त्रिशूली (नुवाकोट), ७ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेषलार्ई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आज घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताए । त्यसका लागि तोकिएको समयमा निर्वाचन… Continue reading नुवाकोट पुगेर प्रचण्डले भने : निर्वाचनको विकल्प छैन
Category: समाचार
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या
काठमाडौँ, ७ मङ्सिरः विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको… Continue reading पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या
विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण
काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन् । नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध… Continue reading विराटनगरमा महेश बस्नेत चढेको गाडीमा जेन-जीको आक्रमण
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
काठमाडौँ, ७ मङ्सिर । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ, ७ मङ्सिर : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसार्इंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो । अदालतको… Continue reading दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो
काठमाडौँ, ७ मङ्सिरः यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आज ३३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर ७६ हजार २८… Continue reading नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो
पत्रकार खनिया मृत भेटिए
काठमाडौँ, ७ मङ्सिरः पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार… Continue reading पत्रकार खनिया मृत भेटिए
एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ
काठमाडौँ, ७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब,… Continue reading एनपिएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न आठ भारतीय पक्राउ
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
लागोस, ७ मङ्सिर (रासस–एएफपी) नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको एक इसाई समूहले शनिबार बताएको छ। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए । क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया ९क्यान०… Continue reading नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन
काठमाडौं, ७ मंसिर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ मिटर सडक खण्ड विस्तार… Continue reading सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री कुलमानको निर्देशन
म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै
तेह्रथुम, ७ मङ्सिरः म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम… Continue reading म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै
शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ, ७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको… Continue reading शनिबार एकै दिन देशभर विपद्का १८ घटना, सावधानी अपनाउन प्राधिकरणको आग्रह
चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु
मुग्लिन (चितवन), ७ मङ्सिर । सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा… Continue reading चितवनमा बोलेरो दुर्घटना, एकको मृत्यु
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
नारायण अधिकारी – राससचितवन, ७ मङ्सिरः अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स… Continue reading व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम
काठमाडौँ, ७ मङ्सिरः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे… Continue reading दुर्गा प्रसाईले फिर्ता लिए विरोधका सबै कार्यक्रम
राजधानीमा एमालेले गर्यो प्रदर्शन
काठमाडौँ, ६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । पार्टीको… Continue reading राजधानीमा एमालेले गर्यो प्रदर्शन
निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय
पाटन (ललितपुर), ६ मङ्सिरः नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास… Continue reading निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय
एनपिएलः विराटनगरको दोस्रो जित
काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६,… Continue reading एनपिएलः विराटनगरको दोस्रो जित
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । कर्णालीको जीतमा वाटले शतक प्रहार… Continue reading वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
काठमाडौँ, ६ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् ।पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए । “मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई… Continue reading युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
काठमाडौं,६ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले वाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिए । मन्त्री घिसिङले नदी… Continue reading वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
सिरहा, ६ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । तराई\मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै… Continue reading तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
थपिए आठ लाख ३७ हजार नयाँ मतदाता
काठमाडौँ, ६ मङ्सिरः प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ… Continue reading थपिए आठ लाख ३७ हजार नयाँ मतदाता
कान्तिलोकपथ सडक अवरुद्ध
बागमती, ६ मङ्सिर । सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर… Continue reading कान्तिलोकपथ सडक अवरुद्ध
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन, ६ मङ्सिर । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर… Continue reading बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते
मध्यविन्दु (नवलपरासी), ६ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते… Continue reading नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई गम्भीर घाइते
एनपिएलमा आज दुई खेल हुँदै
काठमाडौँ, ६ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा… Continue reading एनपिएलमा आज दुई खेल हुँदै
मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण
काठमाडौँ, ५ मङ्सिरः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर… Continue reading मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
काठमाडौँ, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका… Continue reading एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
बारा, ५ मङ्सिरः ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच यहाँ वार्ता सुरु भएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा वार्ता सुरु भएको हो । वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए । बाराको… Continue reading ‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै