भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोगबारे अध्ययन गर्ने भएको छ । यस विषयमा अध्ययन गरी रोक्ने सम्बन्धमा मन्त्रालयले काम अगाडी बढाएको बताइएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा भएको छलफलले श्रम मन्त्रालय सहसचिव एवं वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख जीवलाल भुसालको नेतृत्वमा भम्रण भिसा दुरुपयोग रोक्न अध्ययन गर्ने निर्णय गरेको… Continue reading भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार

चोभार सुक्खा बन्दरगाह चीनसँगको व्यापारमा पनि खुल्यो

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अब पूर्ण क्षमतामा चल्ने बाटो खुलेको छ । चीनसँगको व्यापारका लागि समेत यो बन्दरगाह खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुल्ने गरी राजपत्रमा सूचना प्रकाशित भएको छ । आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने विभागले जनाएको छ… Continue reading चोभार सुक्खा बन्दरगाह चीनसँगको व्यापारमा पनि खुल्यो

निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायम भएका मतदानस्थल केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो । संघीय सरकार र प्रदेश सरकारको स्वामित्व वा… Continue reading निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन

पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल बन्ने

काठमाडौं । ६ अर्ब रूपैयाँको लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरेको हो । यसअघि उक्त स्थानमा होटल अन्नपूर्ण रहेको थियो । सोमबार भूमि पूजा गरी कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले होटल निर्माणको सुरुवात गरेका… Continue reading पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल बन्ने

ट्रम्पको जितपछि बिटक्वाइनको मूल्यले निरन्तर छुँदैछ आकास

काठमाडौं । विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई बिटक्वाइनको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता बिटक्वाइन मात्रै होइन, डजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको मूल्यले समेत आकास छोएको देखिन्छ । क्रिप्टोकरेन्सीको यस्तो चामत्कारिक वृद्धिका पछाडि पछिल्लो… Continue reading ट्रम्पको जितपछि बिटक्वाइनको मूल्यले निरन्तर छुँदैछ आकास

अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो

काठमाडौं । नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो । इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने… Continue reading अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो

नेपाल टेलिकममा राखिएको रोबोटले के काम गर्छ ?

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । ‘कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । अब भने रोबोटले… Continue reading नेपाल टेलिकममा राखिएको रोबोटले के काम गर्छ ?

विभागले गर्यो धेरै कर तिर्ने करदातालाई सम्मान

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् । विभागका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु… Continue reading विभागले गर्यो धेरै कर तिर्ने करदातालाई सम्मान

अहिलेकै कामले राजस्व लक्ष्य भेट्न सकिन्न : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले काम गरेर राजस्वको लक्ष्य भेट्न कठिन रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा उनले राजस्व संकलनमा गत वर्ष जति पनि काम हुन नसकेको बताए । ‘साथीहरुलाई दिइएको जिम्मेवारीको कार्यसम्पादन र लक्ष्य एवं प्रगतिको तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक पाउन सकेको… Continue reading अहिलेकै कामले राजस्व लक्ष्य भेट्न सकिन्न : अर्थमन्त्री

बढ्यो डिजल र मट्टीतेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर… Continue reading बढ्यो डिजल र मट्टीतेलको भाउ

बिजुली व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात गरिँदै

काठमाडौं । नेपालले बिजुली व्यापारमा आज इतिहास बनाउँदै छ । आज पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुँदैछ । असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएको थियो । यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ… Continue reading बिजुली व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात गरिँदै

नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

काठमाडौं । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने जानकारी दिए । तर, यो याममा एक दिनमात्र निर्यात हुने उनले बताए ।… Continue reading नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । विश्व क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल)मा आवद्ध भएका छन् । उनलाई कर्णाली याक्सले अनुवन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका स्टार क्रिकेटर धवनलाई अनुबन्ध गरेको हो । कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको छ ।… Continue reading आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी… Continue reading रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा उनी मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग बयान लिएको छ । साथै कागज गराइएको छ ।सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले… Continue reading धनराज गुरुङसँग सीआइबीले लियो बयान

वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर

file

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले खाडी र मलेसिया जाने श्रमिक पठाउँदा लाग्ने लागत शुल्क निर्धारण तथा व्यवसायीको… Continue reading वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर

उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको… Continue reading उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै

ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।… Continue reading ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक

कतार एयरवेजले पनि अब भैरहवामा दैनिक उडान गर्ने

काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ । दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवामा उडान गर्ने कतार… Continue reading कतार एयरवेजले पनि अब भैरहवामा दैनिक उडान गर्ने

यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष… Continue reading यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण

काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने… Continue reading यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण

टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता उठाउने निर्णय गरेको छ । ६ वर्षदेखि जारी विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको हो । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आयोगकै प्रतिवेदनले… Continue reading टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय

हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी… Continue reading हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

बढ्दो हवाई भाडा नियन्त्रण गर्न व्यवसायी र प्राधिकरणबीच यस्तो भयो सहमति

काठमाडौं । वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको छ । त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द रहेको बेलामा भइरहेको टिकटको मूल्यवृद्धि नियन्त्रण गर्ने उपायस्वरुप उड्डयन क्षेत्रको सरोकारवालाको बैठकले टीबीए खारेज गर्ने निर्णय गरेको हो । नागरिक… Continue reading बढ्दो हवाई भाडा नियन्त्रण गर्न व्यवसायी र प्राधिकरणबीच यस्तो भयो सहमति

फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

काठमाडौं । फ्लाइ दुबईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थालेको छ । कम्पनीको जहाज शनिबार अपरान्ह यो विमानस्थलमा अवतरण गरेको छ । शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो । दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो । यस उडानबाट आएका… Continue reading फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् । पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई… Continue reading क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनाइसक्ने लक्ष्य

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी… Continue reading पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनाइसक्ने लक्ष्य

जजिराले जहाज भरेर गर्यो भैरहवामा उडान

काठमाडौं । जजिरा एयरवेजले भैरहवामा फुल सिट यात्रुसहित उडान गरेको छ । जजिराको जहाज शनिबार गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । यो जहाजमा कुवेतबाट १७१ जना यात्रु आएका छन् । भैरहवाबाट १६८ जना यात्रु कुवेत उडेको विमानस्थल प्रशासनले जनाएको छ । जहाज पुरै क्षमतामा आउँदा व्यवसायी, एयरलाइन्स कम्पनी र प्रशासन उत्साहित भएका छन् । यसअघि… Continue reading जजिराले जहाज भरेर गर्यो भैरहवामा उडान

विमानस्थलमा उडान कटौतीपछि बढ्यो हवाई भाडा, समाधान खोज्न तीन मन्त्रीबीच छलफल

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन् । विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौं उडानमा कटौती… Continue reading विमानस्थलमा उडान कटौतीपछि बढ्यो हवाई भाडा, समाधान खोज्न तीन मन्त्रीबीच छलफल

भैरहवामा शनिबार मात्र तीन अन्तर्राष्ट्रिय उडान हुँदै

file

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण हुँदैछ । यो जहाज साढे ८ बजे फर्कने तालिका छ । यस उडानमा करिब फुल… Continue reading भैरहवामा शनिबार मात्र तीन अन्तर्राष्ट्रिय उडान हुँदै