६ पुस, काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१\८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ… Continue reading पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात
Category: अर्थतन्त्र
एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुने फाइनल खेल नेपाली क्रिकेटका लागि एक इतिहास बन्ने छ । नेपालमा सर्वाधिक पुरस्कार राशी र चर्चा कमाएको यो प्रतियोगिताले विश्व क्रिकेटमा राम्रो छाप पार्न सफल भएको छ । फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार… Continue reading एनपीएल फाइनल आज : विजेताले सवा करोड पुरस्कार सहित इतिहास रच्दै
एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले तीन वटा परियोजना कार्यान्वयन गर्न नेपाललाई एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण रहेको अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार यो रकम दोस्रो चरणको… Continue reading एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं विवादमा तानिएका छन् । उनीमाथि महागरले छानबिन गर्ने भएको छ । आधिकारिक प्रणालीबिनै पुरानो बसपार्कस्थित रहेको काठमाडौं टावरको नक्सापास गरेको भन्दै महानगरले छानबिन प्रक्रिया अघि बढाएको हो । भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (इबीपिएस) मार्फत् प्रक्रिया नै… Continue reading काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख विवादमा तानिए
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् ।थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका हुन् । सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तर लगायतका विषयमा छलफल… Continue reading अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु ३२ अर्ब… Continue reading पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा
सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने
काठमाडौं । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ । गत २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्नुपर्नेछ । सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन… Continue reading सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने
सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको नेपाली संचारमाध्यमले जनाएका छन । कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताएका छन् । ५१ जनालाई… Continue reading सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर
विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने
काठमाडौँ, मङ्सिर २९ गते । विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार उक्त रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो । नेपालको दिगोपनाका लागि… Continue reading विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने
खुम्बु क्षेत्रमा उडान नरोक्ने वायुसेवा संचालकको अडान
काठमाडौं । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ ।सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । साथै संघले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान रोक्ने निर्णय गरेको छ ।
नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको… Continue reading नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । यसमध्ये १… Continue reading एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता
जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक
काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त… Continue reading जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक
प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा काम गर्न सीएनआईको आग्रह
काठमाडौँ — नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतसँग आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न आग्रह गरेको छ । मंगलबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा रहेका लगानीका क्षेत्रबारे सम्बन्धित देशका लगानीकर्तालाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै… Continue reading प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा काम गर्न सीएनआईको आग्रह
सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी बनाउन कार्यदल गठन
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहने छन् । सदस्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर,… Continue reading सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी बनाउन कार्यदल गठन
बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
काठमाडौं । नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।… Continue reading बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो । विश्वका… Continue reading नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने घोषणा गरेका छन् । राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताए । ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दैछन् । आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा… Continue reading अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने प्रावधान हटाउने ट्रम्पको घोषणा
गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन
काठमाडौं । बारास्थित गढीमाई मेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले खाद्य पदार्थ अनगुमन र निरीक्षण गरेको छ । मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी गढीमाई मेलामा स्थलगत खाद्य पदार्थ परीक्षण समेत गरी मेलामा खाद्य पदार्थ निरीक्षण अनुगमन गरेको हो । ‘मेला, महोत्सव हुने खाद्य पदार्थमा अत्यधिक रङ प्रयोग, उपभोग्य अवधि… Continue reading गढीमाई मेलामा मोवाइल भ्यानबाट अनुगमन
राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति
काठमाडौं । राजस्व छली रोक्न सरकारका तीन विभागले सहकार्य गर्ने भएका छन् । आइतबार आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच भएको अन्तरविभागीय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजस्व चुहावट जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा तिनको कार्यान्वयनका लागि एकापसमा सूचना आदान–प्रदान… Continue reading राजस्व चुहावट रोक्न तीन विभाग बीच सहमति
कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ
काठमाडौं । कैलालीबाट एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ का ३१ वर्षीय… Continue reading कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ
वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर
काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक भएको छ । जसमा विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर… Continue reading वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर
विदेशी लगानी बढाउन निरन्तर सुधार प्रतिबद्धता
काठमाडौं । सरकार र निजी क्षेत्रले नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त आयोजना गरेको ‘नेपाल–चीन बिजनेस समिट’ मा नीतिगत र व्यवहारगत सुधार गर्ने… Continue reading विदेशी लगानी बढाउन निरन्तर सुधार प्रतिबद्धता
तामाकोशी जलविद्युत आयोजना १० पुस भित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडैं । सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार तालिका तय गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा… Continue reading तामाकोशी जलविद्युत आयोजना १० पुस भित्र सञ्चालनमा ल्याउने तयारी
नेपाल र चीनको संयुक्त वक्तव्यमा के के बुँदा समेटिए ?
नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुन सकेन । बीआरआईमा हस्ताक्षर नगरी नेपाल(चीन संयुक्त वक्तव्य जारी भएको छ । नेपाल चीनको एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको, चीन नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको कुरा बक्तब्यमा दोहोरिएको छ । नेपालले राष्टिय एकता पुनःप्राप्त गर्ने चीनको प्रयासलाई समर्थन गर्ने र ताइवान स्वतन्त्रताको… Continue reading नेपाल र चीनको संयुक्त वक्तव्यमा के के बुँदा समेटिए ?
एनपीएल : आज पनि दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली याक्स र काठमान्डु गर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । कर्णाली र काठमान्डुबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले यसअघि पहिलो… Continue reading एनपीएल : आज पनि दुई खेल हुँदै
नेपाल र चीनबीच यी विषयमा भयो समझदारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार निम्न विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ । टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र नौ तले बसन्तपुर दरबार… Continue reading नेपाल र चीनबीच यी विषयमा भयो समझदारी
त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन
काठमाडौं । काठमाडौँ, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । गत राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा… Continue reading त्रिभुवन विमानस्थल बिस्तार : मध्यराती मन्त्रीले गरे अवलोकन
अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले न्यायको पतनको संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ… Continue reading अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?
पर्यटक आगमन १० लाख नाघ्यो
१६ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटक संख्या १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डका अनुसारसन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार नोभेम्बरमा भारतबाट… Continue reading पर्यटक आगमन १० लाख नाघ्यो