२९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै… Continue reading बेनी–जोमसोम सडक अवरुद्ध
Category: समाचार
नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल
२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।… Continue reading नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल
ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने
काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि नियन्त्रण गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा सीमा नाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने उल्लेख छ । यस्तै, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार… Continue reading ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने
एसईई परीक्षाको नतिजा सार्वजनिक
भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये… Continue reading एसईई परीक्षाको नतिजा सार्वजनिक
एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा
काठमाडौँ, वैशाख २८ गते । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने बताए । साथै पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र रोजगारमुखी बनाइने… Continue reading एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा
पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने
काठमाडौँ, वैशाख २८ गते । सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा माध्यमिक तहसम्मको शिक्षालाई सहज पहुँचयोग्य बनाउने सङ्कल्प गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारीमुखी शिक्षाको विस्तार, सार्वजनिक शिक्षामा लगानी वृद्धि गरी… Continue reading पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने
गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
काठमाडौँ, वैशाख २८ गते ।सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका आगामी आवको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो । सरकारले धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता,… Continue reading गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति
२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ । आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए । उनले बीचमै छाडेर हिंड्नुप्रति आपत्ति… Continue reading राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’
काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको… Continue reading आजदेखि देशभर ‘सरसफाइ सप्ताह’
यस्तो छ आजको मौसम पूर्वानूमान
२८ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा… Continue reading यस्तो छ आजको मौसम पूर्वानूमान
बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
२८ वैशाख, काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे… Continue reading बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो
२८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको छ । आगो दमकल प्रयोग गरी निभाइएको छ ।विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको छ । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । इस्तानबुलबाट काठमाडौं आएको जहाजमा आज बिहान… Continue reading काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२७ वैशाख, काठमाडौं । स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । उनले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताएका छन्। नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदलका… Continue reading ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?
२८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारको केन्द्रीय सचिवालय बैठकबाट भेला तथा अधिवेशनको विशेष कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारको बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको छ। निर्णय अनुसार जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा… Continue reading रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २७ पक्राउ
२७ वैशाख, काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले… Continue reading जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २७ पक्राउ
मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान
काठमाडौँ, वैशाख २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारसम्म देशका विभिन्न भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून… Continue reading मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान
मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय
२७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यथाशीघ्र विश्वासको मत लिन आग्रह गर्ने निर्णयसमेत गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको सरकारलाई समर्थन जारी राख्ने र संविधानअनुसार छिट्टै… Continue reading मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय
सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौँ, वैशाख २७ गते । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४… Continue reading सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जना जिहादी लडाकूको मृत्यु
मैदुगुरी, नाइजेरिया, वैशाख २७ । नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ । सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको छ । उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने… Continue reading नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जना जिहादी लडाकूको मृत्यु
तमिलनाडुमा फिल्मी नायक विजय मूख्यमन्त्री बने, आजै सपथ
२७ वैशाख, काठमाडौं । भारतको तमिलनाडुमा मूख्यमन्त्री फिल्मी नायक थलपति विजय बनेका छन् । हालै सम्पन्न निर्वाचनमा अविश्वसनीय जित निकालेसँगै उनी मूख्यमन्त्री बन्न थालेका हुन् । विजयको पार्टी टीओवीले भीसीके र आइयूएएलको समर्थनमा सरकार बनाउन थालेका हुन् । उनको सपथमा कांग्रेस नेता राहुल गान्धी समेत सहभागी हुने भएका छन् । सथप ग्रहण आज १० बजे… Continue reading तमिलनाडुमा फिल्मी नायक विजय मूख्यमन्त्री बने, आजै सपथ
इरानले होर्मुज स्ट्रेटमा कडा नियम बनायो, इजरायल र अमेरिकी जहाजको प्रवेशमा प्रतिबन्धको तयारी
२७ वैशाख, काठमाडौं । इरानले होर्मुज स्ट्रेटमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ । तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमका रूपमा व्याख्या गरेको छ । इरानी… Continue reading इरानले होर्मुज स्ट्रेटमा कडा नियम बनायो, इजरायल र अमेरिकी जहाजको प्रवेशमा प्रतिबन्धको तयारी
मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार
२७ वैशाख, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्, फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् । तर सडक… Continue reading मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार
मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण
नविन लामिछाने\रासस२७ वैशाख, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर… Continue reading मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
२७ वैशाख, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको… Continue reading आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
हङ्गेरीको प्रधानमन्त्रीमा मग्यारको शपथ, भिक्टरको १६ वर्षे शासनको अन्त्य
बुडापेस्ट, हङ्गेरी, वैशाख २६ गते । हङ्गेरीको टिस्जा पार्टीका नेता पीटर मग्यारले शनिबार देशको नयाँ प्रधानमन्त्री बन्न शपथ ग्रहण गरेका छन् । मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टीमाथि आश्चर्यजनक जीत निकाल्दै संसदमा दुई तिहाइ बहुमत प्रदान गरेको थियो । टिस्जा हङ्गेरीको इतिहासमा कुनै पनि अन्य पार्टीको तुलनामा संसदमा बढी मत र सिट… Continue reading हङ्गेरीको प्रधानमन्त्रीमा मग्यारको शपथ, भिक्टरको १६ वर्षे शासनको अन्त्य
जनताले बजेटमा आफ्ना माग सिधै प्रधानमन्त्री समक्ष पठाउने सक्ने, कार्यालयले तयार पार्यो बजेट पोर्टल
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको… Continue reading जनताले बजेटमा आफ्ना माग सिधै प्रधानमन्त्री समक्ष पठाउने सक्ने, कार्यालयले तयार पार्यो बजेट पोर्टल
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
न्युयोर्क, वैशाख २६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारीबारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गरेका छन् । पत्रकारसँगको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवले वर्तामान समयलाई सम्झौता र लागि महत्त्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका… Continue reading राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ, २६ वैशाख । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले आमनागरिकको दैनिक… Continue reading बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२६ वैशाख, काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बनधी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी… Continue reading राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
इरान सम्बन्धमा अमेरिकी प्रस्ताव रूसबाट अस्वीकृत
२६ वैशाख, काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने भएको छ । रूसी उप(परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् । ‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप–परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको… Continue reading इरान सम्बन्धमा अमेरिकी प्रस्ताव रूसबाट अस्वीकृत