भ्याटिकन सिटी, १२ असार (रासस–एएफपी) । पोप लियो चौधौँले भूकम्प प्रभावित भेनेजुएलालाई ‘प्रारम्भिक’ आपतकालीन सहायताको रूपमा एक लाख युरो (करिब एक लाख १४ हजार अमेरिकी डलर) पठाएको भ्याटिकनले बिहीबार जनाएको छ । यो रकम पोपको परोपकारी कार्य र कठिनाइमा परेका जनतालाई सहायता पु¥याउने भ्याटिकनको कार्यालय एपोस्टोलिक अल्मोन्री बाट उपलब्ध गराइएको हो। “यो ‘प्रारम्भिक रहयोग’ ले… Continue reading पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
Category: अर्थतन्त्र
ओपेकलाई उत्पादन कोटा बढाउन बग्दादको आग्रह
बग्दाद, १२ असार (रासस–एएफपी) । बग्दादले तेल उत्पादक राष्ट्रहरूको समूह (ओपेक) लाई इराकको तेल उत्पादन कोटा बढाउन आग्रह गरेको इराकको पेट्रोलियम पदार्थमामिला हेर्ने मन्त्रालयले बिहीबार बताएकोे छ। यसमा देशको तेल उद्योगलाई इतिहासका द्वन्द्वहरू र हालको क्षेत्रीय युद्धले पु¥याएको क्षतिलाई ध्यानमा राखिएको छ । अन्य तेल उत्पादक देशहरू जस्तै, ओपेकको संस्थापक सदस्य इराक पनि मध्यपूर्व युद्धबाट… Continue reading ओपेकलाई उत्पादन कोटा बढाउन बग्दादको आग्रह
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
टिकाराम सुनार–रासस सुदूरपश्चिम, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही… Continue reading जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
भक्तपुर, ११ असार । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए । बर्डफ्लु… Continue reading भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
काभ्रेपलाञ्चोक, ११ असारः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी भइरहेको छ । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो । पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको… Continue reading विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
काठमाडौँ, ११ असारः किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी… Continue reading देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
काठमाडौँ, ११ असारः राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो ।
भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी
नयाँदिल्ली, ११ असार (रासस–एएफपी) । भारतले संयुक्त राज्य अमेरिकासँग जारी व्यापार वार्तामा भएको प्रगतिलाई सकारात्मक रूपमा लिँदै यसलाई सम्भावित व्यापार सम्झौतातर्फको महत्वपूर्ण कदम भएको जनाएको छ । यद्यपि दुवै पक्षबीच केही विषयमा अझै सहमति हुन बाँकी रहेकाले अन्तिम सम्झौता भने सम्पन्न भइसकेको छैन । भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत भ्रमणमा रहेका अमेरिकी व्यापार… Continue reading भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
पाल्हीनन्दन (नवलपरासी पश्चिम), १० असारः बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन् । लामो समयदेखि वर्षा नहँुदा पानीको हाहाकार भएको, गर्मी अत्यधिक बढेको र धानखेतमा धाँजा फाटी रोपेका बिरुवा सुक्न थालेपछि स्थानीय किसान चिन्तित देखिएका हुन् । खेतमा धाँजा फाटी लगाइएका धानका… Continue reading बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
काठमाडौँ, १० असारः देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०।४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा… Continue reading देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी
राससकाठमाडौँ, १० असारः निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ । सो संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको विश्लेषण… Continue reading प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी
ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
पाटन (ललितपुर), १० असारः ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि रु सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ रु तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ रु चार अर्ब २३ करोड… Continue reading ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
डलरको दबाबमा येन
टोकियो, १० असार (रासस–एएफपी) । अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सङ्केत दिएको छ । अर्थमन्त्री सात्सुकी कातायामाले मङ्गलबार टोकियो आवश्यक परे ‘दृढ कदम’ चाल्न तयार रहेको बताएका छन् । मध्यपूर्वमा जारी तनाव, अमेरिका र जापानबीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक… Continue reading डलरको दबाबमा येन
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
मिला दरै / रासस डुम्रे (तनहुँ), १० असारः “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यतिबेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गर्नुभयो । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको… Continue reading सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने
ललितपुर, ९ असारः ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो । महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक… Continue reading ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने
धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार
राससकाठमाडौँ, ९ असार । देशभरका स्थानीय तहहरूले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा आजसम्म ५५ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको भए पनि मन्त्रालयको पोर्टलमा अपलोड नगरेका कारण… Continue reading धमाधम बजेट प्रस्तुत गर्दै स्थानीय सरकार
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट
दुबई, ९ असार (रासस–एपी) । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन… Continue reading ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
राससजनकपुरधाम, ९ असारः नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको लगानीका बाबजुद धनुषाको सहिदनगर नगरपालिका–५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार खुला स्थानमा शौच गर्न बाध्य छन् । सो… Continue reading दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
लेखनाथ (कास्की), ९ असारः पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका… Continue reading भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
राष्ट्रिय धान दिवसका लागि महानिर्देशक सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन
काठमाडौँ, ८ असार । कृषि विभागले यही असार १५ गते २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्ने भएको छ । विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको हो । महोत्सवका अवसरमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिने… Continue reading राष्ट्रिय धान दिवसका लागि महानिर्देशक सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता
काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमूना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई… Continue reading दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता
कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
काठमाडौँ, ८ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा… Continue reading कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
राम थापा–राससगण्डकी, ८ असार । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा… Continue reading अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
आर्थिक गणनामा केही प्रतिष्ठानले विवरण दिन नमानेको खुलासा
काठमाडौँ, ८ असारः सरकार र निजी क्षेत्रका सबै छाता संस्थाहरूको समन्वय र सहयोगमा सञ्चालन भएको ‘आर्थिक गणना,२०८२’ मा केही उद्योग तथा व्यवसायिक प्रतिष्ठानले सूचना दिन अस्वीकार गरेका छन् । राष्ट्रिय अभियानका क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरेको आर्थिक गणनामा केहीले जानकारी नपाएर तथा केहीले तथ्याङ्कको गोपनीयताप्रति विश्वस्त नभएको भन्दै तथ्याङ्क उपलब्ध गराउन अस्वीकार गरेका हुन्… Continue reading आर्थिक गणनामा केही प्रतिष्ठानले विवरण दिन नमानेको खुलासा
राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी… Continue reading राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
बैङ्कक, ८ असार (रासस–सिन्ह्वा) । उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शनिबार चियाङ राई प्रान्तस्थित तीन दशमलव चार किलोमिटर लामो दोई लुआङ सुरुङमा भएको हो । उक्त सुरुङ डेन चाइ–चियाङ राई–चियाङ खोङ रेलमार्ग परियोजनाअन्तर्गत निर्माणाधीन… Continue reading उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप ग¥यो
क्यानबेरा, ८ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएका हुन् । हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा… Continue reading अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप ग¥यो
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
म्याग्दी, ८ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गरेका हुन् । पुर्खाले बनाएको पुरानौ शैलीको मौलिक घरलाई मर्मत गरेर पुनले सञ्चालन गरेको घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरेका छन् । “करिब एक दशक रोजगारीका लागि इराक… Continue reading दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
काभ्रेपलाञ्चोक, ८ असारः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ ।उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्यालयले नै गर्ने भएको हो । यसका लागि गाउँपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको छ । यसअघि जिल्लास्थित नापी र मालपोत कार्यलयका कर्मचारीले… Continue reading भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै
राससरसुवा, ७ असारः स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो । उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि… Continue reading स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै