इजरायलबाट इरानमा मिसाइल हानियो

काठमाडौं । अमेरिकाका अधिकारीहरुले इसराइलबाट ईरानमा मिसाइल प्रहार भएको जानकारी गराएका छन् । यसको पुष्टी ईरानका सरकारी सञ्चारमाध्यमले समेत गराएका छन् । उनीहरुका अनुसार इरानको एयर डिफेंस सिस्टमलाई विभिन्न प्रान्तमा सक्रिय बनाइएको छ । ईरानको एक समाचार एजेंसीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार ईरानको उत्तर–पश्चिमी शहर इस्फ़हानमा शुक्रवार बिहान ठूलो विष्फोटको आवाज आएको थियो ।… Continue reading इजरायलबाट इरानमा मिसाइल हानियो

नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने

काठमाडौं । लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’ बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं… Continue reading नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । घटनामा कम्तिमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटनामा परेको थियो । ५२ जना घाइते भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस… Continue reading सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

Photo : The Indian Express

काठमाडौं । भारतमा लोकसभा चुनाव आजबाट सुरु हुँदैछ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदानको कार्यक्रम राखिएको छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा उत्रिएका छन् ।पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र,… Continue reading भारतमा आजबाट लोकसभा निर्वाचन, मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

Nepal players celebrate the runout of Anshuman Rath of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६… Continue reading एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा तेस्रो जित निकालेको छ । उसले पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको हो । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५… Continue reading आइपीएल :मुम्बईको तेस्रो जित, पञ्जाव हार्यो

सत्तारुढ दलका शीर्ष तीन नेताबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे तीन नेताले छलफल गरेका हुन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको बताए ।… Continue reading सत्तारुढ दलका शीर्ष तीन नेताबीच भेट, के भयो कुराकानी ?

कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली

file

काठमाडौं । चालु आर्थिक वर्ष २०८०\८१ को ९ महिना (साउन–चैत)मा नेपालबाट कामको खोजीमा विदेशिनेको संख्या ५ लाख ३९ हजार ६९ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो । गत वर्षको ९ महिनामा ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए । नेपालबाट कामको खोजीमा चैत महिनामा मात्र झन्डै… Continue reading कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली

काठमाडौं विमानस्थलबाट एक किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए । विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका व्यक्ति सुन… Continue reading काठमाडौं विमानस्थलबाट एक किलो सुन बरामद

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी, एमालेको पनि समर्थन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन्… Continue reading सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी, एमालेको पनि समर्थन

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे… Continue reading नेप्सेमा लगातार दोहोरो अंकको गिरावट

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

काठमाडौं । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही बैशाख ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने जनाइएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको… Continue reading मनकामना केबलकार एक दिनका लागि बन्द हुने

पाकिस्तानमा बाढी र पहिरोको वितण्डा, कम्तिमा ६३ जनाको मृत्यु

File : Skynews

काठमाडौं । पाकिस्तानमा चार दिनदेखिको वर्षा र त्यसपछि आएका विपदजन्य घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ। मंगलबार मात्रै त्यहाँ १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उत्तरपश्चिम खिबर पख्तुनख्वा प्रान्तमा ३२ जना, पञ्जाबमा २१ जना र बलुचिस्तानमा १० जनाको मृत्यु भएको समाचार संस्था एशोसियट प्रेसले उल्लेख गरेको छ। खिबर पख्तुनख्वा प्रदेशमा चार… Continue reading पाकिस्तानमा बाढी र पहिरोको वितण्डा, कम्तिमा ६३ जनाको मृत्यु

हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून

काठमाडौं । लेबनानको सैन्य समूह हिजबुल्लाहले उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला गरेको छ। बुधबार हिजबुल्लाहले इसराइलको उत्तरी भूभाग अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डामा हवाई हमला गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार उक्त हमलामा परी १४ जना इसराइली सेना घाइते भएका छन्। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि लेबनानबाट हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको पुष्टि… Continue reading हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून

गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सविरुद्ध दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हरायो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ । गुजरातले दिएको ९०… Continue reading गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित

त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट

काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताएका छन् । त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको भिल्लामा १२… Continue reading त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट

सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो

काठमाडौं । लितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो… Continue reading सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो

रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट १० वर्षपछि परिवर्तन गरिएको छ । सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण रुट बनाइरहेका ‘आइसफल डाक्टर’ हरू बुधबार ‘क्याम्प वान’ नजिकै नयाँ रुटबाट बाटो बनाउँदै ‘क्याम्प टु’ सम्म उक्लिन सफल भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार ‘ल्हो ला पिक’… Continue reading रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं

विवाह बन्धनमा बाधिँइन् गायिका एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् । विष्णु जन्ती लिएर मंगलबारै झापा पुगेका थिए । उनी बागलुङबाटै गएका हुन् । हिजो उनीहरुको हल्दी र मेहन्दी समारोह भएको थियो । विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन्… Continue reading विवाह बन्धनमा बाधिँइन् गायिका एलिना चौहान

भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो ।… Continue reading भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै… Continue reading एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल

आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित

काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । बटलरको… Continue reading आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित

सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत सो प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् । उनले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रवाह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको… Continue reading सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण

आज रामनवमी पर्व मनाईदैं

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ… Continue reading आज रामनवमी पर्व मनाईदैं

चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन

काठमाडौं । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ७० वर्षका थिए । उनी केही समयदेखि जण्डिस र निमोनियाका बिरामी थिए । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन… Continue reading चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन

काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएसँगै प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ सेन्टरमा छापा… Continue reading काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औं वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए । ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु… Continue reading निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री

निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ ले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४४ औं आरोहण गरेका छन्। नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् । उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो… Continue reading निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान

सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं । महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्। सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै… Continue reading सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । मंगलवार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चैत ३० गते सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो