ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

काठमाडौं । ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका… Continue reading ब्राजिलमा बाढीको वितण्डा, व्यापक क्षति

नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किइन् जापानी विदेशमन्त्री

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छिन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा जापानका विदेशमन्त्री योकोले शिष्टाचार भेटवार्ता… Continue reading नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किइन् जापानी विदेशमन्त्री

प्रधानमन्त्री र जापानी विदेशमन्त्रीबीच द्धिपक्षीय सहकार्यबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उनीहरूबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं… Continue reading प्रधानमन्त्री र जापानी विदेशमन्त्रीबीच द्धिपक्षीय सहकार्यबारे छलफल

जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले शिष्टाचार भेटवार्ता गरेकी छन्। आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त… Continue reading जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?

कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ । एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि… Continue reading कोलकाता शीर्ष स्थानमा उक्लियो, लखनउ पराजित

दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आजदेखि ुड्रिलिङु को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा। याङ्ग पिङ्गले आज उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तोलन गरेर ड्रिलिङ कार्य शुभारम्भ गरेका हुन् । नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार… Continue reading दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण

उपेन्द्र यादवको पार्टी फुट्यो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटेको छ। अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेको छ । जसपाका सात जना सांसद निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए । सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोग… Continue reading उपेन्द्र यादवको पार्टी फुट्यो

काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत

RSS

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भूभागमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारकोशी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभाग र काठमाडौं उपत्यकामा वर्षा भएको हो । पछिल्लो ६ घन्टामा इलामको जीतपुरमा सबैभन्दा बढी अर्थात् २१.८ मिलिमिटर पानी परेको छ। काठमाडौंको बुढानीलकण्ठ केन्द्रमा पछिल्लो एक घन्टामा २।४ मिलिमिटर वर्षा… Continue reading काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत

काठमाडौं महानगरको ‘सीप मेला’मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरू गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरू गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् । कामपा सामाजिक विकास विभागकी निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम… Continue reading काठमाडौं महानगरको ‘सीप मेला’मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन

सगरमाथा जाने बाटो भत्कियो,आरोहण अवरुद्ध

काठमाडौं । खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग मानिएको खुम्बु आइसफल क्षेत्रमा शनिवार राति बाटो भत्किएको हो। पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको छ । आरोहण तालिकामा समस्या आउने… Continue reading सगरमाथा जाने बाटो भत्कियो,आरोहण अवरुद्ध

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । आगलागीबाट रौतहट जिल्ला घर भइ हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते… Continue reading ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया

काठमाडौं । सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्। शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्। ‘हामी स्पष्ट… Continue reading चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया

गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए… Continue reading गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको… Continue reading जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३… Continue reading आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै

जनकपुर रेल तीन दिन बन्द हुने

काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल… Continue reading जनकपुर रेल तीन दिन बन्द हुने

विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

काठमाडौं । अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्ट–इण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी–२० खेल खेल्दै ६ विकेटको जित हात… Continue reading विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै

कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो। वैशाख २८ गतेबाट सुरु हुने वर्षे… Continue reading कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई

त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने

काठमाडौं । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा पालिकाको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका,… Continue reading त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने

वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट… Continue reading वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति

काठमाडौं । अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् । दूतावासका अनुसार ब्राडफोर्डले व्यक्तिगत पहलमै उक्त कलाकृतिहरु नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो । ती कलाकृतिहरु १३… Continue reading अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति

आजबाट खुल्दैछ डीभीको नतिजा

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले… Continue reading आजबाट खुल्दैछ डीभीको नतिजा

क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

काठमाडौं । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ परेका छन् । ४५ वर्षिय हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेका हुन् । उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ । सिख पृथकतावादी… Continue reading क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ

कोलकाता सामु मुम्बई निरिह

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ । कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८।५ ओभरमा १४५ रनमा… Continue reading कोलकाता सामु मुम्बई निरिह

नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ ।पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी… Continue reading नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल

भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा

RSS

काठमाडौं । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रवार काठमाडौं आइपुगेका छन्। पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक हो । भारतको न्याय प्रणालीमा कतिपय साहसी खालका निर्णय गरेका भनेर चिनिएका चन्द्रचूडको भारतमा आमनिर्वाचन जारी रहँदा भएको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपालमा रहँदा… Continue reading भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा

यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला… Continue reading यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द

करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका… Continue reading करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार एक सय रुपैयाँको नयाँ नोटको डिजाइन परिमार्जन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ… Continue reading एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरूबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिब १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति… Continue reading एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति