बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

file

८ कात्तिक, काठमाडौं । पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गरिरहेका छन् । सोही क्रममा पछिल्लो पटक बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी… Continue reading बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

रुकुमपश्चिम दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, ६ जनाको पहिचान

७ कात्तिक, काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली… Continue reading रुकुमपश्चिम दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, ६ जनाको पहिचान

गायिका आत्महत्या प्रकरण : गायक गिरी पक्राउ

७ कात्तिक, काठमाडौं । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका हुन् ।  अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित… Continue reading गायिका आत्महत्या प्रकरण : गायक गिरी पक्राउ

कैलालीमा तीन बालिकाको डुबेर मृत्यु

७ कात्तिक, काठमाडौं । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यू भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरीया नदीमा पौेडी खेल्न गएका बालिकाहरूको डुबेर मृत्यू भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसारका मृत्यु हुनेमा जानकी गाउँपालिका–५, नवलपुरकी १२ वर्षकी सुलोचना उपाध्याय, १० वर्षकी निशा बजगाई र ८ वर्षकी… Continue reading कैलालीमा तीन बालिकाको डुबेर मृत्यु

मैत्रीपुर्ण फुटबल : इरान सङ्ग हार्यो नेपाल

७ कात्तिक, काठमाडौं । मैत्रीपुर्ण फुटबलमा महिला राष्ट्रिय टोलि इरान सङ्ग पराजित भएको छ । भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो । इरानले नेपाललाई ३-० ले पराजित गरेको छ। नेपाली अब दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भारतसँग अक्टोबर २७ मा खेल्नेछ। पहिलो हाफ गोल रहित थियोे । दोस्रो हाफमा इरान आक्रामक… Continue reading मैत्रीपुर्ण फुटबल : इरान सङ्ग हार्यो नेपाल

रुकुम पश्चिममा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

७ कात्तिक । रुकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी… Continue reading रुकुम पश्चिममा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

हैदरावादबाट बैंलौर जाँदै गरेको बसमा भयानक आगलागी, कम्तिमा १२ को मृत्यु, दर्जन बढी वेपत्ता

Kurnool bus tragedy: 12 dead, 9 missing after bus catches fire on Hyderabad-Bengaluru highway; Naidu expresses shock. (Express Photo)

७ कात्तिक, काठमाडौंं । भारतको हैदरावादबाट बैंलौर जाँदै गरेको यात्रुबाहक बसमा भयानक आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस घटनामा कम्तिमा १२ जना यात्रुको ज्यान गएको छ भने दर्जन बढी यात्रु बेपत्ता छन् । बसमा ४२ यात्रु सवार थिए । घटना आज कर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँको नजिकै भएको सञ्चारमाध्यमले जनाएका छन् । बस… Continue reading हैदरावादबाट बैंलौर जाँदै गरेको बसमा भयानक आगलागी, कम्तिमा १२ को मृत्यु, दर्जन बढी वेपत्ता

यस्तो छ आज नेपालभर मौसम पूर्वानुमान

काठमाडौँ, कात्तिक ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ… Continue reading यस्तो छ आज नेपालभर मौसम पूर्वानुमान

गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो

बैङ्कक, कात्तिक ७ गते । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् । इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ । इजरायली अधिकारीहरूले सोन्थायाको शव… Continue reading गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो

कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

७ कात्तिक, बेलबारी। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन् ।… Continue reading कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?

६ कात्तिक, काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ । नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा… Continue reading अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?

आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे

५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने… Continue reading आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे

दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस

५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्‍न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ । चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर… Continue reading दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस

मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु

५ कात्तिक, काठमाडौं । मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी… Continue reading मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु

थाइल्यान्डकी पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

(Photo by Lillian SUWANRUMPHA / AFP)

बैङ्कक, कात्तिक ५ । थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छिन् । यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ सङ्केत गरेको राजनीतिक विश्लेषकले बताएका छन् । ३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष… Continue reading थाइल्यान्डकी पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

५ कात्तिक, टोकियो । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घ संस्थाको सहकार्यमा आगामी नोभेम्वर ८ देखि १५ तारिखसम्म ‘टोेकियो सप्ताह’ हुन लागेको हो । जापानको टोकियोस्थित शिन्ज्युकुमा हुन लागेको उक्त सप्ताहव्यापी महायज्ञमा… Continue reading जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री सुशीला कार्कीले कलाकारहरूसँग छलफलपछि समूहिक तस्बिरमा । तस्बिर : प्रदीप राज वन्त/रासस

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार कलाकारसँग सामूहिक छलफल गरेकी छिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीले कलाकारसँग छलफल गरेकी हुन् । प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा नेपाली चलचित्र र संगीत क्षेत्रका कलाकारको उपस्थिति थियो । छलफलमा विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, ऋचा शर्मा, बिपिन कार्कीलगायत… Continue reading कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल

आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?

५ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन् । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ता सहभागि थिए । अवलोकनको क्रममा अध्यक्ष ओलीले राष्ट्रको नाममा गरिसकिएको घर जलाएर राष्ट्रको सम्पत्ति खरानी भएको बताए । उनले… Continue reading आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण

५ कात्तिक, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । बुधबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। दक्षिण कोरियामा हुन लागेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनभन्दा एक साताअघि भएको हो मिसाइल प्रक्षेपण भएको हो । उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकाका… Continue reading उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण

कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व

चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस

५ कात्तिक, काठमाडौं । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो चिनियाँ विद्युतीय कार आयात हुने मुख्य नाका हो। गत भदौ ३१ गते पूर्ण रूपले व्यापारिक मार्गका रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको… Continue reading कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व

आजदेखि सुरु भयो नेपाल संवत् ११४६

५ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको… Continue reading आजदेखि सुरु भयो नेपाल संवत् ११४६

नेवार समुदायले आज म्हः पूजा गर्दै

५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट… Continue reading नेवार समुदायले आज म्हः पूजा गर्दै

आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले… Continue reading आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त

५ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिन आवश्यक भएको बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग… Continue reading प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

५ कात्तिक, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२–२३ वर्ष… Continue reading चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

रोल्पामा वृद्ध मृत फेला

५ कात्तिक, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी… Continue reading रोल्पामा वृद्ध मृत फेला

राष्ट्रिय सम्मानसहित महाकाली किनारमा गरियो विपिनको अन्त्येष्टि

४ कात्तिक, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी स्थानीय, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।… Continue reading राष्ट्रिय सम्मानसहित महाकाली किनारमा गरियो विपिनको अन्त्येष्टि

जापानमा पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी नेत्री ताकाइची

Newly elected Prime Minister Sanae Takaichi arrives at the prime minister's office in Tokyo, Japan, Tuesday, Oct. 21, 2025. (AP Photo/Eugene Hoshiko)

४ कात्तिक, काठमाडौं । जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । ६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनकै… Continue reading जापानमा पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी नेत्री ताकाइची

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा

४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत सरकारले ४८ लाख ५८ हजार रुपियाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत प्रत्येक घाइतेलाई २० हजार रुपियाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम… Continue reading जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा

प्रधानमन्त्रीले दलहरुसँग गरिन् निर्वाचन लक्षित सर्वदलीय बैठक

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेता सहभागी छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालका अनुसार बैठकमा कांग्रेस, एमाले, माओवादीसहित राष्ट्रिय मान्यता प्राप्त दलका साथै निवर्तमान संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेता र प्रतिनिधि सहभागी छन् । दलसँगको आगामी चुनावका… Continue reading प्रधानमन्त्रीले दलहरुसँग गरिन् निर्वाचन लक्षित सर्वदलीय बैठक