काठमाडौँ २६ पुसः क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ । सम्पत्ति… Continue reading अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
Category: समाचार
२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
काठमाडौँ, २६ पुसः मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा… Continue reading २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
काठमाडौँ, २६ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश… Continue reading आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
काठमाडौँ, २६ पुसः नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ओखलढुङ्गा जिल्लाको तत्कालीन… Continue reading नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक
काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई दिनमात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् । यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक… Continue reading कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा
काठमाडौँ, २५ पुस । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो । राष्ट्र बैंकका… Continue reading पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा
विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने
काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुुस २७ र २८ गते काठमाडौँमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ । विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डमा हुने महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनको तयारी… Continue reading विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने
‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल
कर्णाली, २५ पुस । कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरूले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन् । नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभपाति मणिराम रेग्मी, रुकुमपश्चिमका… Continue reading ‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
झापा, २५ पुस । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खसेर आज साँझ ६ः३० बजे सप्तरी जिल्लाको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए । घाइतेलाई तत्कालै मेची आम्दा अस्पतालमा उपचारका… Continue reading होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ, २५ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको… Continue reading अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा
असावधानीका कारण आगलागीका घटना बढे
काठमाडौँ, २५ पुस । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२… Continue reading असावधानीका कारण आगलागीका घटना बढे
राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी
काठमाडौँ, २५ पुस ।राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता परिमार्जन, २०८२ जारी गरेको छ । समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त आचारसंहिताका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । राससले तयार गरेको २३… Continue reading राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी
निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
काठमाडौँ, २५ पुस । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध… Continue reading निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
सुरक्षण मुद्रण केन्द्रले दुई महिनामा छाप्यो नौ हजार लाइसेन्स
काभ्रेपलाञ्चोक, २५ पुस । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ… Continue reading सुरक्षण मुद्रण केन्द्रले दुई महिनामा छाप्यो नौ हजार लाइसेन्स
शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
काठमाडौँ, २४ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सबैको सनाखत भएको… Continue reading शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
काठमाडौँ, २४ पुस । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत… Continue reading आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
काठमाडौँ, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए । अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका… Continue reading काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
अमेरिकी राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट
काठमाडौँ, २४ पुसः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने
नारायणगढ, (चितवन), २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ ।… Continue reading घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने
बुवाको सोंच र विश्वास : आरकेको संघर्ष र परिश्रममा सफलताको शिखर
बागलुङ जिल्लाको साविक सुखौरा गाविस, हाल बरेङ गाउँपालिका वडा नंं.–५, गुल्मी र बागलुङको सिमानामा पर्ने एक दुर्गम पहाडी भुगोल । यही भुगोलमा विक्रम संवत् २०३८ सालमा जन्मिएका हुन् राजेन्द्रकुमार शर्मा, जसलाई आज धेरैले आरके शर्माका नामले चिन्छन् । अहिले अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रमा सफल उद्यमीका रुपमा स्थापित शर्माको बाल्यकाल भने अभाव, संघर्ष र कठिन परिश्रमले भरिएको… Continue reading बुवाको सोंच र विश्वास : आरकेको संघर्ष र परिश्रममा सफलताको शिखर
राजनीतिमा राम्रो व्यवहार र संस्कार-समुन्नत लोकतन्त्रको आधार
कुमार न्यौपानेहाल : न्युयोर्क राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन, यो राष्ट्र निर्माण, समाज रुपान्तरण र नागरिकको भविष्य सुरक्षित गर्ने सबैभन्दा प्रभावशाली माध्यम पनि हो । राजनीतिमा देखिने व्यवहार, सोच र नैतिकताले देशको वर्तमान मात्र होइन, भविष्यको दिशा पनि निर्धारण गर्छ । त्यसैले राजनीतिमा राम्रो व्यवहार, उच्च नैतिकता र परिपक्व राजनीतिक संस्कार अत्यन्त… Continue reading राजनीतिमा राम्रो व्यवहार र संस्कार-समुन्नत लोकतन्त्रको आधार
आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल
त्रिवेणी (नवलपरासी), २४ पुसः निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि… Continue reading आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल
निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौँ, २४ पुस । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न… Continue reading निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
ऊर्जामन्त्री घिसिङले दिए राजीनामा
काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन… Continue reading ऊर्जामन्त्री घिसिङले दिए राजीनामा
काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते
काठमाडौँ, २३ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५… Continue reading काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते
नेपाली दूतावासमा विश्व ध्यान दिवस विशेष कार्यक्रम आयोजना
२३ पुस, अबुधाबी । विश्व ध्यान दिवस–२०२५ को अवसरमा नेपाली दूतावास, अबुधाबीले २१ डिसेम्बर आइतबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । जीवन–विज्ञान प्रतिष्ठान नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा दूतावासका कर्मचारी–परिवार, प्रतिष्ठानका प्रशिक्षक तथा साधकहरुसहित यूएईमा विभिन्न व्यवसाय तथा पेशामा संलग्न नेपालीहरुको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ध्यान मानवजीवनकै आधारभूत आवश्यकता भएको… Continue reading नेपाली दूतावासमा विश्व ध्यान दिवस विशेष कार्यक्रम आयोजना
नेपाली समाज यूएईको क्षमता अभिवृद्धि तालिम सम्पन्न
२३ पुस, यूएई । नेपाली समाज यूएईको आयोजनामा गत आइतबार, १४ डिसेम्बर २०२५ का दिन नेपाली समाजमा आबद्ध विभिन्न संघसंस्थाका सचिव तथा महासचिवहरुलाई लक्षित गरी सार्वजनिक भाषण, माइन्युट लेखन तथा आधारभूत पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बुर्दुबईस्थित अरबियन कोर्टयार्ड होटलको द बोधी लाउन्ज हलमा सम्पन्न उक्त तालिम नेपाल पत्रकार महासंघ यूएई शाखाको… Continue reading नेपाली समाज यूएईको क्षमता अभिवृद्धि तालिम सम्पन्न
काङ्ग्रेसमा विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने
काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेका छन् । विशेष महाधिवेशन मागकर्ता नेताहरुले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टीको विधानअनुसार यही पुस २७ र २८ गते यहाँ विशेष केन्द्रीय महाधिवेशन आह्वान गरिएको बताए । वर्तमान विषम राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन तथा समसामयिक… Continue reading काङ्ग्रेसमा विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने
कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार
काठमाडौँ, २३ पुसः नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो । बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा… Continue reading कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार
राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार
काठमाडौँ, २३ पुसस् नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेद्वारको टुङ्गो लगाएका हुन् । नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट… Continue reading राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार