काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी व्यावहारिक प्रतिवेदन तयार पार्न तीन महिनाको… Continue reading मिटर ब्याज पिडितको समस्या समाधान खोज्न तीन सदस्यीय छानविन समिति गठन
Category: अर्थतन्त्र
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १६.६७ अंकले घटेर १८७१८.८५ बिन्दुमा आइपुगेको छ । यसदिन ९२ करोड २ लाख रुपैयाँको ४९ लाख ११ रुपैयाँको २८ लाख २९ हजार ४२६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि
पूर्वनासु घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा (नासु) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँमा अकुत आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो। २०५२ कात्तिक २८ देखि सार्वजनिक… Continue reading पूर्वनासु घिमिरेविरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा
मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा अहिले रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको आयोजनाले जनाएको छ । मेलम्चीको पानी पहिले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि काठमाडौं उपत्यकाका अरु… Continue reading मेलम्चीको पानी वितरणमा थप पाइप बिच्छ्याउने तयारी
सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति जुटेको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको हो । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुकरकागजात बनाउने, ऋणीको जायजेथा आफ्नो… Continue reading सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता
रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा
काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले… Continue reading रसुवागढी नाका आजबाट पूर्ण रुपमा सञ्चालनमा
भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको… Continue reading भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण
स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने
काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन भर्न स्थानीय तहहरुले सघाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो । श्रम मन्त्रालय समेत… Continue reading स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार मापक सूचक नेप्से १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन ८९ करोड ९५ लाख रुपैयाँको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र म्युचुअल फण्डबाहेक अरु… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि
मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा
काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे… Continue reading मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा
नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए। निगमले नियमित… Continue reading नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण
११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित
काठमाडौं । न्याय खोज्न महोत्तरीको बर्दिबासबाट पैदल हिंडेका मिटर ब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु… Continue reading ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगे मिटर ब्याजपीडित
विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ । विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यो रकम सहुलियतपूर्ण ऋणका रूपमा दिन लागेको आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ। यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा… Continue reading विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने
शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)२६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका… Continue reading शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना… Continue reading तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद
विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?
काठमाडौं\बीबीसी । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ? कोषका कार्यकारी निर्देशक कपिलमणि… Continue reading विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?
मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव… Continue reading मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने
जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै
काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो ।… Continue reading जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै
काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ । महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ । घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो ।… Continue reading काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना
राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक… Continue reading राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन
काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै निमार्ण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै उक्त निर्देशन दिएको हो । एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी… Continue reading तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन
यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर
काठमाडौं । यातायात कार्यालय इटहरीका ३ उपसचिव भ्रष्टाचारी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको हो । बुधबार… Continue reading यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर
वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । यो योजनाको काठमाडौंमा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरे । इजरायलमा रहेकी मञ्जु थपलियाको पहिलो इनरोल रजिस्ट्रार गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरे । वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू
सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड ८१ लाख ७६ हजार रुपैयाँ बराबरको ३५ लाख ८१ हजार ७६० कित्ता आइपीओ विक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको… Continue reading सगरमाथा जलविद्युत कम्पनीको आइपीओ खुल्यो
एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ
काठमाडौं । बुधबार छापावाल सुनको मूल्य एक दिने २ हजार रुपैयाँले घटेको छ । मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ७ हजार ४… Continue reading एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ
वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट ९बीआईआई०बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९०… Continue reading वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार… Continue reading अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने
काठमाडौं । सरकारले कार्यविधि बनाएर ‘अयोग्य’ लडाकूहरुलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्यसँगै नेपालमा स्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले माओवादीका १९ हजार ६०२ जना लडाकुहरुलाई प्रमाणीकरण गरेको थियो । त्यसबाहेक ४ हजार ९ जनाको मापदण्ड… Continue reading अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने
मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत
काठमाडौं । सरकारले चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । घोडेजात्रा पर्वको राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो । प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा… Continue reading मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । आइतबार एकै दिनमा सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ । त्यस्तै तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको… Continue reading नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो