तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

१४ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित… Continue reading तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

AP Photo/Rahmat Khan)

१४ वैशाख, इश्लामावाद । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारीलाई सेनाले मारेको पाकिस्तान सेनाले आइतबार जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो । सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र… Continue reading पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

१४ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० को बजेट फिर्ता… Continue reading खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

दुर्गा प्रसाई र रवीन्द्र मिश्रलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

१४ वैशाख, काठमाडौं । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरुलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी… Continue reading दुर्गा प्रसाई र रवीन्द्र मिश्रलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

१४ वैशाख, राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी… Continue reading राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

बेडरुमसम्म विचौलियाको पहुँच रहेको पुष्टी गर्न गगनलाई प्रधानमन्त्रीको चुनौती

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम पचाएर यस्ता आरोप लगाएको बताए । यसअघि… Continue reading बेडरुमसम्म विचौलियाको पहुँच रहेको पुष्टी गर्न गगनलाई प्रधानमन्त्रीको चुनौती

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

१४ वैशाख, काठमाडौं । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरु ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचितछन्… Continue reading मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

हिंसात्मक बन्यो शिक्षक आन्दोलन, झडपमा २६ घाइते

file

१४ वैशाख, काठमाडौं । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते… Continue reading हिंसात्मक बन्यो शिक्षक आन्दोलन, झडपमा २६ घाइते

इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

१४ वैशाख, काठमाडौं । ईरानको दक्षिणी भागमा रहेको शाहिद राजीमा बन्दरगाहमा शनिबार भएको एक शक्तिशाली विस्फोटका कारण कम्तीमा चार जनाको ज्यान गएको र पाँच सयभन्दा बढी व्यक्ति घाइते भएको ईरानी सञ्चार माध्यमहरूले जनाएका छन् । विस्फोटको कारण यकिन भइनसकेको भए पनि बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट यो घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा… Continue reading इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको समेत… Continue reading मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

१४ वैशाख, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो… Continue reading महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

मातातीर्थ औँसीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर स् हरिराम भेटुवाल/रासस

१४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई… Continue reading वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौँ, १३ वैशाख : नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल सुपर लिग(एनएसएल)को आज भएको फाइनल खेलमा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थण्डर्सका खेलाडी उपाधिका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

१३ वैशाख, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन… Continue reading ललितपुरले जित्यो एनएसएलको उपाधि

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

A view of the funeral of Pope Francis in St. Peter's Square at the Vatican, Saturday, April 26, 2025. (AP Photo/Alessandra Tarantino)

१३ वैशाख, भ्याटिकन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन्… Continue reading पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

१३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् । भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् । मन्त्री… Continue reading नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

एमाले संसदीय दलको चारबुँदे निष्कर्ष

१३ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आज बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ । बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ । मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता,… Continue reading एमाले संसदीय दलको चारबुँदे निष्कर्ष

कोशीमा पयटकीय चहलपहल बढ्दो, पर्यटन वर्षले ल्याउला बहार ?

१३ वैशाख, मोरङ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल… Continue reading कोशीमा पयटकीय चहलपहल बढ्दो, पर्यटन वर्षले ल्याउला बहार ?

प्रधानमन्त्री ओली लुम्बिनीमा, के छ कार्यक्रम ?

१३ वैशाख, लुम्बिनी । लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ । महोत्सवअन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको… Continue reading प्रधानमन्त्री ओली लुम्बिनीमा, के छ कार्यक्रम ?

अभ्यासका क्रममा जहाज दुर्घटनामा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

१३ वैशाख, काठमाडौं । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ः०० बजे दुर्घटना भएको हो । प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको… Continue reading अभ्यासका क्रममा जहाज दुर्घटनामा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

१३ वैशाख, झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले… Continue reading शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

१३ वैशाख, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ । ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो… Continue reading ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक… Continue reading आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

मुग्लिन-पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

१३ वैशाख, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा… Continue reading मुग्लिन-पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन’ अवलोकन गोरखा, १२ वैशाखः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको उत्तरी भेग बारपाकमा शुक्रबार आयोजित १०औँ भूकम्प दिवसका अवसरमा फोटो पत्रकार प्रकाश तिमिल्सिनाको बारपाक ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन’ अवलोकन गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

१२ वैशाख, गोरखा । गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’… Continue reading बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

A security personnel stands guard as vehicles carrying Indian citizens arrive as they return to their country from the Pakistan-India Wagah border post on the outskirts of Lahore on April 25, 2025. India suspended a water-sharing treaty, announced the closure of the main land border crossing with Pakistan, downgraded diplomatic ties and withdrew visas for Pakistanis on April 23, just over 24 hours after gunmen killed 26 men in Indian-administered Kashmir. (Photo by Arif ALI / AFP)

१३ वैशाख, काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा… Continue reading काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

सगरमाथा आरोहणमा कडाई गरिँदै, ७ हजार मिटर भन्दा अग्लो हिमाल चढेपछि मात्र अनुमति

काठमाडौं । नेपालभित्र कम्तीमा ७ हजार मिटर उचाइको हिमाल आरोहण नगरी सिधै सगरमाथा आरोहणमा जान अब रोक लगाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको छ । जसले २०३५ सालको पर्यटन ऐन विस्थापित गर्ने छ । सरकारले ७ हजार मिटरभन्दा अग्लो नेपालको… Continue reading सगरमाथा आरोहणमा कडाई गरिँदै, ७ हजार मिटर भन्दा अग्लो हिमाल चढेपछि मात्र अनुमति

कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

१२ वैशाख, काठमाडौं । शुक्रबार एक कार बम विस्फोटमा एक वरिष्ठ रूसी सैन्य अधिकारी मारिएको रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सीले बताएको छ ।रूसी सशस्त्र बलको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको मस्को बाहिर बालाशिखामा उनको कारमा राखिएको विस्फोटक उपकरणद्वारा हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ । समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक… Continue reading कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

१२ वैशाख, काठमाडौं । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय… Continue reading ठगीको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

ताप्लेजुङमा बिजुलीको तारका कारण जीपमा लागलागी भएको घटना छानबिन गर्न समिति गठन

१२ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ । ८ वैशाखका दिन ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन… Continue reading ताप्लेजुङमा बिजुलीको तारका कारण जीपमा लागलागी भएको घटना छानबिन गर्न समिति गठन

बङ्गुर पालेर एक युवाले देखाएको नेपालमै स्वरोजगार र आत्मनिर्भरको बाटो

१२ वैशाख, म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर… Continue reading बङ्गुर पालेर एक युवाले देखाएको नेपालमै स्वरोजगार र आत्मनिर्भरको बाटो