काठमाडौँ, ७ माघः नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित… Continue reading कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
Category: समाचार
यी हुन् नेकपाका १६५ उम्मेदवार
काठमाडौँ, ६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिए । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन… Continue reading यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसको आधिकारिता विवादमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ, ६ माघः सर्वोच्च अदालतलले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट निवदेनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज सभापति थापाविरुद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा… Continue reading कांग्रेसको आधिकारिता विवादमा अन्तरिम आदेश दिन अस्वीकार
सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता
बरहथवा (सर्लाही), ६ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बसेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।… Continue reading सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता
रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता
चितवन, ६ माघ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी… Continue reading रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता
ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन
झापा (भद्रपुर), ६ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताए । अध्यक्ष ओली यसअघि २०७९ को… Continue reading ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन
महावीर पुनद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता
म्याग्दी, ६ माघः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट राजीनामा दिनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार सबैभन्दा पहिले पुनले मनोनयनपत्र दर्ता गरेका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी घर भएका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा… Continue reading महावीर पुनद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता
स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार
विश्वन्यूजकाठमाडौँ, ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू धमाधम पदबाट राजीनामा दिँदै उम्मेदवारी दिएका छन् । महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराए । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले… Continue reading स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख राना एकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी
झापा, ६ माघ । पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए । उनको समर्थकमा एकराज कार्की र प्रस्तावकमा चिन्तन पाठक रहेका छन्… Continue reading पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख राना एकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धी
अन्तरिम सरकारका चार मन्त्री पद त्याग्दै निर्वाचनमा होमिए
काठमाडौँ, ६ माघ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन् । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान… Continue reading अन्तरिम सरकारका चार मन्त्री पद त्याग्दै निर्वाचनमा होमिए
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
काठमाडौँ, ६ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बनेका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं… Continue reading चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
तीन दशकपछि देउवाले छाडे मैदान, नैनसिंह महर कांग्रेसको उम्मेदवार
६ माघ, काठमाडौं । डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका छन् । उनी निवर्तमान केन्द्रीय सदस्य समेत… Continue reading तीन दशकपछि देउवाले छाडे मैदान, नैनसिंह महर कांग्रेसको उम्मेदवार
शिक्षामन्त्री पुनले समेत छाडे सरकार
६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ विभिन्न स्रोतले महाविर समेत चुनावमा उठ्न लागेको बताइरहेको छ । यसको पुष्टी भने भइसकेको छैन… Continue reading शिक्षामन्त्री पुनले समेत छाडे सरकार
गगन थापा काठमाडौंबाट चुनाव नउठ्ने, रोजे सर्लाही
६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलले यसको पुष्टी गरेका छन् । उनी यसअघि काठमाडौंबाट निरन्तर निर्वाचन लड्दै आएका थिए । सभापतिलाई यस पटक देशभरका विभिन्न स्थानबाट उत्साहजनक रुपमा सिफारिस आएको थियो… Continue reading गगन थापा काठमाडौंबाट चुनाव नउठ्ने, रोजे सर्लाही
ऋषि धमला रौतहटबाट चुनाव लड्दै
६ माघ, काठमाडौं । पत्रकार ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। उनी रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषिपत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन्। ‘आज मनमा गर्व पनि छ र अलि भारीपन पनि। वर्षौंसम्म… Continue reading ऋषि धमला रौतहटबाट चुनाव लड्दै
काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?
६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ। कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी… Continue reading काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?
गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?
६ माघ, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य राजनीतिक दलले उम्मेदवारी टुङ्गो लगाएका छन्। मङ्गलबार उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम रहेको छ। यस जिल्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा र राप्रपाले दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको पाइएको हो। नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर–१ मा प्रभावशाली नेता… Continue reading गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?
एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने
६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आएका छन् । अध्यक्ष निरौलाका अनुसार… Continue reading एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने
आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको हो । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित… Continue reading आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता
दुर्गा प्रसाई पोखराबाट पक्राउ
५ माघ, काठमाडौं । उदण्ड बोली र व्यवहारका कारण विवादित दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहेका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ । माघ २ गते सरकारसँग सम्झौता गरेको प्रसाई नेतृत्वको समूहले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको… Continue reading दुर्गा प्रसाई पोखराबाट पक्राउ
रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण
५ माघ, काठमाडौं । २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार मनोनयन दर्ता हुँदैछ । त्यसअगाडी नै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको चर्चित पात्र बालेन शाहलाई प्रदर्शनीमा उत्रार्दै विपक्षीलाई कडा चूनौति पेश गरेको छ । आइतबार घण्टीघर प्रवेशसँगै बालेनलाई रास्वपाले भब्य स्वागत गरेको थियो । आज जनकपुरमा त्यसलाई आम जनता र… Continue reading रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण
बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा(५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए । झापाबाट चुनाव लड्नकै लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए… Continue reading बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट
सञ्चारमन्त्री खरेल पनि चुनाव लड्ने, दिए राजीनामा
५ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्नका लागि राजीनामा दिएका छन् । उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् । रास्वपाबाट ललितपुर(२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिएका हुन् । यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा… Continue reading सञ्चारमन्त्री खरेल पनि चुनाव लड्ने, दिए राजीनामा
कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो
५ माघ, काठमाडौं । नेपाली कांग्रेस यस पटक चुनाव अगाडी एक पार्टीकै रुपमा चुनाव लड्ने भएको छ । निर्वाचन आयोगले गगनलाई सभापतिको मान्यता दिएसँगै देउवा समूह अदालत पुगेको छ । अदालती प्रक्रिया थाँती राख्दै कांग्रेसका देउवा, गगन र शेखर कोइराला पक्ष निर्वाचनमा एक भएर जान सहमत भएका छन् । यससँगै कांग्रेसले टिकट वितरण समेत थालेको… Continue reading कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो
आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?
५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार सभापति गगन कुमार थापाले ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूलाई टिकट वितरण गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । कांग्रेस कैलालीका सचिव केशव मिश्रले… Continue reading आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?
कुलमान घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने निश्चित
५ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् । चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए ।… Continue reading कुलमान घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने निश्चित
कांग्रेसबाट नुवाकोट-१ मा महत, २ मा जगदीश्वरनरसिंह केसीले पाए टिकट
५ माघ, काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् । सोही क्रममा कांग्रेसले नुवाकोट–२ मा केसीलाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर १ मा भने कांग्रेसले प्रकाशशरण… Continue reading कांग्रेसबाट नुवाकोट-१ मा महत, २ मा जगदीश्वरनरसिंह केसीले पाए टिकट
रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा
५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्यसमिति, सबै पालिका समिति तथा वडा कमिटीका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वले पार्टीकै विधि र प्रक्रियाविपरीत उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। २३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको सन्दर्भ उल्लेख… Continue reading रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा
आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो
५ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो । आयोगले… Continue reading आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो
स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु
्५ माघ, काठमाडौं । दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो रेल लिक छाडेर अर्को ट्रयाकमा पुगेपछि विपरीत दिशाबाट (म्याड्रिडबाट हुएल्भातर्फ) आइरहेको अर्को रेलसँग… Continue reading स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु