काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वतयारीसहित आज संसदमा भाषणा गरेका छन् । उनको भाषणको अहिले चर्चा भइरहेको छ । उनले लिखित भाषणा गरेका थिए । गहकिला शब्द संयोजनसहित भाषण गरेका उनले सरकारमाथि दर्जनौं प्रश्न सोझाएका छन् । आफू नेतृत्वको सरकारले सुरु गरेका भ्रष्ट्राचार छानबिन प्रकरण… Continue reading संसदमा प्रचण्ड : गहकिलो भाषणले सरकारमाथि प्रहार
Category: अन्तर्वार्ता
प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) चितवनले भरतपुरमा आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए । उनले भने,… Continue reading प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ
प्रधानमन्त्री भन्छन् : स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गरौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो… Continue reading प्रधानमन्त्री भन्छन् : स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गरौं
दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कांग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले… Continue reading दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी
देउवाले भने : मेरो अवकास हुने उमेर भइसक्यो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकास हुने समय आएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै देउवाले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताएका हुन्। ‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ सभापति देउवाले भने। त्यसकारण पार्टीको… Continue reading देउवाले भने : मेरो अवकास हुने उमेर भइसक्यो
ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?
काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो आमनेसामने बहस भएको छ । बहसमा उनीहरु मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन्। संयमित रूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिए । त्यस क्रममा… Continue reading ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?
संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् ।सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले… Continue reading संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा
प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने… Continue reading प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन
बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता
वासिङ्टन । काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । न्यायिक समितिका… Continue reading बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता
थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन्। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो। त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र… Continue reading थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए । नेपालका २० प्रतिशत मानिसहरु अझै गरिबीको रेखामुनि रहेको र उनीहरुले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए । ती… Continue reading प्रधानमन्त्री भन्छन् : मलाई राज्यबाट केही लिनु छैन
निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिँदै उनले शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक… Continue reading निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
बंगलादेशमा अन्तरिम सरकारको शपथ आज
काठमाडौं । बङ्गलादेशमा गठित अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको… Continue reading बंगलादेशमा अन्तरिम सरकारको शपथ आज
अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफू र नेपाल राष्ट्र बैंकका पदाधिकारीबीच प्रतिस्पर्धा नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताएका हुन् । सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा,… Continue reading अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री
समर्थकलाई पूर्वराजाको सन्देश : मैले नजिकबाट नियालिरहेको छु
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको आफ्ना समर्थक समक्ष लिखित भाषण गरेका छन् । उनले विगत र वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको बताए । भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरिरहेको पाएको उल्लेख गरे । ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’… Continue reading समर्थकलाई पूर्वराजाको सन्देश : मैले नजिकबाट नियालिरहेको छु
सचिव र विभागीय प्रमुखहरुलाई अख्तियारले गरायो सचेत
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सरकारका कर्मचारी र संस्थानहरुलाई विभिन्न सुझाव दिएको छ । विभिन्न संस्थाका सचिव र विभागीय प्रमुखहरुसँग छुट्टाछुट्टै अन्तरक्रियामा भएको छलफलपछि अख्तियारले यस्तो सुझाव दिएको हो । सचिव तथा विभागीय प्रमुखलाई ४६ र नियामक निकाय तथा साथै सार्वजनिक संस्थानलाई ४८ बुँदे सुझाव दिइएको अख्तियारका प्रवक्ता नरहरि… Continue reading सचिव र विभागीय प्रमुखहरुलाई अख्तियारले गरायो सचेत
रसुवागढी नाका, द्विपक्षीय व्यापार र पारवहनका लागि सडक स्तरोनन्ति मेरो प्राथमिकता- नवराज जैसी प्रजिअ रसुवा
हिमाली जिल्ला भनेर चिनिने रसुवा जिल्लामा नवराज जैसी प्रमुख जिल्ला अधिकारी भएर आउनु भएपछि सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने गरेको महसुस गर्दैगर्दा सोही परिप्रेक्षमा जिल्ला प्रशासन कार्यालय रसुवाको प्रमुख जिल्ला अधिकारी जैसीसँग सरस्वती न्यौपानेले गरेको कुराकानी: १. यस हिमाली जिल्ला रसुवामा जनताको सेवा गर्न पाउँदा कस्तो महसुस गर्नु भएको छ ? 👉️असाध्यै भाग्यमानी महसुस गरेको… Continue reading रसुवागढी नाका, द्विपक्षीय व्यापार र पारवहनका लागि सडक स्तरोनन्ति मेरो प्राथमिकता- नवराज जैसी प्रजिअ रसुवा
अमेरिकामा संस्कृत र योगको उपादेयता
अन्तर्वार्ता: डा. बद्री पोख्रेलअध्यक्ष, जयतु संस्कृतम्, नेपाल डा. बद्री पोख्रेल संस्कृतका विद्वान र योगका साधक हुनुहुन्छ । धेरै वर्ष नेपालको सरकारी सेवामा विताएर झण्डै एक दशकदेखि संस्कृतको सेवामा पुरै समर्पित हुनुभएका डा. पोख्रेलले संस्कृत दर्शनमा आचार्य र अर्थशास्त्रमा पिएचडी गर्नु भएको छ । १८ महापुराणलाई अध्याय पिच्छेको सारांश लोखेर प्रकाशित गरिसक्नुभएका पोख्रेलले नेपाली, अंग्रेजी र… Continue reading अमेरिकामा संस्कृत र योगको उपादेयता
विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशबाट बीना भेदभाव अप्ठेरोमा परेका सबै नेपालीको उद्धार गर्न सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको भर्चुअल बैठकमा भाग लिँदै एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकार गर्ने उद्धारमा कुनै पनि नेपालीमाथि भेदभाव हुन नहुने बताए । अब राज्यले श्रम गरेर आएका र नआएका नभनी… Continue reading विदेशबाट भेदभाव बीना उद्धार गर्न एनआरएनएको माग
अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण
न्युयोर्क अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीहरुमा देखिन थालेको राज्य तथा स्वास्थ अधिकारीले बताएका छन् । फ्लोरिडा, साउथ क्यारोलाइना, जर्जिया, टेक्सस लगायतका राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीमा बढन थालेको हो । युवा युवतीमा संक्रमण बढन थालेका यी राज्यहरुको अर्थतन्त्र अन्य राज्यहरुमा भन्दा छिट्टै खुला गरिएको थियो । फ्लोरिडा गभर्नर… Continue reading अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण
इच्छाशक्ति नै सबैथोक हो; तारा धामी
अन्तर्वार्ता: नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा… Continue reading इच्छाशक्ति नै सबैथोक हो; तारा धामी
जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण
न्युयोर्क अमेरिकाको न्युयोर्कस्थित गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना महामारीको कारण पोषणयुक्त खानाको अभाब भएकालाई नि:शुल्क खाद्य सामग्री वितरण गरेको छ । न्युयोर्क सहरको क्विन्सबोरो प्रेसिडेन्ट शारोन लिसँगको सहकार्यमा फाउण्डेशनले निशुल्क खाद्य सामाग्री वितरण गरेको हो । मे १३ बुधबार फाउन्डेसनले न्युयोर्क कुईन्सस्थित आफ्नै कार्यालय अगाडि खाद्य सामाग्री बितरण गरेको हो । फर्स्ट कम फर्स्टको … Continue reading जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण
चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )
न्युयोर्क हाल १८७ देशमा फैलिएको कोरोना भाईरस संक्रमण भएका बिभिन्न मानिसमा बिभिन्न प्रकृतिका लक्षण र बिभिन्न्न प्रकृतिका घटनाक्रम देखिने गरेको छ । अमेरिकाको क्यलिफोर्नियास्थित ५४ बर्षीय एक पुरुष ६४ दिनको अस्पतालको बसाई पछि कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना भाईरस संक्रमण पछि उपचारको लागि ग्रेग गार्फिल्ड अस्पातल भर्ना भएको ६४ दिन मध्ये ३१ दिन… Continue reading चिकित्सकले बाँच्ने सम्भाबना १ प्रतिशत ठानेका एक पुरुषले अमेरिकामा यसरी जिते कोरोना (भिडियो अन्तरवार्ता सहित )
अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)
न्युयोर्क संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन… Continue reading अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)
अमेरिकामा कोरोना औषधि पत्ता लागेको दावी (भिडियो अन्तर्वार्ता सहित)
अमेरिकास्थित नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फ़ेक्टियस डिजिजेजमा बिगत ३६ बर्ष देखि कार्यरत डा एन्थोनी फाउसिको हालै कोरोनाका बिरामीको उपचारमा नयाँ आशा जगाएको नयाँ औषधिबारे बिशेष अन्तर्वार्ता।डा फाउसि अहिले कोरोना रोक थाममा दिन रात काम गरिरहेका छँन् ।उनलाई अमेरिकामा कोरोना संक्रमण बढे संगै अत्यन्त ईमान्दार चिकित्सक भन्न थालिएको छ ।
अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता
न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्थाको रुपमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनलाई स्मल बिजिनेस एड्मिनिस्ट्रेसन (एस बि ए) ले कोरोना महामारीमा साना ब्यापार ब्यवसायहरुको राहतको लागि ऋणदाता (लेन्डर) को रुपमा मान्यता दिएको छ । एस बि एले एभरेस्ट फेडरल क्रेडिट युनियनलाई ऋणदाताको रुपमा मान्यता दिएसंगै अब अमेरिका भित्र नेपाली समुदायको स्वामित्वमा संचालित साना ब्यापार… Continue reading अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता
कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट
न्युयोर्क सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना… Continue reading कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट
१०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता
अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएसँगै बेरोजगारीदर ह्वात्तै बढेको छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न अमेरिकी संसदले अघिल्लो साता दुई हजार अर्ब डलरको राहत प्याकेज पारित गर्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेसँगै उक्त प्याकेज कानून बनि सकेको छ । जस अन्तर्गत हरेक अमेरिकी करदाताले एक हजार दुई सय डलरको चेक पाउँदैछन् भने बेरोजगार हुनेले चार… Continue reading १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता
न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट अत्यधिक प्रभावित न्यूयोर्क सहित छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा लगाउने भनेको अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटेका छन् । ह्वाइट हाउस स्थित कोरोना भाइरस टास्कफोर्सको सुझाव एवं सम्बन्धित राज्यका गभर्नरहरुसँगको परापर्श पछि उक्त निर्णयमा पुगेको ट्रम्पले ट्विट मार्फत जनाएका हुन् । ट्रम्पको उक्त निर्णय पश्चात सेन्ट्रल अफ डिजिज… Continue reading न्यूयोर्क सहित तीन राज्यमा अनिवार्य ‘क्वारेन्टाइन’ को निर्णयबाट पछि हटे ट्रम्प, ट्राभल एड्भाइजरी जारी
एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”
न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्था एभरेस्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋण “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज” सुरु गरेको छ । बिगत ६ महिनादेखि नेपालीभाषीको घनाबस्ती न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईट्सबाट कारोबार संचालन गर्दै आएको क्रेडिट युनियनले कोभिड -१९ को कारण समुदाय भित्रका मानिसहरुलाई पर्न सक्ने सम्भाबित आर्थिक समस्यालाई मध्यनजर गर्दै यो प्याकेज बजारमा… Continue reading एभरेस्ट फेडरल क्रेडिट युनियनले अमेरिकी बजारमा ल्यायो “कोभिड -१९ कम्युनिटी रिलिफ प्याकेज”