सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ६ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सोलुखुम्बुस्थित नापी कार्यालयका तत्कालीन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु… Continue reading सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कानून विपरित व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी गृहले फिर्ता बोलायो

काठमाडौं । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ति दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । निर्देशनमा भनिएको छ, “सुरक्षा व्यवस्थापन कार्यविधि,… Continue reading कानून विपरित व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी गृहले फिर्ता बोलायो

इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन आग्रह गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले सरकारलाई उक्त आग्रह गरेको हो। ब्यान्डविथको रकम नतिरेको भन्दै इन्टरनेट अवरूद्ध हुने चेतावनी आएको आइस्पानले जनाएको छ। त्यसैले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन उसले आग्रह गरेको हो। इन्टरनेट प्रदायक संस्थाहरूलाई सञ्चार तथा… Continue reading इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

file

काठमाडौं । भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ। विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्। मतदान बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ। असमका ५, बिहारमा… Continue reading भारतको लोकसभामा आज दोस्रो चरणको मतदान

कक्षा १२ को परीक्षा आजबाट, झण्डै ४ लाख विद्यार्थी सहभागी

फाइलफोटो

काठमाडौं । कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनकाअनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४… Continue reading कक्षा १२ को परीक्षा आजबाट, झण्डै ४ लाख विद्यार्थी सहभागी

लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

काठमाडौं । लगातार हारपछि रोयल च्यालेन्जर्स बेंगलोर खेलमा फर्किएको छ । उसले सनराइजर्स हैदराबादलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा ३५ रनले हराएको हो । खेल हैदरावादको घरेलु मैदानमा भएको थियो । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो । हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १… Continue reading लगातार सात हारपछि बेंगलोर खेलमा फर्कियो, सनराइजर्सलाई सजिलै हरायो

भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार… Continue reading भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

कांग्रेस नेता आलममाथि जन्मकैदको सजाय

काठमाडौं । जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो । अदालतका श्रेस्तेदार उद्धव ढोडारीका अनुसार… Continue reading कांग्रेस नेता आलममाथि जन्मकैदको सजाय

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका सांसदको मत प्राप्त गरेको हुन् । उनलाई नेकपा एमाले १० र नेकपा माओवादी केन्द्रका १३ र… Continue reading कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ। मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्रका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन्। वैशाख १५ गते इलाम–२ प्रतिनिधि सभा र बझाङमा (१) प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। ‘उपनिर्वाचन स्वतन्त्र,… Continue reading उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिले दिए स्वीकृति

चन्द्रागिरिमा सुमो दुर्घटना

file

काठमाडौं । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुमो दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा… Continue reading चन्द्रागिरिमा सुमो दुर्घटना

फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको जानकारी गराएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए । गर्मीसम्बन्धी ३४ वटा घटनामध्ये फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र… Continue reading फिलिपिन्समा चरम गर्मी, कम्तीमा ६ जनाको मृत्यु

सरकारको स्थायित्वमा चलाइएका हल्ला निराधार : पौडेल

काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१–०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । अर्थमन्त्री पुनलाई कार्यान्वयन… Continue reading सरकारको स्थायित्वमा चलाइएका हल्ला निराधार : पौडेल

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले सनसनीपूर्ण जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्लीले गुजरातमाथि ४ रनको सनसनीपूर्ण जित निकालेको हो। दिल्लीले दिएको २२५ रनको लक्ष्य पूरा गर्न गुजरातलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो। रसिद खान ब्याटिङमा थिए। दिल्लीले मुकेश कुमारलाई अन्तिम ओभर बलिङमा पठाएको थियो। पहिलो र दोस्रो… Continue reading गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग,… Continue reading कर्णालीका मूख्यमन्त्री कंडेलले आज विश्वासको मत लिने

अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो… Continue reading अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?

इलाम र बझाङमा मौन अवधि लागु

File

काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।… Continue reading इलाम र बझाङमा मौन अवधि लागु

सुनिल पौडेललाई थुनामा पठाउन आदेश

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको… Continue reading सुनिल पौडेललाई थुनामा पठाउन आदेश

महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर खरानी

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । परालको कन्युबाट सल्केको आगो घरसम्म पुगेको अनुमान छ। आगलागीमा सयौं घर जलिसकेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए । आगलागी नियन्त्राणका लागि महोत्तरी र धनुषाका विभिन्न पालिका, नेपाल प्रहरी र… Continue reading महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयौं घर खरानी

अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित

बीबीसी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ। यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ। यो विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडनसमक्ष पठाइने छ। बाइडनले उक्त विधयेक आफूकहाँ आएपछि अविलम्ब… Continue reading अमेरिकी संसदबाट टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित

कतारलाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ पठाउन ढिलाइ हुने

File

काठमाडौं । सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो। गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो। पठाउन लागिएका हात्ती जङ्गली हात्ती रोनाल्डोका… Continue reading कतारलाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ पठाउन ढिलाइ हुने

यी हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको ७ समझदारी

काठमाडौं । नेपाल र कतारबीच सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन,… Continue reading यी हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको ७ समझदारी

कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति… Continue reading कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज

कतारका अमिर थानी काठमाडौंमा

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका… Continue reading कतारका अमिर थानी काठमाडौंमा

केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो

काठमाडौं । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान धादिङमा आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको… Continue reading केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो

आज यी रुटमा सवारी चलाउन नपाइने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज दुईदिने नेपाल भ्रमणमा आउँदै छन् । एकीन समय नतोकिए पनि उनी अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ । उनी आउने समय आधा घण्टा विमानस्थल बन्द गरिने भएको छ । उनी विमानस्थलबाट सोल्टीमोडस्थित पाँचतारे सोल्टी होटलमा जाने छन्… Continue reading आज यी रुटमा सवारी चलाउन नपाइने

इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

IDF\BBC

काठमाडौं । इजरेलको सैन्य गुप्तचर निर्देशनालयका प्रमुखले गत अक्टोबर ७ मा हमासले भीषण आक्रमण गर्नुअघि त्रुटिहरू भएको स्वीकार गर्दै राजीनामा दिएका छन्। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार उनको उत्तराधिकारीको नाम टुङ्गो लागेपछि मेजर जेनरल आरोन हालिभा पदबाट हट्ने छन्। एउटा पत्रमा हालिभाले आफ्नो नेतृत्वमा रहेको निर्देशनालयले दिइएको जिम्मेवारी यथोचित वहन गर्न नसकेको स्वीकार गरेका… Continue reading इजरेलका गुप्तचर प्रमुखले दिए राजिनामा, के हो कारण ?

इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो… Continue reading इतिहासमै पहिलो पटक वेस्टइण्डिज नेपालविरुद्ध खेल्दै, टोली घोषणा

कतारका राजा पहिलो पटक नेपाल आउँदै

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न… Continue reading कतारका राजा पहिलो पटक नेपाल आउँदै

आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन

काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन… Continue reading आज लोकतन्त्र दिवस, राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन