आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ, १६ असारः यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर(चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी… Continue reading आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

तानसेन (पाल्पा), १६ असारः एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् । “हँ हँ माले हँ हँ, हँ हँ तारे गर्दै असार र साउन महिनामा खेतमा गोरु कुदाउने गर्थे, अघिअघि हली पछिपछि रोपाराले गीत गाउँदै खेत जोत्ने… Continue reading पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५–७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ । आयोगले… Continue reading भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

धान दिवसका अवसरमा टोखाको लबु खेतमा रोपाइँ गर्दै रोपाहार काठमाडौँ, १५ असार : काठमाडौँको टोखा नगरपालिका कृषि विकास शाखाले सोमबार टोखा–२ स्थित लबु खेतमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ मा रोपाइँ गर्दै रोपाहार । तस्बिर : हरिराम भेटुवाल/रासस

भक्तपुर, १५ असार । आज असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान… Continue reading एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

खेतमा हिलो खेलेर रमाउँदै विद्यार्थी काठमाडौँ, १५ असार : काठमाडौँको टोखा नगरपालिका कृषि विकास शाखाले सोमबार टोखा–२ स्थित लबु खेतमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ का अवसरमा खेतको हिलोमा रमाउँदै विद्यार्थीहरू । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, १५ असार । बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । टोखाका स्थानीय कृषक… Continue reading बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

File : TOPSHOT - Vehicles move along a highway near Tehran's landmark Azadi (Freedom) Tower in Tehran on February 23, 2026. The 45-metre-tall marble-clad Azadi Tower, formerly known as Shahyad Tower (Shah's Memorial Tower'), was commissioned by Mohammad Reza Pahlavi, the last Shah of Iran, to mark the 2,500-year celebration of the Persian Empire, and completed in 1971. It was erected at the westernmost entrance to the city of Tehran. (Photo by ATTA KENARE / AFP)

बग्दाद, १५ असार (रासस–एएफपी) । इराकी सुरक्षा निकायले भ्रष्टाचार विरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । हालै प्रधानमन्त्री नियुक्त हुनुभएका अली अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी… Continue reading भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

काठमाडौँ, १५ असारः राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन् ।आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उनले भने, “कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास… Continue reading जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

काठमाडौँ, १५ असार स् पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ । तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो । ‘समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने… Continue reading पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके), १५ असारः यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ । असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाउनुभयो । “वैकल्पिक सिँचाइ वा पानी… Continue reading बाँकेमा खेतका फाँट धुलाम्मे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

file

झापा, १५ असारः असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ । भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा… Continue reading बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

rss

काठमाडौँ, १५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि… Continue reading असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की,१४ असार । पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि हिलोमा उत्रिए । पर्यटक अनुहार र शरीरभर हिलो दलेर… Continue reading असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

RSS

काठमाडौँ, १४ असारः प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए । “विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर… Continue reading प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

तस्बिर : अजितकुमार झा\रासस

राष्ट्रिय समाचार समिति (रासस)जनकपुरधाम, १४ असार । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उहाँलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आउनुभएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त हुनुभएको… Continue reading मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

RSS

काठमाडौँ, १४ असारः प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा विधेयक स्वीकृत भएको हो । सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि सङ्घीय संसद्को विधेयक शाखामा पेस गर्न आग्रह… Continue reading सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

काठमाडौँ, १४ असारः कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ । विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।” महानिर्देशक डा दाहाल… Continue reading कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

घर्तीभिरको चट्टान फुटाइयो

खोटाङ, १४ असारः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास… Continue reading घर्तीभिरको चट्टान फुटाइयो

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौँ, १४ असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि… Continue reading कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

file

फिक्कल (इलाम), १४ असारः वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो… Continue reading पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

धरान (सुनसरी), १३ असारः धरान उपमहानगरपालिका-८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरे । सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो । कूल रु ३३ करोड ७० लाख… Continue reading धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १३ असारः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे । साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र… Continue reading श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा

राम थापा–राससगण्डकी, १३ असारः मनसुन सुरु भएसँगै देशका अधिकांश पर्यटकीय गन्तव्यको चहलपहल घट्न थाल्छ । वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मान्ने धारणा अझै पनि बलियो छ तर बागलुङको ढोरपाटनमा भने यही मौसम पर्यटकीय गतिविधिको अर्को याम प्रारम्भ हुन्छ । हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका बुकी, रङ्गीचङ्गी भुइँफूल र गोठसम्म पुग्ने पदमार्गले मनसुनमा पदयात्राको छुट्टै आकर्षण सिर्जना… Continue reading मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

राष्ट्रिय समाचार समिति (रासस)ल्हासा, १३ असारः नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले हालै आयोजना गरेको कार्यक्रममा चीनको सिचाङ स्वायत्त क्षेत्रीय जन सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ, सिचाङ सरकारका विभिन्न निकायका उच्च अधिकारी, नेपालमा… Continue reading नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ, १३ असारः साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन् । साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उनले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गरेका हुन् । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले… Continue reading साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

तस्बिर : अजितकुमार झा\रासस

बेलबारी (मोरङ), १३ असारः मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् । जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन… Continue reading मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

TOPSHOT - Two people ride a motorcycle past a heavily damaged apartment building with its facade torn open following an earthquake in Catia La Mar, La Guaira state, about 30 km northwest of Caracas, on June 25, 2026. A twin earthquake that was Venezuela's largest in over a century has killed at least 164 people and destroyed multiple buildings near the capital, where residents searched on June 25 for missing relatives. (Photo by Juan BARRETO / AFP)

ला गुआइरा (भेनेजुएला), १२ असार (रासस–एएफपी) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ… Continue reading भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ, १२ असारः पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले… Continue reading उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

भनेनेजुएला भूकम्पः रुबियोद्वारा ‘छिटो र प्रभावकारी’ सहयोगको प्रतिबद्धता

Rescue workers search through the rubble after an earthquake in La Guaira, Venezuela, Thursday, June 25, 2026. (AP Photo/Pedro Mattey)

मनामा, १२ असार (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा गएको दुई ठूला भूकम्पमा १६४ जनाको ज्यान गएको घटनामा संयुक्त राज्य अमेरिकाले ‘सम्पूर्ण सरकार स्तर’को सहयोग दिने बताएका छन् । उनले बिहीबार भने, “यो भूकम्पले राजधानी नजिकैका धेरै भवनहरू ध्वस्त बनाएको छ र बासिन्दाहरू हराएका आफन्तहरूको खोजीमा छन्।” रक्षा मन्त्रालयले यहाँ ठूलो व्यवस्थापकीय भूमिका खेल्नुपर्ने… Continue reading भनेनेजुएला भूकम्पः रुबियोद्वारा ‘छिटो र प्रभावकारी’ सहयोगको प्रतिबद्धता

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १२ असारः प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक… Continue reading प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

A man walks among the rubble of a building that collapsed in earthquakes the previous day in La Guaira, Venezuela, Thursday, June 25, 2026. (AP Photo/Pedro Mattey)

भ्याटिकन सिटी, १२ असार (रासस–एएफपी) । पोप लियो चौधौँले भूकम्प प्रभावित भेनेजुएलालाई ‘प्रारम्भिक’ आपतकालीन सहायताको रूपमा एक लाख युरो (करिब एक लाख १४ हजार अमेरिकी डलर) पठाएको भ्याटिकनले बिहीबार जनाएको छ । यो रकम पोपको परोपकारी कार्य र कठिनाइमा परेका जनतालाई सहायता पु¥याउने भ्याटिकनको कार्यालय एपोस्टोलिक अल्मोन्री बाट उपलब्ध गराइएको हो। “यो ‘प्रारम्भिक रहयोग’ ले… Continue reading पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता