काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए। सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री… Continue reading स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत
Category: स्वास्थ्य
विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा राखेको छ । विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र एजेन्सीबीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर रहेको समेत संगठनको… Continue reading विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त
सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट… Continue reading सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने
अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु
काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार… Continue reading अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु
साउदीबाट फर्किएका थप एक नेपालीमा मंकीपक्स पुष्टी
काठमाडौं । साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले बताएको छ । एमपक्स पुष्टि भएपछि ती पुरूषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको छ… Continue reading साउदीबाट फर्किएका थप एक नेपालीमा मंकीपक्स पुष्टी
आव विश्व ध्यान दिवस मनाइदैं
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।… Continue reading आव विश्व ध्यान दिवस मनाइदैं
मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान
काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार पंकीपक्स पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले मंकीपक्ससँग… Continue reading मंकिपक्समा सतर्कता अपनाउन सरकारको आह्वान
नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी
काठमाडौं । नेपाली नागरिकमा पहिलो पटक एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट बिहीबार फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार पुष्टि भएका व्यक्ति साउदीबाटै लक्षण लिएर आएका थिए । एयरपोर्टबाट उनी सिधै मेडिसिटी अस्पताल पुगेका थिए । त्यहाँबाट टेकु अस्पताल रिफर भएको थियो ।… Continue reading नेपाली नागरिकमा पहिलो पटक ‘मंकीपक्स’ पुष्टी
यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?
काठमाडौं । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि–कन्क्लेभ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित ज्ञान र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न आह्वान गरे। उनले यसका लागि कानूनी र नीतिगत वातावरण बनाउन सरकार प्रतिबद्ध… Continue reading यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग स्वास्थ्य मन्त्रीले के भने ?
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए । प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो ।… Continue reading राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल… Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना
एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकैसाथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार… Continue reading एकै पटक साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गरिँदै
प्रधानमन्त्री अस्वस्थ, नियमित भेटघाट बन्द
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरेका छन् । उनी अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् । उनको रगतको परीक्षण भइरहेको बताइएको छ ।
१४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मंसिर १ गतेबाट उपचार निःशुल्क… Continue reading १४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क
मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु
काठमाडौं । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३… Continue reading मुस्ताङमा अमेरिकी र भारतीय पर्यटकको मृत्यु
शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय
काठमाडौं । सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ । सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेंगी फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । डेंगी संक्रमणको बढ्दो स्थितिलाई… Continue reading शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय
फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थापित भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् । पूरै गाउँ डुबानमा छन् । उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेको प्रहरीले बताएका छन्… Continue reading फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु
संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् । स्वास्थ्यका… Continue reading संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने
तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने
काठमाडौं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने निर्णय गरेको हो । तारे होटल र सबै रिसोर्टमा प्लास्टिकजन्य बोतलमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल… Continue reading तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने
ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै
काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने… Continue reading ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै
कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव
काठमाडौं । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो” र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ। आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन्। ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक… Continue reading कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव
मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै
काठमाडौं । सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानीआजबाट काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ । आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली सोमबार मेलम्ची पुगेको थियो । हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन… Continue reading मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै
स्वास्थ्य मन्त्री भारत भ्रमणमा, समकक्षीबीच भेट
काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको भेटमा नड्डाले… Continue reading स्वास्थ्य मन्त्री भारत भ्रमणमा, समकक्षीबीच भेट
चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु
काठमाडौं । चेन्नईको मरिीना बीचमा आइतबार आयोजना गरिएको एयर शोका दौरान चार जनाको ज्यान गएको छ । चेन्नईको मरीना बीचमा भारतीय वायुसेनाले एयर शो आयोजना गरेको हो । यसको अवलोकनमा लाखोंको संख्यामा भीड जम्मा भएको थियो । गर्मी र अधिक थकानका कारण चार जनाको ज्यान गएको बताइएको छ । ६ अक्टोवर भारतीय वायुसेनाको ९२ औं… Continue reading चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु
लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो
काठमाडौं । चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सीचिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता… Continue reading लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो
२४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित
काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना… Continue reading २४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित
बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने
काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान… Continue reading बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने
बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति
काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित देशभर व्यापक मानवीय क्षति भएको छ । काठमाडौंका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ ।काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताएका छन् । १७ जना घाइते… Continue reading बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति
कुन-कुन नदीमा छ आज देशभर जोखिम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।… Continue reading कुन-कुन नदीमा छ आज देशभर जोखिम ?
भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान… Continue reading भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी