नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२… Continue reading नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७

काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस

काठमाडौं । काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम –पश्चिम जान प्रभावितका आफन्तलाई निस्शुल्क बस व्यवस्था गरिएको छ । तत्काल घर जाने भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरुका लागि गोङ्गबुस्थित नयाँ बसपार्कबाट आज बेलुकादेखि भोलि (आइतबार)सम्म सरकारले निःशुल्क बसको व्यवस्था गरिएको हो । घर जानेहरूले मदन थापा (९८४०२६६७९७) लाई सम्पर्क गरेर नाम टिपाउन सरकारले सूचना जारी… Continue reading काठमाडौंबाट भूकम्प प्रभावित जिल्लामा जाने आफन्तलाई निःशूल्क बस

भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

काठमाडौं । भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो । ‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु… Continue reading भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

भूकम्पबाट घाइते ७ जनालाई जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो… Continue reading भूकम्पबाट घाइते ७ जनालाई जहाजबाट काठमाडौं ल्याइयो

भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने… Continue reading भुकम्प पिडितको उद्दारका क्रममा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

नेपाल भूकम्प : ज्यान गुमाउनेको संख्या १२९

काठमाडौं । जाजरकोट र रुकुममा भूकम्पले ठूलो मानवीय क्षति गरेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म १२९ जनाको मृत्यु भएको पुष्टी भएको छ । जसमध्ये जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको ज्यान गएको छ । अहिलेसम्म १४० जना घाइते भएको पुष्टी भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले उद्दार र राहत… Continue reading नेपाल भूकम्प : ज्यान गुमाउनेको संख्या १२९

नेपाल भूकम्पप्रति भारतीय प्रधानमन्त्रीले जनाए दुख:

काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दुस्खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प… Continue reading नेपाल भूकम्पप्रति भारतीय प्रधानमन्त्रीले जनाए दुख:

भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री

काठमाडौं । भूकम्पले क्षतिग्रस्त जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्। उनी जाजरकोटकै हुन्। गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा अहिलेसम्म… Continue reading भूकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु

काठमाडौं । गत राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सुरक्षा बल र सरकारी अस्पतालका डाक्टर बोकेर सेनाको हेलिकप्टर र निगमको जहाज रुकुम उडे

काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल एयरलाइन्सको १८ सिटे जहाज समेत काठमाडौंबाट मेडिकल टीम लिएर चौरजहारी उडेको… Continue reading सुरक्षा बल र सरकारी अस्पतालका डाक्टर बोकेर सेनाको हेलिकप्टर र निगमको जहाज रुकुम उडे

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् । धेरै क्षति भएको… Continue reading प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

पश्चिम नेपालमा शक्तिशाली भूकम्प, जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु

काठमाडौं । शुक्रबार राति नेपालको पश्चिम भेगमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले सञ्चारमाध्यमलाई जनाएका छन् । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी… Continue reading पश्चिम नेपालमा शक्तिशाली भूकम्प, जाजरकोटमा ९२ र रुकुममा ३६ जनाको मृत्यु

भारतमा सवारी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

कामठाडौं । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको हो । सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका रतन नेवार, उनकी श्रीमती अस्मिता, पाँच वर्षीय छोरा मिलन, दुई वर्षका छोरा धड्कन… Continue reading भारतमा सवारी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता

काठमाडौं । सङ्‍खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, सङ्खुवासभाका संघीय सांसद दिपक कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय… Continue reading माथिल्लो अरुण आयोजना अगाडी बढाउन उच्चस्तरीय प्रतिवद्धता

राष्ट्रपतिको यूरोप भ्रमण मन्त्रिपरिषद् बाट स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २२ देखि मंसिर १ गतेसम्म युरोपका ३ देशमा राष्ट्रपतिबाट हुने भ्रमण स्वीकृत गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२… Continue reading राष्ट्रपतिको यूरोप भ्रमण मन्त्रिपरिषद् बाट स्वीकृत

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ। आज बिहान रामेछापको मन्थली विमानस्थल परिसरमै तारा एअरका दुई पाइलटहरू वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको थियो। अर्को सूचना नभएसम्म उनीहरूको लाइसेन्स निलम्बन गरिएको क्यानले जनाएको छ। एउटै कम्पनीका दुई पाइलटबीच केकति कारणले झगडा भएको त्यो भने खुल्न… Continue reading विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

गाजाबाट धमाधम बाहिरिँदै विदेशी र घाइते

REUTERS

काठमाडौं । बुधवार आंशिक रूपमा खुला गरिएको गाजाको इजिप्टसँगको सिमानास्थित रफाह नाकाबाट विहीवार पनि विदेशी राहदानीवाहक र घाइते प्यालेस्टिनीहरू बाहिरिएका छन्। बिहीवार एउटा पूर्व स्वीकृति प्राप्त सूचीमा नाम रहेका झण्डै ४०० जना जतिलाई सिमा पार गरेर इजिप्ट जान अनुमित दिइएको हो। बीबीसीका रुश्दी अबु अलुफले जनाए अनुसार बिहीवार नाका पार गर्न अनुमति पाउनेहरूको नाम इजिप्टले… Continue reading गाजाबाट धमाधम बाहिरिँदै विदेशी र घाइते

भ्रमण भिषामा ओमान जानेले काम गर्न नपाउने

काठमाडौं । मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको जानकारी गराएको हो… Continue reading भ्रमण भिषामा ओमान जानेले काम गर्न नपाउने

संसदको अधिवेशन अन्त्य

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को चालु अधिवेशन गएराति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले अधिवेशन अन्त्य गर्नुभएको हो । यो अधिवेशनमा संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको थियो । ६ महिना चलेको सङ्घीय संसद्को अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक… Continue reading संसदको अधिवेशन अन्त्य

तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने

काठमाडौं । तिहारमा चिनीको अभाव हुन नदिन विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । बिहीबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा… Continue reading तिहार लक्षित चिनीको आपूर्ति बढाईदै, अनुगमन हुने

विश्वकप छनोटमा पुग्न नेपाल र यूएई आज भिड्दै, विजेता टोली छानिने

काठमाडौं । नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्न मैदान उत्रिदैछ । यो खेल जितेमा नेपाल टी २० विश्वकपमा पुग्नेछ । पराजित भएको अवस्थामा यूएईले विश्वकपको टिकट काट्ने छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो। समूह ‘ए’… Continue reading विश्वकप छनोटमा पुग्न नेपाल र यूएई आज भिड्दै, विजेता टोली छानिने

एमच्यामले पायो यूएस च्याम्बर अफ कमर्सको सदस्यता

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिकास्थित यूएस च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ । बिहीबार अमेरिकामा आयोजित कार्यक्रममा यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र यूएस च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको… Continue reading एमच्यामले पायो यूएस च्याम्बर अफ कमर्सको सदस्यता

नेपाल र कोरियाबीच कृषिमा सहकार्य गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र दक्षिण कोरिया बीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार कृषि विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री डा. वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षा मन्त्री चुङ्‍ग हवानकेउन बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रको… Continue reading नेपाल र कोरियाबीच कृषिमा सहकार्य गर्ने सम्बन्धी सम्झौता

वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतको अवहेलना गरेको बताएको छ । मन्त्रालयका कारण दर्जनौ आयोजना बन्धक बनेको समेत लगानीकर्ताको आरोप छ । संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण एवम् सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को संसोधनमा परेको रिटको फैसलामा, भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधिरनियमावलीरनिर्देशिका बनाउँदा… Continue reading वन तथा वातावरण मन्त्रालयका कारण जलविद्युत आयोजना बन्धक भए : इप्पान

रिगलले गरे प्रहरीमा आत्मसमर्पण, ११ वर्ष बढी जेल बस्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल(रिगल) पक्राउ परेका छन् । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो। बिहीबार आएको आदेशमा अब उनले भुक्तान… Continue reading रिगलले गरे प्रहरीमा आत्मसमर्पण, ११ वर्ष बढी जेल बस्नुपर्ने

रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी बदर गर्ने निर्णय सुनाएको छ। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने निर्णय बदर गरेको हो। पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । नेपालगञ्ज… Continue reading रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?

काठमाडौं । भारतीय जलसेनाका आठ भूतपूर्व अधिकारीलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको छ । भारतको विदेश मन्त्रालयले उक्त फैसलाबाट भारत सरकार स्तब्ध बनेको र सबै कानुनी विकल्पको खोजी गरिने प्रतिक्रिया दिएको छ । विदेशमन्त्री एस जयशङ्करले ती आठ भारतीयका परिवारसँग सोमवार भेटघाट गरेका थिए। सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै उनले भनेका छन्, ‘कतारमा हिरासतमा रहेका आठ… Continue reading कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?

गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणको निन्दा गरेको छ। हमासका लडाकु समूहका कमाण्डरलाई लक्षित गरी इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ११ जनाभन्दा धेरै सैनिकको ज्यान गएको छ । त्यस्तै सर्वसाधारणले ज्यान गुमाएका छन्। घटनाको संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको हो । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यमार्फत्… Continue reading गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा

परराष्ट्र मन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार भेटवार्ता भएको छ। भेटमा दुईपक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो। साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गरेका थिए। अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी… Continue reading परराष्ट्र मन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने… Continue reading विश्वकप छनोट: आज ओमन र नेपाल भिड्दै