नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु

BBC

काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय… Continue reading नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु

केन्द्रीय समिति बैठकमा मनाइयो गगन थापाको जन्मदिन

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरे ।

विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी

file

काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राष्ट्रबैंकले स्कुटरका ‘ब्रेक शु’ जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ । त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुनेछ। पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व… Continue reading विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी

टक्सारमा पुर्‍याइयो विमानस्थलबाट बरामद सुन

file

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको सुन नापतौल गर्न राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । महाशाखामा सुनको तौल मापन गरिनेछ । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । बरामद सुनको परिमाण एकिन… Continue reading टक्सारमा पुर्‍याइयो विमानस्थलबाट बरामद सुन

बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन नेपाल राष्ट्र बैंकमा लगेर जोखिने भएको छ । यसले सुनको वास्तविक तौल पत्ता लाग्ने छ । राजश्व अनुसन्धान विभागले सुन झण्डै एक क्विन्टल भएको हुन सक्ने अनुमान गरेको छ । यस प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् । विभागका… Continue reading बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने

रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड

विजयी उम्मेदवार सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ । आयोजक वन योङ वर्ल्डका अनुसार… Continue reading रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड

काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानालाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार,… Continue reading काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद

प्रस्तावित राजदूतबारे उजुरी आह्वान

काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि… Continue reading प्रस्तावित राजदूतबारे उजुरी आह्वान

सप्तकोसी किनारमा ‘ग्याङ फाइट’ गर्ने तीन युवती पक्राउ

काठमाडौं । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन जनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेको आरोपमा प्रहरीले तीन जना युवतीलाई पक्राउ गरेको छ भने २ जना फरार छन्। गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले… Continue reading सप्तकोसी किनारमा ‘ग्याङ फाइट’ गर्ने तीन युवती पक्राउ

भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो । महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो । सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना… Continue reading भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक इ. उमेशप्रसाद थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्। निगमको कार्यकारी निर्देशक भएपश्चात थानीले देखाएको उच्च व्यवस्थापकीय क्षमताको कदर गर्दै नेपाल ईन्जिनियर्स एसोसियसन्स ले ६१ औ इन्जिनियर दिबसको अबसरमा उक्त अर्वाड प्रदान गरेको हो । रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा… Continue reading निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित

मोदी विरुद्ध २६ दलको मोर्चावन्दी

काठमाडौं । भारतमा २६ वटा विपक्षी दलका नेताहरू अर्को वर्ष हुन लागेको आमनिर्वाचनका लागि नरेन्द्र मोदीविरुद्ध रणनीति बलियो बनाउन भन्दै बैठक गरेका छन्। उक्त बैठकमा कङ्ग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायका शीर्षस्थ विपक्षी नेता सहभागी छन्। उनीहरूले गठबन्धनको नाम इन्डियन न्याश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स (इन्डिया) तय गरेको जनाएका छन् । मङ्गलवार… Continue reading मोदी विरुद्ध २६ दलको मोर्चावन्दी

अबको केही दिन कम वर्षा हुने

काठमाडौं । आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। ‘मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेको छ। मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी… Continue reading अबको केही दिन कम वर्षा हुने

सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पत्नी सीता दाहालको निधनपछि… Continue reading सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

काठमाडौं । पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र… Continue reading डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर सानो गाडीसँग प्रतिखेप १००० र ठूला गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले… Continue reading फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले किटानी जाहेरी दिएको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरेको हो । घटना शुक्रबार… Continue reading सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

जथाभावी फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौ महागरपालिका क्षेत्रभित्र जथाभावी रूपमा फिल्मको पोस्टर टाँसेको भन्दै एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । महानगरले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरक नेपाली वेबसाइट मिडिया हाउस प्रालि नामक कम्पनीलाई जरिवाना तिराएको हो । फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोरमैला गरेबापत जारिवाना गरिएको महानगरले जनाएको छ ।

दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर… Continue reading दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ९.९१ अंकले बढेर २१५४.७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह… Continue reading झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

रास्वपालक्षित गर्दै शंकर पोखरेलले भने- नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भएपछि विदेशिनेको संख्या झन् बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत्उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि विदेशिने नेपालीको संख्या थप बढेको बताए । नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट… Continue reading रास्वपालक्षित गर्दै शंकर पोखरेलले भने- नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो

बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

काठमाडौं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोध कारण काठमाडौं उपत्यकाको फोहर बुधबारदेखि नउठ्ने भएको छ । बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीले फोहोर विसर्जन गर्न मंगलबार पनि अवरोध गरेपछि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकिएका छन् । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीहरुले नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर… Continue reading बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाडौंबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान अवरोध गरिएको छ । स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाडौंको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी… Continue reading काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलायत) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले… Continue reading स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

कांग्रेस कार्यसमिति बैठक आज, के छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो । पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका… Continue reading कांग्रेस कार्यसमिति बैठक आज, के छन् एजेण्डा

व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने भएको छ। सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताए । महानगरको आर्थिक ऐन, २०८० ले समेत यस्तो व्यवस्था गरेको उनले स्मरण गराए ।… Continue reading व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको उनको… Continue reading अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

मैतीदेवीदेखि पशुपतिसम्म राप्रपाको धार्मिक पदयात्रा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिकयात्रा गरेको छ । काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिकयात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो । पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका नेताहरू र सांसदहरू पनि सहभागी रहेका थिए। हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना… Continue reading मैतीदेवीदेखि पशुपतिसम्म राप्रपाको धार्मिक पदयात्रा

साउनको पहिलो दिन नै हरियाली शेयर बजार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह… Continue reading साउनको पहिलो दिन नै हरियाली शेयर बजार

एलओडीका म्यानेजरसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ परेका छन् । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो । यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ… Continue reading एलओडीका म्यानेजरसहित दुई जना पक्राउ