राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

President Donald Trump signs the funding bill to reopen the government, in the Oval Office of the White House, Wednesday, Nov. 12, 2025, in Washington. (AP Photo/Jacquelyn Martin)

वासिङ्टन, २८ कात्तिक (रासस–एपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए । यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो… Continue reading राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

थारू महिलाको पौरख :नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा ९बाँके०, २८ कात्तिक । नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारू महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगञ्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ ।… Continue reading थारू महिलाको पौरख :नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

काठमाडौं, २८ कात्तिक २०८२ । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको… Continue reading भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर), २८ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्थे ।उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”,… Continue reading युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

सवा करोड लागतमा कुमारी घरको छानो जीर्णोद्धार गरिने

काठमाडौँ, २८ कात्तिक । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२–८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको… Continue reading सवा करोड लागतमा कुमारी घरको छानो जीर्णोद्धार गरिने

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

काठमाडौँ, २७ कात्तिकः नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता… Continue reading नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

काठमाडौँ, २७ कात्तिकः नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ । स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो । स्काउटको अनुरोधमा महानगर प्रहरी बलको… Continue reading लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

file

म्याग्दी, २७ कात्तिकः कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ”, उनले भने… Continue reading कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

राष्ट्रिय समाचार समिति (रासस)दोधारा चाँदनी (कञ्चनपुर), २७ कात्तिकः भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना… Continue reading दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

In this photograph taken on October 23, 2025, products of Carew and Co. distillery are pictured in Darsana, in the southwestern part of Bangladesh. Syrupy aromas drift across the guarded compound of Bangladesh's only licensed distillery, a state-owned producer posting record profits in the Muslim-majority nation, where Islamists are staging a political comeback. That's a surprising success in a country where the vast majority of the 170 million people are barred from buying its products. (Photo by Rehman ASAD / AFP) / To go with 'Bangladesh-Politics-Drink' FOCUS by Mohammad MAZED

दारसाना (बङ्गलादेश), (रासस\एएफपी) । हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ । सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ । यसलाई देशको कठोर मदिरा नीति र सामाजिक… Continue reading बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित कुलेखानी जलाशय (इन्द्रसरोवर ताल) र आसपासका क्षेत्र । कुलेखानी जलविद्युत परियोजनाका लागि बनाईएको मानवनिर्मित सबै भन्दा ठूलो ताल अहिले पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ । तस्बिर: हरिराम भेटुवाल / रासस

काठमाडौँ, २६ कात्तिकः बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१\८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता… Continue reading यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

२६ कात्तिक, ढोरपाटन । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि… Continue reading हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

मनसुनः औसतभन्दा बढी बर्षा, जनधनको क्षति कम

काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको… Continue reading मनसुनः औसतभन्दा बढी बर्षा, जनधनको क्षति कम

सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

काठमाडौँ, २६ कात्तिकः दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम… Continue reading सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

Photo : spotlightnepal

काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका… Continue reading मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

महानगर धुलोमुक्त बनाउँदै कामपा

तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, २६ कात्तिक । काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्र बनाएको छ । उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेले जानकारी दिए । कामपा वडाबाट आएको मागका आधारमा काम गरिने… Continue reading महानगर धुलोमुक्त बनाउँदै कामपा

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

rss

काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव… Continue reading वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै

सुवास दर्नाल/रासस सोलुखुम्बु, २५ कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल… Continue reading सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी, २५ कात्तिक । मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका… Continue reading कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभीसँग भएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको… Continue reading सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा… Continue reading क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

स्थानीय स्तरमा उन्नत जातका धानखेतीतर्फ आकर्षण

गलेश्वर (म्याग्दी) २५ कात्तिकः गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् । धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ । करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने… Continue reading स्थानीय स्तरमा उन्नत जातका धानखेतीतर्फ आकर्षण

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

RSS

वासुदेव पौडेल–कृष्ण दवाडीगण्डकी, २४ कात्तिक (रासस) । आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ्रे काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ्रै गाउँपालिका–६ मा पर्दछ । प्रकृतिकसँगै ऐतिहासिक… Continue reading नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

पाँच वर्षमा छ पटक ठेक्का म्याद थप, बल्ल सुरु भयो कालोपत्रे

गलकोट (बागलुङ), २४ कात्तिक । निर्माण व्यवसायीको लापर्वाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् । हाल भने धमाधम ‘ग्राभेल’ भइरहेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा… Continue reading पाँच वर्षमा छ पटक ठेक्का म्याद थप, बल्ल सुरु भयो कालोपत्रे

आगजनी गरिएको भाटभटेनीको भवन भत्काउँदा दुई मजदुर गम्भीर घाइते

२३ कात्तिक, काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका हुन् । घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको… Continue reading आगजनी गरिएको भाटभटेनीको भवन भत्काउँदा दुई मजदुर गम्भीर घाइते

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

file

महादेव अवस्थी–राससदोधारा चाँदनी (कञ्चनपुर), २३ कात्तिक । यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आए । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उनमा थियो । आफ्नै घर छेउबाट… Continue reading महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने

(Photo by Mandel NGAN / AFP)

वाशिङ्गटन, २३ कात्तिक (रासस–एएफपी) ।दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ हुने जी–२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी उपस्थित नहुने बताएका छन् । दक्षिण अफ्रिकाले राष्ट्रपति ट्रम्पको आरोपलाई खण्डन गरेको छ। ट्रम्पले सेप्टेम्बरमा उपराष्ट्रपति जेडी भान्स यस महिनाको अन्त्यमा उनको सट्टा बैठकमा सहभागी हुने बताएको भए पनि… Continue reading दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने

रासायनिक मल किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : कृषि मन्त्री

वीरगञ्ज (पर्सा), २३ कात्तिक । कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन् । शनिबार पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उनले रासायनिक मल… Continue reading रासायनिक मल किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : कृषि मन्त्री

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

राससमुस्ताङ, २३ कात्तिकः एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो । बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ… Continue reading हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

‘लाइटिङ’ प्रणालीमा समस्या आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा

काठमाडौँ, २२ कात्तिकः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रनवे लाइटिङ’ प्रणालीमा प्राविधिक समस्या आएपछि बन्द भएका हवाई उडान अहिले सञ्चालन भएको छ । आज साँझ ५ः३० बजेदेखि धावनमार्ग ९रनवे० को ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा समस्या आएपछि बन्द भएका हवाई उडान अहिले नियमित सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिए । उनले भने, “रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा… Continue reading ‘लाइटिङ’ प्रणालीमा समस्या आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा