काठमाडौँ, ७ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् । एमालेले तत्काल गर्नुुपर्ने ११ काम, पाँच विकासका लागि आधारभूत घोषणा र २५ समृद्धिको स्तम्भ समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले आफ्नो नेतृत्वमा सरकार… Continue reading एमाले घोषणापत्रः श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याइने
Category: अर्थतन्त्र
रास्वपाद्वारा कर्णालीबाट ‘वाचापत्र’ सार्वजनिक
काँक्रेविहार (सुर्खेत), ७ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी ‘वाचापत्र’ आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ । ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभामा सार्वजनिक गरिएको वाचापत्र किन कर्णालीमै आएर रास्वपाले सार्वजनिक ग¥यो ? रास्वपाका सभापति रवि लामिछानेले यसको कारण खुलाए । “जब सञ्चारकर्मीका रूपमा रिपोर्टिङ गर्दै,… Continue reading रास्वपाद्वारा कर्णालीबाट ‘वाचापत्र’ सार्वजनिक
नाइजेरियामा ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
जोस प्लेटो, नाइजेरिया, ७ फागुन (रासस–एएफपी) । मध्य नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको स्थानीय स्रोतले एएफपीलाई जानकारी दिएको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएका छन् । स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले… Continue reading नाइजेरियामा ग्यास खानिमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
चितवन, ७ फागुनः यहाँको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए ।… Continue reading भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
राससम्याग्दी, ६ फागुनः म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका उम्मेदवारले उक्त विषयलाई चुनावी मुद्दा बनाएका हुन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन… Continue reading म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
काठमाडौँ, ६ फागुनः आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मधेस प्रदेशको जनकपुरमा आयोजित प्रतिज्ञासभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रको पूर्णपाठ ‘नेपाली कांग्रेसको ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’… Continue reading ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
प्रतिज्ञापत्रबारे सभापति थापासँग बिहीबार खुला प्रश्नोत्तर
पाटन (ललितपुर) । ६ फागुनः नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । आज जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका छन् । बिहिबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ… Continue reading प्रतिज्ञापत्रबारे सभापति थापासँग बिहीबार खुला प्रश्नोत्तर
सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
बैङ्कक, ६ फागुन (रासस–एपी) । जलवायु परिवर्तन नियन्त्रणका उपायहरूमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकहरूले प्रभावकारितामाथि प्रश्न उठाइरहे पनि दुवै देशले यसलाई उत्सर्जन व्यवस्थापनको नयाँ विकल्पका रूपमा प्रस्तुत गरेका छन् । योजनाअनुसार जापानले विद्युत् उत्पादन, तेल प्रशोधन, सिमेन्ट, ढुवानी र इस्पात… Continue reading सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
बेलायत, ५ फागुन (रासस–सिन्ह्वा) । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार बेरोजगारी दर ५.२ प्रतिशत पुगेको छ । यस अवधिमा करिब १८ लाख ८३ हजार मानिस रोजगारीविहीन रहेका छन् । उक्त तथ्याङ्क ‘अफिस फर नेसनल स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको हो ।… Continue reading बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
इरान–अमेरिका तनाव बढ्दा अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि
अमेरिका, ६ फागुन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित आफ्नो दाबीहरू अघि बढाएपछि मङ्गलबार तेलको मूल्य बढेको छ। दुई देशबीच जेनेभामा इरानको परमाणु कार्यक्रमसम्बन्धी नयाँ वार्ता भइरहेको छ । पश्चिम टेक्सास इन्टरमिडियेट तेलको मूल्य प्रति बैरल १.५ प्रतिशत बढेर ६३.८० डलर पुगेको छ भने ‘अन्तर्राष्ट्रिय मानक ब्रेन्ट नर्थ सि क्रूड’ले पनि सानो वृद्धि… Continue reading इरान–अमेरिका तनाव बढ्दा अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि
गैँडा गणना आगामी चैतमा गरिँदै
चितवन, ५ फागुनः बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैत लागेसँगै गणना गर्ने तयारी गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक चार÷चार वर्षको अन्तरमा गर्दै आएको गैँडा गणना गतवर्ष रोकिएको थियो… Continue reading गैँडा गणना आगामी चैतमा गरिँदै
म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था
म्याग्दी, ५ फागुन : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान–पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ–मराङ–बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट,म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो । जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र… Continue reading म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था
सुगमका भन्दा दुर्गमका अधिकांश उम्मेदवारले खोले बैंक खाता
बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दैकाठमाडौँ, ५ फागुनः निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय… Continue reading सुगमका भन्दा दुर्गमका अधिकांश उम्मेदवारले खोले बैंक खाता
राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही
काठमाडौँ, ४ फागुनः नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंक ऐन तथा बैंक वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनविपरीत काम गरेको आरोपमा एनआइसी एशिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कारबाहीमा परेका हुन् । “एनआइसी एसिया बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको निर्देशन… Continue reading राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही
आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता
सिड्नी, ४ फागुन (रासस–एएफपी) । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा… Continue reading आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ, ४ फागुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो
घरजग्गा कारोबारबाट एक महिनामै पाँच अर्ब राजस्व
काठमाडौँ, ४ फागुनः गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा… Continue reading घरजग्गा कारोबारबाट एक महिनामै पाँच अर्ब राजस्व
मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र
चितवन, ४ फागुनः पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा… Continue reading मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र
प्रलोपाले कस्तो ल्यायो घोषणापत्र ?
काठमाडौँ, ३ फागुन । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे । अध्यक्ष परिषद्का अध्यक्ष परियारले गत भदौ… Continue reading प्रलोपाले कस्तो ल्यायो घोषणापत्र ?
रास्वपाको नागरिक करारपत्र सार्वजनिक
काठमाडौँ, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित आज नागरिक करार अवधारणा सार्वजनिक गरेको हो । आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने… Continue reading रास्वपाको नागरिक करारपत्र सार्वजनिक
अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र
काठमाडौँ, ३ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र… Continue reading अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र
उज्यालो नेपाल पार्टीले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक
काठमाडौँ, ३ फागुनः उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर विस्तृत योजना अघि बढाएको हो । कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले संविधान, शासन प्रणाली… Continue reading उज्यालो नेपाल पार्टीले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक
कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने , बुधबार जनकपुरमा सार्वजनिक गर्ने
काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए । कांग्रेसले ६ गते मधेस प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरूआत गर्दैछ… Continue reading कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने , बुधबार जनकपुरमा सार्वजनिक गर्ने
आम्दानीको स्रोत बन्यो अटोरिक्सा : मासिक ४० हजार आम्दानी
गलेश्वर (म्याग्दी), २ फागुनः म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताए । अटो रिक्सा… Continue reading आम्दानीको स्रोत बन्यो अटोरिक्सा : मासिक ४० हजार आम्दानी
निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै
काठमाडौँ, १ फागुनः निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम सुरु भएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुने दल र उम्मेदवारले बेग्लाबेग्लै बैंक खाता खोली जानकारी दिन थालेका आयोगले जनाएको हो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले हालसम्म ४५४ उम्मेदवार… Continue reading निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै
अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा विरोध
नयाँदिल्ली, १ फागुन, (रासस–एएफपी) । अमेरिकी सामानमा कर घटाउने वाशिङ्गटनसँगको व्यापार सम्झौताले भारतीय कृषिलाई चोट पुर्याउने र कृषकको जीविकोपार्जनलाई खतरामा पार्ने चेतावनी दिँदै बिहीबार भारतीय किसानहरूले सम्झौताको विरोधका लागि नयाँदिल्लीलगायतका प्रमुख शहरमा प्रदर्शन गरेका छन् । गत हप्ता घोषणा गरिएको सम्झौतालाई किसान सङ्गठनहरूले भारतीय संघीय सरकारले किसानलाई दिएको आश्वासनका बाबजुद अमेरिकी कृषि क्षेत्रका ठूला कम्पनीसमक्ष… Continue reading अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा विरोध
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
कास्की, १ फागुन । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन… Continue reading पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
कार्य सम्पादन मूल्यांकनमा काठमाडौं महानगरको कमजोर प्रदर्शन
काठमाडौँ, १ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगर पालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थानमा रहेको हो । त्यस्तै ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ । विभिन्न सूचकहरूका आधारमा ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क प्राप्त गरेको छ… Continue reading कार्य सम्पादन मूल्यांकनमा काठमाडौं महानगरको कमजोर प्रदर्शन
एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
म्याग्दी, १ फागुन । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको छ… Continue reading एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
रासस१ फागुन, दैलेख : यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ… Continue reading दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि