नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

काठमाडौँ, २८ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।… Continue reading नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

धुलिखेल, २८ पुसः काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने… Continue reading तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिनुभयो । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।… Continue reading विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

ढिक्री बनाउन व्यस्त थारू समुदाय

तुलसीपुर (दाङ), २८ पुसः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ ।उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा… Continue reading ढिक्री बनाउन व्यस्त थारू समुदाय

आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो

RSS

काठमाडौँ, २८ पुस । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ… Continue reading आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो

१ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

दमौली (तनहुँ), २८ पुसः तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला… Continue reading १ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

रासस

काठमाडौँ, २८ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता… Continue reading निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

संगीता राई–राससधरान (सुनसरी), २८ पुसः ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ । ऐतिहासिक… Continue reading ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

अल्पायुमै अस्ताए प्रशान्त….

काठमाडौँ, २८ पुस । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने । नेपालीभाषीले भारतीय टेलिभिजन… Continue reading अल्पायुमै अस्ताए प्रशान्त….

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री उपस्थित

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)द्वारा आइतबार भृकुटीमण्डपमा आयोजित जलपान कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री सुशीला कार्की, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी भएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन् । प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक… Continue reading राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री उपस्थित

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

रासस

काठमाडौँ, २७ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आगोगले आज सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूवाट यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने… Continue reading सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरूकाे ड्रोनबाट देखिएको दृश्य । तस्बिरः गाेपाल दाहाल / रासस

काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिइन् ।… Continue reading कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

तस्बिरः गाेपाल दाहाल / रासस

काठमाडौँ, २७ पुसः काठमाडौँको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज आठ ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला… Continue reading कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनको विरुवामा पानी हालेर उद्घाटन गर्दै कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा । तस्बिरः गोपाल दाहाल / रासस

काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने… Continue reading चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

RSS

काठमाडौँ २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे… Continue reading नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने बताए । उनले… Continue reading विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

ड्रोन विवादले कोरियाली तनाव उत्कर्षमा

North Korea's Kaepoong village is seen from Ganghwa, South Korea, near the border with North Korea, Saturday, Jan. 10, 2026. (Im Sun-suk/Yonhap via AP)

सियोल, २७ पुस (रासस–एपी) । उत्तर कोरियाले दक्षिण कोरियामाथि सीमा पार गरी ड्रोन उडाएको गम्भीर आरोप लगाउँदै त्यसको ‘कडा जवाफ’ दिने चेतावनी दिएको छ । शनिबार उत्तर कोरियाली सेनाले जारी गरेको विज्ञप्तिमा दक्षिण कोरियाले गरेको भनिएको ड्रोन घुसपैठलाई ‘अक्षम्य उन्माद’ को संज्ञा दिँदै त्यसको परिणाम अवश्य भोग्नुपर्ने बताइएको छ । दक्षिण कोरियाले भने यी सबै… Continue reading ड्रोन विवादले कोरियाली तनाव उत्कर्षमा

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन् । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति… Continue reading राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

रासस काठमाडौँ, २७ पुस । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक… Continue reading चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

अमरगढी (डडेल्धुरा), २७पुस । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।… Continue reading ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित पृथ्वी स्मारकमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक । विसं १७७९ पुस २७ गते जन्मनु भएका आधुनिक नेपालको राष्ट्रनिर्माता शाहको निधन विसं १८३१ माघ १ गते देवीघाटमा भएको थियो । तस्बिरः रामहरि न्यौपाने/रासस

काठमाडौँ, २७ पुसः आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम… Continue reading आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टीको भविश्य तय हुँदै

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी,… Continue reading कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टीको भविश्य तय हुँदै

कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

१२ दिन अगाडी एक भएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय उज्यालो पार्टीबीचको एकता भंग भएको छ । राष्ट्रिय उज्यालो पार्टीको अध्यक्ष बनेका कुलमान घिसिङले यो एकता एकतर्फी रुपमा रास्वपाको तर्फबाट भंग गरी आफुलाई जानकारी गराइएको जानकारी दिए । यस क्षणमा आफु दुखि भएको समेत उनको प्रतिक्रिया छ । रास्वपासँगको एकता भंगभएपछि उनले पत्रकार सम्मेलन गर्दै… Continue reading कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

अब उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान, आजै पत्रकार सम्मेलन

२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यससँगै आज पार्टीले पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने भएको छ । पार्टीले ६ बजे पत्रकार सम्मेलनको जानकारी दिएको छ । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्षमा कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय थिए… Continue reading अब उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान, आजै पत्रकार सम्मेलन

रास्वपा र कुलमानको एकता भाँडियो, रास्वपा सचिवालयको आकस्मिक बैठक

काठमाडौँ, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले… Continue reading रास्वपा र कुलमानको एकता भाँडियो, रास्वपा सचिवालयको आकस्मिक बैठक

युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

A residential building burns after a Russian strike in Kyiv, Ukraine, Friday, Jan. 9, 2026. (AP Photo/Efrem Lukatsky)

मस्को, २६ पुस (रासस–एपी) । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो । मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक… Continue reading युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कञ्चनपुर, २६ पुस । थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ ।माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ । कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन् । महिलाहरू घरआँगनमा बसेर… Continue reading थारु बस्तीमा बढ्यो माघीको चहलपहल

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

काठमाडौं, २६ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो । विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा ¥याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।… Continue reading कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

काठमाडौँ २६ पुसः आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म,… Continue reading माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौँ २६ पुसः क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ । सम्पत्ति… Continue reading अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने