काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ। शुक्रबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा… Continue reading बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो
Category: समाचार
धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु
काठमाडौं । धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो। धुनीबेशी नगरपालिका(९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो। हालसम्म ३५ जनाको शव फेला परेको छ। पुरिएका चारै वटा गाडीको नम्बर खुलेको सहप्रवक्ता थापाले जानकारी दिए। उनका… Continue reading धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु
वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने
काठमाडौं । वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ ।आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही… Continue reading वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने
नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने
काठमाडौं । नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ । अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो । सोही अनुसार यात्रुसँग… Continue reading नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने
बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति
काठमाडौं । ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका… Continue reading बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति
सरकारले सर्वदलीय बैठक बोलाएपछि प्रचण्डले बोलाएको बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै आज बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सर्वदलीय बैठक बोलाएका थिए । ‘नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले… Continue reading सरकारले सर्वदलीय बैठक बोलाएपछि प्रचण्डले बोलाएको बैठक स्थगित
झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला
काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । बसको केही भाग मात्र देखिएको र बसको नम्बर नखुलेको प्रहरीले जनाएको छ । डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम जारी छ । गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ । झ्याप्ले खोलामै हिजो… Continue reading झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला
कस्तो रहनेछ अबको मौसम ?
काठमाडौं आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको हो । आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । तर, आगामी २४ घण्टाका लागि कोशी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा… Continue reading कस्तो रहनेछ अबको मौसम ?
संकटबारे छलफल गर्न प्रचण्डले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री भने अमेरिका सयरमा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफलका लागि अध्यक्ष दाहालले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले… Continue reading संकटबारे छलफल गर्न प्रचण्डले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री भने अमेरिका सयरमा
बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको… Continue reading बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक
जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने
प्रतिकुल मौसकका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ । यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । शनिबार पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्ने र… Continue reading जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने
नेपाल बाढी-पहिरो : मृत्यु हुनेको संख्या १ सय नाघ्यो
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।… Continue reading नेपाल बाढी-पहिरो : मृत्यु हुनेको संख्या १ सय नाघ्यो
काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क
काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । सडक विभागका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् । अहिलेसम्म… Continue reading काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क
काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति
काठमाडौं । काठमाडौं उपत्यकामा इतिहासकै धेरै वर्षा भएका छ । यसले भयानक धनजनको क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ । २१ जना हराइरहेका छन् । बागमती, नख्खु लगायतका सबै नदीमा आएको… Continue reading काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति
उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी
काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ… Continue reading उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी
२४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित
काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना… Continue reading २४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित
बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने
काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान… Continue reading बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने
काठमाडौं नजिकै झ्याप्ले खोला पहिरोमा पुरिए बस-ट्रक, कम्तीमा १४ जनाको शव फेला
काठमाडौं । काठमाडौं । काठमाडौं भित्रिने नागढुङ्गा नौबिसे राजमार्गमा बस, ट्रक तथा हायसलाई पहिरोले पुरेको छ । प्रहरीका अनुसार अहिले उद्दारलाइ तीव्रता दिएको छ । शनिबार साझसम्म १४ वटा शव निकालिएको छ । धादिङको झ्याप्ले खोला भन्ने स्थानमा पहिरोले गाडी पुरेको हो । ३ वटा गाडीबाट ८ पुरुष, ५ महिला र १ बच्चा गरि १४… Continue reading काठमाडौं नजिकै झ्याप्ले खोला पहिरोमा पुरिए बस-ट्रक, कम्तीमा १४ जनाको शव फेला
बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति
काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित देशभर व्यापक मानवीय क्षति भएको छ । काठमाडौंका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ ।काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताएका छन् । १७ जना घाइते… Continue reading बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति
वनस्थली क्षेत्रमा बाइकसँगै चालक बगेर वेपत्ता
काठमाडौं । वनस्थली क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बाप्र– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् । उनको खोजी भइरहेको छ । बुधबार रातिदेखि परेको पानीका… Continue reading वनस्थली क्षेत्रमा बाइकसँगै चालक बगेर वेपत्ता
कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान
काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको… Continue reading कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान
नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक
काठमाडौं । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ । समितिका संयोजक… Continue reading नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक
सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीमा समातिए
काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई… Continue reading सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर दिल्लीमा समातिए
झापामा अधिक वर्षा, हाइ अलर्ट जारी
काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बास्तालाले बताए… Continue reading झापामा अधिक वर्षा, हाइ अलर्ट जारी
कुन-कुन नदीमा छ आज देशभर जोखिम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।… Continue reading कुन-कुन नदीमा छ आज देशभर जोखिम ?
काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी
काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण… Continue reading काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी
बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु
काठमाडौं । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए । राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना… Continue reading बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ को मृत्यु
सप्तकोशीमा बस खस्यो, यात्रुको सकुशल उद्धार
काठमाडौं । सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेजबाट यात्रु बस खसेको छ। पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको हो।विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४–३५ नम्बर ढोकामा खसेको हो।… Continue reading सप्तकोशीमा बस खस्यो, यात्रुको सकुशल उद्धार
मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको देखिएको छ । अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको… Continue reading मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि
विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक
काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो । एक महिनामा २।५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ… Continue reading विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक