काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १ः१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए । तामाकोसी नदीमा आएको… Continue reading खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा
Category: अर्थतन्त्र
एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो… Continue reading एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट
प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल
काठमाडौं । सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना… Continue reading प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल
अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज वासिङ्टन डिसीमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन… Continue reading अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस
इजरायलमा तत्काल नेपाली श्रमिक नपठाइने
काठमाडौं । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जीटूजी प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको… Continue reading इजरायलमा तत्काल नेपाली श्रमिक नपठाइने
चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो
काठमाडौं । चाडबाड मुखमा वस्तु आयात सामान्यतया बढ्ने गर्छ । तर, कोभिड महामारीयता यसो हुन सकेको छैन । यसपालि चाडबाड मुखमा समेत आयात बढेन बरु घट्यो । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ । असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको… Continue reading चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो
महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, के होला निर्णय ?
काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमा आज सकिँदैछ । प्राधिकरणले यसबारे निर्णय गर्न बोर्ड बैठक बोलाएको छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान नौ बजे बोलाइएको छ । ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर,… Continue reading महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, के होला निर्णय ?
प्रधानमन्त्री ओलीले यसरी सुनाए तीन महिनामा गरेका कामको फेरहस्ती (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइएको दावि गरेका छन् । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु प्नि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो’, प्रधानमन्त्रीले भने । १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस… Continue reading प्रधानमन्त्री ओलीले यसरी सुनाए तीन महिनामा गरेका कामको फेरहस्ती (पूर्णपाठ)
यस वर्ष कस्तो रहनेछ विश्व अर्थतन्त्र ?
काठमाडौं । यस वर्ष विश्वको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने भएको छ । सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमान छ । आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान गरेको… Continue reading यस वर्ष कस्तो रहनेछ विश्व अर्थतन्त्र ?
अमेरिका पुगे अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे । मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै… Continue reading अमेरिका पुगे अर्थमन्त्री पौडेल
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले सय दिनमा कमजोर प्रदर्शन गरिरहेको छ । यसको सर्वत्र आलोचना भइरहेको छ… Continue reading प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक
ट्रम्पका एक मतदातालाई प्रतिदिन १० लाख डलर दिने अर्बपति व्यापारी मस्कको अभियान किन विवादित ?
काठमाडौं । अर्बपति व्यापारी इलोन मस्कले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक हुन सक्ने ठानिएका राज्यका मतदातामध्ये एक जनालाई दैनिक १० लाख अमेरिकी डलर वितरण गर्ने घोषणा गरेका छन्। उनको यो निर्णय विधानसम्मत छ कि छैन भनेर प्रश्न उठेको छ। अमेरिकामा नोभेम्बर ५ मा निर्वाचन हुन लागेको छ। मस्कले राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन… Continue reading ट्रम्पका एक मतदातालाई प्रतिदिन १० लाख डलर दिने अर्बपति व्यापारी मस्कको अभियान किन विवादित ?
विपद्मा ज्यान गुमाएका परिवारलाई दिइयो नगद राहत
काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो । विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको… Continue reading विपद्मा ज्यान गुमाएका परिवारलाई दिइयो नगद राहत
तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने
काठमाडौं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने निर्णय गरेको हो । तारे होटल र सबै रिसोर्टमा प्लास्टिकजन्य बोतलमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल… Continue reading तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने
भिस्ताराको जहाजमा भेटिएन शंकास्पद वस्तु
काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टाता एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्ताराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ । जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु नभेटिएएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् । भारतको एउटा… Continue reading भिस्ताराको जहाजमा भेटिएन शंकास्पद वस्तु
जब भिस्ताराको जहाजमा बम राखेको हल्ला चल्यो..
काठमाडौं । दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला चलेको छ । यससङ्गै नेपाली सेनाले सर्च थालेको छ । काठमाडौं विमानस्थलमा उडान अवतरण रोकिएको छ । काठमाडौं विमानस्थलमा यो जहाजमा बम रहेको खबर नयाँ दिल्लीबाट आएको बताएको छ ।
बाढीले भत्काएको सिन्धुली पुलमा बेलिब्रिज सञ्चालन, सेनालाई सम्मान
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन् । असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनले सम्मान गरेका हुन् । मंगलबार बिपी राजमार्ग… Continue reading बाढीले भत्काएको सिन्धुली पुलमा बेलिब्रिज सञ्चालन, सेनालाई सम्मान
ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै
काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने… Continue reading ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै
रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी
काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनका बेला सम्झौता भएको ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अस्ट्रेलियाली लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधा सम्पन्न रारा रिसोर्ट खोल्न नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको लगानीकर्ताले जानकारी दिएका छन् । उक्त रिसोर्ट निर्माणका लागि… Continue reading रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी
विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो
काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा… Continue reading विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो
अर्थमन्त्री आज राती अमेरिका उड्दै
काठमाडौं । उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् ।डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम छ । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।
बागलुङको छूर्पी अमेरिका निर्यात
काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार… Continue reading बागलुङको छूर्पी अमेरिका निर्यात
खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै
काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावर आपतकालीन पुनर्स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोसी नदीमा आएको बाढीले रामेछाप मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर)… Continue reading खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै
हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति
काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले समितिको कार्यसर्त समेत स्वीकृत गरेको छ । समिति सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा… Continue reading हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति
अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भन्दै यसले नै लाइसेन्सको काम गर्ने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल… Continue reading अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने
मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव
काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए । ‘सरकारले सधैं… Continue reading मलेसियामा बढ्यो कामदारको न्यूनतम तलव
सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको छ । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । जिल्ला प्रहरी कार्यालय, कास्कीले… Continue reading सहकारी ठगी आरोपमा रास्वपा सभापति लामिछाने पक्राउ
संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?
काठमाडौं । १२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस… Continue reading संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?
नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए
काठमाडौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट भएको छ । एजेन्सीहरुका अनुसार यस घटनामा कम्तिमा एक सय ४० जना मानिस मारिएका छन् । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ । नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका बेला… Continue reading नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए
व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्न १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्याइएको… Continue reading व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो