उपनिर्वाचन कार्यतालिका: चैत २४ गते उमेदवारी दर्ता

काठमाडौं । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । आउँदो… Continue reading उपनिर्वाचन कार्यतालिका: चैत २४ गते उमेदवारी दर्ता

आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् । आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् । सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो ।… Continue reading आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस

विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । संसद्‌मा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारकारलाई रुलिङ गरेका छन्। आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी… Continue reading विवादित मन्त्रीबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

अर्थतन्त्र सुधार्न निजी क्षेत्रले गुहारे प्रधानमन्त्री

काठमाडौं । वाह्य क्षेत्र सुधार हुँदै गएपनि बजार चलायमान हुन नसकेको भन्दै निजी क्षेत्रले प्रधानमन्त्री गुहारेको छ । अर्थतन्त्र अझै पनि जोखिममा रहेको निजी क्षेत्रले बताएको छ । आइतबार व्यावसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आग्रह गरेका हुन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल… Continue reading अर्थतन्त्र सुधार्न निजी क्षेत्रले गुहारे प्रधानमन्त्री

त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

काठमाडौं । मंगबारदेखि काठमाडौंमा सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ। विनोद भण्डारी, प्रतिश जिसी, बिबेक यादव, रशिद खान, सागर ढकाल र अभिनास बोहरा टिममा समेटिएका छन् । उनीहरु एकदीवसीय सिरिजमा थिएनन् । अन्य खेलाडी एकदिवसीय सिरिज खेलेका छन् । एकदिवसीय टिममा रहेका पवन सर्राफ, सूर्य तामाङ,… Continue reading त्रिदेशीय टी-२० सिरिज खेल्ने नेपाली टीम घोषणा

एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

काठमाडौं । एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको भेटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेका हुन् । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएका छन् । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुने गरेको फाइदा उठाउँदै गाँजा तस्करी भएको हो । धनकुटाबाट गाँजा तस्करले… Continue reading एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी घर भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने सयन्द्र राई र ललितपुर २६ का सविनकुमार राई छन् । उनीहरूले स्थानीय शेरबहादुर तुम्बापोलाई रुस पठाइदिने भन्दै ६ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ । तुम्बापोलाई रसियाको… Continue reading रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन

काठमाडौं । कालीकोटको सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको छ । आइतबार तारा एयरको ९एन–एकेएल जहाजले आइतबार बिहान पौने १० बजे नेपालगन्जबाट कालीकोटको सुनथरालीमा सफल अवतरण गरेको हो । यो विमानस्थलको सोमबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । कुल ३०८ रोपनी क्षेत्रफलमा बनेको यो विमानस्थलको धावनमार्ग ६४० मिटर र चौडाई २० मिटर रहेको छ ।… Continue reading कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन

ओमसहित थप चार अस्पतालको फोहोर संकलनमा महानगरको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो । महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको थियो… Continue reading ओमसहित थप चार अस्पतालको फोहोर संकलनमा महानगरको रोक

उप-निर्वाचनसम्म मतदाता नामावली दर्ता र अद्यावधिक स्थगित

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य उप-निर्वाचन अवधिसम्मका लागि स्थगित गरेको छ । आयोगको आइतबार बसेको बैठकले आगामी वैशाख १५ गतेका लागि उप-निर्वाचनका लागि मिति तोकेसंगै आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य स्थगित गरेको हो । मतदाता नामावली ऐन, २०७३ को दफा चारको उपदफा (२) (२) बमोजिम निर्वाचनको… Continue reading उप-निर्वाचनसम्म मतदाता नामावली दर्ता र अद्यावधिक स्थगित

दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु

काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशैभर प्रारम्भ भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म चल्दैछ । दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई–मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३… Continue reading दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु

रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक भएको छ । सेनाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले यो तथ्यांक सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार अहिलेसम्म १६ जनाको ज्यान गएको छ । एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेको बताइएको छ… Continue reading रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुँदैछ । लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया समेत छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन… Continue reading विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै-टिकट सोल्ड आउट

नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने भएको छ । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि सूचारु हुने भएको हो । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने

वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपको समूह चरणमा तीन वटै खेल जित्दै नेपाल क्लिन स्वीप गर्न सफल भएको छ । स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन जारी रहँदा समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हरायो । नेपाल समूह विजेता समेत बन्न सफल भएको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा… Continue reading वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

नेपालकै लामो झोलुंगे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन्। सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको शनिबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन्। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ। झोलुङ्गे पुल उद्घाटनपछि प्रधानमन्त्री… Continue reading नेपालकै लामो झोलुंगे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक तथा अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह… Continue reading वाफ महिला च्याम्पियनसिप फुटबल : नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ… Continue reading टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण

प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शिशुलाई काँडाबारीमा फेला पारिएको हो । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंह, उनका श्रीमान र दिदी समेत पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु लिएर सिंह… Continue reading प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

Efrem Lukatsky–AP

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू ५०० भन्दा धेरै छन्।अमेरिकाले रुसद्वारा युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युलाई लिएर ती प्रतिबन्धहरू घोषणा गरेको हो। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका… Continue reading रुसविरुद्ध आक्रामक अमेरिका, लगायो नयाँ प्रतिवन्ध

जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटना बाहिरिएिको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार एक महिलाले बच्चा चोरेको पाइएको छ । प्रहरीले संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी… Continue reading जब महिलाले प्रसुती गृहबाट बच्चा चोरेर भइन् गायव…

कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । उनीहरुलाई पोखरा महानगरपालिका ११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताएका छन् । उनका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल… Continue reading कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ

५० वर्षभन्दा बढी समयपछि अमेरिकी निजी यान पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिका । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए । खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ ।… Continue reading ५० वर्षभन्दा बढी समयपछि अमेरिकी निजी यान पहिलोपटक चन्द्रमामा अवतरण

घरमाथि लहरी पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित तीन जनाको मृत्यु

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक लहरी पल्टिँदा तीन बालबालिका च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्बल उद्योगका लागि आएको थियो । आर.जे. २९ जी.बी. १५६१ नम्बरको लहरी पल्टिँदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । मृत्यु हुने एकै परिवारको दुई… Continue reading घरमाथि लहरी पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित तीन जनाको मृत्यु

सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय थप ५० दिन लम्बिएको छ । यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । यसलाई दोस्रो चरणमा विस्तार गरी २७ चैतसम्म पुर्‍याइएको आयोजनाले जनाएको छ । पहिलो चरणमा ७ फागुनसम्म राजमार्ग बन्द रहने… Continue reading सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

बुवा बने फुटबलर किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् । राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै आफू बुवा बनेको जनाएका हुन् । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो… Continue reading बुवा बने फुटबलर किरण चेम्जोङ

नारायणगढ-मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

file

काठमाडौं । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम… Continue reading नारायणगढ-मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्राध्यापक डा केशरजङ्ग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र… Continue reading त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्‍यो चार प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका चारवटै प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।… Continue reading गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्‍यो चार प्रतिवेदन

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । कोषले शुक्रबार एक सूचनामार्फत दरखास्त आह्वान गरेको हो ।जसअनुसार वरिष्ठ प्रबन्धकदेखि प्रमुख सहायकसम्मका पदमा आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ। सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट… Continue reading कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी