

    भनेपछि यो बजेट तपाईंको बुझाइमा सकारात्मक छैन ?
    सकारात्मक कसरी छ भन्ने ? सकारात्मक छ भन्ने अवस्था नै छैन । बजेट भाषणसँगै मूल्यवृद्धि भएको छ । सर्वसाधारण जनताको ढाड नराम्ररी सेकेको छ । यो दुःखद कुरा हो । सर्वसाधारण जनतालाई जीवन निर्वाह गर्न मुस्किल भएको छ । सरकारले आगामी वर्षभित्रमा पाँच लाखलाई रोजगारीका अवसर सिर्जना गर्ने भनेको छ । अघिल्लो वर्ष पनि भनेको त्यही थियो । तर, परिणामले त्यस्तो देखाउन सकेन ।
    चालु वर्षको बजेटलाई हेर्ने हो भने पूर्णरुपमा असफल भएको छ । चालु वर्षकै बजेटलाई निरन्तरता दिएर बजेटको आकारलाई मात्र बढाइएको छ । यो सकारात्मक कुरा होइन । बजेट मुलुकभित्रै नयाँ रोजगारी सिर्जना गर्ने खालको, उत्पादनलाई प्रोत्साहन दिने खालको, कृषि उत्पादनलाई प्रोत्साहन दिने खालको बजेट आएको छैन । यो बजेट सरकारी कोषबाट तलब खानेहरु र अरु केहीका लागि मात्र सकारात्मक जस्तो देखिएको छ । आम नेपालीका लागि पनि यो बजेट आशा होइन पीडा थप्ने खालको आएको छ ।
    अघिल्लो वर्ष यही सरकारले वृद्धभत्ता र सरकारी कर्मचारीको तलब नबढाउँदा नेपाली काँग्रेसले नै आलोचना गरेको थियो । यो वर्ष हामीले दुबै कुरा गरेका छौं । तर, पनि काँग्रेसले आलोचना गरिरहेको छ भन्ने सरकार पक्षको आरोप छ । त्यो आरोपलाई सत्य मान्ने कि असत्य त ?
    कर्मचारीको तलब वृद्धि गर्दा तल्लो तहका कर्मचारीको २० प्रतिशत र माथिल्लो तहका कर्मचारीको १८ प्रतिशत बृद्धि गरिएको छ । बृद्धिको अनुपात पनि मिलेको छैन । एउटा कार्यालय सहयोगीको ३ हजार बृद्धि हुन्छ । अनि एउटा विशिष्ट श्रेणीका अधिकृतको ९ हजार भन्दा बढी बृद्धि हुन्छ । महंगी त विशिष्ट श्रेणीका लागि अलग्गै र कार्यालय सहयोगीका लागि अलग्गै हुँदैन । त्यसकारण पनि यो अनुपात मिल्दो भएन । थोरै तलब हुनेको थोरै र धेरै तलब हुनेको धेरै बढ्नु भनेको असमानता हो । यसले असमानता निम्त्याएको छ ।
    अर्को कुरा नेपालका करीब ५२ जिल्लामा नेपालीको औसत आयू ६५ वर्ष मन्दा मूनी छ । हिमालको काखमा रहेका र तराईको विभिन्न भूभागमा रहेका गरिबीको रेखामूनि रहेका दाजुभाई शारीरिक रुपमा पनि छिटो अशक्त हुन्छन् । यी कुरालाई ख्याल गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षदेखि बृद्धभत्ता दिने भनेर निर्णय गरेको थियो । त्यो लागु गर भनेर हामीले भनेका छौँ तर वर्षमान सरकारले मानेको छैन । संविधानलाई आधार मान्ने हो र संविधानको पूर्ण पालना गर्ने हो भने पनि त्यो व्यवस्था गर्नुपर्छ ।

    भनेपछि अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको अनुभूति दिने गरी वर्तमान सरकारले काम गर्न सकेको छैन  ?
    हो, अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा प्रवेश गरेको छ । यो अवस्थामा आम नेपालीलाई आशा–भरोसा दिने गरी काम सरकारले गर्नुपर्ने हो त्यो भएको छैन । अहिले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म भनिएको छ । त्यो अनुभूति पनि नेपाली जनताले गर्न पाएका छैनन् । अहिले स्थानीय र प्रदेश सरकारलाई स्रोत–साधनलेयुक्त बनाउनु पर्ने हो । उनीहरुको क्षमतावृद्धिमा केन्द्र सरकारले ध्यान दिनुपर्ने हो । तर, उल्टै प्रधानमन्त्री नै प्रदेश सरकार केन्द्रको मातहतमा हो भन्दै हिड्नु हुन्छ । यसले पनि थप जटिलता ल्याएको छ ।
    बजेट पनि प्रधानमन्त्रीको भनाई जस्तै आएको छ । प्रदेशले गर्ने खुद्रा मसिना काममा पनि केन्द्रबाटै बजेट छुट्याउने काम भएको छ । यो सकारात्मक होइन ।
    बजेट संघीयतामैत्री छैन । यो बजेटले संघीय, प्रदेश र स्थानीय सरकारको बीचमा तालमेल मिलाएर सबैलाई अघि बढाएर जनताका लागि घर–आगनमै सेवा–सुविधा पुर्याउने खालको बजेट भएन भन्ने नै हाम्रो बुझाइ छ ।

    दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको स्थायी सरकार सत्तापक्षको नारा भयो । यस्तो सरकारको कामकारवाहीलाई चाहिँ रचनात्मक प्रतिपक्षी भएर मूल्याङ्कन गर्दा कस्तो छ ?
    मुलुकको संविधान लोकतान्त्रिक छ । संविधान अनुसार भन्ने हो भने शासन व्यवस्था बहुलबादमा आधारीत बहुदलीय लोकतान्त्रिक प्रतिष्पर्धामा आधारीत संसदीय व्यवस्था छ । तर, चुनाव जितेपछि एकदलीय निरंकुशतालाई अघि बढाउने सोँच राखेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा हावी भयो । यसरी हेर्दा शासन व्यवस्था लोकतान्त्रिक छ । राज्यको वागडोर र सरकार चाँहि कम्युनिष्ट भयो । त्यसैले लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट शैलीको शासन मिल्दो खालको देखिएको छैन । प्रेसमाथि, मानवअधिकारमाथि, धर्म, सस्कृति, परम्परामाथि लगाउन खोजेको अंकुशले पनि यही कुराको पुष्टि गर्छ । गुठियारहरुले विधेयकको विरोध गर्दै आन्दोलन गर्दा उनीहरुमाथि प्रहरीले गरेको दमन पनि त्यसैको एउटा नमूना हो । लोकतान्त्रिक व्यवस्थामा सरकार खुला हुनुपर्ने हो तर निरंकुश बन्न खोज्दा समस्या भएको छ । नागरिक मुलुकका मालिक हुन । यो भावनाले काम गर्नुपर्ने हो तर सरकारले अहिले रैतीको जस्तो व्यवहार गर्न खोज्दा समस्या भएको छ ।

    अहिले दिनहुँ तपाईंहरुले संसद् अवरुद्ध गर्दै आउनुभएको छ । यसरी सत्तापक्षलाई आरोप लगाउँदै गर्दा तपाईंहरुको पनि त कमजोरी त होलान् अनि संसद् नै अवरुद्ध गरेर त कसरी समृद्ध नेपाल बन्ला र होइन ?
    हामीले रहरले संसद् अवरुद्ध गरेको होइन । हेर्नुहोस् न पछिल्लो समय सरकारले एकपछि अर्को गर्दै गलत काम गर्दै आएको छ । मिडिया काउन्सिल विधेयक हेर्नुहोस्, गुठी विधेयक हेर्नुहोस् । गुठियारहरुलाई नै गुमराहमा राख्ने खालको विधेयक आएको छ । यसरी हेर्दा हरेक कुरा आलोचना गर्ने खालका भएका छन् । सरकारले हामीले भनेको नमानेपछि अन्तिम निर्णय गर्ने थलो संसद्मा हामीले हाम्रा आवाज बुलन्द बनाएका हौँ । सत्तापक्ष नै संसद्प्रति जवाफदेही छैन । अर्को कुरा प्रधानमन्त्री नै दिनहुँ प्रतिपक्ष कहाँ छ ? प्रतिपक्ष कहाँ छ ? भनेर भन्नुहुन्छ । उहाँहरुलाई बुलन्द दबाब नदिएसम्म नदेख्ने भएकाले पनि हामीले हाम्रो आवाजलाई बुलन्द बनाउन खोजेका मात्रै हौँ । सरकारले हामीले आम नागरिकले बोलेका कुराहरुलाई ध्यान दिने हो भने हामीलाई संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण नै छैन । हामी अवरोध गर्नु नपरोस् भन्ने चाहन्छौँ । तर, सरकार चाहिँ अवरोध होस् नै भन्ने चाहन्छ । सरकारले शैली नसच्याउने हो भने झन् समस्या थपिने निश्चित छ । सरकार समयमै सचेत भएको राम्रो ।