पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो । तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् । बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक… Continue reading पाकिस्तानी सेनाको आक्रमणबाट अफगानिस्तानमा कम्तिमा ४६ जनाको मृत्यु

जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का

काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक… Continue reading जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो टेकओभर

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो। राष्ट्र बैंकद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ। ुनेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज… Continue reading कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो टेकओभर

कजाकस्तानमा यात्रुबाहक जहाज दुर्घटना, कैंयौ हताहत

काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । जहाजमा ६७ जना सवार थिए । जसमध्ये २५ जनाको जीवितै उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । जहाज अवतरण गर्ने क्रममा विमानमा… Continue reading कजाकस्तानमा यात्रुबाहक जहाज दुर्घटना, कैंयौ हताहत

भीम रावल एमालेको सदस्यबाट हटाइए, दुई महिला नेतृ निलम्बन

काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो । भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार थिए । रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय… Continue reading भीम रावल एमालेको सदस्यबाट हटाइए, दुई महिला नेतृ निलम्बन

नासाको ‘प्रोब’ले रच्यो इतिहास, पुग्यो सूर्यको निकट

काठमाडौं । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो । सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान हाम्रो ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा… Continue reading नासाको ‘प्रोब’ले रच्यो इतिहास, पुग्यो सूर्यको निकट

म्यानमारमा नेपालीलाई बन्धक बनाएर काममा लगाएको भेटियो, सरकारले गरायो सचेत

file Photo: AFP

काठमाडौं । म्यानमारमा गैरकानुनी रूपमा नेपालीलाई बन्धक बनाएर काममा लगाइएको पाइएको छ । उनीहरूलाई राम्रो पैसाको प्रलोभन दिएर त्यहाँ जबरजस्ती काम गराइएको परराष्ट्र मन्त्रालयको भनाई छ । अझै धेरै नेपाली त्यहाँ बन्धकका रूपमा काम गरिरहेको र उद्धारमा पहल भइरहेको समेत मन्त्रालयको भनाई छ । त्यहाँबाट पाँच जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । म्यानमारको… Continue reading म्यानमारमा नेपालीलाई बन्धक बनाएर काममा लगाएको भेटियो, सरकारले गरायो सचेत

धरहराबाट एक महिनामा ५५ लाख राजस्व संकलन

काठमाडौं । धरहराबाट एक महिनामा ५५ लाख रूपैयाँ राजस्व उठेको छ। गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्मा ५५ लाख रूपैयाँ राजस्व संकलन भएको हो। कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार हरेक बुधबार धरहरा बन्द हुन्छ। यसबाहेक अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढिरहेका छन्। ९ गतेदेखि हालसम्म ३१… Continue reading धरहराबाट एक महिनामा ५५ लाख राजस्व संकलन

आज क्रिसमस डे’ देशभर सार्वजनिक बिदा

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै… Continue reading आज क्रिसमस डे’ देशभर सार्वजनिक बिदा

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

९ पुस, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा… Continue reading ८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

सिद्धबाबा सुरुङका सबै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ। आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका छन्। बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४… Continue reading सिद्धबाबा सुरुङका सबै बाइपास सुरुङ ‘ब्रेक थ्रु’

हुम्लामा हिमपातले जनजीवन प्रभावित

काठमाडौं । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको… Continue reading हुम्लामा हिमपातले जनजीवन प्रभावित

फुल्चोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा बाटो बिराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार साँझ ५ बजे उनीहरूले प्रहरीलाई आफूहरूले बाटो बिराएको भनी उद्धार गर्न खबर गरेको प्रहरीले जनाएको छ । लगत्तै प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपालीको नेतृत्वमा ५ जना र स्थानीय एक जनाको टोलीले खोजी कार्य जारी राखेको ललितपुर प्रहरीले जनाएको… Continue reading फुल्चोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

भक्तपुरमा बाबु-छोरा मृत फेला, प्रहरीले कसरी गर्दैछ अनुसन्धान ?

काठमाडौं । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका… Continue reading भक्तपुरमा बाबु-छोरा मृत फेला, प्रहरीले कसरी गर्दैछ अनुसन्धान ?

मध्यपूर्वी मुलुक जान चाहने नेपालीलाई सरकारले जारी गर्यो ट्राभल एडभाइजरी

काठमाडौं । सरकारले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायत देशमा जान चाहने नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने… Continue reading मध्यपूर्वी मुलुक जान चाहने नेपालीलाई सरकारले जारी गर्यो ट्राभल एडभाइजरी

रविको तस्वीर सार्वजनिक गर्दा पक्राउ परेका डा. भुसाल रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् । आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका… Continue reading रविको तस्वीर सार्वजनिक गर्दा पक्राउ परेका डा. भुसाल रिहा

परराष्ट्र मन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा गएकी थिइन् । सोमबार उनी भारतको नयाँ दिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भएर पुस ४ गते जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् । परराष्ट्रमन्त्री राणाले… Continue reading परराष्ट्र मन्त्री देउवा स्वदेश फिर्ता

रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा… Continue reading रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बित

ब्राजिलमा बस्तीमा खस्यो प्लेन, कम्तिमा १० जना मारिए

काठमाडौं । ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना भएको छ । सो क्रममा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको… Continue reading ब्राजिलमा बस्तीमा खस्यो प्लेन, कम्तिमा १० जना मारिए

पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ आयोजना हुने भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल हुन लागेको हो । १४ देखि १५ पुस ९२९–३०… Continue reading पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

वैदेशिक व्यापारमा सुधार, आयात-निर्यात दुबै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०–८१ को यसै अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै हो… Continue reading वैदेशिक व्यापारमा सुधार, आयात-निर्यात दुबै बढ्यो

हिरासतमा रवि सुतेको तस्वीर खिच्ने व्यक्ति पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल… Continue reading हिरासतमा रवि सुतेको तस्वीर खिच्ने व्यक्ति पक्राउ

सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था मुल्‍यांकन गर्न र सुधार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, राजनीतिक संयन्त्रमा रहेका नेताहरु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,… Continue reading सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

नाइजेरियामा खाना वितरण हुने केन्द्रमा भागदौड, कम्तिमा ३२ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो । दक्षिणी सहर ओकिजामा शनिबार चामल वितरण गर्ने केन्द्र बाहिर मानिसहरू लाममा उभिएपछि लाइनमा बसेका मानिसहरूको कुल्चाइमा २२ जनाको मृत्यु भएको थियो । यसअघि प्रहरीले घटनामा ‘धेरै’ मानिसको… Continue reading नाइजेरियामा खाना वितरण हुने केन्द्रमा भागदौड, कम्तिमा ३२ जनाको मृत्यु

रविको थुनछेक बयान सोमबारबाट

काठमाडौं । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा फर्काइएको छ। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो। जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई… Continue reading रविको थुनछेक बयान सोमबारबाट

रवि लामिछानेको सांसद पद निलम्बन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।… Continue reading रवि लामिछानेको सांसद पद निलम्बन हुने

रवि लामिछानेमाथि झण्डै २८ करोड बराबरको सम्पत्ति शुद्धीकरणको आरोप

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख… Continue reading रवि लामिछानेमाथि झण्डै २८ करोड बराबरको सम्पत्ति शुद्धीकरणको आरोप

यसै महिनादेखि पाइपलाइनबाट डिजेल र मट्टितेल पनि ल्याउने तयारी

Photo : Jay Reeves/Associated Press

काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको… Continue reading यसै महिनादेखि पाइपलाइनबाट डिजेल र मट्टितेल पनि ल्याउने तयारी

सोमबारबाट दिउँदे वर्षाको सम्भावना

Photo : TKP

काठमाडौं । यस वर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भेगमा सोमबार रातिदेखि हुने भएको छ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ । यस वर्षको पहिलो हिउँदे वर्षा गत मंसिर २३ र २४ गते पश्चिम नेपालका भूभागमा भएको थियो । सोमबार रातिदेखि हुने वर्षा पनि अघिल्लोपटकको जस्तै हल्का मात्र हुने पूर्वानुमान… Continue reading सोमबारबाट दिउँदे वर्षाको सम्भावना

परराष्ट्रमन्त्री देउवा सोमबार स्वदेश फर्कने

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रहेको बताइएको छ । नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो । त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य… Continue reading परराष्ट्रमन्त्री देउवा सोमबार स्वदेश फर्कने