काठमाडौं । राष्ट्र बैंकले मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । यो कम्पनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजत प्राप्त निकायमार्फत नगरेकाले नेपालको कुनै पनि संस्थासँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ । म्याक्स मनीलाई यसअघि पनि प्रतिबन्ध लगाइएकोमा विभिन्न सर्त राखेर प्रतिबन्ध फुकुवा गरी कारोबार सञ्चालन गर्न… Continue reading मलेसियन कम्पनी म्याक्स मनीले नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाउने
Category: अर्थतन्त्र
नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता
काठमाडौं । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो। २४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने गरी समझदारी भएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले… Continue reading नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता
मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो। हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणका सूचना… Continue reading मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए
भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने
काठमाडौं । भक्तपुरको मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर खर्चिने भएको छ । अर्थ मन्त्रालय र नेपालीस्थित दक्षिण कोरियाली राजदूतावासबीच अस्पताल परियोजनाका लागि सम्झौता भएको छ । विश्वव्यापी चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते योङले परियोजना निर्माण सम्बन्धी… Continue reading भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने
बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने
काठमाडौं । ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाका प्रमुख सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ । बञ्चरेडाँडमा फोहोर पठाउने सबै… Continue reading बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने
सरकारले तोक्यो धानको समर्थन मूल्य
काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ समर्थन… Continue reading सरकारले तोक्यो धानको समर्थन मूल्य
सरकारले थप्यो मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद
काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न बनाएको आयोगको अवधिको तीन महिना थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज)को समस्या समाधन गर्न बनाएको आयोगको अवधि थप गरेको हो। तीन महिनाका लागि समय थपेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि समय… Continue reading सरकारले थप्यो मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद
यो वर्ष मनसुनमा २५ जनाको ज्यान गयो, २५ अझै वेपत्ता
काठमाडौं । यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको छ। यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो। जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्। बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा… Continue reading यो वर्ष मनसुनमा २५ जनाको ज्यान गयो, २५ अझै वेपत्ता
उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत, मूल्यवृद्धिको मारमा काठमाडौं
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८० को ११ महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय… Continue reading उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत, मूल्यवृद्धिको मारमा काठमाडौं
नेपालीको भ्रमण खर्च विदेशीकोभन्दा दोब्बर बढी, यस वर्ष घुमफिरमा सकाए १.१९ खर्ब
काठमाडौं । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु १ खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् । यो गत वर्षको तुलनामा… Continue reading नेपालीको भ्रमण खर्च विदेशीकोभन्दा दोब्बर बढी, यस वर्ष घुमफिरमा सकाए १.१९ खर्ब
२३ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो ११ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको ११ महिनासम्म समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई रु.११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह… Continue reading २३ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो
ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?
काठमाडौं । सरकारको म्यादसम्बन्धी निर्णयप्रति निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । सरकारी निर्णयले वास्तविक म्याद थप नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । असार २१ मा राजपत्रमा प्रकाशित म्याद थपसम्बन्धी आदेशले निर्माण उद्योगलाई थप अस्थिर बनाउने महासंघको दाबी छ । काम गरेको रकमसमेत सरकारले भुक्तानी दिन नसकेर उल्टै निर्माण व्यवसायीलाई अन्याय हुने गरी म्याद थपको प्रावधान ल्याइएको… Continue reading ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?
दुई दर्जन ठेकेदारलाई सरकारले सोध्यो स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भनेर सात दिने लिखित स्पष्टीकरण सोधेको छ। २५ निर्माण व्यवसायी–आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र खरिद कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा उनीहरूले अटेर गरेका हुन्।… Continue reading दुई दर्जन ठेकेदारलाई सरकारले सोध्यो स्पष्टीकरण
नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु
काठमाडौं । नारायणघाट-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले जानकारी दिए। यसअघि शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका ६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा… Continue reading नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु
नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, सडक अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध… Continue reading नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, सडक अवरुद्ध
भारतले धौलिगङ्गाको बाँध खोल्दै, महाकाली नदीमा जलस्तर बढ्ने
काठमाडौं । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो । वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट… Continue reading भारतले धौलिगङ्गाको बाँध खोल्दै, महाकाली नदीमा जलस्तर बढ्ने
रसुवाका नागरिकले नागरिकताका आधारमा मात्र केरूङ आवतजावतको पास पाउने
काठमाडौं । नेपाल(चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो ।बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ जाने परिचयपत्र लिएको गुनासो बढेपछि रसुवा जिल्लाबाट… Continue reading रसुवाका नागरिकले नागरिकताका आधारमा मात्र केरूङ आवतजावतको पास पाउने
असारभर सार्वजनिक बिदामा पनि बैंक खुल्ने
काठमाडौं । राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुलै हुने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो… Continue reading असारभर सार्वजनिक बिदामा पनि बैंक खुल्ने
वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य
काठमाडौं । राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना ल्याएको छ । यस अनुसार वार्षिक १ लाखका दरले बेरोजगारी घट्नु पर्छ । अहिले देशैभर ९ लाख बेरोजगार रहेको अनुमान छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिको मानव संसाधन विकास योजनासम्बन्धी मस्यौदा प्रतिवेदनले यस्तो योजना प्रस्तुत… Continue reading वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य
सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार गरिने भएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ… Continue reading सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने
जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् । उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य… Continue reading जिम्मेवार भएर राजस्व संकलनमा खटिन अर्थमन्त्रीको निर्देशन
उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ३९.२६ अंकले घटेर २०४९. ४४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७७ कम्पनीको ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
फेसबुक, गुगलसहित ठूला आइटी कम्पनी नेपालको कर प्रणालीमा दर्ता
काठमाडौं । सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायत छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार हालसम्म छवटा… Continue reading फेसबुक, गुगलसहित ठूला आइटी कम्पनी नेपालको कर प्रणालीमा दर्ता
नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २८२ कम्पनीको २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा
काठमाडौं । आन्तरिकतर्फको हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि हवाई भाडा घटाएको हो । सबैभन्दा बढी काठमाडौं- धनगढीको ६१५ रुपैयाँले सस्तिएको छ। योसँगै काठमाडौं-धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार १० रुपैयाँमा झरेको छ। यसअघि… Continue reading इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा
थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट ६१ हजार ३१६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये दुई जनाले थप १/१ कित्ता सेयर पाएका छन् । १० लाख २२… Continue reading थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड
घट्यो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार पेट्रोल भारतसँगको… Continue reading घट्यो इन्धनको मूल्य
पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक
काठमाडौं । नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खस्ने र ट्रक पल्टेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । पाँच घण्टापछि यातायात सञ्चालनमा जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ
भारतबाट घटेर आयो इन्धनको मूल्य
काठमाडौं । भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ। यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ… Continue reading भारतबाट घटेर आयो इन्धनको मूल्य
बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप
काठमाडौं । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन्… Continue reading बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप