काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले बुधबार आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने थोत्रो प्रणाली बोकेर हिँड्ने शक्तिको संज्ञा दिए । ‘ती हतियार उठाएर थाकेका क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर,… Continue reading माओवादी उपद्रो मच्याएर थाकेको शक्ति हो : प्रधानमन्त्री
Category: समाचार
आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार नेपाली समय साँझ ६ः२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको देखिएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । पछिल्लो समय पश्चिम नेपालमा… Continue reading आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस
बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या
काठमाडौं । भारतको बिहारमा रेल्वे स्टेशनमा गोली चलेको छ । सो घटनामा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । घटना बिहारको आरा रेल्वे स्टेशनमा भएको हो । मंगलबार भएको यो घटनाको कारण प्रेम प्रसंग रहेको पाइएको प्रहरीले बताएको छ । २४ वर्षको अमन कुमार नामक युवकले गोली चलाएको पाइएको छ । ती व्यक्तिले सुरुमा… Continue reading बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या
टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?
काठमाडौं । टर्कीको इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि प्रदर्शन सुरु भएको छ । सो प्रदर्शन सातौं दिनसम्म पनि जारी छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएको सञ्चारमाध्यमले जनाएका छन् । टर्कीको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले प्रदर्शन मंगलबार सकिने बताएका थिए । तर पार्टीले आन्दोलनका… Continue reading टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?
अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत
काठमाडौं । रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको अमेरिकाले दावि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यो सम्भव भएको समेत ह्वाइट हाउसको दावि छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति… Continue reading अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत
प्रधानमन्त्रीको चिन्ता : कुलमान प्रकरणमा तिललाई पहाड बनाइयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारसाथ काम गरिरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता सुजाता कोइरालाद्वारा लिखित पुस्तक ुम र मेरो सानोबुवाु आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई… Continue reading प्रधानमन्त्रीको चिन्ता : कुलमान प्रकरणमा तिललाई पहाड बनाइयो
कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ
काठमाडौं । प्रहरीले अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा सङ्लग्न १६ जना पक्राउ गरेको छ । उनको सोमबार साँझ भएको ग्याङ फाइटमा ज्यान गएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं। १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबिच… Continue reading कलंकी ग्याङ फाइट प्रकरण : १६ जना पक्राउ
देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुवा आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको त्यही बेलादेखिको साथी भएको बताए । ‘ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति… Continue reading देउवा भन्छन् : ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ
सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब सरकारको विरोधमा गरिने कार्यक्रमहरूमा सहभागी हुने भएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’ साथै रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई… Continue reading सरकारविरोधी आन्दोलनमा अब रास्वपाको समेत साथ
राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा होमिएको छ । सो पार्टीले काठमाडौंमा चैत २६ गते प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको छ।मंगलबार राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको राप्रपा मूल आन्दोलन परिचालन समितिको बैठकले उक्त निर्णय गरेको हो। लिङ्देनका अनुसार राज संस्था, हिन्दु राष्ट्र र संघीयता खारेजी पक्षमा जसले आन्दोलन गरे पनि शान्तिपूर्ण ढंगले आन्दोलनमा… Continue reading राजतन्त्रको पक्षमा आन्दोलनमा होमियो राप्रपा
कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण
काठमाडौं । सरकारले कुलमान घिसिङलाई हटाएर नियुक्ति दिएका नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनको नियुक्तिको चौतर्फी आलोचना भइरहेको छ । शाक्यले मंगलबार राती प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरे । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो… Continue reading कुलमान हटाएर सरकारले नियुक्त गरेका शाक्यले गरे पदभार ग्रहण
कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति प्रतीकात्मक विरोध जनाएका छन्। रास्वपा सभापति लामिछानेले फेसबुक लाइभमार्फत् बिजुली निभाउँदै मैन बत्ती सल्काएर साङ्केतिक रूपमा कुलमान घिसिङ हटाउने निर्णयको विरोध जनाए । उनको यो शैली अहिले सामाजिक संजालमा भाइरल भएको छ । उनले आफ्नो फेसबुक… Continue reading कुलमान हटाउने निर्णयको रविले गरे साङ्केतिक विरोध, सामाजिक संजालमा भाइरल
एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै
काठमाडौं । एफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ। छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्। खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुँदैछ । यो खेल नेपालमा हुनु पर्ने थियो । तर दशरथ रंगशालालाई एसियाली… Continue reading एएफसी एसियन कप २०२७ को छनोट : नेपाल र मलेसिया आज भिड्दै
कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो
काठमाडौं । कालिमाटीमा ग्याङ फाइट भएको छ । जसमा एक युवकको ज्यान गएको छ । सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकी एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो । भिडन्तमा २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए । घाइते गोलेलाई तत्कालै उपचारका लागि शहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । उनको त्यहाँ उपचारका… Continue reading कालिमाटीमा ग्याङफाइट, एक जनाको ज्यान गयो
सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् । ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका… Continue reading सरकारको आलोचना गर्दै बालेनले लेखे कडा स्टाटस
कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त… Continue reading कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद
पदबाट हटाइए कुलमान
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । सरकारले कुलमानलाई हटाउने उद्देश्यले पटक पटक स्पष्टीकरण सोधेको थियो । सोही आधारमा उनलाई पदबाट… Continue reading पदबाट हटाइए कुलमान
सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी
काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको… Continue reading सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी
नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक
काठमाडौं । नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले उल्लेख गरेको छ । यमसा रेमिट्यान्स (विप्रेषण) को ठूलो भूमिका रहेको समेत प्रतिवेदनमा छ । विश्व बैंकले सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य’ नामक प्रतिवेदन सार्वजनिक गरेको… Continue reading नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक
अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए
काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात… Continue reading अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए
राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै
काठमाडौं । देशभर पूर्वराजाको सक्रियता र राजतन्त्रको मागमा प्रदर्शन हुँदै गएका छन् । यसै सन्दर्भमा प्रमुख तीन दलको बैठक आज बस्ने भएको छ । संक्रमणकालीन न्यायबारे छलफल गर्न भन्दै आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाइएको हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी… Continue reading राजतन्त्रको माग बढ्दै गएको परिस्थितिमा प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै
गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा
काठमाडौं । यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री… Continue reading गोंगबु बसपार्कमा यात्रुलाई दु:ख दिने ३ सय जना कारबाहीमा
काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो गाडी नागढुंगास्थित ढलानमा रोकिराकेको अवस्थामा आफै गुडेर अनियन्त्रित भई सडक छेउको पेटीमा ठोक्किएको थियो। दुर्घटनामा परी नाम, ठेगाना नखुलेको अन्दाजी २५–२६ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी… Continue reading काठमाडौं छिर्ने नाकामा गाडी दुर्घटना, एक जनाको मृत्यु
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौं । बारा र पर्सा जिल्लाका औद्योगिक करिडोर तथा आमउपभोक्ताको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बारा अमलेखगञ्ज तथा प्रसौनी र पर्सा वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले… Continue reading वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु
काठमाडौं । बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी यमबहादुर मल्लले बताए । बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।… Continue reading बाँकेमा ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु
काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् । उनीहरुलाई काठमाडौं… Continue reading काठमाडौं विमानस्थलबाट भेपसहित चार पक्राउ
इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने… Continue reading इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड
पूर्वराजा गोर्खा दरबारमा, के भने ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि… Continue reading पूर्वराजा गोर्खा दरबारमा, के भने ?
५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ। अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ। ट्रम्पका पूर्वर्ती जो बाइडनका… Continue reading ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी
आइपीएलको १८ औं संस्करण आजबाट
काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय… Continue reading आइपीएलको १८ औं संस्करण आजबाट