काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । यस सम्बन्धमा… Continue reading ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने
Category: स्वास्थ्य
कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो
काठमाडौं । कोरोना (कोभिड–१९)ले चीनमा भन्दा इटलीमा धेरै मानिसको ज्यान लिएको छ । बिहीबार इटलीले चीनलाई उछिनेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएको छ इटलीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । बिहीबार मात्र इटलीमा थप ४ सय २७ को ज्यान गएको… Continue reading कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो
भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु
नयाँदिल्ली । भारतले कोरोना संक्रमणविरुद्ध ऐकिवद्धता जनाउन आइतबार जनता कर्फ्यु घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ जनताका नाममा सम्बोधन गरेका थिए । उक्त अवसरमा उनले जनस्तरबाट कोरोनाविरुद्ध सचेतना जगाउन आइतबार जनता कर्फ्युको घोषणा गरे । यस दिन भारतमा सबै मानिस घरमै बसेर यो दिन मनाउने छन् । प्रधानमन्त्री मोदीले आइतबार बिहान… Continue reading भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु
नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द
काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएसँगै नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेको छ । मन्दिरमा २५ जना भन्दा बढीको भीड हुन दिइने छैन । सार्वजनिक कार्यक्रममा प्रयोग हुने हलहरु बन्द भएका छन् । त्यहा निर्धारित कार्यक्रम… Continue reading नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द
कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । दिल्लीको सफदरजंग अस्पतालमा बुधबार एक बिरामीले आत्महत्या गरेका हुन् । उनी अस्पतालको भवनको ७ औं तलाबाट हाम फालेका थिए । प्रहरीका अनुसार उनी अष्ट्रेलियाबाट हालै फर्किएका थिए । ३५ वर्षिय ति व्यक्ति सिड्नीबाट फर्किएका हुन् । विमानस्थलमै टाउको दुखेको अनुभव भएपछि… Continue reading कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या
इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटलीमा कीर्तिमानी संख्यामा मानिसको ज्यान गएको छ । बुधबार यहाँ एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । कोरोना फैलिएयता एकै दिन धेरै मानिसको ज्यान बुधबार गएको हो । संचारमाध्यमहरुका अनुसार इटलीको लोम्बार्डीमा ३ सय १९ जनाको ज्यान गएको छ । बाँकी अन्य क्षेत्रका संक्रमितको… Continue reading इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित
आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”
न्यूयोर्क न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ । यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए… Continue reading आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”
ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)
न्यूयोर्क संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ । महामारीको यो अवस्थामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले… Continue reading ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)
अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने
काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत… Continue reading अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने
कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन
काठमाडौं । सरकारले यूरोप, मध्य एसिया र खाडी क्षेत्रका नागरिकलाई नेपाल आउन प्रतिवन्ध लगाउँदै करीव लकडाउन घोषणा गरेको छ । यसअघि अनअराइभल भिसा मात्र रोकिएकोमा अब यी मुलुक र यी मुलकमा ट्रान्जिट भएर आउने संसारकका सबै मुलुकका नागरिकले अब नेपालमा प्रवेश पाउने छैनन् । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले… Continue reading कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन
आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने
काठमाडौं । आजबाट विद्यालय स्तरीय परीक्षा सकिएको छ । अब करीव ७० लाख विद्यार्थी सामुहिक रुपमा विद्यालयमा भेला हुनु पर्ने छैन । सरकारले विद्यालयहरुलाई तत्काल भर्ना नखोल्ने र कुनै पनि औपचारिक कार्यक्रम नगर्न भनेको छ । यसको मतलव कम्तिमा चैतभर विद्यालय खुल्ने छैनन् । यसले कोरोना विरुद्धको सचेतनामा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।… Continue reading आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने
चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल
भरतपुर । भरतपुर महानगरपालिकाले चितवनमा कोरोना भाइरसको सम्भावित उपचारका लागि अत्याधुनिक सेवासहितको अस्पताल बनाउने भएको छ । आगामी तीन दिनमा अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी महानगरपालिकाको रहेको छ । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याइने भएको हो । महानगरपालिका यसको तयारीमा समेत जुटिसकेको छ । प्रदर्शनी… Continue reading चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल
एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई
काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको सरकारले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक विज्ञप्तीमार्फत परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् । उनका अनुसार परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछ । त्यसो त बुधबारसम्म सबै विद्यालयलाई वार्षिक परीक्षा सकाउन सरकारले यसअघि नै… Continue reading एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई
कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित
काठमाडौं । कोरोना भाइरसले युवालाई कम प्रभाव पार्छ भन्ने पुष्टी चीन र इटलीको तथ्यांकले गरेको थियो । किनकी इटलीमा ५० वर्ष मुनीका मानिसको ज्यान गएको थिएन । चीनमा ३९ वर्षभन्दा मुनीका व्यक्तिको ज्यान गएको थिएन । तर, यूरोपका अन्य मुलुकबाट अझ डरलाग्दो खबर सार्वजनिक हुन थालेको छ । फ्रान्समा अधिकांश ५० वर्ष मुनीका नागरिकमा कोरोनाको… Continue reading कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित
मलेसियाले रोक्यो विदेशी, नेपाली पनि जान नपाउने
क्वालालाम्पुर । मलेसियाले आफ्नो मुलुकमा विदेशीको प्रवेश रोकेको छ । साथै मलेसियाका नागरिक पनि अब विदेश भ्रमणमा जान पाउनै छैनन् । मलेसियाले कम्तिमा दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले लागु गरेको यो नीति बुधबारबाट लागू हुने भएको छ । प्रधानमन्त्री मुहिदिन यासिनका अनुसार… Continue reading मलेसियाले रोक्यो विदेशी, नेपाली पनि जान नपाउने
नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड
काठमाडौं । संसारका १५७ मुलुकमा फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट चीनको छिमेकी मुलुक नेपाल भने अझै पनि मुक्त छ । संसारका विकसित र गुणस्तरीय स्वास्थ्य संरचना भएका मुलुकमा नराम्रोसँग मानिसहरु मरिरहँदा तुलनात्मक रुपमा कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा कोरोनाको संक्रमण नदेखिनुले धेरैलाई आश्चर्यचकित पारेको छ । कतै नेपालको परिक्षण प्रभावकारी नभएर नदेखिएको हो की भन्ने आंशका… Continue reading नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड
सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड
काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ । उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ । कोरोना भाइरस फैलिएमा… Continue reading सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड
पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण
काठमाडौं । संसारभर महामारीका रुपमा फैलिएको कोरोना अहिलेसम्म नेपालमा देखिएको छैन । तर, नेपाल बाहिर भने यस भाइरसले नेपालीलाई संक्रमणको शिकार बनाइसकेको छ । पछिल्लो समय यूरोपमा यो भाइरसको फैलावट तिब्र छ । सोही क्रममा पोर्चुगलमा एक नेपाली नागरिकमा कोरोनाको संक्रमण पुष्टी भएको छ । पोर्चुगलमा कृषि मजदूरका रुपमा कार्यरतएक नेपालीमा संक्रमण पुष्टी भएको संचारमाध्यमले… Continue reading पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण
इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो
रोम। विश्वभर कोरोना भाइरस फैलिने क्रम तीब्र छ । विश्व स्वास्थ्य संठगनका अनुसार आइतबारसम्म कोरोनाले १ सय ५७ देशमा आफ्नो उपस्थिति देखाइसकेको छ । रोगको संक्रमणबाट मर्नेको संख्या ६५ सय नाघिसकेको छ । कोरोना चीनको वुहानबाट ३१ डिसेम्बरमा पहिला पटक देखिएको थियो । तीन महिनाको बीचमा यस रोगले ६ हजार पाँच सय १५ जनाको ज्यान… Continue reading इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो
प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन
काठमाडौं । कोरोना रोगको संक्रमण भइहालेमा त्यसको निवारणमा जुट्नु पर्ने भएकाले अत्यावश्यक काम नपरेसम्म जिल्ला नछाड्ने सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार प्रजिअ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । उनले आइतबार राष्ट्रिय सभालाई कोरोना नियन्त्रणबारे सरकारको तयारीका सम्बन्धमा जानकारी गराएका छन् । उनका अनुसार… Continue reading प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन
कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने
काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ । उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ । कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ । आजबाट नेपाल आउने सबै मानिसलाई… Continue reading कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने
भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव
काठमाडौं । कोरोनाले प्रभावित बन्दै गएको सार्क क्षेत्रमा यस संक्रमणविरुद्ध सामूहिक रुपमा लड्न नेताहरु सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुबीच भिडियो वार्ता सम्पन्न भयो । वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिए । यस भिडियो वार्तामार्फत भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९… Continue reading भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव
आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ । अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने… Continue reading आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने
यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो
पेरिस । चीनपछि सबैभन्दा प्रभावित यूरोपमा कोराना भाइरसले जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यूरोपका सबैजसो देशले मूख्य पर्यटकीय गन्तब्य बन्द गरेका छन् । फ्रान्स र स्पेनले शनिबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् । फ्रान्सको इफेल टावर भ्रमणमा रोक लगाइएको छ । कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामो गुणात्मक वृद्धि भइरहेको विश्व स्वास्थ्य… Continue reading यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो
राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
न्यूयोर्क कोरोना भाईरसको संक्रमणको शंकामा सो सम्वन्धि जाँच गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार साँझ ट्रम्पको जाँच गरिएको एक दिनपछि उनी संक्रमित नभएको रिपोर्ट आएको कुरा ह्वाईट हाउस श्रोतले पुष्टि गरेको छ । गत हप्ता राष्ट्रपति ट्रम्पले मार्गा लागोस्थित ब्राजेलियन प्रतिनिधि मन्डलसँग भेट गरेको र उक्त प्रतिनिधि मन्डलको एक… Continue reading राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन
कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
न्यूयोर्क चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ । चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार… Continue reading कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ
कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ । कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् । प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको… Continue reading कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा
इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो
रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य… Continue reading इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो
कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
वासिंटन । कोरोनाको त्रासले प्रभावित बन्दै गएको अमेरिकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । उनले संकटकाल कति समय रहन्छ, त्यो भने खुलाएनन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको… Continue reading कोरोना त्रास : अमेरिकामा अनिश्चितकालिन संकटकाल
कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ
काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ । कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित… Continue reading कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ