सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । उनका अनुसार सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको छ । माओवादीको… Continue reading सरकार गठनमा सबै विकल्प खुला रहेको माओवादीको सन्देश

स्याङ्जा, दोलखा र बाजुराको मतगणना के भइरहेको छ ?

काठमाडौं । प्रतिनिधि सभातर्फ मतगणना भइरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले बनाएका हुन् । उनले ११ हजार ७६ मत ल्याइसकेका छन् । उनलाई एमालेका कर्णबहादुर थापाले आठ हजार ८५२ मतसहित पच्छ्याइरहेका… Continue reading स्याङ्जा, दोलखा र बाजुराको मतगणना के भइरहेको छ ?

सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनमा सहभागी हुने संकेत गरेका छन् । उनले बिहीबारबाट काठमाडौंमा शीर्ष नेतासँगको भेटघाट बढाएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेका उनले बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरे । बिहीबार नै गृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनले भेटेका छन् । राउत तराईमा… Continue reading सत्ता गठबन्धनमा सहभागी हुने सिके राउतको संकेत

दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता

मतगणना शुरु हुन बाँकी तीन वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ । जस अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । शुक्रबार बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२… Continue reading दोलखामा माओवादी र बाजुरा तथा स्याङ्जा २ मा कांग्रेसको अग्रता

दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी

काठमाडौं । दोलखाका १० निर्वाचन क्षेत्रमा आज निर्वाचन भइरहेको छ । विवादका कारण यी क्षेत्रको मतगणना हुन सकेको थिएन । आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान गराएको हो । बिहान ७ बजेदेखि शुरु मतदान साँझ ५ बजेसम्म चल्ने छ । ११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक… Continue reading दोलखाका १० मतदान केन्द्रमा आज मतदान जारी

फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म

काठमाडौं । देशभर निर्वाचनको अन्तिम नतिजा आउने क्रम अब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म १६१ सिटको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएको छ । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सबैभन्दा फराकिलो मत अन्तरले जित्ने सांसद बनेका छन् । उनी चितवन २ मा उम्मेदवार थिए । कुल ८४ हजार ३१५ मत खसेको यस क्षेत्रबाट लामिछानेले… Continue reading फराकिलो मत अन्तरले जित्नेमा रवि लामिछानेदेखि केपी शर्मा ओलीसम्म

प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?

काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनयता ३ दिन भित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको थियो । तर, आज १० औं दिन सम्पन्न भइसक्दा समेत पुरै नतिजा आएको छैन । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ… Continue reading प्रतिनिधिसभामा ४ सिटको नतिजा आउन बाँकी, कहाँ किन रोकिएको हो ?

कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आगामी प्रधानमन्त्रीमा गगन थापाको दावि रहनेमा एक मत भएका छन् । दुई महामन्त्रीबीच मंगलबार भेट भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने घोषणा गरे । मंगलबार काठमाडौंस्थित… Continue reading कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा

नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका नेताहरुबीच छलफल

File RSS

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । उता, पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच नयाँ सरकार गठन बारे भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा… Continue reading नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका नेताहरुबीच छलफल

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा

काठमाडौं । समानुपातिकतर्फ ९१ लाख ८६ हजार मतगणना भइसकेको छ । जस अनुसार एमालेको मत २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत पाएइका छन् ।, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा… Continue reading समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा

सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी

धरान । सुनसरी १ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका हुन् । सुरुवाती गणनामा तामाङले अग्रता लिएकी थिइन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याए । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३… Continue reading सुनसरी १ बाट घण्टीलाई हराउँदै जसपाका अशोक राई विजयी

१५५ सिटको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५२, एमाले ४१, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवार ७÷७ ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) ६, स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा… Continue reading १५५ सिटको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

पूर्वसभामुख सुवाङ नेम्वाङ झिनो मतान्तरले विजयी

काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा… Continue reading पूर्वसभामुख सुवाङ नेम्वाङ झिनो मतान्तरले विजयी

वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा वर्तमान मन्त्रीपरिषद्मा रहेकामध्ये ४ जना मन्त्री सांसदमा पराजित भएका छन् । शनिबार गृहमन्त्री बालकृष्ण खाँड पराजित भए । त्यस अघि ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसाल, युवातथा खेलकुदमन्त्री महेश्वररात गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भए… Continue reading वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित

१४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?

काठमाडौं । प्रतिनिधिसभातर्फ शनिबार बिहानसम्म कुल १४६ सिटको नतिजा आएको छ । प्रत्यक्षमा कुल १६५ सिटका लागि निर्वाचन भएको हो । यसमा प्रत्यक्षमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४९ सिटमा विजयी नतिजा निकालेको छ । कांग्रेसका ५ उम्मेदवार मत गणनामा अगाडी छन् । एमालेले ३८ सिटमा जित निकालिसकेको छ । उसका ६ उम्मेदवार… Continue reading १४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?

आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परे आफ्नो पार्टी तालमेल वा गठबन्धनमा जोडिन सक्ने संकेत गरेका छन् शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताए । ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल… Continue reading आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत

११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)

काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने १६५ जना सांसद मध्ये ११६ निर्वाेचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । सो पार्टीले ४० स्थानमा जित निकालेको छ । नेकपा एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र… Continue reading ११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)

समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित

काठमाडौं । एकीकृत समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित भएका छन् । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान सम्पन्न मतगणनाहुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत… Continue reading समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित

देव गुरुङलाई हराउँदै लमजुङबाट पृथ्वी सुब्बा बने सांसद

कास्की । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गरे । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाए । लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । निर्वाचित गुरुङ २०७४ लमजुङ… Continue reading देव गुरुङलाई हराउँदै लमजुङबाट पृथ्वी सुब्बा बने सांसद

गोरखा २ बाट प्रचण्ड विजयी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेका अब्दुस मिया तेस्रो स्थानमा रहे । प्रचण्डले २६ हजार १०३ मत… Continue reading गोरखा २ बाट प्रचण्ड विजयी

ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो

काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पारिन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत… Continue reading ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो

राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित

काठमाडौं । रवी लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा सानदार इन्ट्री गरेको छ । पहिलो प्रयासमै यो पार्टीले काठमाडौंका तीन क्षेत्रमा जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भए । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित

काठमाडौं १० मा राजन केसीको सान

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन)ले विजयको ह्याट्रिक गरेका छन् । उनी लगातार तेस्रो पटक यस क्षेत्रबाट सांसद बनेका हुन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस… Continue reading काठमाडौं १० मा राजन केसीको सान

एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित बनेका छन् । मंगलबार राति सम्पन्न मत गणनामा पौडेलले काठमाडौं क्षेत्र नं ५ बाट नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाए । पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा… Continue reading एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित

सुर्खेत २ मा कांग्रेसका थानी विजयी

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी सांसद बनेका छन् । उनले ३४ हजार ६२५ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत कुमार बीसीले २९ हजार ५५८ मत पाएका छन् । थानी तीन पटक संसदीय निर्वाचनमा निर्वाचित बनेका छन् । उनी ०७४ भने नेकपा एमालेका नवराज रावतसँग पराजित भएका… Continue reading सुर्खेत २ मा कांग्रेसका थानी विजयी

रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।… Continue reading रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद

काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रवीन्द्र मिश्रलाई हराउन सके । रवीन्द्र राप्रपाबाट उठेका थिए । प्रकाशमानले ७,१४३ मत ल्याए । रवीन्द्रको ७०१८ मत आयो । घण्टी चिन्हबाट उठेका पुकार बमले ४११५ भोट ल्याए । यो क्षेत्रमा… Continue reading काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र

जनताको अभिमत : पार्टी होइन पात्र

काठमाडौं । प्रतिनिधिसभा र तथा प्रदेश सभाको प्रारम्भिक नतिजाहरु आउने क्रम जारी छ । सोमबार अबेरसम्म करीव १ सय निर्वाचन क्षेत्रको प्रारम्भक नतिजा आएको छ । जसमा कांग्रेस र एमालेबीच पहिलो हुने होडबाजी चलिरहेको छ । पुराना पार्टीलाई रवी लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिकै चूनौति दिइरहेको छ । गठबन्धन गरेर गएका दलहरुलाई समेत जनताले… Continue reading जनताको अभिमत : पार्टी होइन पात्र

आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान

काठमाडौं । आज प्रतिनिधसभा र प्रदेश सभाका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेटबाट देशैभर एकै पटक मतदान शुरु भएको हो । मतदान केन्द्रमा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्था गरिएको छ । अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था छ । देशभर १० हजार ८९२ मतदानस्थल… Continue reading आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान

एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति

शनिबार एमाले समर्थक केही पत्रकारहरुबाट फेकन्यूज आतंक चलाइएको छ । यसलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विभिन्न मिडियाका स्क्रिनसट राखेर भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिकालगायत विभिन्न मिडिया समेतको दुरूपयोग… Continue reading एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति