सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

File : Zabihullah Mujahid, the Taliban government's chief spokesman, speaks during a press conference at the Government Media and Information Center in Kabul, Afghanistan, Sunday, Oct. 12, 2025. (AP Photo/Siddiqullah Alizai)

काबुल, वैशाख १६ गते । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । बालिका तथा केटीको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ । युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो… Continue reading सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

१६ वैशाख, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा… Continue reading सामान्यको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ 

काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

काठमाडौँ, वैशाख १६ गते । यस वर्ष २५७० औँ बुद्ध जयन्तीका अवसरमा काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ सुरु गरिएको छ । महासिद्ध स्यान्चुरी फर युनिभर्सल पिसले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूबाट आजदेखि सुरु गरिएको यात्रा यही वैशाख १८ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर सम्पन्न हुनेछ । नेपाल पर्यटन बोर्डले समन्वयमा विश्व शान्तिको पवित्र भूमि… Continue reading काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

धानखोला–लमही सडक स्तरोन्नति आजदेखि सुरु

घोराही, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला–लमही सडकखण्डको स्तरोन्नति गर्ने काम आज (बुधबार)देखि सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को लगानीमा आजदेखि सडकको स्तरोन्नति गर्ने काम सुरु हुन थालेको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजनाअन्तर्गत धानखोला–लमही सडकखण्डको ४० किलोमिटर स्तरोन्नति हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल… Continue reading धानखोला–लमही सडक स्तरोन्नति आजदेखि सुरु

रास्वपा सांसद कार्की भन्छन् : अध्यादेश ल्याउनु बहादूरी होइन

१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् । संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको उनको टिप्पणी छ । ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’… Continue reading रास्वपा सांसद कार्की भन्छन् : अध्यादेश ल्याउनु बहादूरी होइन

बैङ्कको नाफा उनन्चास अर्बमाथि

काठमाडौँ, वैशाख १६ गते । चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ । चालु आवको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कले ४९ अर्ब… Continue reading बैङ्कको नाफा उनन्चास अर्बमाथि

नारायणगढ–बुटवल सडकमा सुरक्षा चिन्ह राख्न सुरु

१६ वैशाख, त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक… Continue reading नारायणगढ–बुटवल सडकमा सुरक्षा चिन्ह राख्न सुरु

ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

१६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै… Continue reading ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

१६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ ।नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र ओमान खेल्दै

आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान

१६ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५ः४५ हुरी चल्न सुरु हुने र १७ वैशाख… Continue reading आज देशका धेरैजसो स्थानमा हावाहुरीसहित वर्षा, सतर्क रहन आह्वान

बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते

१६ वैशाख, बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ… Continue reading बुटवलमा स्कुटर दुर्घटना, २ को मृत्यु, एक घाइते

चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

ल्हासा, वैशाख १६ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो । उक्त प्रतिमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहल र सक्रियतामा जेभी फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको हो । प्रतिमाको हस्तान्तरण यसअघि नै काठमाडौंमा जेभी फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर… Continue reading चीनको ल्हासास्थित महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

अमेरिकी डलरको मूल्य बढ्दा यस वर्ष प्रतिव्यक्ति आयमा भएन सुधार

१५ वैशाख, काठमाडौँ । यस वर्ष अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार जारी गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ खर्बले विस्तार हुने अनुमान गरेको हो । आर्थिक वर्ष २०८१–८२ मा जीडीपीको आकार ६१… Continue reading अमेरिकी डलरको मूल्य बढ्दा यस वर्ष प्रतिव्यक्ति आयमा भएन सुधार

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार उपभोक्ता मूल्यमा सो बराबरको आर्थिक वृद्धिदर प्राप्त हुनेछ । आधारभूत मूल्यमा भने ३.६५ प्रतिशत बराबरको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ । यो यस वर्ष… Continue reading यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

१५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाएका हुन्। ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’… Continue reading सरकारले अध्यादेश ल्याउन सिफारिस गरेपछि कांग्रेसको आपत्ति

नेकपाद्वारा वाम एकताको आह्वान

RSS

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकजुट हुन र वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको हो । कम्यनिस्ट पार्टीहरू निकै साँघुरो गरी खुम्चिएको अवस्थामा… Continue reading नेकपाद्वारा वाम एकताको आह्वान

संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

rss

१५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । यसअघि वैशाख ८ गतेको… Continue reading संसद बन्द गरी अध्यादेश ल्याउन सिफारिस, चौतर्फी आलोचना

ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ

पक्राउ परेका वडाध्यक्ष र सचिव ।

पश्चिम नवलपरासी, वैशाख १५ गते । जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी… Continue reading ज्यूँदो मान्छेको मृत्यु दर्ता गरेको अभियोगमा चार पक्राउ

संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले आज वरिष्ठ अधिवक्ता र अधिवक्तासँग विशेष छलफल गरेको छ । संविधान कार्यान्वयनको एक दशकका अनुभव, चुनौती र जनचाहना समेटेर ठोस बहसपत्र तयार गर्ने उद्देश्यले कार्यदलले विज्ञहरूको राय सङ्कलनलाई तीव्रता दिएको हो । छलफलका क्रममा… Continue reading संविधान संशोधनका लागि वरिष्ठ अधिवक्तासँग छलफल

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ, वैशाख १५ गते । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने… Continue reading आजदेखि नयाँ शैक्षिकसत्र सुरु

पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय

१५ वैशाख, काठमाडौं । पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । जारी ऋतुको आरोहण नियमन, सहजीकरण र समन्वयका लागि विभागले यस्तो कार्यालय हरेक वर्ष खोल्ने गर्छ । अहिले सगरमाथा आधार शिविरमा ६ सय हाराहारी आरोही पुगेका छन् । साथै उनीहरुका शेर्पा गाइड, सहयोगी कर्मचारी र नियमनकारी निकायका कर्मचारीसहित ठूलो संख्यामा आधार… Continue reading पर्यटन विभागले सगरमाथा आधार शिविरमा खोल्यो फिल्ड कार्यालय

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

File तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँ, वैशाख १५ गते । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका… Continue reading काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

संविधान संशोधनबारे विज्ञहरुसँग छलफल

file

काठमाडौँ, वैशाख १५ गते । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल, २०८२ ले सोमबार संविधान र कानुनविद्सँग छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हरूसँग छलफल गरेको हो । छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो… Continue reading संविधान संशोधनबारे विज्ञहरुसँग छलफल

लगानी बोर्डले सुरु गर्‍यो एकल बिन्दु सेवा केन्द्र, लगानीकर्ताले सिधै प्रस्ताव पेस गर्न सक्ने

१५ वैशाख, काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई प्रक्रियामा थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो । एकल बिन्दु सेवा केन्द्रका लागि बोर्डले ossc.ibn.gov.np पोर्टल सञ्चालनमा ल्याएको छ । यस पोर्टलमा लगइन गरेपछि लगानीकर्ताले लगानीसम्बन्धी प्रस्ताव पेस गर्न सक्ने भएका… Continue reading लगानी बोर्डले सुरु गर्‍यो एकल बिन्दु सेवा केन्द्र, लगानीकर्ताले सिधै प्रस्ताव पेस गर्न सक्ने

आज अमेरिकी डलरको भाउ घट्दा अन्य विनिमय दर कति ?

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । सोमबार अमेरिकी डलर… Continue reading आज अमेरिकी डलरको भाउ घट्दा अन्य विनिमय दर कति ?

आज र भोली देशका धेरैजसो स्थानमा वर्षा

rss

१५ वैशाख, काठमाडौं । आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसबाट हवाई र सडक यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुलाई पहेँलो रंगले संकेत गर्दै वैशाख १५ र… Continue reading आज र भोली देशका धेरैजसो स्थानमा वर्षा

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा राजदूत झाङ माओमिङले नेपालमा नयाँ सरकार गठन भएकामा बधाई दिँदै दुई छिमेकी राष्ट्रबीच विद्यमान मित्रतालाई आगामी… Continue reading सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

दुई दिनपछि खुल्यो विपि राजमार्ग

RSS

काभ्रेपलाञ्चोक, वैशाख १४ गते । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध विपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आइतबार दिनभर डाइभर्सनको काम गरे पनि आइतबार अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनःक्षति पुर्‍याएपछि आइतबार साँझ आवागमन सञ्चालन… Continue reading दुई दिनपछि खुल्यो विपि राजमार्ग

राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर अघि बढ्छौँ : सभापति थापा

काठमाडौँ, वैशाख १४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताएका छन् । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको बताए । संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार… Continue reading राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर अघि बढ्छौँ : सभापति थापा

भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक

काठमाडौँ, वैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका सबै निकायलाई नयाँ निर्देशन जारी गरेको छ । मन्त्रालय र यस अन्तर्गतका कार्यालयहरूले अबदेखि आफ्ना कुनै पनि औपचारिक कार्यक्रमहरू होटेल तथा रिसोर्टमा आयोजना गर्न पाउने छैनन् । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले… Continue reading भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक