काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्य सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा… Continue reading पाथिभरामा केबुलकार बनाउन सुरु
Category: स्थानीय
बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् । बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको… Continue reading बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
काठमाडौं । काठमाडौं गोकर्णेश्वरमा एक जना पुरुष मृत फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका(५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नस्केका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
राष्ट्रपतिबाट भूमि सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेकोमा आज राष्ट्रपति रामचन्द्र पौडेलले जारि गरेका हुन् । चार ओटा यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने… Continue reading राष्ट्रपतिबाट भूमि सम्बन्धी अध्यादेश जारी
न्यायाधीश चढेको कार दुर्घटनामा
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्। न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। ५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै… Continue reading न्यायाधीश चढेको कार दुर्घटनामा
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे जानकारी पाउने… Continue reading चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव
काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ । जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि… Continue reading नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव
प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । उनले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् । उनले… Continue reading प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह
न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा स्वस्थानी व्रतकथा हुने
न्युयोर्क । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा जनवरी १३ बाट न्युयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा सुरु हुने भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिने प्रचलन अनुसार प्रवासको जीवनशैलीलाई सहजतास्वरुप सामुहिक वाचन… Continue reading न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा स्वस्थानी व्रतकथा हुने
मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुन्दरहरैंचा नगरपालिका–९ नागदेवी खण्डमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२-०५१ प ७६३५… Continue reading मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ
काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी बालिका मृत फेला परेका छन् । प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो । मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना… Continue reading सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ
व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको विरोधमा व्यवसायीले अत्यावश्यक उडान समेत रोकेका छन् । वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः… Continue reading व्यवसायीले किन रोके सगरमाथा क्षेत्रमा अत्यावश्यक उडान ?
विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान
काठमाडौं । गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको… Continue reading विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान
होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो । त्यसपछि फरार रहेका ती युवक… Continue reading होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला
जलपन्छी गणना हुँदै, देशभरी एकै पटक सुरु
काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणना गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका… Continue reading जलपन्छी गणना हुँदै, देशभरी एकै पटक सुरु
बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो । सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका… Continue reading बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु
मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मंकीपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । उनले विमानस्थलमा रहेका अधिकारीहरुसँग छलफल गर्दै जोखिम फैलन नदिने गरी प्रभावकारी सेवा दिन आग्रह गरे ।मन्त्रालयले मंकीपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ… Continue reading मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल
बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
काठमाडौं । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ । गतराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले थिच्दा गम्भीर घाइते तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो… Continue reading बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
बैतडीमा आज बिहानै भूकम्पको धक्का
काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका… Continue reading बैतडीमा आज बिहानै भूकम्पको धक्का
इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला, सेनाले पार्यो निष्कृय
काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटिएको थियो । टोलीले सो वस्तु निष्कृय पारेको छ । उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै… Continue reading इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला, सेनाले पार्यो निष्कृय
सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका(९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको… Continue reading सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
उपत्यकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध… Continue reading उपत्यकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको… Continue reading झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण
अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु
काठमाडौं । अछाममा बोइलर कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कमलबजार नगरपालिका–३ बयालाका तुलासिंह विकका १४ वर्षीय छोरा कमल विकको मृत्यु भएको हो । शुक्रबार साँझ नजिकैको मासु पसलबाट मरेको कुखुरा ल्याएको र शनिबार… Continue reading अछाममा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु
प्रहरी जवानले आफैलाई हाने गोली
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए । ‘प्रबन्ध… Continue reading प्रहरी जवानले आफैलाई हाने गोली
गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट(६ झापक बस्ने ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजन भुजेलले बताए ।जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो… Continue reading गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का
काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक… Continue reading जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का
हुम्लामा हिमपातले जनजीवन प्रभावित
काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको… Continue reading हुम्लामा हिमपातले जनजीवन प्रभावित
फुल्चोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा
काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा बाटो बिराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार साँझ ५ बजे उनीहरूले प्रहरीलाई आफूहरूले बाटो बिराएको भनी उद्धार गर्न खबर गरेको प्रहरीले जनाएको छ । लगत्तै प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपालीको नेतृत्वमा ५ जना र स्थानीय एक जनाको टोलीले खोजी कार्य जारी राखेको ललितपुर प्रहरीले जनाएको… Continue reading फुल्चोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा
बाजुरामा भुकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । शनिबार बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५।२ म्याग्नेच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाकि छ। पछिल्लो समय पश्चिम नेपालमा भूकम्पले निरन्तर धक्का दिइरहेको छ ।