नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

file

काठमाडौं । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । परियार भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको पाइएको छ । माझी काठमाडौँबाट सर्लाही… Continue reading नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

त्रिशूली नदीमा बसको खोजी आज पनि जारी

तस्बिरः कृष्ण आचार्य÷रासस

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ । घटना भएको चार दिनपछि आइतबार दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाने भएका छन् । त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज… Continue reading त्रिशूली नदीमा बसको खोजी आज पनि जारी

कसले चलायो ट्रम्पमाथि गोली ?

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको… Continue reading कसले चलायो ट्रम्पमाथि गोली ?

एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका… Continue reading एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै

प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने

काठमाडौं । नयाँ प्रधानमन्त्री दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियुक्त आइतबार हुने भएको छ । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताएको छ । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ .(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाई पदमुक्त भएपछि… Continue reading प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने

भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

काठमाडौं । शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ । अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः… Continue reading भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला

त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

काठमाडौं । त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र… Continue reading त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै

अमेरिकी राष्ट्रपति आफ्नो मानसिक स्वास्थ परीक्षणका लागि तयार

काठमाडौं । सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ता सम्बोधन गर्न सुझाब दिएमा ‘न्यूरोलोजिकल परीक्षण गर्न’ तयार रहेको सङ्केत गरेका छन् । “म यसको विरोध गर्दिनँ, यदि मेरा चिकित्सकहरूले मलाई अर्को न्युरोलोजिकल जाँच गर्न भनेमा म यो गर्नेछु,” नाटो शिखर सम्मेलनको… Continue reading अमेरिकी राष्ट्रपति आफ्नो मानसिक स्वास्थ परीक्षणका लागि तयार

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। शनिबार बिहान गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। महाशाखाका… Continue reading आज कस्तो रहनेछ मौसम ?

त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु

तस्बिरः कृष्ण आचार्य÷रासस

काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिएका छन् । शुक्रबारको तुलनामा शनिबार त्रिशूलीमा जलसतह कम छ त्यसकारण पनि खोजीकार्यमा सहज हुने उनले बताइएको छ । नेपाल प्रहरीका एक सय जना भन्दा बढी… Continue reading त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु

मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार मध्यरातमा राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६… Continue reading मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो । ९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

file

काठमाडौं । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्। डिएसपी शर्माका अनुसार ४६… Continue reading पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु

राष्ट्रपतिबाट भयो नयाँ सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन… Continue reading राष्ट्रपतिबाट भयो नयाँ सरकार गठनको आह्वान

त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुई वटा बस बगाएको छ । बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ । उक्त पर्दा वीरगञ्जबाट… Continue reading त्रिशुलीमा खसेका दुई यात्रुबाहक बस वेपत्ता, दिनभरको खोजीमा पनि भेटिएनन्

रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

file

काठमाडौं । रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना)जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्‌तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको… Continue reading रात्रिकालिन सवारी चलाउन अब रेड एडभाइजरी जारी गरिने

प्रचण्डले पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा… Continue reading प्रचण्डले पाएनन् विश्वासको मत

राष्ट्रिय परिचय पत्र बीनै समाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइदैं

काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी… Continue reading राष्ट्रिय परिचय पत्र बीनै समाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइदैं

एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बुधबार बसेको सचिवालय बैठकले मन्त्री बन्नेहरुको मापदण्डबारे निर्णय गर्दै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो । ‘ पार्टी अध्यक्ष आफैं प्रधानमन्त्री बन्दै हुनुहुन्छ, कस्तो टीम बनाउने भन्ने उहाँलाई नै बढी थाहा हुने भयो’, सचिव पद्‍मा अर्यालले भनिन्, ‘आफ्नो टिममा काम गर्न… Continue reading एमालेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

भद्रकाली मन्दिर पुनर्निर्माण थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । मन्दिरको दक्षिण–पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको हो । महानगर उपप्रमुख सुनिता डंगोलले जग पूजा गरेर पुनर्निर्माण शिलान्यास गरिन् । मन्दिरका संरचना २०७२ सालको भूकम्पबाट जीर्ण अवस्थामा पुगेका थिए । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी, सत्तल लगायत संरचना छन् । पुनर्निर्माण लागत… Continue reading भद्रकाली मन्दिर पुनर्निर्माण थालियो

५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । प्राधिकरणले… Continue reading ५ उद्योगमा विजुली जडान नगरे थप उद्योगमा आफै बिजुली काट्ने उद्योगीको चेतावनी

कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । जेफर्सन लेरमाले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो । पहिलो हाफको इन्ज्युरी समयमा कोलम्बियाले ड्यानिएल मुनोजलाई गुमाएको हो । उनी दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे… Continue reading कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर… Continue reading पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?

यूरोकपको फाइनल पुग्यो इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त

काठमाडौं । नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल उसको जितका लागि निर्णायक बन्यो । सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याएका हुन् । इंग्लयाण्डले जुलाई… Continue reading यूरोकपको फाइनल पुग्यो इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त

संसद बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो । बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन् ।

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडकमा झरेको पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ… Continue reading पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

शोधनान्तर बचत ४ खर्ब माथि

काठमाडौं । जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ । जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर बचत पनि बढाएको छ । मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा सवा ४ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ… Continue reading शोधनान्तर बचत ४ खर्ब माथि

विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) साढे १९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति… Continue reading विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब माथि

रविविरुद्ध आक्रामक मुकुल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने समेत बताए । उनी करीव ४५ मिनेट एकतर्फी बोले ।… Continue reading रविविरुद्ध आक्रामक मुकुल

जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलो पटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।… Continue reading जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण