टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

FILE - Libya's army chief of staff Gen. Muhammad Ali Ahmad al-Haddad poses for a photo in Tripoli, Libya, Oct. 3, 2022. (AP Photo/Yousef Murad, File)

अङ्कारा, १० पुस (रासस–एपी) । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त… Continue reading टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौँ, १० पुस । बागमतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर… Continue reading बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

सिरहामा किशोरी हत्या प्रकरण : तीन सातासम्म पनि भएन दोषीको पहिचान

सिरहा, १० पुस । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय… Continue reading सिरहामा किशोरी हत्या प्रकरण : तीन सातासम्म पनि भएन दोषीको पहिचान

निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी, के छन् प्रावधान ?

काठमाडौँ, १० पुस । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग… Continue reading निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी, के छन् प्रावधान ?

त्रिविको ५१ औं दीक्षान्त समारोह आज

file

कीर्तिपुर (काठमाडौँ), १० पुस । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले… Continue reading त्रिविको ५१ औं दीक्षान्त समारोह आज

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

Pope Leo XIV celebrates the Christmas Eve Mass in St. Peter's Basilica at The Vatican, Wednesday, Dec.24, 2025. (AP Photo/Gregorio Borgia)

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले… Continue reading डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौँमा आज दुई पार्टी बीचको चुनावी एकता घोषणा पत्रमा हस्ताक्षरपश्चात उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपक साह । तस्बिरः विमलबहादुर विष्ट/रासस

काठमाडौँ, ९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकताको घोषणा गरिएको छ । आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै पार्टीका शीर्ष नेतृत्वले चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । उक्त पत्रकार सम्मेलनमा उज्यालो… Continue reading उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौँ, ९ पुस । प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२… Continue reading ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

क्यासिनोमा प्रविधिका माध्यमबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यासिनोबाट पक्राउ परेका व्यक्तिहरु बारे जानकारी दिनुहुँदै परिसरका सूचना अधिकारी पवनकुमार भट्टराई । तस्बिरः रत्न श्रेष्ठ/रासस

१० पुस, काठमाडौं । म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा छापा मारी ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद… Continue reading क्यासिनोमा प्रविधिका माध्यमबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङ आफूले मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा मन्त्रालयबाट भए, गरेका कामबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, ९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो १०० दिनको अवधिमा ऊर्जा उत्पादन, प्रसारण, लगानी व्यवस्थापन र विपद् न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण निर्णय तथा कार्यान्वयन भएको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले १०० दिनमा सम्पादित १०१ कामको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष निरीक्षण, सक्रिय निर्देशन र प्रशासनिक सुधारमार्फत विकास… Continue reading ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, ९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३७ अङ्कले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड… Continue reading बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज (पर्सा), ९ पुस । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको… Continue reading केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ९ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य… Continue reading आज पनि बढ्यो सुनचाँदीको मूल्य

पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

काठमडौँ, ९ पुस । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् । गत साता भारतमा उपचार गराएर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज… Continue reading पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

जेनजी आन्दोलनमा फरार प्रतिवादी खोज्न दाङमा खोजतलास अभियान

दाङ, ९ पुस । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली खटिएर… Continue reading जेनजी आन्दोलनमा फरार प्रतिवादी खोज्न दाङमा खोजतलास अभियान

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ, ९ पुस । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको… Continue reading निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

मन्त्रिहरु आज पनि पार्टी कार्यालय भ्रमणमा जाने

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल मङ्गलबार ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको कोटेश्वर पेरिस डाँडास्थित तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको निरीक्षणका क्रममा । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, ९ पुस । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे… Continue reading मन्त्रिहरु आज पनि पार्टी कार्यालय भ्रमणमा जाने

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

माधवप्रसाद घिमिरे–राससपाटन (ललितपुर), ९ पुसः विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ । त्यसैले पुस ८ गते पर्ने भट्टराईको… Continue reading जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

सुनको मूल्य भारी वृद्धि

काठमाडौँ, ८ पुस । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको… Continue reading सुनको मूल्य भारी वृद्धि

चिनियाँ राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

काठमाडौँ, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत छनप्रति धन्यवाद ज्ञापन गरे ।

शीर्ष नेता र सरकारबीचको संवादले चिर्ला निर्वाचनको शंका ?

८ पुस, काठमाडौं । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनाव हुने की नहुने भन्ने अन्योल जारी छ । निर्वाचन आयोगले प्राविधिक तयारीको काम तिव्र गतिमा गरेको छ । तर, एक हुन नसकेका जेन जी समूह, राजनीतिक दलहरुमाथि गरिने अविश्वास र ताजा आक्रमणका घटनासहितले निर्वाचनमा अन्यौल कायम रहेको हो । यसैबीच सरकार र राजनीतिक… Continue reading शीर्ष नेता र सरकारबीचको संवादले चिर्ला निर्वाचनको शंका ?

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ, ८ पुस । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने विषयमा सरकार र प्रमुख दलबीच समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमार्लेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक… Continue reading निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

राससवालिङ (स्याङ्जा), ८ पुस : स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले… Continue reading राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी, ८ पुस । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल… Continue reading दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रेपलाञ्चोक, ८ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो । प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु ३५ लाख लगानी गरी… Continue reading बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

राससकास्की, ८ पुसः पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ । महानगरभित्र पर्ने राजमार्ग क्षेत्र र नगर क्षेत्रका प्रमुख सडकका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई हटाउने तयारी सुरु गरिएको हो । पृथ्वी राजमार्गको पोखराको प्रवेशद्धार कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ… Continue reading पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—३ ठिङ्गरमा चिसोले बरफ बनेर जमेको ठिङ्गर खोला । हिउँदयामको अत्यधिक चिसोका कारण नदीनाला, सिँचाइ कुलो, धारालगायत चिसोले जम्न थालेपछि स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीको समय तापक्रम माईनस २० डिग्री सेल्सियसमा झर्ने गरेको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

राससमुस्ताङ, ८ पुसः माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर… Continue reading माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

चन्द्रपुर (रौतहट) । ८ पुस । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा… Continue reading अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ, ८ पुस । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले… Continue reading निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

राससकाठमाडौँ, ८ पुस । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा… Continue reading संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना