२ असोज, काठमाडौं । राजनीतिक परिवर्तनका कारण शेयर बजारका लगानीकर्ता भयवित देखिएका छन् । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरोलो लागेपछि आजका लागि बजार बन्द भएको छ । कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो… Continue reading राजनीतिक परिवर्तनबाट भयवित शेयर बजार, तेस्रो सर्किट लाग्दै बजार १२ बजे नै स्थगित
Category: अर्थतन्त्र
तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन
२ असोज, मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने… Continue reading तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन
अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट
एजेन्सी२ असोज, टोकियो । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्याङ्क बुधबार सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा… Continue reading अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट
बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान सङ्कटमा
एजेन्सी२ असोज, पञ्जाव । खेतहरू पानीले भरिएका छन् तर धान खैरो र सुकेको छ । सडेको बाली र गाईवस्तुको दुर्गन्धले हावा गन्हाएको छ ।यस वर्षको रेकर्ड मनसुनी वर्षाले भारतको अन्न भण्डार पञ्जाबलाई तहसनहस पारेको छ । लन्डन र न्युयोर्क सहरको संयुक्त आकार बराबरको खेतीयोग्य जमिन बाढीले डुबाएको छ । भारतका कृषि मन्त्रीले ‘बालीहरू पूर्णतया नष्ट’… Continue reading बाढीले पञ्जाबको अन्न भण्डार ध्वस्त, किसान सङ्कटमा
फेडद्वारा सन् २०२५ को पहिलो ब्याजदर कटौतीको तयारी
एजेन्सी२ असोज, वासिंटन डिसी । अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ)ले बुधबार सन् २०२५ को पहिलो ब्याजदर कटौती गर्ने तयारी गरेको छ । यसले बढ्दो राजनीतिक दबाब र सम्भावित विभाजनका साथ अगाडि बढ्ने बाटोमा प्रतिस्पर्धी शक्तिहरूको आलोचना खेप्नुपरेको छ । फेडले आफ्नो दुई दिने नीति समीक्षा बैठकको अन्त्यमा दरहरू घटाउने कुरामा करिब सकारात्मक देखिएको छ ।… Continue reading फेडद्वारा सन् २०२५ को पहिलो ब्याजदर कटौतीको तयारी
कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने
एजेन्सी२ असोज, काठमाडौं । कतार लगानी प्राधिकरणले बुधबार उप–सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ । खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी पूरा भएपछि इभान्हो माइन्सको लगभग चार प्रतिशत स्वामित्व राख्नेछ क्यूआईएले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । कतारी कोषका प्रमुख कार्यकारी मोहम्मद… Continue reading कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
२ असोज, बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका… Continue reading पहिरोले महाकाली राजमार्ग अवरुद्ध
भविष्यमा हुनसक्ने रोगबारे पूर्वानुमान गर्न वैज्ञानिकहरूले एआई मोडललाई तालिम दिँदै
एजेन्सी२ असोज, काठमाडौं । वैज्ञानिकहरूले एक एआई मोडेल सिर्जना गरी वर्षौं पहिले नै चिकित्सा निदानको उपायका लागि सक्षम हुन उनीहरूले च्याटजिपिटीजस्ता एआई प्रविधिलाई तालिम दिइरहेको बताएका छन् । ‘नेचर’ जर्नलमा प्रकाशित एक शोधपत्रमा डेल्फी–टु एम एआईले भविष्यमा हुनसक्ने एक हजारभन्दा बढी रोगको पूर्वानुमान गर्ने बताइएको हो । अनुसन्धानकर्ताहरूले बेलायतको ‘यूके बायो बैङ्क’को तथ्याङ्कमा आधारित नमूनाहरूलाई… Continue reading भविष्यमा हुनसक्ने रोगबारे पूर्वानुमान गर्न वैज्ञानिकहरूले एआई मोडललाई तालिम दिँदै
सुनसान ‘कर्लिम गाउँ’
२ असोज, ढोरपाटन । “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन् । उनलाएै अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ । कुनै बेला… Continue reading सुनसान ‘कर्लिम गाउँ’
‘चाडपर्व छोडेर काम खोज्न भारत’
२ असोज, दोधारा चाँदनी । हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसँैको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो… Continue reading ‘चाडपर्व छोडेर काम खोज्न भारत’
धार्मिक तथा सांस्कृतिक सम्पदा जगेर्नामा जोड
२ असोज, टक्सार । विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् । टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्,… Continue reading धार्मिक तथा सांस्कृतिक सम्पदा जगेर्नामा जोड
कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण
२ असोज, गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार… Continue reading कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण
आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध
१ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो । त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले आज एक सूचना प्रकाशित… Continue reading आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध
तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण
१ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भइ क्षतिग्रस्त सङ्घीय संसद् भवन आज तीन मन्त्रीले निरीक्षण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै अर्थमन्त्री खनालले भने, “प्रदर्शनकारीको आगजनीबाट… Continue reading तीन मन्त्रीद्वारा सङ्घीय संसद् भवन निरीक्षण
मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन
१ भदौ, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज ललितपुर–१८ भैँसेपाटीस्थित मन्त्री निवासको अवलोकन गरेका छन् । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मन्त्री आवासमा आगजनी भएको थियो । मन्त्री घिसिङले अवलोकनपछि तत्काल निर्माण गर्न सकिने संरचनाका लागि काम सुरु गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मन्त्री निवासमा… Continue reading मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन
सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि
एजेन्सी१ असोज, कोलम्बो । सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ । यो तथ्याङ्क श्रीलङ्का सेन्ट्रल बैंकले सङ्कलन गरेको पछिल्लो खरिद प्रबन्धक सूचकाङ्क (पिएमआई) मा सार्वजनिक गरिएको हो । सेवा क्षेत्रको पीिएमआई अगस्टमा ६८.९ मा पुगेको छ । यसले सेवा गतिविधिमा बलियो विस्तार भएको सङ्केत गर्दछ । यस… Continue reading सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि
स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत
एजेन्सी१ असोज, काठमाडौं । उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पु¥याएको छ । अर्थमन्त्री कार्लोस कुएर्पोले पत्रकार सम्मेलनमा यसलाई ‘सावधानीपूर्वक गरिएको अनुमान’ भन्दै देशको अर्थतन्त्र बलियो अवस्थाबाट अघि बढिरहेको टिप्पणी गरे । “यो संशोधनले हाम्रो अर्थतन्त्रको मजबुती पुष्टि गर्छ,” उनले… Continue reading स्पेनको अर्थतन्त्रमा सुधार, वृद्धि अनुमान २.७ पूतिशत
पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध
१ असोज, काठमाडौं । आज पहिरोका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकोमा बिहान साढे ८ बजेबाट सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको गगनेखोला क्षेत्रमा… Continue reading पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध
कोराला नाका चल्दा व्यवसायी उत्साही
१ असोज, म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि… Continue reading कोराला नाका चल्दा व्यवसायी उत्साही
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै… Continue reading बिहीबारदेखि पुनः शेयर कारोबार हुने
कर तिर्ने समय एक महिना थप
३१ भदौ, काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ । छिट्टै राजपत्रमा सूचना प्रकाशित हुन्छ”,… Continue reading कर तिर्ने समय एक महिना थप
कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय
३१ भदौ, काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज यहाँ भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिबाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको… Continue reading कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय
निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री… Continue reading निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो
३१ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ… Continue reading सुनको मूल्य तोलाको दुई लाख १७ हजार पुग्यो
ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब
एजेन्सी३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत बिषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गरेका छन् । आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै… Continue reading ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब
टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति
एजेन्सी३१ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल पोष्ट गर्दै प्रसिद्ध सामाजिक सञ्जाल टिकटकको नाम नलिईकन भनेका छन्, “एउटा निश्चित कम्पनीसँग सम्झौता… Continue reading टिकटकको स्वामित्वमा चीनसँग अमेरिकाको सैद्धान्तिक सहमति
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
३१ भदौ, काभ्रे । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय… Continue reading असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड बराबरको विदेशी मुद्रा
३१ भदौ, काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ… Continue reading विद्यार्थीसँगै विदेशियो विदेशियो १४ अर्ब ३१ करोड बराबरको विदेशी मुद्रा
साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक
३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति चार दशमलव… Continue reading साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक
२८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति
३१ भदौ, काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत… Continue reading २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति