काठमाडौं । सरकारले नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुला गको छ । सरकारले नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न पाउने गरी अध्यादेश ल्याएको हो । शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको छ । सरकारले नेपाली आइटी कम्पनीले विदेशी… Continue reading नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुल्यो
Category: अर्थतन्त्र
गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने
काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको छ । जसमा गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिएको हो गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको… Continue reading गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने
विदेशमा रहेका नेपालीले ५ महिनामा घरमा पठाए साढे ६ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ । अमेरिकी डलरमा… Continue reading विदेशमा रहेका नेपालीले ५ महिनामा घरमा पठाए साढे ६ खर्ब रेमिट्यान्स
मूल्यवृद्धि १४ महिनायताकै उच्च
काठमाडौं । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ को… Continue reading मूल्यवृद्धि १४ महिनायताकै उच्च
दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो । विनयी खोलामा बनेको पुल शुक्रबार साँझ साढे ५ बजेतिर भाँचिएको हो । इभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ ।… Continue reading दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध
१ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ… Continue reading १ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन
काठमाडौं । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देशन दिएको हो । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ । समितिको निर्णयमा… Continue reading निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन
रविले आजै बुझाए धरौटी
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । रविसँग ६५ लाख, जोशीसँग ८८ लाख,… Continue reading रविले आजै बुझाए धरौटी
दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर
काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर… Continue reading दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर
सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार बुधबारसम्म मुख्य सुरुङ १ हजार ८१ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यो आयोजनाको मुख्य सुरुङ १ हजार ८९ मिटर लामो छ । मुख्य सुरुङ उत्तरतर्फबाट ४७७.२ मिटर र दक्षिणतर्फबाट ६ सय ४… Continue reading सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव
काठमाडौं । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने उपाय खोज्ने जिम्मेवारी पाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अधुरो भुक्तानी अर्थतन्त्र चलायमान हुन नसक्नुको प्रमुख बाधक भएको निष्कर्ष निकालेको छ । सरकारलाई अन्तरिम प्रतिवेदन बुझाउँदै आयोगले पूँजीगत खर्च बढाउँदै भएको कामको भुक्तानीको गति बढाउन सुझाव दिएको हो । आयोग अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई बुधबार… Continue reading उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव
लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा
काठमाडौं । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएको मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिएका छन् । उनलाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको… Continue reading लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा
फ्लाई दुबईले भैरहवामा २९ पुसबाट पुनः उडान थाल्ने
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ । विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो । बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ । एक महिनाका लागि स्थगित उडान १५ जनवरी ९२९ पुस० देखि पुनः थाल्ने तिवारीले बताए… Continue reading फ्लाई दुबईले भैरहवामा २९ पुसबाट पुनः उडान थाल्ने
पहिलो त्रैमासिकमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा ३.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । जस अनुसार २०८०–८१ को पहिलो त्रैमासको तुलनामा चालु आव पहिलो त्रैमासमा अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार… Continue reading पहिलो त्रैमासिकमा ३.४ प्रतिशत आर्थिक वृद्धिदर
भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या चीनमा ५३ पुग्यो
काठमाडौं । मङ्गलबार बिहान गएको शक्तिशाली भुकम्पमा परि चीनमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । कयौं घाइते भएका कारण मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । नेपालमा ७ रेक्टर स्केल मापन भएको भुकम्पको केन्द्र चीनको तिब्बत रहेको थियो । सिजाङ अटोनोमस रिजनको डिग्री काउन्टी केन्द्रविन्दु भएर भुकम्प गएको हो । नेपालमा भने… Continue reading भुकम्पबाट मृत्यु हुनेको सङ्ख्या चीनमा ५३ पुग्यो
माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग उठेको छ । पार्टीका नेताहरूको कार्यशैली भड्किलो भएको, आयस्रोत अपादर्शी भएको भन्दै केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । ‘बैठकमा नेताहरूको सम्पत्ति छानबिन गर्न माग भएको छ,’ एक केन्द्रीय सदस्यलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । पार्टीमा काम गर्ने र… Continue reading माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग
कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेका हुन् । सात दिनभित्र चित्त बुझ्दो जवाफ प्राप्त नभए कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने समेत उक्त पत्रमा उल्लेख… Continue reading कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण
२ माघमा सत्कार दिवस मनाइने, देशभरीका होटेल व्यवसायी आउँदै
काठमाडौं । रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले २ माघका दिन सत्कार दिवस मनाइने भएको छ । नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना गर्न लागिएको होटल सघं नेपाल (हान) ले जनाएको छ । हानको स्थापनाको दिन पारेर सत्कार दिवस मनाउन लागिएको (हान) का अध्यक्ष विनायक शाहले… Continue reading २ माघमा सत्कार दिवस मनाइने, देशभरीका होटेल व्यवसायी आउँदै
सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५… Continue reading सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)
व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको विरोधमा व्यवसायीले अत्यावश्यक उडान समेत रोकेका छन् । वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः… Continue reading व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?
विपद् पछिको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न बैठकमा विपद् जोखिम न्यूनीकरण… Continue reading विपद् पछिको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन निर्देशन
१०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी जुट्यो
काठमाडौं । १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुटेको छ । उक्त बैङ्कको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबिच लगानी गर्ने सहमति भएको हो । लमजुङ जिल्लास्थित मस्र्याङ्दी नदीमा निर्माण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१, जलविद्युत् आयोजनाको कुल लागत २१ खर्ब ४० अर्ब… Continue reading १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी जुट्यो
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?
काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सरकारी वकिल जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत… Continue reading काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?
एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको दावि गरेका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ… Continue reading एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो
विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान
काठमाडौं । गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको… Continue reading विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान
कोरियाको हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत
काठमाडौं । दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् । जनसम्पर्क समिति दक्षिणकोरियाले एक विज्ञप्तिमार्फत विचौलीयाहरूका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थमा त्यहाँ कार्यरत सङ्घसंस्थाले आवाज उठाउँदै आएको… Continue reading कोरियाको हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत
लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं । सोलुखुम्बुको लुक्ला नजिकै सडक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को शनिबार उद्घाटन गरेका छन् । उनले सो सडक कालोपत्रे छिट्टै हुने समेत बताए । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुगेका… Continue reading लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन
अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क,… Continue reading अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि
एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु. ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ । “मिलेनियम च्यालेन्ज… Continue reading एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने
बढ्यो साइबर ठगी, ७८ लाख लुटियो
काठमाडौं । साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको हो । सीआईबीका प्रवक्ता एवम् सूचना… Continue reading बढ्यो साइबर ठगी, ७८ लाख लुटियो