काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् । आक्रामक रुपमा संसदमा प्रस्तुत भएका उनले यस्तो बताएका हुन् । समिति गठनको माग गर्दै कांग्रेसले शुक्रबार दुई पटक बसेको संसद बैठक अवरुद्ध गरेको थियो । बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत… Continue reading संसदमा रविविरुद्ध आक्रामक गगन
Category: समाचार
संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?
काठमाडौं । संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । शुक्रबार अधिवेशनको पहिलो दिन सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पनि कार्यसूची… Continue reading संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?
उच्च लयमा रहेको बेंगलुरूले पञ्जाब किंग्सलाई हरायो
काठमाडौं । रोयल च्यालेञ्जर्स बेंगलुरूले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा बेंगलुरूले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो। बेंगलुरूले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो। पञ्जाबका लागि रिली रोसोले सर्वाधिक ६१ रन बनाए। उनले २७ बलमा ९ चौका र… Continue reading उच्च लयमा रहेको बेंगलुरूले पञ्जाब किंग्सलाई हरायो
भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द
काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए । नेपाल र… Continue reading भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द
माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता
काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन् । यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार… Continue reading माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । आज कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो… Continue reading आज कस्तो रहनेछ मौसम ?
स्रोत नखुलेका ९८ लाख रकमसहित दुई जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रम १ जेठमा आउने
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संविधान र कानूनको व्यवस्थाबमोजिम… Continue reading सरकारको नीति तथा कार्यक्रम १ जेठमा आउने
चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने
काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ। बैठकमा अर्थमन्त्री वर्षमान पुन सहभागी थिए। समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्।… Continue reading चल सम्पत्ति धितो राखेर पनि अब ऋण लिन सकिने
संसदमा प्रस्तुत हुने विषयबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बोलाइएको छ । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे… Continue reading संसदमा प्रस्तुत हुने विषयबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको छ । बुधबार राति सम्पन्न खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो । हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६… Continue reading लखनउ विरुद्ध हैदरावादका ओपनरको तुफानी इनिङ
कोशीमा नयाँ सरकार गठन गर्न आह्वान
काठमाडौं । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५)अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्न… Continue reading कोशीमा नयाँ सरकार गठन गर्न आह्वान
त्रिभुवन विमानस्थलभित्र भल पस्यो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ । बुधबार १ बजेतिर परेको वर्षका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्यान्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो। यो दुई भवन (पुरानो र नयाँ) जोडिएको स्थान हो। यहाँको १० फिट भित्रैको स्थानमा पहिले… Continue reading त्रिभुवन विमानस्थलभित्र भल पस्यो
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग
काठमाडौं । एक सयको नोटमा संविधानमा उल्लेखित नक्सा (चुच्चे) राख्ने सरकारी निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार डा. चिरञ्जीवी नेपालले विरोध जनाएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिले उनलाई पदबाट बर्खास्त गर्न माग गरेका छन्। नागरिकहरूको एक समूहले नेपाललाई सल्लाहकार पदबाटै बर्खास्त गर्न माग गरेको छ। पूर्वमन्त्री एवं भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य, पूर्वप्रशासक सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका… Continue reading राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई पदबाट बर्खास्त गर्न माग
आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइँदै
काठमाडौं । बुधबार मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्।… Continue reading आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइँदै
राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । कप्तान… Continue reading राजस्थानलाई दिल्लीले रोक्यो, रोमान्चक बन्दै प्ले अफ यात्रा
युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले दावि गरेका छन् । जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा युक्रेनी सेनाका दुई जना कर्णेललाई पक्राउ गरिएको छ । उनीहरुमाथि राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ । युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने कोसिसमा… Continue reading युक्रेनका राष्ट्रपतिको हत्या प्रयास विफल पारेको दावि
सुहाङले सांसद पदको सपथ लिँदै
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा भएको उपनिर्वाचनबाट… Continue reading सुहाङले सांसद पदको सपथ लिँदै
नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । देवीघाटबाट काशीटारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा काठमाडौँ बस्ने २७ वर्षीय रुविन रावल र… Continue reading नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु
सुनिल पौडेललाई ९ वर्ष जेल सजाय तोकियो
काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार कसूरमा नौ वर्ष कैद सजाय तोकेको छ। यसका साथै २३ करोड २७ लाख ५८ हजार बिगो भराउने र बिगो बराबर थप जरिवाना हुने फैसला सुनाएको छ। यसअघि गत वैशाख ७ गते पौडेललाई दोषी ठहरिएको थियो । त्यति वेला २३ करोड २७… Continue reading सुनिल पौडेललाई ९ वर्ष जेल सजाय तोकियो
रातको समयमा राखिएका झिलिमिलि बत्तिबारे महानगरले अध्ययन गर्ने
काठमाडौं । रातको समयमा शहरको सजावटका लागि काठमाडौं महानगरपालिकाभित्र विभिन्न ठाउँमा राखिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, शहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको अध्यक्षतामा मंगलबार बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले गाडी आउजाउ, रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावर तथा रुखबिरुवालाई कस्तो असर… Continue reading रातको समयमा राखिएका झिलिमिलि बत्तिबारे महानगरले अध्ययन गर्ने
संसदमा जवाफ दिनुपर्ने माग गर्दै गृहमन्त्रीले सभामुखलाई लेखे पत्र
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उनले संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन् । संघीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ संसदमा… Continue reading संसदमा जवाफ दिनुपर्ने माग गर्दै गृहमन्त्रीले सभामुखलाई लेखे पत्र
सभामुखले शीर्ष नेतासँग छलफल गर्दै
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग मंगलबार छलफल गर्दैछन्। बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि बैठक बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर… Continue reading सभामुखले शीर्ष नेतासँग छलफल गर्दै
गाजा क्षेत्रमा इजरायलमा थाल्यो पुनः आक्रमण
काठमाडौं । हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ । उनीहरु… Continue reading गाजा क्षेत्रमा इजरायलमा थाल्यो पुनः आक्रमण
सूर्यकुमारको सतक-मुम्बईको सहज जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै हराएको छ । सोमबार राति सम्पन्न खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले हराएको हो । १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्यो । सूर्यकुमार ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे… Continue reading सूर्यकुमारको सतक-मुम्बईको सहज जित
श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीको प्रलोभनमा ठगी बढ्यो
काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो । वैदेशिक रोजगारीमा जान इच्छुकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया,… Continue reading श्रम मन्त्रालयले भन्यो : वैदेशिक रोजगारीको प्रलोभनमा ठगी बढ्यो
उपेन्द्र यादवसँग फुटेका नेताले दर्ता गरे नयाँ दल
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि आइतबार बहुमत सांसद र बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्तासम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्तासम्बन्धी… Continue reading उपेन्द्र यादवसँग फुटेका नेताले दर्ता गरे नयाँ दल
ललितपुरमा आगलागीमा घाइते दुई बालिकाको निधन
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । आइतबार ललितपुर महानगरपालिका(१७ ग्वार्कोस्थित मोबिल… Continue reading ललितपुरमा आगलागीमा घाइते दुई बालिकाको निधन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन
काठमाडौं । गृहमन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ । अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका… Continue reading हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो
जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ । महतोले हिमालयन बैंकबाट झिकेर झोलामा बोकेको रकम रघुनाथपुर सहकारीको कार्यालयमा लैजादै गर्दा लुटिएको हो ।