काठमाडौं । पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले,… Continue reading कोटीहोम घटना छानविन गर्न समिति गठन
Category: स्थानीय
थामे गाउँ बाढीबारे प्रधानमन्त्रीको चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् । उनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएका हुन् । बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराइन् । तर हिम पहिरो आएको वा हिमताल फुटेर बाढी आएको… Continue reading थामे गाउँ बाढीबारे प्रधानमन्त्रीको चासो
चन्द्रागिरिमा निर्माणाधिन घरको छतबाट खसेर एक जनाको मृत्यु
काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौंको चन्द्रागिरिमा एक कामदारको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रंग लगाउने क्रममा नुवाकोट पञ्चकन्या गाउँपालिका १ का ४१ वर्षीय अर्णबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चन्द्रागिरि १५ स्थित एक निर्माणाधीन घरमा रंग लगाउने क्रममा दोस्रो… Continue reading चन्द्रागिरिमा निर्माणाधिन घरको छतबाट खसेर एक जनाको मृत्यु
धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु
काठमाडौं । धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ घर भइ आफन्तको घरमा गएकी १० वर्षीया संध्या यादव छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार आज दिउँसो नुहाउन गएकी दुई बालिकालाई खाल्डोमा… Continue reading धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु
थामे बाढी : तटीय क्षेत्रमा जोखिम
काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा आएको बाढीले दुधकोशी नदिको बहाब बढाएको छ । नदिले तटिय क्षेत्रमा जोखिम बढाएको भन्दै प्रशासनले सचेत हुन भनेको छ । मौसम बिज्ञान विभागले शुक्रबार सूचना निकाल्दै तटीय क्षेत्रमा सचेत हुन भनेको हो । सोलुखुम्बुको जोरसल्ले देखि तल दुधकोशीमा बढी जोखिम देखिएको हो । बाढीले थामे गाउमा व्यापक क्षति गरेको छ… Continue reading थामे बाढी : तटीय क्षेत्रमा जोखिम
सोलुखुम्बुको थामे गाउँ बाढीले बगायो
सोलुखुम्बुको थामे गाउँ बाढीले बगाएको छ । सोमबार पासाङ ल्ह्यामु गाउँपालिका स्थित यो गाउँ सगरमाथा नजिकको गाउँ हो । शुक्रबार करिव १ बजे तिर आएको बाढी हिमताल फुटेर आएको अनुमान गरिएको छ । स्थानीय प्रहरी प्रशासनले जनाएअनुसार अहिलेसम्म १२ वटा घर बगेको आशङ्का छ । मानवीय क्षतिको विवरण आएको छैन । सामाजिक सन्जालमा आएका भिडियोमा… Continue reading सोलुखुम्बुको थामे गाउँ बाढीले बगायो
गठ्ठाघर दिनभर तनावग्रस्त, ट्रकले स्कुटरलाइ ठक्कर दिदा एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरको गठ्ठाघर आज दिनभर तनावग्रस्त रह्यो । यहाँ ट्रकले ठक्कर दिदा एक महिलाको ज्यान गएको छ । घटनापछि स्थानीयले ट्रकका आगजनी गरेका थिए । साथै ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि आक्रमण गरेका थिए । मृतकको सनाखत भइसकेको छैन । उनलाइ बीभत्स तरिकाले ट्रकले किचेपछी स्थानीय आक्रोशित बनेका थिए । आक्रोशित भिडलाइ नियन्त्रणमा लिन प्रहरीले… Continue reading गठ्ठाघर दिनभर तनावग्रस्त, ट्रकले स्कुटरलाइ ठक्कर दिदा एक जनाको मृत्यु
नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
काठमाडौं । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । मंगलबार दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर… Continue reading नारायणघाट–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध
काठमाडौं । मंगलबार राति आएको वर्षासँगै पहिरोले पृथ्वी राजमार्ग अबरूद्व बनेको छ चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको स्थानमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका ३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व बनेको छ । राजमार्ग खुलाउने… Continue reading पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध
नेपाल प्रवेश गर्न खोजेका दुई बंगलादेशी नागरिक भारत फिर्ता
काठमाडौं । नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका १५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको टोलीले नेपाल प्रहरीको संयुक्त टोलीले दुई बंगलादेशी नागरिकलाई मंगलबार फिर्ता गरेको हो । उपचारको बहाना बनाएर नेपाल प्रवेश… Continue reading नेपाल प्रवेश गर्न खोजेका दुई बंगलादेशी नागरिक भारत फिर्ता
माछा खाँदा बिरामी परेका तीन बालबालिकाको ज्यान गयो
काठमाडौं । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।… Continue reading माछा खाँदा बिरामी परेका तीन बालबालिकाको ज्यान गयो
प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण २ महिनामा बाढीपहिरो लगायतका विपद्मा परी १७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना… Continue reading प्राकृतिक विपत्तिका कारण २ महिनामा १७३ जनाको मृत्यु
काठमाडौंमा घरको छतबाट हाम फालेका २१ वर्षिय युवकको ज्यान गयो
काठमाडौं । त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवकको ज्यान गएको छ । सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको… Continue reading काठमाडौंमा घरको छतबाट हाम फालेका २१ वर्षिय युवकको ज्यान गयो
बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु
काठमाडौं । बागलुङको बडीगाड गाउँपालिका–१० मा घरमा पहिरो खस्दा ६ जनाको ज्यान गएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् । पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६… Continue reading बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु
चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो
काठमाडौं । चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ । चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर-२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट… Continue reading चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो
बागमती किनारमा एक पुरुषको शव फेला
काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो । आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो… Continue reading बागमती किनारमा एक पुरुषको शव फेला
दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता
काठमाडौं । दाङको घोराही(तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गतराति दुईवटा अटोरिक्सा बगाएको छ ।तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय… Continue reading दाङमा खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता
इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । इलाममा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । तीन जना सवार मोटरसाइकल… Continue reading इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय… Continue reading भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता
एमाले पार्टी कार्यालय आसपास पुनः डुबान
काठमाडौं । रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुगेको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको छ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो । अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ । च्यासलस्थित एमाले केन्द्रीय… Continue reading एमाले पार्टी कार्यालय आसपास पुनः डुबान
पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध
काठमाडौं । पश्चिम नेपालमा अविरल वर्षाले पुन क्षति पुर्याउन सुरु गरेको छ । पहिरोले डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक… Continue reading पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध
गोरखामा पहिरोमा परि ५ जना वेपत्ता
काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा घर र कृषि… Continue reading गोरखामा पहिरोमा परि ५ जना वेपत्ता
धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो
काठमाडौं । भंगहा (जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो । रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । रेलको लिक छेउबाट हिड्ने… Continue reading धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो
तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो
काठमाडौं । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका(११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी… Continue reading तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो
पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु
काठमाडौं । पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ। महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको… Continue reading पौडी खेल्दा खोलाले बगाएर दुई किशोरीको मृत्यु
रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर… Continue reading रामेछापमा पहिरो, कम्तिमा तीन जनाको मृत्यु
काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । जहाजमा दुई क्याप्टेनसहित १९ जना सवार थिए । सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी भएको खुलेको छ । यसमध्ये क्याप्टेनको जिवितै उद्दार गरिएको छ भने १८ जनाको… Continue reading काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु
लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री
काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम निश्चित गरेको छ । कांग्रेसकोभागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण हुँदैछ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर… Continue reading लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री
बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका… Continue reading बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना
बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म… Continue reading बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक