धादिङमा भुकम्प, काठमाडौं सहित देशका धेरै स्थानमा झट्का

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर,… Continue reading धादिङमा भुकम्प, काठमाडौं सहित देशका धेरै स्थानमा झट्का

यसपटक पनि विवादमुक्त बन्न सकेन गैरआवासीय नेपालीको निर्वाचन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । केसीले १… Continue reading यसपटक पनि विवादमुक्त बन्न सकेन गैरआवासीय नेपालीको निर्वाचन

दशैको तीन दिन मनकामना केवलकार बन्द हुने

काठमाडौं । मनकामना केबलकार दशैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको शहीद लखन गाउँपालिकामा रहेकाे प्रसिद्ध धार्मिकस्थल मनकामना माता… Continue reading दशैको तीन दिन मनकामना केवलकार बन्द हुने

गाजामा जान थाल्यो सहायता सामग्री

काठमाडौं । इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन् । इजरायलले १५ दिनदेखि गाजामा खाद्यान्न, पानी, बिजुली र अत्यावश्यक औषधिसमेत जान दिएको थिएन । इजरायलको नाकाबन्दीपछि गाजामा पुग्ने एकमात्र रफाह नाका इजिप्टले पनि बन्द गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजिप्टले सङ्ख्या तोकेर… Continue reading गाजामा जान थाल्यो सहायता सामग्री

त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन… Continue reading त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्यो नेपाल

नेपालले बनायो यु १९ एसिया कपमा स्थान

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१… Continue reading नेपालले बनायो यु १९ एसिया कपमा स्थान

भरतपुरमा एक युवक मृत फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् । उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु… Continue reading भरतपुरमा एक युवक मृत फेला

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ… Continue reading सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए… Continue reading नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी… Continue reading यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै

आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना

काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा… Continue reading आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना

इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?

काठमाडौं । अविरल रुपमा बमवर्षा गर्दै निहत्या नागरिकको ज्यान लिइरहेको इजरायललाई अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो मुलुकको समर्थन रहेको सन्देश दिएका छन् । हमासले इजरायलमा गरेको आतंककारी हमलाको विरुद्धमा इजरायलले गाजा क्षेत्रमा बम खसालिरहेको छ । यसबाट निहत्था नागरिकको ज्यान गएको छ । मंगलबार राती मात्र एक अस्पतालमा बम खस्दा कम्तिमा १ हजार जना मानिस… Continue reading इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?

त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । नेपाल टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र हङकङ भिड्दैछन् । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा… Continue reading त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै

५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात

काठमाडौं । नेपालले एक महिना ९असोज०मा ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । गत जेठयता भने कुल १२ अर्ब रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत… Continue reading ५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात

नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो

काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको असोज २०८० सम्मको किस्ता तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३… Continue reading नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो

त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित

काठमाडौं । नेपालले यूएईमाथि ७ विकेटको सहज जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी… Continue reading त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित

कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपा विपक्षमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरे । ९३ सदस्यीय प्रदेशसभामा… Continue reading कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपा विपक्षमा

‘गठबन्धनलाई धोका दिनेलाई विश्वासको मत दिन नहुने हो, मध्यावधि त जोगाउन पर्‍यो’

काठमाडौं । कोशी प्रदेशसभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनलाई धोका दिने मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत दिन नहुने काम गरेको टिप्पणी गरेका छन्। बुधबार कोशी प्रदेशसभ बैठकमा बोल्दै उनले सिद्धान्ततः मध्यवाधि जोगाउन मत दिनुपरेको उनले बताए। ‘गठबन्धनकै मुख्यमन्त्री बनाउने हो, उहाँले भोलि त्यही भूमिका खेल्नुहुन्छ भन्ने शंकाको सुविधा दिँदै गठबनधनको मुख्यमन्त्रीका… Continue reading ‘गठबन्धनलाई धोका दिनेलाई विश्वासको मत दिन नहुने हो, मध्यावधि त जोगाउन पर्‍यो’

इजरायलबाट दिल्ली आएका थप ७ नेपाली महेन्द्रनगर हुँदै घर फर्किए

काठमाडौं । इजरायलमा फसेका थप ७ नेपाली आज घर फर्किएका छन् । इजरायलबाट उद्धार गरी दिल्ली ल्याइएका नेपालीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्था गरि आज नेपाल पठाएको हो । दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगेका थिए । कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौँका लक्ष्मी दुलाल, मोरङ… Continue reading इजरायलबाट दिल्ली आएका थप ७ नेपाली महेन्द्रनगर हुँदै घर फर्किए

इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार भएको छ । भारत सरकारले उनीहरुको उद्धार गरेको हो । मंगलबार मध्यराति उनीहरु दिल्ली आइपुगे । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाट नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको जानकारी दिएका… Continue reading इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा

नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट

काठमाडौं । नेपाल टी–२० त्रिकोणात्मक सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ । पहिलो खेलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी–२० सिरिजमा तीन मुलुक सहभागी छन् । नेपाल र यूएई २० महिनापछि… Continue reading नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट

गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए

काठमाडौं । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । सो आक्रमणमा कम्तिमा ५ सय जना मारिएका छन् । उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको दावि गरेकाछन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले… Continue reading गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए

संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो । यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो । इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण… Continue reading संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने

विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश

काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को… Continue reading विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश

अध्यक्ष बद्री केसी र कुल आचार्यले लिए पहिलो गैरआवासीय नेपाली नागरिकता

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र मंगलबारदेखि विधिवत् रूपमा वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज… Continue reading अध्यक्ष बद्री केसी र कुल आचार्यले लिए पहिलो गैरआवासीय नेपाली नागरिकता

विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

काठमाडौं । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज लाओससँग खेल्दैछ । लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । काठमाडौंको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह एच मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको… Continue reading विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपगेका छन्। बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरिन्। उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण… Continue reading उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् । वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा,… Continue reading गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई आजदेखि नागरिकता वितरण सुरु गर्दै छ । गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता वितरण शुभारम्भ गर्न लागेका हुन् । सुरुमा एनआरएनका पदाधिकारीहरुबाट नागरिकता वितरण शुभारम्भ गर्न लागिएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । अन्यले… Continue reading गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट

काठमाडौं । गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन भोलिदेखि सुरू हुने भएको छ। एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुने भएको हो। नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले… Continue reading गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट