काठमाडौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट भएको छ । एजेन्सीहरुका अनुसार यस घटनामा कम्तिमा एक सय ४० जना मानिस मारिएका छन् । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ । नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका बेला… Continue reading नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए
Category: अर्थतन्त्र
व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापार, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो । नेपाली नागरिकले विदेशमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्न १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्याइएको… Continue reading व्यापार, उपचार र शिक्षामा विदेशी मुद्रा सटहीको सीमा बढ्यो
बिपी राजमार्गमा राती सवारी चलाउन रोक
काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राती सवारी साधन चलाउन रोक लगाएको छ। रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो। तर डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गरी सवारी साधन चलाउन रोक लगाएको हो। कार्यालयका अनुसार भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत… Continue reading बिपी राजमार्गमा राती सवारी चलाउन रोक
नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले ५ सय सम्म डलर सटही सुविधा पाउने
काठमाडौं । अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन् । हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजागारीमा जानेले राहदानी बापत ५ सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् । अन्य देश रोजगारीमा जानेले भने २ सय डलसम्म मात्रै… Continue reading नेपालबाट अस्ट्रेलियामा रोजगारीमा जानेले ५ सय सम्म डलर सटही सुविधा पाउने
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम तीन लाख बढ्यो
काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम तीन लाखले बढेको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १८ असोजमा मन्त्रिपरिषद्ले वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम तीन लाख बढ्यो
विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाले २५ हजार डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा खुलेका शिक्षण संस्थाले सम्बन्धन, परीक्षा लगायत शुल्क भुक्तानीका लागि २५ हजार अमेरिकी डलरसम्म सटही सुविधा बैंकबाटै पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि १२ हजार डलरसम्म बैंक र त्यसभन्दा बढीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो… Continue reading विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाले २५ हजार डलरसम्म सटही सुविधा पाउने
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धि
नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल
काठमाडौं । नेपालमा भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर ३.८५ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि दर गत भदौको तुलनामा आधा खुम्चिएको हो । गत भदौमा उपभोक्ता मूल्यवृद्धिदर ८.१९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.०३ प्रतिशत छ… Continue reading नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल
नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो । शिक्षामा अधिक रकम विदेशिँदा सेवा… Continue reading नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा
चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल… Continue reading चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स
विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको छ । असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।… Continue reading विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने
आजबाट सरकारी कार्यालय खुल्दै
काठमाडौं । दशैंमा बन्द भएका सरकारी कार्यालय आजबाट खुल्दैछन् । सरकारी कार्यालयमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको हो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा खुल्ने छन् । आज दशैंको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै… Continue reading आजबाट सरकारी कार्यालय खुल्दै
अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर
काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो । स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ । खानी क्रिप्पल… Continue reading अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर
कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास
काठमाडौं । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् । कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउन दान… Continue reading कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास
एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका १४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९… Continue reading एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने
दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने
काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क चलाउने भएको छ । दशैंमा सार्वजनिक यातायात कम चल्दा सर्वसाधारण्लाई समन्य हुने गरेको छ । प्रहरीका अनुसार एक बस रिङरोडभित्र चल्ने छ भने अर्को बस बाहिर चलाउने योजना छ । काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान… Continue reading दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने
विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन्… Continue reading विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ ।नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६… Continue reading दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात
विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ ।नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहायता रकम स्वीकृत गरेको विश्व बैंकले जनाएको छ । नेपालमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र स्वास्थ्य आपतकालीन अवस्थासँग जुध्न यो… Continue reading विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने
मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ। दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनकाअनुसार बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको छ। मेलम्चीको… Continue reading मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने
सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो ।आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास… Continue reading सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन
नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्रि भएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्रि भएको छ । काठमाडौं भैरहवा रुटमा १५८ सिटनै बिक्रि भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाकी रहेको उनले जानकारी दिए । फुलपातिको दिन… Continue reading नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि
मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै
काठमाडौं । सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानीआजबाट काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ । आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली सोमबार मेलम्ची पुगेको थियो । हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन… Continue reading मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै
नेपाल एयरलाइन्सले ठूलो जहाजबाट आन्तरिक उडान गर्दै, फूलपातिको दिन भैरहवा उड्दै
काठमाडौं । काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले… Continue reading नेपाल एयरलाइन्सले ठूलो जहाजबाट आन्तरिक उडान गर्दै, फूलपातिको दिन भैरहवा उड्दै
महानगरको बजार अनुगमन तीव्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०–२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ । महानगरका… Continue reading महानगरको बजार अनुगमन तीव्र
बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो
काठमाडौं । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४… Continue reading बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो
हिमालपारीको जिल्ला मुस्ताङ र कर्णालीको डोल्पा सिधा सडक सञ्जालमार्फत जोडिँदै
काठमाडौं \रासस । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको… Continue reading हिमालपारीको जिल्ला मुस्ताङ र कर्णालीको डोल्पा सिधा सडक सञ्जालमार्फत जोडिँदै
अर्थले थाल्यो बाढी-पहिरो प्रभाव न्यूनीकरणका लागि स्रोत व्यवस्थापनको तयारी
काठमाडौं । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्यमा लाग्न निर्देशन दिए । अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका… Continue reading अर्थले थाल्यो बाढी-पहिरो प्रभाव न्यूनीकरणका लागि स्रोत व्यवस्थापनको तयारी
आजबाट सरकारले बेच्दै छ खसी–बोका–च्याङ्ग्रा
काठमार्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला… Continue reading आजबाट सरकारले बेच्दै छ खसी–बोका–च्याङ्ग्रा
नेवानिका एयर होस्टेसको उमेर हद ५० वर्ष पुर्याइने
काठमाडौं । सरकारले विमान परिचारक–परिचारिकाको को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्याउने भएको छ । शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री… Continue reading नेवानिका एयर होस्टेसको उमेर हद ५० वर्ष पुर्याइने