२५ वैशाख, काठमाडौं । काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । टूरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा सम्भाब्यता अध्ययन टोली रारा प्रस्थान गरेको बोर्डले छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राबारे बुझ्ने बोर्डको भनाई छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ… Continue reading काठमाडौं–रारा पर्यटक बस सञ्चालन गर्न सम्भाव्यता अध्ययन सुरु
Category: समाचार
राजावादीले १५ जेठबाट अनिश्चितकालिन आन्दोलन गर्ने
काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा… Continue reading राजावादीले १५ जेठबाट अनिश्चितकालिन आन्दोलन गर्ने
बसको ठक्करबाट तीनकुनेमा युवतीको मृत्यु, तीन घाइते
२५ वैशाख, काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । मोटरसाइकल… Continue reading बसको ठक्करबाट तीनकुनेमा युवतीको मृत्यु, तीन घाइते
सुनसरीमा चन्दा सङ्कलन गरेर विद्यालयलाई बस
२५ वैशाख, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध्यक्ष आलम अंसारीले जानकारी दिए । स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका… Continue reading सुनसरीमा चन्दा सङ्कलन गरेर विद्यालयलाई बस
विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा
२५ वैशाख, जुम्ला । गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए । गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ… Continue reading विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा
आज देशका अधिकांश भागको मौसम सफा
२५ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही… Continue reading आज देशका अधिकांश भागको मौसम सफा
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह
२४ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन् । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । “विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ। सोमबार… Continue reading भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह
भारत–पाकिस्तान तनाव : आज दिनभर के के भयो ?
२४ वैशाख, काठमाडौं । भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेका छन् । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको हो । दुवै पक्षको मृत्यु भएको बताइएको छ । पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन… Continue reading भारत–पाकिस्तान तनाव : आज दिनभर के के भयो ?
बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
२४ वैशाख, नेपालगञ्ज । बाँकेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका– १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको र मोटरसाइकल चालक एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नं को… Continue reading बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
२४ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा… Continue reading केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
२४ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए… Continue reading काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
जनतालाई अनावश्यकरूपमा निराश बनाउनु अपराध हो : प्रधानमन्त्री
२४ वैशाख, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन् । लोकान्तर डटकम को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिए । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला ः?… Continue reading जनतालाई अनावश्यकरूपमा निराश बनाउनु अपराध हो : प्रधानमन्त्री
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै
२४ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र… Continue reading नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै
भारतले पाकिस्तानमा थाल्यो हवाई आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
नयाँ दिल्ली । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा… Continue reading भारतले पाकिस्तानमा थाल्यो हवाई आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
वाथरुममा लडेर प्रचण्ड सामान्य घाइते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएको स्रोतलाइ उदृत गर्दै नेपाली संचारमाध्यमले पुष्टि गरेका छन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ । राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन्… Continue reading वाथरुममा लडेर प्रचण्ड सामान्य घाइते
ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश
वासिङ्टन, वैशाख २३ गते । सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् । यो अमेरिकाको आप्रवासन नीतिलाई पुनः आकार दिने सरकारको प्रयासमा एउटा धक्का हो । यो आदेशले अपिल अदालतको फैसलाले लगाएको सीमाहरू स्पष्ट पारेको छ । उक्त फैसलाले ट्रम्प प्रशासनलाई शरणार्थी प्रवेश प्रणाली… Continue reading ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश
प्रधानमन्त्रीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्र बैँकको गभर्नर नियुक्तिमा समस्या नभएको बताएका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।राष्ट्र बैँकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाई भएको उनको भनाइ छ ।… Continue reading प्रधानमन्त्रीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
वामपन्थी नेता प्रदीप नेपालको निधन
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री… Continue reading वामपन्थी नेता प्रदीप नेपालको निधन
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
२३ वैशाख, रामपुर । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् । मौरीघार उनलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने उनलाई घार देख्दा मन भारी… Continue reading रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
भारत–पाकिस्तान तनावबीच पाकिस्तानद्धारा दोस्रो क्षेप्यास्त्र परीक्षण
२३ वैशाख, इश्लामावाद । कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावका बीच पाकिस्तानले दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार जारी एक विज्ञप्तिमा पाकिस्तान सेनाले १२० किलोमिटर दायरा भएको मिसाइल सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिएको छ । परीक्षणको उद्देश्य सैनिक तयारी र प्रविधिगत पक्षहरूको प्रमाणीकरण रहेको बताइएको छ । यसअघि शनिबार पनि पाकिस्तानले ४५० किलोमिटर दायरा… Continue reading भारत–पाकिस्तान तनावबीच पाकिस्तानद्धारा दोस्रो क्षेप्यास्त्र परीक्षण
कस्तो रहनेछ आजको मौसम ?
२३ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?
खोलामा डुबेर दुई किशोरको मृत्यु
२२ वैशाख, मध्यविन्दु । गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । घटना सोमबारको हो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय… Continue reading खोलामा डुबेर दुई किशोरको मृत्यु
चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी
२२ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ । नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरू… Continue reading चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी
२५ वर्षमा बाल मृत्युदर ७८ प्रतिशतले कमी
२२ वैशाख, काठमाडौं । सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमले नै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर… Continue reading २५ वर्षमा बाल मृत्युदर ७८ प्रतिशतले कमी
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ । भेटका अवसरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए । यसअघि… Continue reading प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
गाजामा इजरायली हवाई आक्रमण, थप १६ जना मारिए
२१ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार इजरायली हवाई आक्रमणका कारण १६ जनाको मृत्यु भएको छ, जसमा कम्तीमा तीन जना बालबालिका पनि रहेका छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजा पट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा छ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई… Continue reading गाजामा इजरायली हवाई आक्रमण, थप १६ जना मारिए
दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु
२२ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा एउटा मिनीबस ट्याक्सी र पिकअप ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।प्रान्तीय यातायात प्रवक्ता उनाथी बिनकोसेका अधिकारीले जोहानेसबर्गबाट करिब एक हजार किलोमिटर दक्षिणमा पर्ने पूर्वी केप शहर माकोमा नजिकै स्थानीय समय अनुसार शनिबार मध्यरातमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको र पाँच जना गम्भीर… Continue reading दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु
गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिरः संयुक्त राष्ट्रसङ्घीय संस्था
२२ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी (युएनआरडब्लूए) ले गाजा क्षेत्रमा अहिलेको मानवीय अवस्था अत्यन्तै गम्भीर र कल्पना गर्नै नसकिने भएको बताएको छ । एजेन्सीका अनुसार गाजामा जीवन निर्वाहका लागि आवश्यक वस्तुहरूको आपूर्ति पूर्ण रूपमा रोकिएको नवौं हप्ता भइसकेको छ, जसले गर्दा अवस्था झनै बिग्रन सक्ने खतरा छ । यस्तो भयावह स्थिति रोक्न अन्तर्राष्ट्रिय… Continue reading गाजाको मानवीय स्थिति कल्पनाभन्दा बाहिरः संयुक्त राष्ट्रसङ्घीय संस्था
चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने
२२ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रूसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रूसको भ्रमण गर्नुहुने क्रेमलिनले आइतबार जनाएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने… Continue reading चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रबाट पाँच प्रहरी अपहरण
२१ वैशाख, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले जेल भ्यानमा आक्रमण गरी पाँच जना प्रहरीलाई अपहरण गरेको दाबी गरेको छ । शुक्रबार राति ३० देखि ४० जना सशस्त्र व्यक्तिहरूले बलुचिस्तान प्रान्त पार गर्ने एउटा मुख्य राजमार्ग अवरुद्ध गरी प्रहरीको निगरानीमा रहेको जेल भ्यानलाई रोक्का पारेको प्रहरी अधिकारीले जानकारी दिए । “कैदीहरूलाई… Continue reading पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रबाट पाँच प्रहरी अपहरण