काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । मन्दिरको दक्षिण–पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको हो । महानगर उपप्रमुख सुनिता डंगोलले जग पूजा गरेर पुनर्निर्माण शिलान्यास गरिन् । मन्दिरका संरचना २०७२ सालको भूकम्पबाट जीर्ण अवस्थामा पुगेका थिए । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी, सत्तल लगायत संरचना छन् । पुनर्निर्माण लागत… Continue reading भद्रकाली मन्दिर पुनर्निर्माण थालियो
Category: समाचार
५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । प्राधिकरणले… Continue reading ५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी
कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा
काठमाडौं । दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । जेफर्सन लेरमाले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो । पहिलो हाफको इन्ज्युरी समयमा कोलम्बियाले ड्यानिएल मुनोजलाई गुमाएको हो । उनी दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे… Continue reading कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा
पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर… Continue reading पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?
यूरोकपको फाइनल पुग्यो इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त
काठमाडौं । नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल उसको जितका लागि निर्णायक बन्यो । सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्याएका हुन् । इंग्लयाण्डले जुलाई… Continue reading यूरोकपको फाइनल पुग्यो इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त
संसद बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् ।
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडकमा झरेको पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ… Continue reading पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
शोधनान्तर बचत ४ खर्ब माथि
काठमाडौं । जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ । जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर बचत पनि बढाएको छ । मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा सवा ४ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ… Continue reading शोधनान्तर बचत ४ खर्ब माथि
विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि
काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) साढे १९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति… Continue reading विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि
रविविरुद्ध आक्रामक मुकुल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने समेत बताए । उनी करीव ४५ मिनेट एकतर्फी बोले ।… Continue reading रविविरुद्ध आक्रामक मुकुल
जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण
काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलो पटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।… Continue reading जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण
पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु
काठमाडौं । मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो । पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा… Continue reading पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु
कैलालीमा दुई पुरुष मृत फेला
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुई छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेका छन् भने अर्का एकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक… Continue reading कैलालीमा दुई पुरुष मृत फेला
युक्रेनलाई थप हतियार दिने अमेरिकी राष्ट्रपतिको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गरेका छन् । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिन युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गरेका हुन् । गत सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको… Continue reading युक्रेनलाई थप हतियार दिने अमेरिकी राष्ट्रपतिको घोषणा
गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’
काठमाडौं । पूर्वभारतीय स्टार गौतम गम्भीर भारतीय क्रिकेट टीमको हेडकोच बनेका छन् । बीसीसीआईका सचिव जय साहले सामाजिक सञ्जालमार्फत यसको पुष्टी गरेका हुन् । उनले आधुनिक क्रिकेट तीव्र गतिमा बदलीरहेको भन्दै यसलाई गम्भीरले नजिकबाट नियालिरहेको समेत बताएका छन् । उनले आफ्नो करियरमा उत्कृष्ट प्रदर्शन गरेका गम्भीर भारतीय क्रिकेटलाई अगाडी बढाउन एक आदर्श व्यक्ति भएको समेत… Continue reading गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आज बोलाइएको छ । मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने बताइएको छ । यसअघि फरक… Continue reading एमाले सचिवालय बैठक आज बस्दै
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध
काठमाडौं । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।गलकोट नगरपालिका १ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो… Continue reading मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध
क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा
काठमाडौं । क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे ।… Continue reading क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा
ताप्लेजुङमा भूकम्पको धक्का
काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।
फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो
काठमाडौं । स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो । खेलमा अग्रता भने फ्रान्सले लिएको… Continue reading फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो
नेपाल र बंगलादेशबीच विद्युत खरीद- बिक्रि सम्झौता हुने निश्चित
काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ। बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६… Continue reading नेपाल र बंगलादेशबीच विद्युत खरीद- बिक्रि सम्झौता हुने निश्चित
विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या
काठमाडौं । सोमबार राति विराटनगरमा युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै झडप भएको प्रहरीले बताएको छ । यस घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु… Continue reading विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या
वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो । वर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख… Continue reading वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार… Continue reading रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त
मलेखु-नौबिसे सडक खण्ड रातमा १५ दिन बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला,… Continue reading मलेखु-नौबिसे सडक खण्ड रातमा १५ दिन बन्द हुने
साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने
काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रम १९ सेप्टेम्बर २०२४ मा आयोजना हुने… Continue reading साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने
अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?
काठमाडौं । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ । लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्याइएको आरोप लगाउनु भएको… Continue reading अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?
एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक मंगलबार बस्दैछ। दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन… Continue reading एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?
युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु
काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो। मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू… Continue reading युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु
पूर्वी नेपालमा पुनः मनसुन सक्रिय
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी… Continue reading पूर्वी नेपालमा पुनः मनसुन सक्रिय