हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

काठमाडौं । हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबारबाट हिमपात भइरहेको हो। यो वर्ष हिमपात भएको यो तेस्रो पटक हो । हिउँ परेसँगै हवाई सेवा पुनः बन्द भएको नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ । सदरमुकाम सिमकोटसहित माथिल्लो हुम्लाका खार्पुनाथ, नाम्खा गाउँपालिका तथा तल्लो क्षेत्रका अदामचुली, ताजाकोट, सर्खेगाड… Continue reading हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

‘आत्मकथा’ बेच्दै महावीर पुनले संकलन गरे २ करोड ५५ लाख

काठमाडौं । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो पुस्तक बिक्रीको लागि देश दौडाहामा छन् । ‘महावीर पुन’ नामक आत्मकथा बेच्दै हिँडेका पुनले शनिबार बैतडी सदरमुकाम गोठालापानी, गढी र साहिलेक बजारमा पुस्तक बिक्री गर्ने क्रममा हालसम्म ३४ हजारप्रति पुस्तक बेचिएको बताए। पुस्तक बिक्रीबाट २ करोड ५५ लाख संकलन गरेको… Continue reading ‘आत्मकथा’ बेच्दै महावीर पुनले संकलन गरे २ करोड ५५ लाख

साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं । साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पीमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । शनिबार घोराहीको सुपरलज होटेलमा बसेका नेपालीले आइतबार बिहान… Continue reading साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ

गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको ४.३ प्रतिशत हो । जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले गम्भीर… Continue reading गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई

आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

ASHISH VAISHNAV/SOPA IMAGES/LIGHTROCKET VIA GETTY IMAGES

काठमाडौं । इन्स्टाग्राममा आफ्नो ‘मृत्युको खबर’ सार्वजनिक गरिएको एक दिनपछि भारतीय मोडल पुनम पाण्डेले इन्स्टाग्राममै आफू जीवित रहेको बताएकी छिन्। शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ सन्देश जारी गर्दै उनले भनिन्, म तपाईँहरू सबैसँग केही महत्त्वपूर्ण कुरा शेअर गर्न आवश्यक ठान्छु। म जीवित छु। एक दिनअघि पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको… Continue reading आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

US MILITARY CENTRAL COMMAND

काठमाडौं । अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेको छ। पेन्टागनले इरान समर्थित लडाकुहरूले गत आइतवार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको पुष्टि गरेको छ। उक्त हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौँ घाइते भएका थिए। अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको… Continue reading अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च… Continue reading कस्तो रहनेछ आजको मौसम ?

रास्वपाको दवाव अभियान आजबाट सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय… Continue reading रास्वपाको दवाव अभियान आजबाट सुरु

फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् । साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् । बोर्डोविरुद्भको उक्त खेल १–१ को बराबरीमा सकिएको छ । शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको… Continue reading फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

गणतन्त्र विरोधी हर्कतबाट डराउनु पर्ने अवस्था छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । दुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्रका विरोधीले भ्रम छर्ने काम गरेकाले सजग हुन आह्वान गरे । लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक… Continue reading गणतन्त्र विरोधी हर्कतबाट डराउनु पर्ने अवस्था छैन : प्रधानमन्त्री

गठबन्धन सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । उनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको आरोप लगाए । शनिबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सवमा बोल्दै उनले ५ हजार भन्दा… Continue reading गठबन्धन सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली

आइतबारबाट मौसम प्रतिकुल बन्दै, वर्षा र हिमपातले जनजिवन प्रभावित हुने सम्भावना

काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । मौसम पूर्वानुमान… Continue reading आइतबारबाट मौसम प्रतिकुल बन्दै, वर्षा र हिमपातले जनजिवन प्रभावित हुने सम्भावना

ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । यो साझेदारी आईएफसी र ग्लोबल आईएमईबीचको तेस्रो हो । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री… Continue reading ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

संसदमा अब विद्युतीय हाजिरी

Photo : Gorakhapatra

काठमाडौं । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गते देखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो । यस सम्बन्धमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ । संसद सचिवालयका अनुसार विद्युतीय हाजिरीका लागि… Continue reading संसदमा अब विद्युतीय हाजिरी

बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा जान महिनामा पाँच दिनको समय पाउने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर प्रस्तुत गरेका थिए । प्रस्तावित क्यालेन्डरमा नियमित रुपमा संसदका गतिविधि रहने… Continue reading बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा दुबै खेलमा पराजित भएको छ । सुपर सिक्सको दोस्रो खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल… Continue reading सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

काठमाडौं । जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम्… Continue reading पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको रुपमा कार्यरत एक नेपाली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार श्री पुरानो गण ६४ औं डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार निधन भएको हो । उनी दोखला निवासी हुन् । सिपाही थापा हेडक्वाटरको बंकरमा स्ट्यान्डवाई डिउटीमा रहदा आफैंले बोकेको हतियारबाट गोली लागि घाइते अवस्थामा फेला… Continue reading लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सरकारलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेपाल सरकार, सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलको लागि झिकाएको हो। शुक्रबार भएको प्रारम्भिक सुनुवाइपश्चात् अदालतले यो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह… Continue reading दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

वर्गीकरण गरेको फोहोर मात्र व्यवस्थापन गर्दै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि घरेलु फोहोर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका… Continue reading वर्गीकरण गरेको फोहोर मात्र व्यवस्थापन गर्दै काठमाडौँ महानगर

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापा चिरायुबाट ग्राण्डीमा रिफर

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । गएराती महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरी र थापालाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ परेकामध्ये थापा ८२… Continue reading बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापा चिरायुबाट ग्राण्डीमा रिफर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि भिसा आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ । प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल,… Continue reading नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

काठमाडौं । हिउँदे वर्षा र हिमपातका कारण किसानलाई राहत मिलेको छ । काठमाडौंसहित मुलुकका धेरै स्थानमा हल्का वर्षा भएको छ । यसले हिउँदे बालीलाई राहत पुग्छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ… Continue reading हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै… Continue reading यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका… Continue reading कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५००… Continue reading यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

काठमाडौं भित्र पेट्रोल पम्पमा काम गर्ने कामदारले अनिवार्य ड्रेस लगाउनु पर्ने

A petrol pump attendant (L) puts petrol priced at Rs 99 per litre into a car at a Sajha Petrol gas station in Kathmandu, Nepal, January 27, 2016. A dramatic drop in oil prices, driven down by a glut in supply, is translating into a mixed bag for motorists. All countries have access to the same oil prices on international markets, but retail prices vary wildly, largely because of taxes and subsidies. Reuters

काठमाडौं । अब काठमाडौंका पेट्रोलपम्पमा काम गर्ने कामदारले ड्रेस लगाउनु पर्ने भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने भएको हो । महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा बसेकोे पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला संघसंस्था तथा निकायको प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको… Continue reading काठमाडौं भित्र पेट्रोल पम्पमा काम गर्ने कामदारले अनिवार्य ड्रेस लगाउनु पर्ने

महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिएका छन् । बिहीबार महानगरमा भएको भेटमा उनले यस्तो निम्तो दिएका हुन् । भेटमा बालेनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरेका छन् । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि… Continue reading महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च, दैनिक ५० जनाले काम गर्दै

काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी भन्छन्, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । विहान शारीरिक अभ्यास… Continue reading प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च, दैनिक ५० जनाले काम गर्दै

जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल… Continue reading जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए