अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक

२८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक रूपमा कर वृद्धि गरे बेइजिङको कडा प्रतिशोधका कारण उत्पन्न व्यापार युद्धलाई कम गर्न अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूबीच शनिबार जेनेभामा बैठक भएको छ। गत महिना ट्रम्पले चीनमाथि नयाँ कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच भएको पहिलो वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार… Continue reading अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक

पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

२८ वैशाख, म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून… Continue reading पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

काठमाडौं , मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा पूर्णरुपमा बन्द भएको बाटो एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो । कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय… Continue reading मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

२८ वैशाख, काठमाडौं । (एजेन्सी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार एएफपीलाई जानकारी दिएका छन् । मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले एएफपीसँग बताए ।… Continue reading पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

२८ वैशाख, भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् । पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी… Continue reading चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

कस्तो रहनेछ नेपालमा आजको मौसम ?

२८ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ… Continue reading कस्तो रहनेछ नेपालमा आजको मौसम ?

टिपर दुुर्घटनामा चालकको मृत्यु

२८ वैशाख, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय… Continue reading टिपर दुुर्घटनामा चालकको मृत्यु

अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण

President Donald Trump speaks with reporters as he signs an executive order in the Oval Office of the White House, Friday, May 9, 2025, in Washington, as from left, Sen. Jon Husted, R-Ohio,, Sen. Ashley Moody, R-Fla., her son, Rep. Gary Palmer, R-Ala., Rep. Brian Jack, R-Ga., Rep. Stephanie Bice, R-Okla., and Rep. Craig Goldman, R-Texas, listen. (AP Photo/Alex Brandon)

२७ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा आउने भएका छन् । दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’… Continue reading अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण

भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति

File (Photo by Tauseef MUSTAFA / AFP)

भारत र पाकिस्तानबीच जल, स्थल र आकास तीन वटै क्षेत्रमा आक्रमण नगर्ने सहमति भएको छ । साथै आगामी १२ मेमा दुबै मुलुकका उच्च अधिकारीहरुबीच वार्ता गर्ने सहमति समेत जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिरामको घोषणा गरेका थिए । अमेरिकाको मध्यस्थतामा यस्तो सहमति जुटेको उनको दावि छ । दुई मुलुकबीच… Continue reading भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति

भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले… Continue reading भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा

६ महिनापछि घर फर्किए टिंकरवासी

नरेन्द्रसिंह कार्की/रासस २७ वैशाख, दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् । गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । “छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता… Continue reading ६ महिनापछि घर फर्किए टिंकरवासी

ध्यान गर्न प्रभुुचेलामा बनाइयो पूर्वाधार

default

रासस२७ वैशाख, म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु एक करोडभन्दा बढी लगानी पूर्वाधार निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण… Continue reading ध्यान गर्न प्रभुुचेलामा बनाइयो पूर्वाधार

सुरु भयो सगरमाथा आरोहण, ४२१ आरोही चुचुरो चुम्ने लक्ष्यमा

file

सिबी अधिकारी / रासस २७ वैशाख, काठमाडौं । सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ¥याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले रासससँग भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको… Continue reading सुरु भयो सगरमाथा आरोहण, ४२१ आरोही चुचुरो चुम्ने लक्ष्यमा

आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

File RSS

रासस २७ वैशाख, काठमाडौं । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपाललाई धन्यवाद दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा… Continue reading आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

कस्तो रहनेछ नेपालमा आजको मौसम ?

२७ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र… Continue reading कस्तो रहनेछ नेपालमा आजको मौसम ?

श्रीलङकाः हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते

२६ वैशाख, कोलम्बो । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन् । वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।… Continue reading श्रीलङकाः हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?

Newly elected Pope Leo XIV, Robert Francis Prevost reacts as he arrives on the main central loggia balcony of the St Peter's Basilica for the first time, after the cardinals ended the conclave, in The Vatican, on May 8, 2025. Robert Francis Prevost was on May 8, 2025, elected the first pope from the United States, the Vatican announced. A moderate who was close to Pope Francis and spent years as a missionary in Peru, he becomes the Catholic Church's 267th pontiff, taking the papal name Leo XIV. (Photo by Tiziana FABI / AFP)

२६ वैशाख, काठमाडौं । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए… Continue reading अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

file

२६ वैशाख, काठमाडौं । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए । विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् ।… Continue reading सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२६ वैशाख, सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडकखण्डमा आज साँझ यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दोलखा मेलुङ… Continue reading बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

File RSS

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको… Continue reading प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

२६ वैशाख, काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही… Continue reading पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान आफ्ना नागरिकलाई चीनको एडभाइजरी

२६ वैशाख, काठमाडौं । नेपालस्थित चीनियाँ दूतावासले चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ ।दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’ उक्त सन्देशमा भनिएको छ, ‘नेपाल-भारतको सीमा खुला छ, त्यसैले… Continue reading नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान आफ्ना नागरिकलाई चीनको एडभाइजरी

भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

MS Dhoni of Chennai Super Kings and Shivam Dube of Chennai Super Kings running between the wickets during match 57 of the Indian Premier League season 18 (IPL 2025) between the Kolkata Knight Riders and the Chennai Superkings held at the Eden gardens Stadium, Kolkata on the 7th May 2025. Photo by Prathiksha MK/ Sportzpics for IPL

भारत र पाकिस्तान बीचको तनाव सङ्गै भारतले सबैभन्दा ठूलो क्रिकेट इभेन्ट इन्डियन प्रिमियर लिग स्थगित गरेको छ । भारतीय क्रिकेट बोर्डले यस्तो निर्णय लिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार आजबाट खेलहरु हुने छैनन् । विदेशी खेलाडीलाई सुरक्षित घर फर्काउने अभियानलाई प्राथमिकता दिइने बताइएको छ । साथै परिस्थिति हेरेर नयाँ मिति घोषणा गर्ने समेत बिसिसिआइले जनाएको… Continue reading भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

देशका अधिकांश भागको मौसम सफा रहने

२६ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही… Continue reading देशका अधिकांश भागको मौसम सफा रहने

भारतले थाल्यो जवाफी हमला : आजतक

File (Photo by Tauseef MUSTAFA / AFP)

२५ वैशाख, पाकिस्तान र भारतबीच युद्ध र तनाव बढेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आजतकका अनुसार अहिले भारतले पाकिस्तानका शहरमा सिमाइल आक्रमण थालेको छ । यसअघि पाकिस्तानले भारतीय सीमावर्ती शहरमा निरन्तर ड्रोन र मिसाइल हानेको छ । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ… Continue reading भारतले थाल्यो जवाफी हमला : आजतक

पाकिस्तानले मध्यरातमा भारतमा थाल्यो आक्रमण, क्षतिको विवरण आउँदै

पाकिस्तानले सीमावर्ती शहरहरुमा ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । भारत प्रशासित जम्मु कश्मिरमा निरन्तर ‘विष्फोट’को आवाज आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।, श्रीनगर विमानस्थलमा आक्रमणको खबर आएको छ । यसको पुष्टी हुन सकेको छैन । साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ गरिएको छ । यसबाहेक राजस्थान, गुजरातसम्म ड्रोन हमलाको खबर सार्वजनिक भइरहेको छ । अमेरिकी समाचार… Continue reading पाकिस्तानले मध्यरातमा भारतमा थाल्यो आक्रमण, क्षतिको विवरण आउँदै

नाइजेरियामा सैनिक कारबाहीमा ११ जना लडाकु मारिए

file

२५ वैशाख, काठमाडौं । नाइजेरियामा सरकारद्वारा सञ्चालित आतङ्कविरोधी अभियानहरू तीव्र बन्दै गएका छन् । जसअनुसार हालैका दिनमा कम्तीमा ११ जना आतङ्ककारी नेताहरू मारिएको जानकारी प्राप्त भएको छ। यो विवरण नाइजेरियाका रक्षामन्त्री मोहम्मद बडारुले बुधबार राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । उनले जानकारी दिनुहुँदै भने, ‘देशको उत्तरी क्षेत्रमा सक्रिय तथा निकै खतरनाक मानिएका… Continue reading नाइजेरियामा सैनिक कारबाहीमा ११ जना लडाकु मारिए

सुन्दरबजारबाट बसाइँसराइ गर्नेको लर्को

default

२५ वैशाख, लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन् । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु आवको चैतसम्म… Continue reading सुन्दरबजारबाट बसाइँसराइ गर्नेको लर्को

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

RSS

२५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४… Continue reading सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

रेशम चौधरी पक्राउ प्रकरणमा यस्तो आयो गृहमन्त्रीको स्पष्टीकरण

गृहमन्त्री लेखक काठमाडौँ, २५ वैशाखः गृहमन्त्री रमेश लेखक बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, विशेष र शून्य समयमा सांसदहरूले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सदनलाई जानकारी गराएका छन् । उनले संरक्षक चौधरीलाई पक्राउ गरिएको सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताए । प्रतिनिधिसभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसअघि अदालतबाट… Continue reading रेशम चौधरी पक्राउ प्रकरणमा यस्तो आयो गृहमन्त्रीको स्पष्टीकरण